नेपाली बालसाहित्य : विना मेसो मौलाइरहेछ !

प्रचलित कथन अनुसार राजा अमरशक्तिका तीन भाइ मूर्ख छोराहरूलाई राजनीतिक तथा नैतिक शिक्षा दिनका लागि पण्डित विष्णु शर्माले पं चतन्त्र का कथा रचेका थिए । इसापूर्व १२०० देखि ३०० का बीचको कुनै समयमा रचिएका ती कथा अहिले पनि रोचक, प्रेरक र लोकप्रिय छन् । युनान (हालकोग्रीस) का कथाकार इसप (इसापूर्व ६२० देखि ५६४) का नीतिकथा जस्तै प ं चतन्त्र का कथा पनि विश्वका धेरै देशमा फैलिएका छन् । पं चतन्त्र का कतिपय कथा इसपका नीतिकथासँग मिल्दाजुल्दा पनि छन् । कथा मानिसले रुचाएको सबैभन्दा पुरानो विधा हो । मानिसले कथाको माध्यमबाट मनोरञ्जन, जानकारी र ज्ञान मात्रै हस्तान्तरण गर्दैन; कथाले नैतिक, सामाजिक, सांस्कृतिक आदि विविध मूल्यमान्यता पनि हस्तान्तरण गर्छ । यो कुरा प्राचीनकाल देखि अहिलेसम्म एकैप्रकारले सत्य छ । ढुंगे युगमा एउटी आमाले बच्चालाई उसको बाबु बाजेले शक्तिशाली बाघ, भालु वा हात्ती मारेको घटना सुनाउँदा त्यस कथाले पुर्खाको अनुभव हस्तान्तरण गर्नु का साथै शत्रुलाई मार्नु रराम्रो कुरा हो र मानिस बलियो हुनुपर्छ भन्ने मूल्यमान्यता पनि परोक्ष रूपमा स्थापित गथ्र्यो भने अहिलेका कथाले पनि समसामयिक र विनय कुमार कसजू बालसाहित्य टिप्पणी मानवीय मूल्यमान्यताका कुरा नै सिकाउँछन् । उदाहरणका रूपमा विज्ञान कथाहरूलाई नै लिऊँ, जसले मान्छेको कल्पनाशीलता, नयाँ कुरा को खोजी गर्ने बानी र जीवनलाई सहज र सुरक्षित बनाउँदै जाने मानवीय प्रवृत्तिका मूल्यहरू हस्तान्तरण गर्छ ।

पूर्वी, खास गरी भारतवर्षको संस्कृतिमा बालबालिकालाई शिक्षित, नैतिकवान् र आज्ञाकारी बनाउनका लागि कथा प्रभावकारी माध्यम हो भन्ने धारणा वैदिक तथा पौराणिक काल देखि स्थापित थियो भन्ने कुरा त्यसबेला देखि प्रचलित कथा, बौद्ध जातक कथा, प ं चतन्त्र का कथाबाट पनि स्पष्ट हुन्छ । वेद, उपनि षद र पुराणका कथाका मुख्य बालपात्रहरू उपमन्यु, आरुणि, उद्दालक, ध्रुव, एकलव्य, अभिमन्यु, लवकुश आदि गुरुभक्ति, त्याग, समर्पण, श्रद्धा र वीरताका आदर्श पात्र मानिन्छन् । कृष्णको बाल्यकालका जति धेरै र मिहिन रूपमा लेखिएका कथा संभवतः अरू साहित्यमा पाइँदैनन् । बालबालिकालाई वयस्क व्यक्ति अनुकूल बनाउने प्रयास मानिसले धेरै पहिले देखि थालेको हो । पौराणिक तथा धार्मिक कथालाई उपदेश दिन प्रयोग गर्ने परम्परा हामीकहाँ अझै पनि कायमै छ । तर बालबालिकाकै दृष्टिकोण, भावना, उमंग, उत्साह र उल्लासलाई समेटेर
हामीकहाँ उनीहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले बालसाहित्य लेखनको थालनी धेरै पछि भएको हो ।

बालबालिकालाई   पारिवारिक, सामाजिक तथा धार्मिक आचरण सिकाउने उद्देश्यले उनीहरूलाई नै लक्षित गरी बालपुस्तकको प्रकाशन युरोपमा १५औं शताब्दीमा शुरू भएको थियो । अहिले बालबालिकाको चरित्र निर्माण, व्यक्तित्व विकास तथा उनीहरूलाई सिर्जनात्मक बनाउने काममा बालसाहित्यको उपयोगिता सबैले स्वीकार गरिसकेका छन् । युरोप र अमेरिकी समाज का मूल्यमान्यताले विश्वकै बालसाहित्यमा ठूलो प्रभाव पारेको छ ।

राष्ट्र र समाज को उन्नतिका लागि मात्रै हैन हत्या, हिंसा र सामाजिक, आर्थिक, अपराध र आतंकवादलाई रोक्नका लागि पनि बालबालिकाको हुर्काइ ठीकसँग हुनुपर्ने विषयमा विश्वव्यापी सहमतिको फलस्वरूप बालबालिकाको सही विकास का लागि बालशिक्षा र यसका लागि बालसाहित्यको विकास मा जोड दिइएको छ ।

अहिले बालशिक्षा र बालसाहित्यको विकास का लागि लगानी बढ्नुको मुख्य उद्देश्य यही हो । यसको प्रभाव नेपालमा पनि परेको छ । विद्यालयमा बालपुस्तकालय नीति आएपछि बालसाहित्यको व्यवसाय अचानक बढेको छ । बालपुस्तकको बजारमा बालसाहित्यलाई नै दीर्घकालीन प्रभाव पार्न सक्ने अस्वस्थ प्रतिस्पर्धा, प्रचलन र विकृति पनि देखि न थालेको छ ।

हाल नेपालमा उत्पादन भइरहेका बालपुस्तकहरू बालबालिकाको उमेर अनुसार तथा उनीहरूको शैक्षिक , बौद्धिक, सामाजिक आदि विभिन्न प्रकारका विकास का लागि उपयुक्त छन् कि छैनन् भनेर मूल्याङ्कन गर्ने कुनै निकाय र आधार समेत तयार भएको छैन ।

मेरा किताब समितिमा पठाइए यस सन्दर्भमा केही समयअघिको एउटा घटना उल्लेख गर्नु उपयुक्त होला । अमेरिकाको सार्वजनिक पुस्तकालयको बाल खण्डमा मैले आफ्ना अंग्रेजी भाषामा अनुवाद भएका केही बालपुस्तक उपहार दिंदा पुस्तकालयकी कर्मचारीले भनिन्, “तपाईंका किताब हामीले पुस्तक छान्ने समितिमा पठाउँछौं । समितिले निर्णय गरे पछि मात्रै हामी यी किताब पुस्तकालयमा राख्न सक्छौं ।”

उनको यो भनाइले मलाई अलिकति विचलित तुल्यायो । अमेरिकी पुस्तकालयमा आफ्नो पुस्तक राख्ने मेरो चाहना सजिलैसँग पूरा नहुने मैले अनुभव गरे । अनि नेपालमा सित्तैंमा वा सस्तोमा पायो भने जस्तो किताब पनि राख्ने हराम्रो मान सिकता र बाध्यता मैले सम्झें ।

नेपाली समाज र बौद्धिक जगतले बालसाहित्यलाई स्वतन्त्र साहित्यको रूपमा स्वीकार गरेको देखि न्न । यसको उपयोगिता र महत्व पनि धेरैले बुझेका छैनन् । केटाकेटीलाई हप्काएर,गाली गरेर, धम्काएर, पिटेर तह लगाउनुपर्छ र आज्ञाकारी बनाउनुपर्छ भन्ने धारणा अहिले पनि व्यापक रूपमा छ । धार्मिक तथा पौराणिक नीतिकथा र अर्ति उपदेश दिने कथा, लोककथाहरू नै बालबालिकाका लागि पर्याप्त छन् भन्ने सोचाइ छ ।

नेपालमा बालबालिकाप्रति सरकारी चासो र प्रतिबद्धताको शुरूआत सन् १९७९ मा अन्तर्राष्ट्रिय बाल वर्ष देखि भएको हो । अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न अहिले नेपालमा बालबालिकाका लागि ‘बालबालिका सम्बन्धी राष्ट्रिय नीति–२०६९’ तथा ‘बालमैत्री स्थानीय शासनः राष्ट्रिय रणनीति–२०६९’ (दशवर्षे) कार्यान्वयनमा छ । दुवैमा बालबालिकाका हित र व्यक्तित्व विकास का कुरा हरू छन् । तर दुः खको कुरा बालबालिकाको सर्वाङ्गीण विकास मा प्रभाव पार्ने साहित्यका बारेमा ती दुवै दस्तावेजमा साहित्यको ‘स’ पनि उल्लेख छैन ।

हामीकहाँ बालसाहित्य न त राज्यको दायित्वभित्र पर्छ, न समाज को चासोभित्र । वास्तवमा बालसाहित्य बेवारिसे अवस्थामा छ । यो सडक बालबालिका जस्तै भएर बाँचेको छ र विना मेसो मौलाइरहेको छ । बाँच्ने र हुर्कने अवसरको खोजीमा यसले अपाच्य, अखाद्य र अग्राह्य वस्तुहरू पनि निलिरहेको छ ।

मानिसको डाक्टर भएरगलत उपचार गरयो भने मानिसले थाहा पाउँछ र कारबाहीमा परिन्छ, तर पशुकोगलत उपचार गरयो भने पशुले थाहा पाउन्न र कारबाहीमा परिन्न भनेर एक जना मानिस भेटेनरी डाक्टर (पशु चिकित्सक) बनेको एउटा ठट्टा प्रचलित छ ।

पढ्ने बानी

धेरै पढ्ने केटाकेटीहरू कल्पनाशील हुन्छन् । कल्पनाशीलताले उनीहरूलाई वैज्ञानिक र चिन्तक बनाउन सक्छ । पढ्ने बानी बसेका बालबालिकाको सिक्ने क्षमता पनि बढी हुन्छ । समाज र संसारलाई हेर्ने उनीहरूको दृष्टिकोण फराकिलो हुन्छ । पढ्ने बानीले उनीहरूलाई एकातिर आनन्द दिन्छ भने अर्कोतिर शिक्षा र सीप । यसैले, हरेक आमाबाबुले आफ्ना सन्तानलाई दिनुपर्ने र दिने सक्ने तथा जीवनभरि काम लाग्ने सर्वोत्तम उपहार भनेको पढ्ने बानी हो । मीठो खाना र रराम्रो नाना दिएर गरिने मायाभन्दा पढ्ने बानी बसाल्ने मायाको महत्व धेरै हुन्छ । बालबालिकालाई पढ्ने बानीको विकास गर्ने काम बच्चा जन्मे देखि नै शुरू हुन्छ ।

नेपालमा बालसाहित्य लेख्नु पनि भेटेनरी डाक्टर बने जस्तै भइरहेको छ । बालसाहित्यको नाममा जेजस्तो लेखे पनि मूल्याङ्कनको आधार नभएकाले क्षम्य छ । बालसाहित्यको सही मूल्याङ्कन गर्ने नीति–नियम र निकायको अभावमा कतिपय लेखकहरू कुहिरो भित्रको काग जस्ता बनेका छन् । खास गरी विद्यायलमा पुस्तकालय र बालपुस्तकमा लगानी गर्ने विदेशी दातृ निकायहरूले आफ्नो थैलोको मुख खोलेपछि बालसाहित्यको बाढी आउन थालेको छ ।

यस अवस्थामा अर्थशास्त्रको नियम अनुसार नक्कली सिक्काले बजारमा प्रभुत्व जमाएपछि सक्कली सिक्काहरू कन्तुरभित्र थन्किनु स्वाभाविक हुन्छ । वयस्कहरूका लागि लेखिने साहित्य अर्थात् मूलधारको साहित्य र बालबालिकाका लागि लेखिने साहित्यमा तात्विक भिन्नता के छ भने वयस्कहरूले आफ्नो रुचि अनुसार पुस्तक रोज्न, पढ्न र पढेको कुरा को मूल्यांकन गर्न सक्छन् । तर बालबालिकाले कुन पुस्तक पढ्ने भन्ने निर्णय गर्न र पढेका पुस्तकको मूल्याङ्कन गर्न सक्तैनन् । दोस्रो प्रमुख कुरा साहित्यले वयस्कहरूलाई पार्ने प्रभाव र बालबालिकालाई पार्ने प्रभाव बिल्कुलै फरक हुन्छ ।

बालसाहित्यले बालबालिकाको शैक्षिक , बौद्धिक, संवेगात्मक (इमोसनल) तथा सामाजिक विकास मा प्रत्यक्ष प्रभाव पार्छ । यो प्रभाव जीवनभरि रहन्छ । यसैले बालसाहित्य सिर्जना गर्नु र वयस्क साहित्य सिर्जना गर्नु को उद्देश्य फरक छ । बालसाहित्य बालमनोविज्ञान, बालविकास का चरण तथा राष्ट्रिय , अन्तर्राष्ट्रिय , सामाजिक, सांस्कृतिक उद्देश्यहरू प्राप्त गर्नका लागि सिर्जना गरिन्छ । यसका लागि सम्बन्धित विषयको विशेष ज्ञानको आवश्यकता पर्छ । वास्तवमा बालसाहित्य लेखन उद्देश्यमूलक तथा विशेषज्ञतायुक्त लेखन हो ।

किनकि बालसाहित्यको हरेक कृतिले हामीले कस्तो नागरिक, कस्तो समाज र कस्तो देश बनाउन खोजेको हो भन्ने दर्शन बोकेको हुन्छ । यसैले यो सिकारु लेखन पटक्कै होइन । नेपालमा बालसाहित्यलाई हल्काफुल्का रूपमा लिइनुका पछाडि सामन्ती र परम्परागत सोच नै मुख्य कारक देखिन्छ । बालबालिकालाई जति माया गरे पनि जति मीठो खान र रराम्रो लाउन दिए पनि उनीहरूलाई दोस्रो दर्जाको नागरिक ठान्ने र असम्मान जनक बोली वचन र व्यवहार प्रयोग गर्ने प्रवृत्ति कायमै छ । साथै सयौं वर्षको भेदभावपूर्ण राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिपाटीको निरन्तरता कायमै छ, जसको प्रभाव बालसाहित्यमा स्पष्ट देख्न सकिन्छ ।

क्षेत्रीय, जातीय, लैंगिक तथा धार्मिक पूर्वाग्रहयुक्त लेखन अहिले पनि सामान्य छ । नेपाली बालसाहित्यको विकास नेपाली समाज को विकास कोगति र आवश्यकता अनुसार हुनसकेको छैन । अहिलेसम्म नेपाली बालसाहित्यको जेजति विकास भयो त्यो, अधिकांश मात्रामा, लेखक तथा प्रकाशकको स्वतः स्फूर्त जोश र मिहिनेतबाट भएको हो । त्यसैले यसमा कसैले कसैलाई यस्तो किन लेखेको भनेर अहिलेसम्म प्रश्न गरेको छैन । तर अब प्रश्न गर्नु पर्ने बेला आएको छ । अहिले ‘बालमैत्री’ स्थानीय प्रशासन, बालमैत्री गाउँ, बालमैत्री जिल्ला, बालमैत्री विद्यालय जस्ता शब्दावलीको प्रचलन बढिरहेको छ ।

यही मेसोमा अब कसैले ‘बालमैत्री बालसाहित्य’ को नारा लगायो भने अनौठो मान्नु नपर्ला । बालसाहित्यलाई बालबालिकाबीच आकर्षक बनाउने प्रमुख साधन चित्राङ्कन हो । तर नेपालमा कुनै पनि कला पढाउने शिक्षालयमा बालसाहित्यमा चित्राङ्कन गर्ने विषय पढाइ हुँदैन । विषयगत शिक्षण विना चित्रकारहरूले अनुभव र अड्कलको भरमा बनाएका चित्रले बालपुस्तकलाई बालपाठकको माझ्मा जुन मात्रामा पुर्याउनुपर्ने हो, त्यो मात्रामा पुर्याउन सकेको छैन । यसबीच सूचना तथा संचारप्रविधिको विकास ले बालसाहित्यको विकास लाई पखेटा लगाइदिएको छ ।

अनलाइनमा तथा डिजिटल उपकरणहरूमा पुस्तक उपलब्ध हुन थालेपछि साहित्य जगतमा नयाँ उत्साह थपिएको छ । इन्टरनेटमा पाइने साहित्य कागजमा छापिने साहित्यको विकल्पको रूपमा स्थापित हुँदैछ । सूचना क्रान्तिले साहित्य र पाठकबीचको दूरीलाई मेटिदिएको छ । कुनै पनि साहित्यिक कृति क्षणभरमै संसारभरि पुर्याउन सम्भव भएको छ । यसको प्रभाव बालसाहित्यमा परिरहेको छ । अब नेपाली बालसाहित्य यसबाट मुक्त हुन वा टाढा रहन सम्भव छैन । यसका लागि पनि नेपाली लेखकहरू तयार हुनै पर्छ किनकि माध्यम जतिसुकै आधुनिक, आकर्षक र उत्तम भए पनि त्यसले दिने सामग्री वा विषयवस्तु (कन्टेन्ट) आकर्षक र उत्तम भएन भने माध्यमको दुरुपयोग हुने खतरा हुन्छ ।

विश्व शान्ति र समृद्धिको सन्दर्भमा मात्रै होइन, नेपालको निर्माण र स्थायित्वको सन्दर्भमा पनि बालसाहित्यको विशेष भूमिका र महत्व छ । नेपालको नयाँ संविधानले परिकल्पना गरेको नेपाल बनाउनका लागि सबै क्षेत्र, जात, धर्म, भाषा, संस्कृति र समुदायको सम्मान हुनुपर्छ । यो काम बालसाहित्यले जति दीर्घकालीन र प्रभावकारी रूपमा अरू माध्यमले गर्न सक्तैन । यस दृष्टि र उद्देश्यले बालसाहित्य सिर्जना गर्नका लागि लेखक, चित्रकार, सम्पादक, प्रकाशक, बालसाहित्यका सरोकार संस्थाहरूका साथै सरकारको प्रतिबद्धता र योजनाबद्ध कार्यक्रमको आवश्यकता छ ।

लेखक तथा पत्रकार कसज ू पछिल्ला े समय बालसाहित्यको सिर्जना र पर सारमा क्रियाशील छन् ।

 

commercial commercial commercial commercial