अन्तिम बेन्चबाट

म अन्तिम बेन्चमै बस्छु
गीताञ्जली मिस |
प्लिज मलाई
नउठाउनुहोस् यहाँबाट |
अगाडिको बेन्चमा बसेर त
म केही पनि देख्न सक्तिनँ
कि रित्तो ब्लाक बोर्ड देख्छु
कि तपाईंको जुत्ता मात्र देख्छु |
पछाडिको बेन्चबाट
कक्षाकोठा पूरै देखिन्छ,
नाचिरहनुभएकी तपाईं
र सुतिरहेका मेरा साथीहरूलाई
म यहाँबाट
एकैचोटि देख्न सक्छु |
पोडियमको छेउमा उभिएर
अगाडिबाट
तपाईं जसलाई हेरिरहनुभएको छ,
म उनीहरूलाई नै
पछाडिबाट हेरिरहेको छु |
फरक यत्ति हो कि
तपाईं उनीहरूको
आँखा, नाक र चिउँडो
हेरिरहनुभएको छ,
म उनीहरूको
पिठयुँ हेरिरहेको छु |
तपाईं शायद
मलाई सबभन्दा मनपर्ने केटीको
शिरको बुलबुल
र निधारको चन्द्रमा
हेरिरहनुभएको छ |
म उसको पिठयुँमा छरिएको
कपालको लयदार नागबेली
र सेतो युनिफर्मभित्र
अलिअलि देखिने
टिमिक्क कसिएको
हृदय जस्तो
सुनौलो क्लिप हेरिरहेको छु |
अन्तिम बेन्चमा एक्लै बसेर
कुनै हल्ला नगरी,
कसैलाई डिस्टर्ब नगरी,
चुपचाप चुपचाप
म आप्mनै जीवनका
अक्षरहरूसँग खेलिरहेको छु |
गीताञ्जली मिस |
प्लिज मलाई
नउठाउनुहोस् यहाँबाट |

commercial commercial commercial commercial