गुरुलाई सम्मान गर्ने संस्कृतिको खोजी

वीरगन्जस्थित जीवनेश्वर–जगत्मोहन ट्रष्टले ८ पुस २०७१ मा शिक्षक सम्मान तथा शिक्षा विमर्श कार्यक्रम ग¥यो । सो अवसरमा ठाकुरराम बहुमुखी क्याम्पसलगायत विभिन्न शैक्षिक प्रतिष्ठानहरूमा रहि शैक्षिक क्षेत्रमा योगदान पु¥याउनु भएका वर्तमान तथा अवकाश प्राप्त शिक्षाकर्मीहरू शम्भुकुमार सिंह, गौरीप्रसाद गुप्ता र ताराकान्त चौधरीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रम पश्चात् सञ्चालित ‘आजको परिप्रेक्ष्यमा सार्वजनिक शिक्षाको आवश्यकता’ विषयक अन्तरसंवाद कार्यक्रममा प्रमुख अतिथि शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले सार्वजनिक शिक्षाको अवसर सङ्कुचित हुँदै जाँदा समाजमा विभेद र असमानता थपिँदै गएको बताएका थिए । दाहालका अनुसार विभेदविरुद्धको अहिंसक सङ्घर्ष शिक्षाको माध्यमबाट मात्रै सम्भव छ र शिक्षा जहिले पनि सार्वजनिक स्वरूपको हुनुपर्छ । पछिल्ला वर्षहरूमा सामाजिक खाडल बढ्दै जानुको मुख्य कारण सार्वजनिक शिक्षाले सबैलाई समेट्न नसक्नु हो ।

आफ्ना मन्तव्यका क्रममा प्रमुख अतिथि दाहालले सार्वजनिक शिक्षासेवी भएकै कारण वीरगन्ज क्षेत्रका दुई गुरुहरूको सम्मानमा ट्रष्ट स्थापना गरेर यस नगरीले आफ्नो गुणग्राही स्वभावको परिचय दिएको बताए । जीवनेश्वर मिश्र र जगत्मोहन अधिकारी दुवै वीरगन्जका रैथाने थिएनन् तर पनि यिनीहरूले यहाँको सामाजिक उन्नयनका लागि जुन प्रकारको कटिबद्धता देखाए, त्यो स्तुत्य छ र यही कारण अहिलेको पुस्ताले पनि यी गुरु द्वयलाई सम्झ्रिाखेको छ ।

जीवननेश्वर–जगत्मोहन ट्रष्टको स्थापना वीरगन्जका वरिष्ठ शिक्षासेवी डा. मोहनप्रसाद लाखेले गरेका हुन् । उनी स्वयं पनि वीरगन्जको पुरानो शैक्षिक संस्था ठाकुरराम बहुमुखी क्याम्पससँग लामो समयसम्म जोडिएका थिए र क्याम्पस परिसरभित्र शैक्षिक अनुशासन कायम गराउने मामिलामा उनको ख्याति थियो । उनै डा. लाखेले आफ्ना गुरु एवं अग्रज सहकर्मीहरूको नाममा ट्रष्ट खडा गरेका हुन् । आफ्नै नातागोता र गोत्रमूलको खोजी गर्दै वा राजनीतिक साइनोको आधारमा संस्थाहरू निर्माण गर्ने होड चलिरहेको अहिलेको समयमा ‘जीवनेश्वर–जगत्मोहन ट्रष्ट’ आपैmमा अनुकरणीय बनेको छ । करिब डेढ दशकपहिला स्थापना गरिएको यो ट्रष्टबाट बर्सेनि क्रियाशील शिक्षकहरूलाई सम्मान तथा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने काम हुँदै आएको छ ।

ट्रष्टका कार्यवाहक अध्यक्ष डा. दीपक शाक्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पत्रकार चन्द्रकिशोर, स्थानीय विकास अधिकारी गुरुप्रसाद सुवेदी तथा वीरगन्ज उप महानगरपालिकाका कार्यकारी प्रमुख विष्णु कोइराला लगायतले गुरुहरूलाई सम्झ्निे परम्पराका विभिन्न पक्षबारे प्रकाश पारेका थिए । ट्रष्टले ‘गुरुजनलाई सम्मान गर्ने संस्कृतिको विकास गरौँ’ भन्ने मूल लक्ष्य निर्धारित गरेको छ । त्यही शिक्षकको सामाजिक स्वीकार्यता फराकिलो हुन सक्छ, जसले सार्वजनिक शिक्षाका लागि आपूmलाई समर्पित बनाउँछ । अहिले शिक्षकहरूको सार्वजनिक गरिमामा ह्रास आउँदै गरेको प्रति कार्यक्रमका सहभागीहरूले चिन्ता प्रकट गरेका थिए ।

जब समाज विभाजित देखिन थाल्छ, जब राष्ट्र अलमलको स्थितिमा हुन्छ, त्यतिखेर हातमा डिबिया लिएर शिक्षकहरू अग्रपङ्क्तिमा उपस्थित भएको विश्व इतिहास अ । त्यसैले त भनिन्छ— कक्षाकोठामा उपस्थित एउटा इमानदार शिक्षक चकमार्पmत मुलुकको वर्तमान र भविष्य कोरिरहेको हुन्छ । आज त्यस्तै शिक्षकहरूको खोजी राष्ट्रले गरिरहेको छ । यस क्रममा शिक्षकहरूलाई सम्मान गर्ने तथा पुराना शिक्षकहरूको स्मृतिगाथालाई नमन गर्ने जुन थालनी वीरगन्जको जीवनेश्वर–जगत्मोहन ट्रष्टद्वारा भइरहेको छ, त्यसको तारिफ गर्नै पर्छ र यसलाई मुलुकका अन्य भागमा पनि पैmलाइनुपर्छ ।

चन्द्रकिशोर

commercial commercial commercial commercial