शिक्षक बन्न सिकौं !

विद्यालयमा घरका कुरा होइन, विद्यार्थीका कुरा गरौं । राजनीतिका भन्दा शिक्षाका कुरा गरौं । विद्यार्थीलाई आफ्नै छोराछोरी ठानेर पढाऔं । तब मात्र हामीले शिक्षाको वास्तविक अर्थ बुझ्ेको ठहर्नेछ ।

उपेन्द्र न्यौपाने

व्यक्तिलाई समाजका लागि उपयोगी बनाउनु शिक्षाको प्रमुख उद्देश्य हो । शिक्षा र बालकलाई आपसमा परिचित गराउने सहयोगी हामी शिक्षक हौं ।

अब हामी शिक्षकले शिक्षा र बालकबीच प्रगाढ सम्बन्ध विस्तार गर्न के ग¥यौं र के गरेनौं भन्नेतिर फर्कौं । पक्कै पनि हामी शिक्षकले थोरबहुत सहयोग गरेनौं म भन्दिनँ । तर हामी शिक्षकले शिक्षक बन्नभन्दा पनि जागिरे बन्नतिर बढी जोड ग¥यौं, शिक्षक बन्ने प्रयासै गरेनौं । त्यसैले त आज सामुदायिक विद्यालयको हबिगत छर्लङ्ग भएको छ । हामीले जागिरे मानसिकताले गर्दा आफ्नो ज्ञान, विवेक बाँड्न कन्जुस्याइँ ग¥यौं । जसले गर्दा न विद्यार्थीले सही शिक्षा प्राप्त गरे न त हामी सच्चा शिक्षक बन्न सक्यौं ।

हामी धेरैजसो शिक्षकहरू विद्यालयमा शिक्षाका कुरा गर्देनौं । विद्यार्थीका उपलब्धि र समस्याका कुरा सम्झ्दैनौं । हामी घरका कुरा, आफ्नै परिवारका कुरा, राजनीतिका कुरालाई नै बढावा दिन्छौं, त्यसैले शिक्षक बन्न सकेनौं । हामीले न आफ्नो ज्ञान र क्षमता राम्ररी प्रदर्शन गर्न सक्यौं न त विद्यार्थीको क्षमता र सृजनशीलतालाई पहिचान गर्न सक्यौं । हामी बहुमतका पछि लाग्यौं । किनकि बहुमतले काम नगरेको देखेर उसैको समर्थन ग¥यौं । मेहनतले अल्पमतमा पर्ने डर हामीले हटाएनौं ।

हामीले धेरै गर्नु पनि पर्दैन । केवल १०ः०० देखि ४ः०० बजेसम्म अध्ययन÷अध्यापनका कुरालाई आधा मात्र लागू गरेमा पनि धेरै उपलब्धि प्राप्त हुनेछ । नैतिक मूल्य, मान्यता र इमानदारी ह्रास भइरहेको आजको समाजमा हामीले विद्यालयमा यी विषयलाई पनि ध्यान दिएर भावी सन्ततिहरूमा मूल्यमान्यताको सकारात्मक विजारोपण गर्नु जरुरी छ । हामीले सबै दृष्टिकोणले सक्षम स्वावलम्बी नागरिक बनाउने उद्देश्य पूरा गर्नुछ । अब विद्यालय समयमा घरका कुरा होइन, विद्यार्थीका कुरा गरौं । राजनीतिका भन्दा शैक्षिक कूटनीतिका कुरा गरौं । पराईका केटाकेटी होइन, आफ्नै छोराछोरी ठानेर पढाऔं । राज्यनीतिका कुरा छाडौं, आफ्नै नीति बनाऔं । हामी ‘दरबन्दी कमी भो’ भनी दोष मात्र दिने नगरौं । हामीसँग जेजति छ, त्यसलाई पूर्ण सदुपयोग गरौं ।

हामी कहीँकतै नचुकौं, तब मात्र हाम्रा सुविधाका लागि सरकार झ्ुक्न बाध्य हुन्छ । हामी चुक्तै जाने अनि अधिकार पनि खोज्दै

जाँदा उपलब्ध अधिकार र सुविधा पनि गुम्न सक्छ । त्यसैले शैक्षिक उन्नतिका लागि कर्म गरौं, त्यसैमा हाम्रो भलो हुन्छ । समाजको उन्नति हुन्छ । हामी बन्छौं, देश बन्छ अनि हाम्रा भावी सन्तति हर्षले रम्छन् । हाम्रो शैक्षिक इतिहास बन्छ । तब मात्र हामीले शिक्षाको वास्तविक अर्थ बुझ्ेको ठहर्नेछ ।

बालमन्दिर मा.वि., व्यास–२, दमौली, तनहुँ

commercial commercial commercial commercial