एसएलसी २०७१ का सम्बन्धमा एक जिशिअको पत्र

भाइबहिनीहरू धेरै कोसिस गर्नू, उत्तीर्ण भइन्छ । तापनि कुनै विषयको परीक्षा बिग्रेमा हतोत्साही भने नहुनू । एक वा दुई विषय लागेमा कम्पार्टमेण्टमा परीक्षा दिन पाइन्छ । फेरि कोसिस गर्दा हुन्छ । आफू दृढ भएर तयारीमा जुट्नू ।

प्रिय भाइबहिनीहरू,

तिमीहरूको एसएलसी परीक्षा शुरू हुन डेढ महीना पनि छैन । तर पनि तिमीहरूको परीक्षामा मद्दत होला कि भनेर यो पत्र लेख्तै छु ।

मेरो अध्ययन र अनुभवले भन्छ— पाठ्यक्रमका कुरा जानेर मात्र परीक्षामा राम्रो गर्न सकिँदैन । जानेका कुरा जाँचमा लेख्न पनि सक्नुपर्छ । त्यसैले विषयवस्तुबारे जात्रे हुन जति आवश्यक छ, जानेका कुरालाई छरितो गरी राम्रोसित लेख्ने अभ्यास गर्न पनि उति नै आवश्यक छ ।

परीक्षा आउन धेरै दिन बाँकी नभए पनि समयको चाँजोपाँजो राम्रोसँग मिलाउने हो भने धेरै प्रगति गर्न सकिन्छ । यो समयलाई सकभर परीक्षाको तयारीमै बिताउने कोसिस गर । आफ्नो दिमाग र मनलाई कत्ति पनि तनावमा नराख । दिनभरि पढेको पढ्यै गर्न सकिँदैन । केही समय खेल्ने, मनोरञ्जन गर्ने, घरको काम गर्ने गर्दा पनि फाइदै हुन्छ । केही बिसाएर फेरि पढ्दा बुझन र सम्झ्नि अरू सजिलो हुन्छ ।

आफूलाई अरूसित तुलना नगर । सबै मानिसको क्षमता बराबर हुँदैन, आफ्नो क्षमताले भ्याउने जति तयारी गर । जति गर्छौ इमानदारीपूर्वक गर । आफू अरूभन्दा कमजोर भएँ भत्रे सोचेर हताश नबन । हताश र निराश व्यक्तिलाई सफलता पाउन गाह्रो हुन्छ ।

शिक्षकहरूले दिएका प्रश्नलाई धेरै पटक लेखेर समाधान गर्ने प्रयास गर । नजानेका कुरा साथी र सम्बन्धित शिक्षकलाई सोध ।
भाइबहिनीहरू धेरै कोसिस गर्नू, उत्तीर्ण भइन्छ । तापनि कुनै विषयको परीक्षा बिग्रेमा हतोत्साही भने नहुनू । एक वा दुई विषय लागेमा कम्पार्टमेण्टमा परीक्षा दिन पाइन्छ । फेरि कोसिस गर्दा हुन्छ । आफू दृढ भएर तयारीमा जुट्नू ।

केही विद्यार्थी ‘हामी त अभागी भइयो । अर्को वर्षदेखि त पास फेल हुँदैन रे, लेटर ग्रेडिङ पद्धति आयो रे’ भन्छन् । लेटर ग्रेडिङ पद्धति भनेको नपढेरै पास हुने भनेको होइन । यसका थुप्रै अवगुण पनि छन् । तिमीहरू नयाँ प्रयोगमा आएको विषयको भुंग्रोमा परेनौ, त्यसैलाई राम्रो मान । आत्मबल उच्च बनाएर धेरै ध्यान दिएर पढ्नु ल !

यहाँभन्दा तल मैले तिमीहरूका शिक्षक र अभिभावकका लागि पनि केही बुँदा लेखेको छु । आशा छ, सबैको प्रयत्नले यस पटक एसएलसी परीक्षाको परिणाम राम्रो आउनेछ ।

तिमीहरूको भलो चिताउने
भोजराज

आदरणीय शिक्षक साथी
फेरि एसएलसी परीक्षा आयो । तपार्इं–हामी एउटै क्षेत्रमा कार्यरत रहे पनि हाम्रा ज्ञान र विशेषज्ञताका क्षेत्र फरक छन् । तपाईं पढाउने क्षेत्रका विज्ञ हुनुहुन्छ; मेरो ज्ञान, जानकारीको क्षेत्र अलि फरक छ । तापनि कहिलेकाहीँ बाहिरी अनुभव, जानकारी र सुझव महŒवपूर्ण हुन्छ । परीक्षाका लागि धेरै दिन बाँकी नभएको अवस्थामा म सीधै विषय प्रवेश गर्छु ।
- परीक्षार्थीमध्ये कति जना कुन श्रेणीमा उत्तीर्ण हुन्छन्, अनुमान गर्ने र अनुत्तीर्ण हुने सम्भावना भएका विद्यार्थीलाई विशेष ध्यान दिने ।
- कमजोर विद्यार्थीसँग उसका तात्कालिक समस्या र दिनचर्याबारे बुझने र सम्भव भएमा सरल किसिमले समाधानका उपाय खोज्ने ।
- विद्यार्थीलाई सहज अवस्थामा ल्याएपछि पढाइबारे कुरा गर्ने र पढाइमा उसलाई कुनै समस्या परेको भए मद्दत गर्ने ।
- कमजोर विद्यार्थीका लागि धेरै अंक ल्याउने प्रयास गर्नुभन्दा उत्तीर्णांक (पास) मात्र महŒवपूर्ण हुने हुँदा पास अंक ल्याउनेबारेमा मात्र ध्यान दिने ।
- प्रत्येक विषय शिक्षकले एसएलसी परीक्षा शुरू नहुँदासम्म सकभर बिदा नलिने र बिदा लिनै परे वैकल्पिक व्यवस्था गर्ने ।
- प्रत्येक हप्ता परीक्षाका पूरा सेट प्रश्न दिई त्यति समयमा हल गर्न लगाउने (एसएलसीको रिहर्सल, नमूना अभ्यास गराउने ।)
- प्रत्येक विद्यार्थीलाई पहिलेको तुलनामा उसले गरेका प्रगति देखाएर प्रशंसा गर्ने, जसले गर्दा उनीहरूमा सिक्ने उत्साह बढ्छ ।
- परीक्षाबारे आफ्नो व्यक्तिगत योजना, टिपोट र समस्या सम्भव भएसम्म लिखित रूपमा प्रधानाध्यापकलाई दिने, नभए मौखिक जानकारी गराइराख्ने ।

प्रधानाध्यापकले गर्न पर्ने काम
- प्रत्येक विषय शिक्षकको तयारी योजनाका बारेमा जानकारी लिने, गर्ने भनिएका काम कार्यान्वयन भए÷नभएको हेर्ने र कार्यान्वयन गर्न सहजीकरण गर्ने ।
- समस्या समाधान आफ्नो तर्फबाट हुने भए गरिदिने, नहुने भए छलफलमा ल्याई समाधानको उपाय पहिचान गर्ने ।
- कम्तीमा हप्तामा एक पटक विषय शिक्षक र विद्यार्थीसँग अन्तत्र्रिmया गर्ने ।

यति गर्न सके परीक्षाको परिणाममा उल्लेखनीय सुधार हुन सक्छ र शिक्षकले पेशागत सन्तुष्टि प्राप्त गर्न सक्छन् ।

आदरणीय अभिभावक मित्र
आफूले १० वर्षसम्म लगानी गरेको प्रतिफल देखिने बेला भएकाले आउँदो एक महिनालाई विशेष महŒव दिई छोराछोरीको पठनपाठनको उपयुक्त वातावरण बनाउने तपाईंकै जिम्मेवारी हो ।

यसका लागि तपाईंले बेलाबेला विद्यालयका प्र.अ. र विषय शिक्षकसँग भेटघाट गरेर आफ्ना परीक्षार्थी बालबालिकाको प्रगतिबारे जानकारी राख्न र अरू राम्रो गर्न सक्ने बनाउनका लागि आफूले के गर्नुपर्ला भनेर सोध्नु पनि पर्छ ।

परीक्षार्थीले घरमा नपढेको भए पढ्न भत्रुहोला तर धेरै दबाब नदिनुभए राम्रो । तनाव भएमा परीक्षामा नराम्रो असर पर्न सक्छ । आवश्यक परेमा यस विषयमा पनि प्र.अ. र शिक्षकसँग छलफल गर्नुपर्छ ।

आजको नेपालमा कम्तीमा एसएलसीसम्मको पढाइ नभए जीवन यापन गर्न गाह्रो हुन्छ भनिन्छ । त्यसैले यो तहको शिक्षा सकभर सबैले पूरा गर्नुपर्छ । मलाई एसएलसी परीक्षाको परीक्षाफल प्रकाशन भएपछि केही दिन डर लाग्छ । पत्रपत्रिका पनि पढ्ने कि नपढ्ने, अन्योल हुन्छ । परीक्षामा फेल भएर आत्महत्या गरेका खबर आउँछन् । मेरा एक जना साथी एसएलसीमा तीन पटक फेल भई चौथो पटक पास भए । पास भएकै साल लोकसेवा आयोगको खरिदारको जाँच पनि पास गरे । अहिले उनीे जिल्ला न्यायाधीश छन् । त्यस्तै एक जना अर्का साथी परीक्षामा उत्तीर्ण हुन सकेनन् तर ठूला व्यापारी भएका छन् । धेरै कमाएका छन् र अरूलाई जागिर पनि दिएका छन् ।

परीक्षा पास गर्ने क्षमता नभएका धेरै हुन्छन् तर उनीहरूमा अरू क्षमता हुन्छ । त्यसैले सरकारले प्राविधिक शिक्षा, व्यावसायिक तालिम र सीप परीक्षणका कार्यक्रमहरू ल्याएको छ । आफै सीप आर्जन गरेका, घर–गाउँमा अनौपचारिक रूपमा सीप सिकेकाहरूका लागि सीप परीक्षणको परीक्षा लिने र पास भए प्रमाणपत्र दिने व्यवस्था गरिएको छ । त्यसैले हरेस खानु हुँदैन ।

धेरै कोसिस गर्दा समेत पास भइएन भने पनि जीवनलाई सार्थक र क्रियाशील बनाउने थुप्रै उपायहरू हुन्छन् ।

संसारमा ठूलठूला आविष्कार धेरै पढेका व्यक्तिबाट मात्र भएको छैन । अठोट, समर्पण, संवेदनशील, विवेकशील र लगनशील व्यक्तिबाट धेरै राम्रा काम हुने गरेको छ । जीवन सार्थक बनाउन कसैलाई पढ्ने क्षमता प्राप्त छ; कसैलाई व्यापार गर्ने, कसैलाई राजनीति गर्ने, कसैलाई खेती किसानी गर्ने । सबै मानिसमा कुनै न कुनै विशिष्टीकृत क्षमता हुन्छ, त्यसलाई चित्र र प्रयोग गर्न सक्नुपर्छ । त्यसैले जीवनलाई सफल बनाउने उपाय धेरै छन् ।

(लेखक गुल्मीका जिल्ला शिक्षा अधिकारी हुन् ।)

commercial commercial commercial commercial