मेरो शिक्षणमा तालिमको देन

तालिमपछिका दिनमा म कक्षामा रङ, फोटोकपि पेपर, टेप आदि लिएर प्रवेश गर्न थालें । बच्चाहरू रमाएर भन्थे— आहा ! आज मिसले के गराउन लाग्नुभो ? ट्रेनिङमा सिकाएको ‘पाठ विवेचना, रन टु द बोर्ड, चित्र खोज्ने खेल, सम्झ्ना फोल्डर, मेरो मुठीमा कति छ ?’ आदि क्रियाकलाप बच्चाले ज्यादै मन पराउँथे ।

सरस्वती शर्मा

वि.सं. २०६४ वैशाखबाट मेरो शिक्षण जीवन शुरू भयो । एक बजेसम्म कक्षा २ को र त्यसपछि कक्षा ८ र ९ मा नेपाली विषयको जिम्मा दिइएको थियो । सानो कक्षामा आधा दिनसम्म कसरी बिताउने होला भनेर पहिले त डर पनि लाग्यो— घरमा एउटी छोरी हेर्न त गाह्रो थियो, त्यति धेरै ससाना नानीहरू कसरी हेर्ने होला ? समय बित्तै गयो । शिक्षा नै पढेका कारण शिक्षण सम्बन्धी अलि अलि त थाहा थियो नै । प्रायजसो समय कथा भनेर बच्चाहरूलाई खुशी पार्ने प्रयास गर्थें । यसरी पढाउँदै गरेको तीन महिनापछि हाम्रै विद्यालयमा पाँच दिने शिक्षण प्रशिक्षण कार्यक्रम भयो । त्यसमा धेरै कुरा सिक्ने अवसर पाएँ ।

तालिमपछिका दिनमा म कक्षामा रङ, फोटोकपि पेपर, टेप आदि लिएर प्रवेश गर्न थालें । बच्चाहरू रमाएर भन्थे— आहा ! आज मिसले के गराउन लाग्नुभो ? ट्रेनिङमा सिकाएको ‘पाठ विवेचना, रन टु द बोर्ड, चित्र खोज्ने खेल, सम्झ्ना फोल्डर, मेरो मुठीमा कति छ ?’ आदि क्रियाकलाप बच्चाले ज्यादै मन पराउँथे । यसमा मलाई चाहिँ पाठ विवेचना बढी मनपरेको थियो ।

यसमा पाठको मन परेको चित्र, मन परेको हरफ, पाठका पाँच वटा शब्दअर्थ, पाठको सिकाइ, पाठका पाँच वटा प्रश्न र उत्तर तयार पार्ने जस्ता क्रियाकलाप पर्थे । बालबालिकाले आफै प्रश्न बनाउँथे, उत्तर आफै खोज्न तल्लिन हुन्थे । उनीहरूलाई चुनौती पनि थियो र मन परेका कुराहरू पाठबाट खोजेर लेख्न पनि पाउँथे । साथीभाइहरूमा प्रतिस्पर्धात्मक भावना पनि जागृत हुन्थ्यो ।

उनीहरूले पढेको नभएर खेलिरहे जस्तो अनुभव गर्थे तर यथार्थमा उनीहरू राम्ररी सिकी पनि रहेका हुन्थे ।

त्यसै वर्षको मंसीरतिरको कुरा हो । जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको कक्षा शिक्षण तालिममा पनि मैले सहभागी हुने अवसर पाएँ । त्यसमा पनि ११ दिनसम्म शिक्षणका विषयमा धेरै कुराहरू सिक्न पाइयो । यस्ता खाले तालिमले शिक्षकहरूलाई धेरै नयाँ कुरा दिन सक्ता रहेछन् ।

अर्को वर्षदेखि म कक्षा २ को ‘कक्षा शिक्षण’ मा केन्द्रित रहें ।  कक्षा शिक्षक भएका कारण विद्यार्थीसँग धेरै आत्मीयता महसुस हन्थ्यो । सबै बालबालिका नियमित विद्यालय आउँथे र रमाउँथे पनि । म पनि उनीहरूसँग मग्न हुन्थें । कति छिटो घण्टी लाग्थ्यो, पत्तै हुँदैनथ्यो । कुनै दिन कुनै बच्चा विद्यालय नआउँदा आफ्नै सन्तान नआएको अनि भेट्न नपाएको, देख्न नपाएको जस्तो लाग्थ्यो मलाई । कुनै दिन म विद्यालय गइन भने पनि उनीहरू ‘मिस हिजो किन नआउनुभाको ?  के भयो ?’ भनेर आत्मीयता दर्शाउँथे । त्यसपछि मैले टीपीडी, ज्यध त्य त्भबअज भ्लनष्किज ःभमष्गm, ीषभ क्पष्िि आदि तालिमहरू पनि लिएँ । शिक्षण पेसामा संलग्नहरूका लागि समय समय यस्ता तालिमहरू अत्यावश्यक रहेछन् ।

सरकारी विद्यालयमा पढ्ने बालबालिकाहरू प्रायः न्यून आयस्रोत भएका अभिभावकका छोराछोरी हुने गर्छन् । घरको आर्थिक अवस्था कमजोर भएका कारण कतिपय बालबालिका कहिलेकाहीँ खाना समेत नखाई स्कूल आउँथे र ‘ममीले भ्याउनु भएन मिस, म त भात नखाई आको भन्थे ।’ खाजा नलिई विद्यालय आउने त थुप्रै हुन्थे । म सबभन्दा बढी दुःखी त्यति बेला हुन्थें, जब भोको पेटले बच्चाहरू पुस्तक र कापीका पाना पल्टाउँथे । हाम्रा सिकाइका मूल्यमान्यता एकातिर थिए भने अर्कोतिर अबोध बालबालिकाहरूका आफ्नै असीमित पीडा । कोही भन्थे ‘आज ममी र बाबाको झ्गडाले भात नपकाएको ।’ जहाँ अभाव त्यहाँ झ्गडा । अभाव नै झ्गडाको बीउ हो भत्रे कुरा पुष्टि हुन्थ्यो । हरेक शिक्षण व्रिmयाकलापमा अगाडि तिनै बच्चाहरू हुन्थे, जसको घरको वातावरण राम्रो थियो । सिकाइमा घर त पहिलो विद्यालय नै हो । तर पनि घरका असीमित पीडाबाट गुज्रिरहेको ७–८ वर्षको त्यो अबोध बालकलाई के थाहा ?

बालबालिकाहरू आफूलाई मन परेको चित्र बनाउन धेरै खुशी हुन्छन् । मन परेको चित्र बनाएर आफै रङ भर्न पाउँदा उनीहरूका अनुहारमा खुशी भरिन्छ । त्यसपछि रानीका, परीका, चरीका कथा एकचित्त भएर सुत्र मन पराउँछन् ।

उनीहरूलाई कथाको माध्यमबाट शिक्षकले धेरै कुरा दिन सकिँदो रहेछ जस्तै— सरसफाई, साथीभाइसँगको मेलमिलाप, अनुशासन, आफूभन्दा ठूलालाई आदर र सानालाई माया गर्ने कुराहरू आदि । उनीहरूलाई शिक्षकको एकहोरो प्रवचनको के काम ? कक्षाकोठामा शिक्षकले सिक्ने वातावरण मात्र सिर्जना गरिदिने हो भने बच्चा आफै उत्सुक भएर सिक्ने रहेछन् ।

त्यसपछि विद्यालयमा आमा समूह गठन गरियो । एक, दुई र तीन कक्षाका बच्चाका आमाहरूको सहभागिता राम्रो थियो ।

विद्यालयका प्रधानाध्यापक र सम्बद्ध कक्षाका कक्षा शिक्षकहरूको सहभागितामा बालबालिकाका समस्याबारे विस्तृत छलफल गरियो । बिस्तारै बालबालिकाहरू सफासुग्घर भई विद्यालय आउन थाले । आ­आफ्ना नानीहरूलाई अभिभावकले खाजाको व्यवस्था पनि गरे । पहिले कहिल्यै खाजा नल्याउने बच्चाले पनि अब नियमित खाजा ल्याउन थाले ।

बालबालिकाहरूको चौतर्फी विकासका लागि शिक्षक मात्र नभएर प्रधानाध्यापक, शिक्षक र अभिभावकले हातेमालो गरेर सँगै हिँड्नुपर्दो रहेछ । यति गरियो भने अवश्य पनि उमेर, क्षमता र रुचि अनुसार बालबालिकाहरूले सिक्ने अवसर पाउँदा रहेछन् । मेरो अनुभवले यसै भन्छ ।

सरस्वती मावि, बडालगाउँ, काभ्रेपलाञ्चोक

commercial commercial commercial commercial