आत्मकथ्य !

फुर्सदको क्षण विद्यालयमा प्राप्त शैक्षिक पत्रिका र पाठ्यपुस्तक अध्ययनमा बिताउँछु । आफ्नो शिक्षणीय पाठसँग मिल्दा कुराहरू प्रसंग अनुसार सन्दर्भ सामग्रीका रूपमा उपयोग गर्छुु । विद्यार्थीलाई आफ्नै सन्तानभन्दा भिन्न देख्तिनँ । अरूको बद्ख्वाइँ गर्न समय व्यतित गर्दिनँ ।

नन्दलाल आचार्य

म आफ्ना दुई छोरीका साथमा ठीक समयमा विद्यालय प्रवेश गर्छु । आफ्नो हाजिरी बनाउँछु । खेलिरहेका विद्यार्थीसामु पुगी अभिवादन साटासाट गर्छु । अनि घण्टीको सङ्केत अनुसार दैनिक शिक्षणीय कर्ममा जुट्छु । सर्वप्रथम कक्षाकोठामा विद्यार्थीलाई पल्टाउँछु र उनीहरूका तत्कालीन मनोविज्ञानका एक एक पत्र पढ्ने कोसिस गर्छु । तीमध्ये कतिपय पारिवारिक झ्मेलामा अल्झ्रिहेको पाउँछु, कतिपय सही सल्लाह र सुझवको अभावमा बेहोसी जीवनशैली अपनाइरहेका भेट्छु । तिनीहरूलाई उचित मार्गनिर्देशन दिँदै अध्ययन–मननमा उत्साहित गर्छु । हाजिरी लिइरहँदा भेटिएका अनुपस्थितहरूको स्पष्ट कारण बुझ्ी हाजिरी खातामा सङ्केत भर्छु । जवाफ दिन झ्र्कोफर्को गरेमा आफू उनीहरूकै सहयोगी भएको कुरा बुझउँछु । लज्जाबोधका कारण आफ्नो पीडा सार्वजनिक गर्न नरुचाएको खण्डमा लिखित रूपमा यथार्थ कुरा अभिव्यक्त गर्न लगाई उनीहरूका कुरा गोप्य राखिदिन्छु । र, आवश्यक पृष्ठपोषण गर्छु ।

फुर्सदको क्षण विद्यालयमा प्राप्त शैक्षिक पत्रिका र पाठ्यपुस्तक अध्ययनमा बिताउँछु । शैक्षिक खुराक मिल्ने कुराचाहिँ एक एक पढ्छु । सकारात्मक पक्षका उत्प्रेरक कुरा शिक्षक मित्रहरूसँग साटासाट गर्छु । पत्रिकाका थरी थरीका कुरामध्ये आफ्नो शिक्षणीय पाठसँग मिल्दा कुराहरू प्रसंग अनुसार सन्दर्भ सामग्रीका रूपमा उपयोग गर्छुु । आजका विद्यार्थीलाई युग सुहाउँदो शैक्षिक खुराक पस्कन सधैं होसियार रहनुपर्छ भन्ठान्छु । विद्यार्थीहरूलाई आफूले नै जन्म दिएका नानीबाबुभन्दा बाहिरको देख्तिनँ । अरूको बद्ख्वाइँ गर्न समय दिन्नँ, आफूलाई खार्नमा पर्याप्त समय बिताउँछु ।

विद्यालय समय सकिएपछि अरू विद्यार्थीलाई घर पठाई आफ्ना छोरीहरूलाई साथमा लिएर निवास फर्कन्छु । बाटामा भेटिएका अभिभावकहरूसँग अभिवादन साटासाट गर्दै शैक्षिक सुदृढीकरणका सवालमा उनीहरूका कुराहरू सुन्छु र आवश्यक कुरा समेत सुनाउँछु । अन्यत्र कतै अलमल नगरी घर पुगी घरायसी कर्ममा केही बेर जुट्छु । साँझ्मा कक्षामा भएका शिक्षण कार्यकलाप, कक्षाकार्य, गृहकार्य आदिबारे छोरीहरूबाट विवरण लिन्छु । उनीहरूले गृहकार्यका रूपमा गर्नुपर्ने सम्पूर्ण कार्य गरे÷नगरेको हेक्का पु¥याउँछु । अलमलिएका बखत उनीहरूलाई सिकाउने र बुझउने कुरामा आफ्नो विवेकको भरमग्दुर उपयोग गर्छु । विद्यालयमा नानीहरूको मनोविज्ञान प्रतिकूल कुनै कार्य भएको रहेछ भने यथार्थ बुझ्ी भोलिपल्ट सम्बन्धित शिक्षकसँग त्यसबारे छलफल गर्छु ।

कक्षाकोठामा समेत सबै बच्चाका निम्ति मायालु वातावरण तयार पार्छु । तिनैलाई भविष्यका ज्योति र राष्ट्रका कुशल सारथि ठान्छु । गर्नुपर्ने काममा बच्चाहरूले आलटाल गरे भन्छु— “अल्छी मान्छेको ठूलो शत्रु हो । यसलाई पराजित नगरी कोही ठूलो र राम्रो मान्छे हुँदैन । समयमा आफ्नो कार्य सम्पन्न गर्ने व्यक्तिले सधैँ सफलता पाउँछ । समयानुसार महŒव बोक्ने कार्यहरूलाई प्राथमिकता क्रममा राख्नुपर्छ र एक एक गर्दै सम्पन्न गर्नुपर्छ । यसो गर्दा असफलताको तीतो स्वाद लिनु पर्दैन । आफ्नो परिश्रमबाट प्राप्त प्रतिफलले दिनेजस्तो आनन्द अरू केहीमा पनि छैन ।”

कहिलेकाहीँ अनौपचारिक छलफलमा प्रधानाध्यापक भन्दछन्— “हामी शिक्षक यी कलिला विद्यार्थीका अनुकरणीय पात्र हौँ ।

उनीहरू हाम्रो आनीबानी र क्रियाकलापको दुरुस्त अनुकरण गर्छन् । यहाँका अभिभावक हामी नै हौँ । जसरी हामी हाम्रा नानीहरूलाई घरमा हेक्का राख्छौँ, त्यसरी नै हामीले यहाँ यिनको हेरबिचार पु¥याउनु जरुरी छ । हाम्रा नानीले उचित शिक्षादीक्षा नपाउँदा हाम्रो कन्पारो तात्छ, त्यस्तै अरूको पनि हुन्छ । घरमा हामी जति होसियार हुन्छौँ, त्यति नै यहाँ हुनु जरुरी छ । जुनसुकै कुरालाई पनि सकारात्मक नजरले हेर्ने काम हामीबाट हुनुपर्छ । हाम्रो बेहोसी कर्मले आफूलाई मात्र निष्क्रियतातर्फ धकेलिरहेका छैनौँ, पूरै राष्ट्रलाई अन्धकारतर्फ डोहो¥याइरहेका हुनेछौँ । अतः जाडोमा घाम प्यारो भए, घाममै राखेर पढाऔँ । विद्यार्थीको उपस्थिति कम भयो भन्दैमा उपस्थित भएकाहरूको ज्ञान लिने अधिकार नकुल्चौँ ।”

मैले प्रधानाध्यापकका यस्ता कुरालाई मार्गनिर्देशनका रूपमा लिने गरेको छु । आफूमा भएको पुरातन शिक्षणीय अहङ्कार चूर्णचूर्ण भएको अनुभव गर्ने गरेको छु । हुन त मसँग दुई दशक शिक्षण गरेको अनुभव छ । मैले नै अध्ययन सागरमा हेलिन सिकाएका कतिपय विद्यार्थी राष्ट्रका उच्च ओहोदामा पुगेका छन् । तर ती सबै प्रतिफल मेरै कारणले सम्भव भएको हो भन्ने दम्भ छैन । शिक्षक त मार्गनिर्देशक र सहयोगी मात्र हो, विद्यार्थीको लगनशीलता अनि सरकार÷अभिभावकको लगानीको प्रतिफल नै उक्त सफलता हो भन्ठान्छु । विद्यार्थीको सफलतामा खुसी नहुने कुरा त होइन । तर, हाम्रै प्रयत्नका बाबजुद कतिपय विद्यार्थी पछि गएर ढोँगी, स्वार्थी, सङ्कीर्ण, आडम्बरी, लुच्चा, लफङ्गा, निर्घिणी, कामचोर, दलाल, भ्रष्टाचारी समेत बनेका छन् । सफल शिक्षक बन्न सकेको भए कुनै कालमा आफ्नो सङ्गतमा आएका ती व्यक्तिहरूले जीवनलाई त्यसरी नकारात्मक दिशातर्फ मोड्ने थिएनन् भन्ने सम्झ्न्छु । दोषको भागीदार आफू समेत भएको बोधले कहिलेकाहीँ पिरोलिन्छु ।

अहिलेको जमानामा शिक्षकले आफूले पढ्दाको जस्तो खरो शासन चलाउनु हुन्न । शिक्षककै बाटोमा सबै जना हिँड्नुपर्छ भन्ने छैन । विद्यालय भनेको आदरभाव राख्ने ज्ञान र विवेकले भरिएको पवित्र थलो हो भन्ने कुरा विद्यार्थीको मस्तिष्कमा प्रवेश गराउने जिम्मा हामी शिक्षककै हो । अग्रजको सम्मान गर्ने संस्कार हरायो भन्दै अग्रजले नै अचाक्ली गर्न सुहाउन्न । शिक्षकले विद्यार्थी अनुशासित हुनुपर्छ भन्ने सोच मात्र राखेर हुँदैन, हामीले नै शिक्षादीक्षाप्रति अभिभावकमा रुचि पैदा गर्न सक्नु पर्छ । अहिलेको समय पहिलभन्दा बेग्लै र पारदर्शी किसिमको हुनुपर्छ । अभिभावकले आफ्ना नानीहरूलाई ऐँच्याउनु होइन, जबाफदेही तुल्याउन कोसिस गर्नुपर्छ । हामी पनि उनीहरूको यथोचित सोच र समरू अनुरूप हिँडिदिनुपर्छ । सानोतिनो बिगार वा कमजोरीलाई तिलको पहाड बनाई उनीहरूको मनोविज्ञान चिमोट्ने भुल गर्नु हुन्न । कतिपय कामकुराको निर्णायक र नेतृत्व वर्गमा उनीहरूलाई पु¥याई जिम्मेवारी सुम्पन सके जबाफदेहिता बढ्दै जान्छ ।  

विद्यार्थी र अभिभावकलाई दोष थुपार्दै आफ्नो शिक्षण धर्मप्रति वितृष्णा भाव राख्नु शिक्षकीय मर्यादाभित्र पर्दैन । जनताको तिरोबाट तलब खाएपछि जनतालाई नै शिक्षादीक्षा दिनमा कन्जुस्याइँ गर्न नैतिकताले समेत मिल्दैन । जजमानले पुरोहितलाई द्रव्यदान दिएझ्ैँ शिक्षकले विद्यार्थीलाई शिक्षादान दिन्छन् भन्ने सम्झ्नु सोह्रै आना गलत हो । मर्यादाका नाममा नानाभाँतीका पौराणिक कथन अघि सारी आजका कलिला बाबुनानीको कलिलो मनस्थितिमा विष घोलिदिनु किमार्थ उचित होइन ।

विद्यालयले हरतरहले शैक्षिक वातावरण दिनुपर्छ । विद्यार्थीले आफ्नो अन्तस्करण खोल्ने मौका पाएमा एकले अर्कासँग गरेको व्यवहार र क्रियाकलापबाट समेत पर्याप्त सिकिरहेका हुन्छन् । समय अनुरूप चौरीमा दगुरेर होस् कि उफ्रेर, थरीथरीका ज्ञान पाएकै हुन्छन् । मानसिक मात्र नभई शारीरिक श्रम गर्दा पनि सिकाइ सम्भव हुन्छ भन्ने बोध विद्यार्थीमा हुनुपर्छ । कडा अनुशासनको कैदखाना नभई विद्यालय खुला सिकाइको मन्दिर हुनुपर्छ ।

अन्तमा, विद्यार्थीको मस्तिष्कमा ‘अग्रजको बोलीमा खारिएको अनुभव हुन सक्छ, उनीहरूको सल्लाहलाई गम्भीरतापूर्वक लिनुपर्छ’ भन्ने चेत हराउनु हुन्न । समयसापेक्ष कुरा जसबाट पाए पनि त्यसलाई आफ्नै सोच–समझ्का रूपमा व्यवहारमा उतार्ने काममा विद्यार्थी पछि पर्नु हुन्न । हामी शिक्षक विद्यार्थीलाई ज्ञानगुनका कुरा सिक्न उत्प्रेरित गर्ने उत्प्रेरक मात्र हौँ, जबरजस्त लाद्ने निरङ्कुश शासक होइनौँ । मुलुकको वर्तमान र भविष्य हाम्रै हातमा छ । हामी बेइमान भए समाजले चोर–डकैत, लुच्चा–लठैत जनशक्ति पाउँछ । शिक्षकको निष्क्रियता र पेसाप्रति अनुदार चरित्रका कारण समग्र सरकारी शिक्षामा प्रश्नचिह्न ठडिनु हुन्न ।

रुपैयाँपैसा हिनामिना मात्र भ्रष्टाचार होइन, नैतिक आचरणमा प्रश्नचिह्न ठडिनु पनि भ्रष्टाचार हो । हामी शिक्षक ‘जोस भएका होसी’ प्राणी हौँ । हामीले होस सहित जोसका साथ मन, वचन र कर्मले समर्पित बन्ने प्रण गर्नु अत्यावश्यक छ । सरकारी शिक्षाको जस अपजसमा प्रधानाध्यापकको भूमिका दुई हात अगि रहन्छ । कारण, उनकै नेतृत्वमा विद्यालयको उन्नति–अवन्नति भइरहेको हुन्छ । अझ् शिक्षक, प्रधानाध्यापक, अभिभावक, विद्यालय निरीक्षक, स्रोतव्यक्ति, जिल्ला शिक्षा कार्यालयको हातमा शैक्षिक अकर्मण्यता र अराजकता निर्मूल पार्ने अचूक अश्त्र हुन्छ । सकारात्मक सोचले यी निकायले हिम्मतका साथ काम गर्ने हो भने विद्यालय शिक्षाको गुणस्तर वृद्धि महसुस गर्न महिनादिन पनि पर्खनु पर्दैन ।

महावीर माध्यमिक विद्यालय, विषहरिया–४, सप्तरी

commercial commercial commercial commercial