शिक्षक पढ्न नभ्याउने शिक्षकहरू !

कतिपय शिक्षकहरू समेत “अतिरिक्त पुस्तक र पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ ?” भनेर सोध्दा “खै कतिखेर पढ्नु र ?” भन्ने प्रतिप्रश्न गर्थे । अनि सामुदायिक विद्यालयका कतिपय शिक्षक यस्ता पनि थिए जो जहिले पनि “म त आफ्नै जाँचको तयारी गर्दै छु, पढ्नै भ्याउँदिनँ; यै शिक्षक पनि सरसरती मात्र हेर्छु” भनेर लाचारी व्यक्त गर्थे ।

मधु राई

ठ्याक्कै एक वर्ष तीन महीना भयो विराटनगर र आसपासका शिक्षकहरूलाई शिक्षक मासिक पढाउन पाँच वर्षअघि शुरू गरेको मेरो अघोषित अभियान स्थगित भएको । झ्ण्डै सय प्रति शिक्षक हरेक महीना विद्यालय र शिक्षकका घरदैलो पु¥याउथें । यो अभियानको दौरानमा मैले धेरै विद्यालय र शिक्षकहरूसँग सम्बन्ध विस्तार गर्ने अवसर पाएँ । कतिपयसँग ज्ञान साटासाट गर्ने सुखद अवसर समेत मिल्यो । शिक्षकका वार्षिक ग्राहकमध्येका एक गुरु तथा दर्शन दैनिकका सम्पादक शिवबहादुर कार्कीले भेटैपिच्छे “मधु, तिमीले कति दुःख गर्न सकेकी” भनेर हौस्याउँदा म झ्न् उत्साहित हुन्थें ।

निजी विद्यालयका कतिपय शिक्षकले “ए ! यो पत्रिका त सरकारी विद्यालयका शिक्षकले पो पढ्नुपर्ने रैछ” भन्दा कहिलेकाहीँ रिस पनि उठ्थ्यो । त्यसै गरी पत्रपत्रिका र पुस्तक पढ्ने बानी नपरेका कतिपय निजी विद्यालयका संस्थापक÷प्राचार्यहरू “भनिहाल्नुभो, यो अंक चाहिँ लिइदिउँला नि ! वार्षिक ग्राहकका लागि पछि कुरा गरौंला” भनेर टार्ने प्रयास गर्थे । आफू शिक्षाको खेती गर्ने तर आफ्नो ज्ञान र सोचको दायरा फराकिलो पार्न कञ्जुस्याइँ गर्ने बहुसंख्यक यस्ता शिक्षक र प्राचार्यकै कारण आज निजी विद्यालयका विद्यार्थीहरू घोकन्ते विद्यामा सीमित रहनुपरेको यथार्थ हाम्रो सामु छ । बरु सामुदायिक विद्यालयका कतिपय शिक्षकहरू व्यग्रतासाथ शिक्षक पर्खिरहेका हुन्थे । उनीहरूको उत्सुकता देख्ता आफूले साँच्चै राम्रो अभियान थालेछु भनेर सन्तोष लाग्थ्यो ।

तर मेरो त्यो अघोषित अभियान रोकिएको वर्षदिनपछि एकाध बाहेक शिक्षक मासिकबारे कुरै गर्दैनन् । केहीले भने “तपार्इंले दिन छाडेपछि त शिक्षक पढ्नै छोडियो” भन्दा मनमा कताकता काँडा बिझ्े जस्तो हुन्छ । र; कहिलेकाहीँ आफ्नो पाँचवर्षे अभियान त्यसै खेर गयो भन्ने लाग्छ । फेरि कहिलेकाहीँ ‘बिचरा ती बाध्यताले शिक्षक र संयोगले संस्थापक÷प्राचार्य बनेकाहरू, जसले विद्यार्थी जीवनमा कहिल्यै पत्रपत्रिका र अतिरिक्त पुस्तक पढ््ने अवसर पाएनन्, तिनलाई के दोषाउनु !’ भनेर चित्त बुझउँछु ।

व्यक्तिलाई असफलताहरूले नै सफल हुने अर्को बाटो खोज्न प्रेरित गर्छ भने जस्तै मलाई पनि मेरो त्यो अभियानले अब शिक्षकलाई होइन ससाना विद्यार्थीलाई पाठक बनाउनुपर्छ भन्ने लाग्यो । ‘विद्यालयमा हाम्रो पुस्तकालय’ भन्ने अर्को अभियानको थालनी पनि गरिसकेकी छु । निकट भविष्यमा सामुदायिक विद्यालयमा पनि यो अभियान विस्तार गर्ने सोच छ । पूर्वप्राथमिक कक्षादेखि नै साना विद्यार्थीमा अतिरिक्त पुस्तक पढ्ने भोक जगाउनु र शिक्षक धरि नपढ्ने शिक्षकका ससाना विद्यार्थीलाई असल पाठक बनाउनु मेरो अभियानको मुख्य उद्देश्य हुनेछ ।

हुन पनि हो, शिक्षक चाहे निजीका हुन् चाहे सामुदायिकका, बहुसंख्यकले अतिरिक्त पुस्तक वा पत्रपत्रिका पढ्दैनन् भन्ने तीतो अनुभव मैले यो पाँचवर्र्षे अभियानको दौरानमा गरें । अनि वार्षिक ग्राहक नै बनेका कतिपय शिक्षकहरू समेत “अतिरिक्त पुस्तक र पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ ?” भनेर सोध्दा “खै कतिखेर पढ्नु र ?” भन्ने प्रतिप्रश्न गर्थे । अनि सामुदायिक विद्यालयका कतिपय शिक्षक यस्ता पनि थिए जो जहिले पनि “म त आफ्नै जाँचको तयारी गर्दै छु, पढ्नै भ्याउँदिनँ; यै शिक्षक पनि सरसरती मात्र हेर्छु” भनेर लाचारी व्यक्त गर्थे । यसरी सधैंभरि सरसरती मात्र हेर्न भ्याउने शिक्षक मासिकका निष्क्रिय पाठक बनेका शिक्षकहरूले पत्रिकाबाट कति ज्ञान लिए होला ? सधैं सरसरती हेर्न मात्र भ्याएर होला पाँच–पाँच वर्षसम्म शिक्षकको ग्राहक बनेकाहरूमा समेत पढ्ने बानीको विकास हुन सकेन ।

यसरी शिक्षकलाई शिक्षक पढाउने मेरो पाँचवर्षे अघोषित अभियानको सिंहावलोकन गर्दा बहुसंख्यक शिक्षकले नै असल शिक्षाको महŒव नबुझ्ेको अनुभव गरें । बहुसंख्यक शिक्षक स्वयं सिर्जनशील नहुने, अतिरिक्त पुस्तक र पत्रपत्रिका पढेर आफ्नो ज्ञानको दायरा फराकिलो पार्न नचाहने र आफूलाई सधैं जागिरे सम्झ्ने जस्ता कारणहरूले गर्दा नै आज हाम्रो शिक्षा क्षेत्र बेरोजगार जन्माउने थलो बनिरहेको छ । अर्कातिर, सामुदायिक विद्यालयका शिक्षक र निजी विद्यालयका संस्थापकहरूका लागि यही शिक्षाको खेती सम्पन्नताको भ¥याङ बनिरहेको छ ।

दश वर्ष पढाउँदा पनि छात्रछात्रालाई प्रवेशिका परीक्षा उत्तीर्ण गराउन नसक्ने सामुदायिक विद्यालयको गुणस्तर जागिरे शिक्षककै कारण धराशायी बनेको शिक्षाविद् र सर्वसाधारणको ठहर छ । उता निजी विद्यालयका सञ्चालकहरू आर्थिक रूपले सम्पन्न भए पनि सामाजिक सरोकारका विषयमा यिनीहरूको योगदान शून्यप्रायः छ । पछिल्लो समय सामाजिक सरोकारका विषयमा भन्दा राजनीतिक कार्यक्रमहरूमा स्कूल सञ्चालक शिक्षकहरूको बाक्लै उपस्थिति देखिन्छ । शिक्षकहरू चाहे सामुदायिकका हुन् चाहे निजीका, राजनीतिक दलहरूको पहिलो रोजाइमा पर्न थालेका छन् । शिक्षाको गुणस्तर उकास्ने भन्दा पनि नेताहरूको पछि लागेर समय र ऊर्जा खर्चने सामुदायिक विद्यालयका बहुसंख्यक शिक्षकहरू ‘असल शिक्षक होइन, नेता र मन्त्री’ बन्न लालायित देखिन्छन् । राजनीतिक पार्टीलाई चन्दा दिएर सभासद् बनेका निजी विद्यालयका सञ्चालकहरूको प्राथमिकता आफ्नो स्कूल–व्यवसायलाई अझ् बढी नाफामूलक र सुदृढ तुल्याउनु बाहेक अरू हुने कुरै भएन ।

हाम्रो शिक्षा प्रणालीमा शिक्षक मासिक पढ्न झयाउ मान्नेहरूकै बोलवाला भएका कारण सामुदायिक शिक्षाको गुणस्तर उकास्ने सरकारी प्रयास असफल हुँदै गएको हो कि भन्ने मेरो अड्कल छ ।

शिक्षण पेशामा लाग्ने बहुसंख्यक व्यक्तिहरू रहरले भन्दा पनि ‘राम्रो अवसर नपाएसम्म पढाउँदै गर्छु’ भन्ने मनसायले यो पेशा अपनाएको पनि देखिन्छ । तर व्यक्तिको बाध्यतालाई वहाना बनाएर समाजलाई ठग्न भने पाइँदैन । बाध्यताले होस् वा संयोगले, शिक्षक भइसकेपछिको पहिलो कर्तव्य भनेको राम्ररी पढाउनु नै हो । विद्यार्थीलाई राम्ररी पढाउन शिक्षकले थप मेहनत गर्नै पर्छ । किनभने कक्षा सँगसँगै विद्यार्थीले आफ्ना शिक्षकका व्यक्तिगत र सामाजिक व्यवहारबाट धेरै जीवनोपयोगी सीपहरू सिकिरहेका हुन्छन् । यस्ता ज्ञान र सीप शिक्षकले पत्रपत्रिका र पुस्तकबाट प्राप्त गर्न सक्छन् । पत्रपत्रिका र पुस्तक पढ्ने बानीले व्यक्तित्व विकास मात्र होइन, शिक्षकलाई असल, सिर्जनशील र मेहनती बन्न पनि प्रेरित गर्छ । तर यही गाँठी कुरा नबुझ्ेकै कारण हाम्रा शिक्षकहरूले निष्क्रिय शिक्षण गरिरहेको देखिन्छ ।

हुन पनि हो, शिक्षक भनेको परिवर्तन र विकासको संवाहक हो भनेर नबुझने मानिसहरूले शिक्षण पेशा अँगाल्दाको दुष्परिणाम नेपाल र नेपालीले आज भोग्दै छन् । थाहा छैन, अझ्ै कति पुस्ताले भोग्ने हुन् । एउटा असल शिक्षकले बालबालिकालाई व्यक्ति र समाजप्रति सकारात्मक हुन सिकाउँछ । आफू बस्ने समाज र देशलाई उन्नति र प्रगतिको पथमा लम्काउन यस्ता शिक्षकहरू सधैं सिर्जनशील र क्रियाशील हुने गर्छन् । तर अफसोस; बाध्यतावश शिक्षण पेशा अँगाल्न पुगेका शिक्षक; चाहे निजीका हुन् चाहे सामुदायिकका, जो निष्क्रिय शिक्षण गरिरहेका छन्; तिनीहरूलाई न व्यक्तिप्रति सकारात्मक हुनुपरेको छ न समाजप्रति नै संवेदनशील हुनुपरेको छ ।

सरिता इन्द्र पूर्व प्राथमिक
विद्यालय, विराटनगर 

commercial commercial commercial commercial