सन्तानको हेरचाह गरौँ, तर नमत्याऔं !

बालिबालिकालाई ज्यादा पात्तिने गराउनु हानिकारक छ । विदेश भएका पिताले पनि टाढा छु भन्दैमा धेरै मत्याउनु हुँदैन । आमाले पनि बाबुको समेत माया थपेर मत्याउनु हुन्न । आधुनिक सुविधा दिनुपर्छ तर छोराछोरीको उमेर, शैक्षिक अवस्था, तिनका साथीहरूको दिनचर्या र आनीबानी तथा पढाइमाथि पनि उचित ध्यान दिनु आवश्यक छ ।

विद्यालय शिक्षामा थुप्रै विकृति र विसंगतिहरू देखिन्छन् । शिक्षक व्यवस्थापन, पाठ्यक्रम र पाठ्यपुस्तक, शिक्षकको कर्तव्यपरायणता, अभिभावकीय रुचि र सरोकार, शैक्षिक संघ÷संगठनको पेसागत मर्यादा, विद्यालय प्रशासनको नेतृत्व कुशलता; परीक्षा, परीक्षण र नतिजा प्रकाशन प्रणाली आदि हरेक क्षेत्रमा उत्तिकै विसंगति फेला पार्न सकिन्छ ।

शैक्षिक विसंगति ल्याउने एउटा कारकतŒव अभिभावकको उदारताका कारण विद्यार्थीमा उत्पन्न अभिवृत्ति पनि हो । आज कलिला बालबालिकाहरूलाई दिइने चलभाष यन्त्र (मोबाइल) र यसमा उपलब्ध नेट, वाइफाइ र खेल तथा टेलिभिजनमा जोडिएको केबल र तज्जन्य सामग्री, हिजोआज सुलभ हुँदै गरेको ल्यापटप अनि तिनको दुरुपयोग गर्ने प्रवृत्ति । फलतः हिजोआज ससाना बालबालिकामा समेत अध्ययन गर्ने संस्कार क्रमशः स्खलित हुँदै गएकोे छ । बालपात्रमा नकारात्मक प्रवृत्ति जागृत गराउनमा यस्ता साधनले उत्प्रेरकको भूमिका खेलिरहेका छन् ।

श्रीखण्डलाई चिनेर उपयोग गरे त्यसले चर्मरोगमा औषधीको काम गर्छ । आजको जमानामा सूचना सञ्चार र प्रविधिहरू पनि जान्नेका लागि श्रीखण्ड नै बनिरहेकामा कुनै द्विविधा छैन तर दुरुपयोग गर्नेहरूका लागि भने विकृतिको साधन बनिरहेछ । मान्छे (बालक होस्, युवा वा बृद्ध) मौका पायो भने समय, स्रोत र साधनको सदुपयोगभन्दा ज्यादा दुरुपयोग गर्नतिरै प्रवृत्त हुन्छ । अझ् त्यसमा पनि काँचो माटोको रूपमा रहेका बालबालिकाहरू गलत मार्गतर्फ उन्मुख हुने सम्भावना बढी नै रहन्छ ।

यसको अर्थ बालबालिकालाई मोबाइल र कम्प्युटर दिनै हुन्न भन्ने होइन । तर यसको पनि एउटा हद र सीमा हुन सक्छ ।

वैदेशिक रोजगारीमा गएका बाबुले छोराछोरी वा श्रीमतीलाई प्रायः उपहारस्वरूप दामी मोबाइल पठाउने या ल्याइदिने गरेका छन् । यसपछिका दिनमा ती मोबाइलमा घन्कने गीत र चल्ने चलचित्रले घर मात्र होइन, गाउँ समेत रन्काउने गर्छ ।

मोबाइल बिक्री केन्द्रहरूमा हेर्ने हो भने मोबाइलमा गीत, गेम र चलचित्र भर्नेहरूमा प्रायः कलिला केटाकेटी नै हुन्छन् । अझ् त्यसमा सजिलै उपलब्ध हुने नेट सुविधाका कारण बाल मनोविज्ञानलाई प्रत्यक्ष असर पार्ने खालका सामग्री डाउन लोड गर्ने र प्रायः एकान्तमा बसेर हेर्ने गरेको देखिन्छ । १३–१४ वर्षकै कलिलो उमेरमा हेरिने यस्ता चित्रविचित्रले बालमनोविज्ञानलाई कति असर पु¥याइरहेको होला ? कसैले पनि त्यसको आँकलन गरेको पाइएको छैन । कलिला छोराछोरीलाई उमेर नपुग्दै यस्तो वातावरणमा प्रवेश दिने अभिभावकहरू नै छोराछोरीले पढेनन् भनेर अक्सर विद्यालयमा गुनासो लिएर आउने गर्छन् । तर आफ्ना सन्तति किन पढ्दै छैनन् ? तिनको पढाइमा केले असर पारिरहेको छ भन्ने कुराको ख्याल राख्न र समस्याको चुरो बुझन उनीहरूले सकिरहेका छैनन् । एकैचोटि परीक्षाको रिजल्ट हेरेर उनीहरू तर्सन्छन् मात्र ।

अर्कोतिर; हामी कतिपय अभिभावक पनि छोराछोरीलाई पढपढ भन्दै अर्को कोठामा ठूलो स्वरमा टिभी खोलेर सिरियल र फिल्म हेर्ने गर्छौं । अझ् कोही अभिभावक त बच्चालाई सँगै राखेर घण्टौँ टेलिफिल्म हेरिरहेका हुन्छौँ । धारावाहिकहरू हेरेर नथाक्ने अभिभावकहरू आफ्ना बच्चामा टेलिफिल्मको लत बसेको र स्कूलमा समेत उनीहरूबीच पढाइको होइन, यसैबारेमा घण्टौँ कुराकानी हुने गरेको कुरा वास्तै गर्दैनौँ । प्रायः कक्षाहरूमा पनि शिक्षक प्रवेश गर्दा विद्यार्थीहरू किताब होइन, मोबाइलकै सामग्री हेरिरहेका हुन्छन् । हालै एक संस्थाले सर्वेक्षण गर्ने वहानामा ३ लाख नेपाली बालिकालाई पठाएका यौनजन्य म्यासेजहरूबाट पनि मोबाइलबाट कति विकृति भित्रिरहेको छ भन्ने कुरा पुष्टि हुन्छ ।

हिजोआज मोबाइलमय यो पुस्ता बिस्तारै ल्यापटपतिर स्थानान्तरित हुँदै गएको छ । कतिपय बच्चाहरू विद्यालयबाट घर पुग्नासाथ सीधै ल्यापटपमा झ्ुण्डिने गर्छन् । शुरू शुरूमा अभिभावकहरू छोराछोरीले सिकुन्, जानुन् भनेर छोडिदिने गर्छन् तर पछिपछि त्यसैमा अभ्यस्त भएपछि दिक्क मान्न थाल्छन् । अझ् कतिपय अभिभावकलाई त छोराछोरीले ल्यापटपमा के हेर्दैछन् र केकस्ता गतिविधि गरिरहेछन् भन्ने अन्दाज पनि हुँदैन । यस्तै कैयौँ आमाहरू कहिलेकाहीँ तिनै छोराछोरीलाई भनेर नयाँनयाँ फिल्मका सिडी मगाउँछन् र तिनैसँग बसेर मजाले हेर्छन् । कहिलेकाहीँ तिनै छोराछोरीलाई भनेर डाउनलोड पनि गराउँछन् । यसले नपुगेमा मोबाइल बिक्री गर्ने सेन्टरमा पठाउँछन् । अनि बच्चाले आमालाई जित्ने नै भयो । यस्तै अवस्था पिताको सन्दर्भमा पनि मिल्न सक्छ । यदि पिता वैदेशिक रोजगारीमा गएका छन् भने आफ्ना छोराछोरीका उल्लिखित विषयमा बेखबर नै हुन्छन् । घर आएका बखत उनका कमजोरी थाहा पाइहाले पनि पितृवात्सल्य उम्लेर आउँछ, केही पनि भन्न सक्तैनन् । भनिहाले पनि बच्चामा लत पसिसकेको हुनाले तत्काल बाबुको अगि साक्खे भएर ज्ञानी बालक भइटोपल्छन्, पछि जस्ताको तस्तै । कतिपय अभिभावकचाहिँ “हाम्रा पालामा थिएन; हामीले हेर्न चलाउन र खेल्न पाएनौँ, यिनीहरूको जमानामा उपलब्ध छ, हेरुन्, खेलुन्” भन्ने गर्छन् । यस्ता कथन र समर्थन पछि गएर प्रायः महँगा साबित हुने गरेका छन् ।

कम्प्युटर पसलका एक प्रोपाइटरका अनुसार बालबालिकाले उनीकहाँ बनाउन ल्याउने ९० प्रतिशतभन्दा ज्यादा ल्यापटपमा अश्लील सामग्री हेर्ने गरेको पाइन्छ । मोबाइल फोन मर्मत गर्ने पसलेको अनुभव पनि यस्तै छ ।

यसबाट सहज प्रश्न उठ्छ— हामी आफ्ना सन्ततिलाई कतातिर डो¥याउँदै छौँ ? यो प्रश्न जति सरल छ उति नै जटिल र संवेदनशील पनि । प्रविधिसँग परिचित तुल्याउने सन्दर्भ नराम्रो होइन । हामीले आधुनिक प्रविधि (मोबाइल, ल्यापटप आदि साधन) त दियौँ तर यसको सदुपयोग गर्ने कलाबारे उचित प्रशिक्षण नै दिएनौँ सायद । र नियमन गर्नेतिर हामीले ध्यानै पु¥याएनौँ । फलतः आजका पिँढीका केही बालबालिकामा बिस्तारै विसंगत मनोविज्ञान हाँगिदैछ ।

हामी एकोहोरो रूपमा ‘शिक्षकले पढाएनन्, स्कूलमा पढाइ नै हुँदैन, शिक्षा नीति ठीक छैन, परीक्षा प्रणाली उपयुक्त छैन, विद्यार्थी अनुशासनहीन भए आदि’ भन्दै विद्यार्थी असफल हुनुको दोषारोण शिक्षकमाथि थोपरेर आफू पानीमाथिको ओभानो बन्ने चेष्टा गर्छौं । तर वास्तविक मधौरु (सिकारु) ले औषधी र माड किन खाइरहेको छैन भन्ने कुरा हेर्दै हेर्दैनौँ । कथंकदाचित हेरिहाले पनि बुझ् पचाउँछौँ । विद्यालयमा त छात्रछात्राहरू मात्र ६ घण्टा रहन्छन्, बाँकी समय अभिभावकसँगै हुन्छन् । खासमा जति दायित्व शिक्षकको हुन्छ, उति नै दायित्व अभिभावक र शिक्षाप्रेमी हरेक नागरिकको पनि । घरमा रिट्ठाको बोट रोपी स्कूलमा स्याउको फल खोजेर पाउन सकिँदैन । घर, समाज र विद्यालयको त्रिकोेणात्मक सम्बन्धको उज्यालो राप र रश्मि पाउन सके मात्र बीउरूपी बालबालिकाहरू अपेक्षा गरे अनुरूप अंकुराउन, बढ्न, फुल्न र अन्त्यमा मीठा फल दिन सक्षम हुन्छन् ।

कथंकदाचित बच्चा ट्र्याक छोडेर बाहिर हिँड्यो भने फेरि लिकमा ल्याउन सकिन्न । रामायणका रचयिता वाल्मीकि बाल्यकालमा अति दयालु थिए र असल पनि । एक दिन डाकुले उनलाई अपहरण गरेर लगे र आफू जस्तै त्रूmर बनाए । फलतः उनी कुख्यात डाकुका सरदार भए । दैवसंयोग कुनै दिन उनले नारदमुनिको संगत गर्ने अवसर पाए । नारदकै सत्प्रेरणाले उनी फर्के सन्मार्गमा । पछि कठोर तपस्या गरे र बने महर्षि । ‘रामायण’ नाम गरेको महाकाव्य लेखे । वाल्मीकि नारद जस्ता देवर्षिको संगत पाएर सुध्रिए तर हामीले नारद जस्ता महर्षि कहाँ पाउनु ? हाम्रा सन्तान बिग्रिए भने श्रीमद्भागवतमा वर्णित धुन्धुकारी जस्ता बन्छन् । कसैले सम्झए पनि केही नलाग्ने । कुलंगार बन्छन् । अभिभावकको टाउको दुखाइ बन्छन् । हाम्रो हेलचेक्य्राइँले कुलतमा फसे भने उनीहरूको त भविष्य अन्धकारमय हुन्छ नै, माता र मातृभूमिका निम्ति पनि भार बन्छन् उनीहरू ।

यसर्थ अभिभावक र समाजका असल नागरिकले पनि समयमै हेक्का राख्नु जरूरी छ— आफ्ना बालिबालिकालाई ज्यादा पात्तिने गराउनु हानिकारक छ । विदेश भएका पिताले पनि आपूm टाढा छु भन्दैमा धेरै मत्याउनु उचित हुँदैन । आमाले पनि बाबुको समेत माया थपेर दिई मत्याउनु हुन्न । आधुनिक सुविधाहरू दिनुपर्छ तर छोराछोरीको उमेर, उसको शैक्षिक अवस्था, वातावरण, आफ्ना छोराछोरीका साथीहरूको दिनचर्या र आनीबानी तथा पढाइमाथि पनि उचित ध्यान दिनु आवश्यक छ ।

बराबर विद्यालय जाने, प्रधानाध्यापक र शिक्षकसँग परामर्श गर्ने, साँझ् उनीहरूले पढुन्जेल आफू पनि सँगै बस्ने र केही पढ्ने वा अन्य केही काम गर्ने, निश्चित समय मात्र खेल्न दिने, घरका ससाना काम गर्न लगाउने (जस्तै ः उमेर अनुसार घर बढार्न, फूल रोप्न, ओच्छ्यान मिलाउन, किताब मिलाएर राख्न, लुगा मिलाएर राख्न, चिया पकाउन, खाना पकाउन, लुगा धुन, आफ्नो जुत्तामा आफै पोलिस लगाउन, तरकारी लगाउन, बजारमा गएर तरकारी, फलपूmल र अन्य आवश्यक घरेलु सामान किनेर ल्याउन आदि ।) एकोहोरो पढाइमा मात्रभन्दा पनि गरेर सिकिने यस्ता व्यावहारिक सीप सिकाउनु आवश्यक छ । समाजमा आयोजना गरिने पूजा, भजनकीर्तन, कथा प्रवचन, बिहे, व्रतबन्धादि उत्सव, ल्होसार, गाईजात्रा, बौद्धपूर्णिमामा आयोजित विशेष कार्यक्रम, आस्था अनुरूप मन्दिर, गुम्बाहरू, तीजमा आयोजित कार्यक्रमहरूमा लगी त्यस्ता पर्वहरूमा उनीहरूलाई सहभागी हुने र समाजमा सहजै समाहित हुने वातावरण दिनु जरूरी छ ।

पशुपति साङ्गवेद आवासीय संस्कृत माध्यमिक विद्यालय, नवलपरासी

commercial commercial commercial commercial