एउटा कविताको कथा

महिजोआज कामविशेषले हुम्ला आएकी छु । अदानचुली गाउँपालिकाको हामी बस्ने घरैअगाडि अंग्रेजी माध्यममा पढाइ हुने एउटा ‘प्रि–प्राइमरी स्कूल’ छ । बिहान कक्षामा पस्नुअघि करीब पन्ध्र मिनेटको ड्रिल गरे पछि ड्रम बजाउने ५–६ वर्षका भाइले भन्छन्, “नाउ वी आरगोइङ टु क्लास रुम, आर यु रे डी परmे न्डस् ?”

स–साना बालबालिकाले अनेक भावभङ्गिमामा आ–आफ्नो पाराले गर्ने ड्रिल हामीलाई खूब रमाइलो लाग्छ र हेरिबस्छौं । तर कहिलेकाहीं उनीहरूको एसेम्ब्लीलाई हेर्नलायक (होइन, नालायक) बनाउने अर्को कुरा पनि हुन्छ, विभिन्न निहुँमा दुईहाते लौराले उनीहरूलाई गरिने धुलाइ । हरेकपटक चार–पाँच वर्षे केटाकेटी एक हातले पिटेको ठाउँमा सुम्सुम्याउँदै अर्को हातले आँखा र नाक पुछिरहँदा मलाई भने सम्झनाले उडाएर लमजुङ पुर्याउँछ । केहीअघि काठमाडौंमा मेरी एउटी स्कूले साथीसँग जम्काभेट भयो । सामान्य हालखबर सोध्नासाथ उसले पुराना कुरा कोट्याइहाली, “त्यो ... मुर्दाले कति पिट्थ्यो है हाम्लाई ! ?” मेरा आँखा झ्ट्ट उसको कपालतिर गए । कक्षा दश पढ्दा ट्वाइलेट जान्छु भनेर बाटैमा एकछिन निद्रा पुर्याउनपट्टि लागेकी उसलाई सरले भेट्टाएर एक मुठ्ठी कपाल लुछिदिएका थिए । रातिको पढाइ सकेर हामी होस्टेलमा सुत्न जाँदा टाउकोबाट कपालका रौं सँगाल्दै उसले आँशु खसाल्नुभन्दा धेरै कपाल लुछिदिनेलाई सरापेकी थिई । उसकागोरा पिडौंलामा सयौंपटक पाइपकागुलाबी सुम्ला उठे र मेटिए । पाइप नखाने रगिट्टीमा घुँडा नटेक्ने हराम्रो कक्षामा एउटै प्राणी पनि थिएन । होमवर्क गरेर वा पढ् भनेको कुरा पढेर आउँदैमा कुटाइ नखाने भन्ने हराम्रोमा हुँदैनथ्यो । लगभग हरेकजसो कुरा सरको मूडमा भर पथ्र्यो । तर ऊ मात्र एक त्यस्ती जब्बर विद्यार्थी थिई जो तीनतले भवन माथि देखि गिट्टी विछ्याएको भुईंसम्म नाङ्गो घुँडाले टेकेर हिंड्नुपर्दा समेत फिटिक्कैगल्दिनथी ।

प्रसिद्ध हिन्दी फिल्म तारे जमीन पर मा जस्तै ऊ कक्षामा कम, ढोकाबाहिर ज्यादा भेटिन्थी । हामी शौचालय वा अन्त कतैबाट कक्षामा पस्दा कर्के आँखा पारेर ङिच्च दाँत देखाएर हाँस्थी । जब कक्षामा हुन्थी, धेरैजसो समय बसेकी हुँदैनथी । लाग्थ्यो, पिटाइको उसलाई बानी परिसक्यो । पिटाइ खाँदाखाँदा उसका शरीरका अङ्गहरू नै मरिसकेका थिए । “सरले कुटीकुटीकन पढाएको थियो र आज यहाँ आइपुगें भनेर सम्झेलास् कुनै दिन भाते !” पाइपले भकुर्दै शिक्षकहरू भन्थे । आज आठ वर्षपछि हामी सबैको जीवनको आधाउधी टुङ्गो लगभग लागिसक्यो । करीब डेढ दर्जन केटीहरूमध्ये मुश्किलले आधा दर्जनले मात्र ब्याचलर सक्यौं । केटाहरूको त त्यति पुग्न पनि मुश्किलै होला । कतिपयका त केटाकेटी पनि हुर्किसके । तर जो जो ‘यहाँ आइपुगें’ भन्ने ठाउँसम्म पुगेका छन्, तिनले कहिल्यै पनि ती पाइप र पाइप बोक्नेहरूका लागि पढेनन् । ज–जसले पाइपका लागि मात्र ‘पढिदिए’, स्कूले जीवनलाई सम्झ्ंिदा उनीहरूका मनमा शिक्षकको अनुहार पहिले आउँछ कि पाइपको र त्यसरी तिनलाई सम्झेका बेला उनीहरू के सोच्दा हुन् भन्ने शिक्षाका नाममा दिइने यन्त्रणा भोगेका सबैले अनुमान गर्न सक्ने कुरा हो । यो त भयो भौतिक सजायको कुरा । यस्तो सजायको एउटा न एउटा कथा नबोकिकन स्कूल सकेका मेरो उमेरका को पो भेटिएलान् र ? तर एउटा कथा यस्तो पनि छ जसको दुखाइ पाइपका सुम्लाभन्दा कैयौंगुणा चर्को थियो— जुन सम्झ्ँदा मलाई आज पनि आँशु आउँछ, तर हिजोआज त्यसमा हाँसो पनि मिसिन थालेको छ । यो कथा एउटा कविताको कथा हो । यो कुरा म कक्षा ७ मा पढ्दाको हुनुपर्छ । स्कूलमा म धेरैजसोकी प्यारी थिएँ । बिहानको एसेम्ब्ली गराउने जिम्मा मेरो थियो । नियमित ड्रिल अभ्यास सकिएपछि अगाडि गएर विद्यार्थीहरूले पालैपालो आ–आफ्ना लेखरचना सुनाउनुपथ्र्यो । अरूलाई ‘ला ! भोलि मेरो पालो’ भनेर दिक्क लाग्ने यो काम मलाई भने कहिले आउला जस्तो लाग्थ्यो । अहिले दिमागमा झ्ट्ट केही नवीन विचार आउँदा यो चाहिं फेसबूक वा ट्विटरमा लेख्छु भनेजस्तै त्यतिबेला यो चाहिं एसेम्ब्लीको लागि भनेर कोरिटोपल्थें । कवितामा भर्खरभर्खर रस बसेको बेला थियो त्यो । कक्षामा थरीथरीका शिक्षकले पढाउँथे । कोही हामीलाई कक्षाकार्य दिएर कक्षाको एउटा कुनाबाट अर्को कुनासम्म एक्लाएक्लै मुस्कुरा उँदै डुलिबस्थे । कोही मुखबाट फुत्कने हरेक शब्दमा अंग्रेजी ‘एस’ लगाएर प्लु रल मा बोल्थे र हामीलाई अंग्रेजी कमजोर भएको मा निम्नस्तर को महसूसगराउँथे । कसैकसैकोगुड मर्नि  ङ मा दाँतमा अड्किएको सागको टुक्रो पनि हाँस्थ्यो । कोही भर्खरभर्खर सर्ट बाहिरबाट ब्राको फित्ता देखि न थालेका कलिला ढाडहरूमा घरीघरी धाप मार्ने अनेक निहुँ खोजिरहन्थे । कोही कक्षामा विद्यार्थी ढिला आए वा स्कूल नआए सजायस्वरूप जिउँदै शोक मनाएर आफ्नो मान सिक रोग प्रदर्शनगर्थे । कोही यति सुन्दर, सरल र प्रिय थिए, सबै शिक्षक उनीहरूजस्तै भइदिउन् जस्तो लाग्थ्यो । एक दिन यी विभिन्न थरी शिक्षकहरूसँग झेंक चलेर मैले एउटा कविता लेखें । झेंक चलेकाहरूलाई मात्रै टार्गेट गर्दा ठ्याक्कै थाहा हुने डरले रमाइला किस्सा जोडिएका केही अरूलाई पनि कविताका पात्र बनाएँ । लेखेकी त झेंक चलेर थिएँ, तर कविता पढिसक्दा आफैंलाई हाँसो उठेर आयो । भोलिपल्ट राम्रा अक्षरमा डायरीको पानामा सारेर एसेम्ब्ली जानुअघि साथीहरूलाई सुनाएँ । उनीहरूले पनि मरीमरी हाँसेर स्वीकृति दिएपछि लाग्यो, यत्तिको कविता सुनाउँदा फरक पर्दैन ।


एक पारिलो बिहान, छिमेकी मध्यमस्र्याङ्दी जलविद्युत् परियोजनाका कामदारहरूले सधैं झै तारजालीमा अडेस लागेर हराम्रो बिहानी प्रस्तुति हेरिरहेको बेला मैले माइकको भरपूर उपयोग गरेर आफ्नो कविता कहें । कवितासँगै केही रमाइला किस्सा र धेरै मजस्तै विद्यार्थीका गुनासा कहें । एसेम्ब्ली सकेर लाइनमा मिसिन आउँदा केही साथीहरू हातले नाक मिचेजस्तो गरी अझै हाँस्दै थिए । मैले कस्तो भयो भनेर सोध्ने जरुरतै परेन । अघिल्तिर उभिनेले ड्रिल ठोक्यो । तर त्यो दिन शिक्षकका आँखाबाट छेलिने ठाउँ पनि नपुग्दै हराम्रो लाइन एकैठाउँगुजुल्टो परयो । एसेम्ब्ली जानुअघि कविता सुनेर हाँस्दैगज्जब छ भनेका साथीहरू अहिले ‘ओइ, तैंले के कविता सुनाको ?’ भन्न थाले । लाइनको पुछारमा बस्नेहरूले कवितामा टार्गेट गरिएका शिक्षकहरू भेला भएर के–केगफ गरिरहेको सूचना दिए । कसैले कुनै सर एकदमै रिसाएको, कसैले हेडसरसित कुरा गर्नु पर्छ भन्दै गरेको सुनेको खबर दिए । कक्षामा नपुग्दै मेरो घाँटीमा थुक निल्नै नसक्ने गरी डल्लो जमिसकेको थियो । मैले त्यस दिन बिहानै रेडियोमा राशिफल सुनेकी थिएँ । राशिफल सुन्नु हामी केटीहरूमा चलनजस्तै थियो । बिहान त्यति सुनेपछि हामी दिनभरिमा कुटाइ खाने नखाने तयगथ्र्यौं । स्कूल छिर्ने बाटैको घरका भित्तामा लागेको भित्ते लहरोका मुन्टा लहराइरहेका हुन्थे । कहिल्यै फूल नफुल्ने त्यस लहराका पातलाई किन हो हामी बडो लच्छिनको मान्थ्यौं र दिनको एउटा पातको दरले ‘हे भगवान, आज कुनै पिरियडमा कुटाइ खानु नपरोस्’ भनेर दुईचुल्ठी बाट ेको कपालमुनि घुसाथ्र्यौं । कसैले कुनैदिन कपालमा पात घुसार्न बिर्सेको रहेछ भने अर्कोेसँग मागेर भए पनि नघुसारेसम्म दिनभरिलाई ढुक्क हुन सक्दैनथ्यो । त्यस दिनको राशिफल रराम्रो थियो । कपालमा पात घुसार्न पनि बिर्सेकी थिइनँ । तैपनि कविता भन्नुअघि एकपटक मलाई मनपर्ने सरसँग सोध्छु भन्ने चाहिं मनमा थियो । सधैं भेट हुनुहुने उहाँ त्यही दिन चाहिं प्रार्थनाअघि भेट हुनुभएन । हुने हार दैव नटार भनेको के रहेछ, मैले त्यसै दिन बुझें । प्रार्थना सकिएको धेरै बेरसम्म त्यस दिन शिक्षकहरू कक्षामा आएनन् । हराम्रो कक्षामा मात्र होइन, वरपरका कक्षामा समेत चर्को हल्ला नरोकिएको सुन्दा शिक्षकहरूको ठूलै मिटिङ बस्यो भन्ने सोचेर मेरो मनले यता ढ्याङ्ग्रो ठोकिसकेको थियो । के भन्ने हुन् भन्ने डरले शिक्षकको अनुहार हेर्नै नचाहँदा र बरू केही न केही खबर त ल्याए हुन्थ्यो भन्ने व्यग्रताले अनुहार हेरिहाल्न चाहँदाको दोधारको क्षण कस्तो हुँदोरहेछ भन्ने पनि मैले त्यसै दिन थाहा पाएँ । घडीको प्रत्येक पलसँगै मेरो घाँटीमा अड्केको डल्लो सहनै नसक्ने गरी दुख्थ्यो । डेस्कमा घोप्टो परेर रोएर त्यो डल्लो जानेवाला थिएन । आधा घण्टा बितिसक्दा पनि त्यस दिन कक्षामा कुनै शिक्षक आएनन्, बरुगार्ड दाइ चाहिं आए, मलाई बोलाउन ।गह्रौं पाइला चालेर म ढोकाबाट लुरुलुरु निस्केको पूरै कक्षाले चुँइक्क आवाज ननिकाली हे¥यो । सरमिसले सधैं भन्ने गरेको पिन ड्रप साइलेन्स कस्तो हुँदोरहेछ भन्ने पनि मैले त्यसै दिन बुझें । तनावका बेला ‘मेरो पेट पोल्यो नि ....’ भन्दै हजुरआमा एक्लै बर्बराउनुहुन्थ्यो, छटपटाउनुहुन्थ्यो । म सोच्थें, कहीं नपाएर पेट पनि पोल्छ ? पेटमा आगो हुन्छ र पोल्नलाई ? हजुरआमाले भनेजस्तो पेट पोल्नु के रहेछ भन्ने पनि मैले त्यसै दिन बुझें । प्रिन्सिपलको कोठाबाहिर पुगेर मैले मुसाको जत्रो स्वरमा ‘मे आई कम इन सर ?’ भन्दा अघि माइकमा कविता फलाक्दाको आफ्नै आवाजले मलाई गिज्याइरहेको थियो । भित्र सोफामागजधम्म भएर टनाटन बसेका मेरा कविताका पात्रहरूको एकएक आकृति मलाई ग्लानिबोध गराउन पर्याप्त थियो । म ढोकैनेर उभिएँ । हेडसरले अलिकति हाँसेर भन्नुभो, “काली कविता तगजबै लेखिचेस् त !” मेरा आँखाबाट अलिकति राहत र धेरैग्लानिका बडेमान का दुई ढिक्का आँशु सीधै तल झ्रे र निमेषभरमै हेडसरको कार्पेटमा विलाए । ती आँशुको मायामा अर्का दुई थोपा आँशु उसै गरी खसे । बुवासित राम्रै आवतजावत चल्ने भएर हो वा के हो हेडसरले मेरो कवितालाई उति गम्भीर रूपमा लिनुभएन । नत्र कुनै सामान्य विद्यार्थीले यत्तिको धृष्टताबापत चुकाउनुपर्ने मूल्यको अनुमान लगाउन सकिन्थ्यो । “यस्ता कुरा त मसित सुटुक्क पो भन्ने हो त, एसेम्ब्लीमा गएर भन्छन् त लाटी ?” भन्नुभो । सहानुभूतिको हरेक शब्दसँगै मेरो रुवाइ झन्झन् चर्कन्थ्यो, हिक्कहिक्क झनै बढ्थ्यो । “सरी भनेर क्लासमा जा !” हेडसरले आदेश दिनुभो । कुनै पनि कविले कहिल्यै पनि आफ्ना कविताका पात्रहरूकै सामुन्नेरूँदै माफी मागेको छैन होला । अझ् म त एकदुईवटा कविताका मुना हालेर पलाउँदै गरे की कलिली थिएँ, कमली कवि ! माफी माग्दिनँ भन्न सक्ने उमेर, अवस्था केही थिएन । ‘सरी’ भनें । माफी त मागें, तर त्यस दिन दिनैभरि मेरा आँखाले विश्राम पाएनन् । आँशु नरोकिनुका प्रमुखतः दुई कारण थिए । पहिलो , मैले माफी मागिसकेपछि पनि मेरा कविताका कुनै पनि ‘कु’ पात्रहरू मसँग बोलेनन् । दोस्रो, थोरै सही तर मेरो मनमा गहिरो छाप छोडेका मेरा कविताका ‘सु’ पात्रहरूले पनि मलाई सान्त्वना दिने कुनै आवश्यकता देखेनन् ।


त्यति लामो समयसम्म त हजुरआमाको पेट पनि पोलेको थिएन होला । त्यति लामो समयसम्म त कुनै कविता पनि दुखेको थिएन होला । मैले घर गएर कसैलाई केही भनिनँ । ‘कसै’ मतलब ममी र हजुरआमा । हजुरआमा यस्ता कुरा बुझनुहुन्नथ्यो, ममीसँग त्यतिबेला यस्ता कुरा सेयर गर्ने गरी निकट सम्बन्ध थिएन । म बुवा कुरिबसेकी थिएँ । गाउँमा भर्खरभर्खर सीडीएमए फोन अइपुगेको थियो । पूरै गाउँको लागि एउटा । कसैको फोन आउनासाथ घरको एउटा मान्छे चप्पल लगाएर खबर पुर्याउन दगुरिहाल्नुपथ्र्यो । हराम्रोमा त्यस्तो मान्छे नहुँदा बुवाले फोन नजिकै ठूलीआमाको घरमा राख्नुभएको थियो । साँझ्पख ठूली आमाले बोलाउनुभयो, “दुर्गा ! बुवाको फोन आ’ छ ।” बुवाको फोन भन्नासाथ मेरा आँखा फेरि सरर्र रसाएर आए । शरीरमा थोरै सास पलाएजस्तो भयो तर चप्पल लाउनेबेला खुट्टा थरर्र काँपें । खुट्टा किन काँपे त्यसरी ? खाजा नखाएर मात्र त मरे पनि होइन ! के मायाले मान्छेलाई यस्तरी कमजोर पनि बनाउँछ ? ठूलीआमा कतै काममा लागिसक्नुभएको थियो । टेबलमा राखेको फोनको रिसिभर उठाएर रुन्चे स्वरमा भनें, ‘हेलो....’ ‘नानी....?’ बुवाले कानैमा भन्नुभो । त्यतिन्जेल मेरो हिक्कहिक्क छुट्न थालिसकेको थियो । ए होइन ! त्यो त मैले बाटो देखि कल्पना गरेको पो त । बुवाले एकदमैरूखो स्वरमा भन्नुभो, “खूब देवकोटा बन्नु प¥या छ है तँलाई ?” मलाई फोनको अर्कोपट्टि मेरै बुवा बोलिरहेको भनेर पत्याउन गाह्रो परयो । बुवाले अरू केके भन्नुभो मलाई याद छैन । रुँदारुँदा डम्म भइसकेका कानले अब त सुन्न पनि छोडे जस्तो लाग्यो । जहाँबाट टिपेकी थिएँ, त्यहीं फोनको रिसिभर राखेर म निस्कें । छन्द मिलेका हुन् वा नहुन्, बुवा मैले कोरेका हरेक कागजका टुक्राहरूमा नाक फुलाउनुहुन्थ्यो । मैले बोलेर जितेका हरेक सानाठूला पुरस्कार का बारे छाती फुलाउँदै दुनियाँलाई भन्दै हिंड्नुहुन्थ्यो । मलाई बुवाको त्यही ऊर्जाले झन् लेख्न–बोल्न प्रेरित गथ्र्यो । हुनत बुवालाई मैले लेखेका केही पनि कुरा मन नपर्ने भन्ने हुँदैनथ्यो तर मलाई अरू धेरैले रराम्रो भनेको भन्दा पनि बुवा एक्लैले रराम्रो भनेको सुन्दा बढी आनन्द आउँथ्यो । अरूको लाख आमाको काख भन्थे, मेरा हकमा चाहिं अरूको लाख बुवाको काख थियो । त्यस दिन बुवाले ‘खास्सा लेखिस् छोरी !’ नभने पनि ‘के भो त, तैंले के बेठीक लेखेकी छस् र !’ मात्र पनि भनिदिएको भए रुँदै सही, मैले बेलुकीको भात खाँदी हुँ । अलिकति भए पनि ढुक्कले सुत्दी हुँ, निदाउँदी हुँ । लास्ट रिसोर्ट मानेका बुवाले पनि देवकोटाको छेड हानेपछि मेरो १४ वर्षे संवेदनशील मनलाई जिन्दगीको रहर पुग्यो । हिजोसम्म मलाई प्रिय ठान्ने शिक्षकहरूले आज आँखा जुध्दा पनि मुन्टो बटारेको मेरो मनले सहन सकेन । राति १० बजेतिर म हजुरआमाले थाहा नपाउने गरी ढोकाको आग्लो खोलेर निस्कें । गाउँमा छिटो रात पर्छ । गाउँलाई बेलुकी भोक अनि थकाइ पनि शहरलाई हेरी चाँडो लाग्छ । अरू बेला म पढ्दापढ्दै हजुरआमा निदाउनुभयो भने च्यापेको सुसु पनि सहेर सुतिदिन्थें । तर त्यस दिन अँध्यारो देखि पनि डर लागेन । बाहिर वस्तुको आकृति देख्न सकिने गरी जून लागेको थियो । म बिरालोको चालमागोठतिर लम्किएँ । भैंसीले मान्छेको उपस्थिति

महसूस गरे छ क्यारे, बिस्तारै आईं ... गरयो । ममीको निद्रा साह्रै पातलो थियो । थाहा पाउनुहोला कि भन्ने डरले एकछिन त उभिएकै ठाउँमा जमेर बसें । म उभिएको दाहिनेपट्टि ममीले बिहान घाँस ल्याएको नाम्लो झुण्डिरहेको थियो । लामो सास फेरेर नाम्लो झ्किें । डोरी छामें, पातो छामें । बाक्लो पातो भएको त्यो नाम्लो ममीले मामाघरमा हजुरबुवासित बनाइमाग्नुभएको थियो । मैले झलक्क बूढो हुनुभएका हजुरबुवा सम्झें, मामाघर सम्झें । दशैंका बेला मामाका छोराछोरीसँग खेल्ने गरेको ढुङ्गा छापेको फराकिलो आँगन सम्झें । त्यसपछि फेरि कताकताबाट बुवा सम्झें, कक्षाकी मेरी मिल्ने साथी सम्झें । घर जाने बेला ‘दिदी, तेरो आँट अलिकति मलाई दे न !’ भन्ने जुनियर भाइ सम्झें । बल्लबल्ल बग्न बन्द भएका आँखामा फेरि आँशुको खोलो बग्यो । तिनै आँखाले आफ्नो र अर्काका लागि देखेका सपना सम्झें । जतिखेर सपनाको माया लागेर आयो, त्यति नै खेर अँध्यारो देखि डर लागेर आयो । हावा चलेर हल्लिंदा कटटट गर्ने गल्लीको बाँसको झयाङ देखि डर लाग्यो । आँगनीमा उभिएका हरेक आकृतिहरूमा भूत देख्न थालें अनि हातको नाम्लो फ्याँकेर मुसाकोगतिमा भित्र दौडिएँ । राति किस्ता किस्तामा परेको पातलो निद्रामा दिनका तिनै घटनाहरू दोहोरिइरहे । भोलिपल्टको दिन सधैं झै घाम लाग्यो । स्कूल लाग्यो । एसेम्ब्लीको घण्टी लाग्यो । मैले सधैं झै अगाडि गएर सयौं थ ुँगा फू लका हामी ... पनि गाएँ । सबै सामान्य रह्यो । शिवाय शिक्षकहरूको आँखामा मेरो हैसियत । त्यसपछि का दिनहरू मेरा लागि फेरि कहिल्यै सामान्य भएनन् । बिस्तारै मलाई पनि असामान्यमै बानी पर्दै गयो । त्यस दिन देखि मैले कहिल्यै पनि कपालमा पात घुसारिनँ । राशिफल सुन्न त झन् चटक्कै छाडिदिएँ । तर कविता लेख्न भने छोड्न सकिनँ । आँखा सरर भए पनि मन हरर भए मेरो आँतमा कविता सगसगाइहाल्थ्यो । आफू दुखेरै भए पनि कविताले मेरो ओठमा हाँसो खोजिरह्यो । र एकदिन, अचम्मको संयोग पारेर मेरो जीवनमा कविता आफू पनि हाँस्यो । महाकवि देवकोटाको जन्म जयन्तीको अवसरमा मैले जिल्लास्तरीय कविता प्रतियोगिता जितेको दिन बुवाले कुनैदिन छोरीलाई देवकोटा बन्न खोजेकी छेस् भनेरगाली गरेको थिएँ भन्ने पनि बिर्सिसक्नुभएको थियो । मैले पनि सम्झउन चाहिनँ । कति कुरा हरू बिर्सनमै जाती हुन्छ । १४ वर्षको काँचो उमेरमा झेंकले जन्माएको एउटा कविता कति भाग काव्य थियो, कति घर सफा गर्दा बुवाका किताबमा भेटिएका भैरव अर्यालको प्रभाव, कति शिक्षकहरूमा सुधारको अपेक्षा— म अहिले पनि खुट्याउन सक्दिनँ । एउटा कुरो भने जान्दछु, मेरो कविता कमसेकम त्यतिबेला मेरा सबै गुनासाहरूको मैले जानेको एक मात्र निकास थियो । र, सबैभन्दा ठूलो कुरा , त्यो अपराध थिएन । यदि ती गुनासा पोख्ने भरपर्दो ठाउँ हुँदो हो त मध्यमस्र्याङ्दीका कामदार हाँस्ने गरी म माइकमा मेरा शिक्षकहरूको दाँतमा अड्केको साग कोट्याउने थिइनँ होला । कतिपय गल्तीहरू मान्छेले गर्नासाथै महसूस गरिसकेको हुन्छ । त्यस्तोमा तैंले गल्ती गरिस् भनेर घरीघरी भनिरहनु पर्दैन । उसलाई पाठ पढाउन थप सजाय दिइरहनु पनि पर्दैन । र सजाय भनेको लौरो वा पाइप नै हुनुपर्छ भन्ने पनि हुँदैन । कहिलेकाहीं गल्तीको सजाय आँखा जुध्दा मुन्टो बटार्नु पनि हुन सक्छ । करैले मात्र बोलेजस्तो गर्नु पनि हुन सक्छ । कसैको अस्तित्व नस्वीकार्नु पनि हुन सक्छ । र, कहिलेकाहीं गल्तीको सजाय एउटा मायालु शब्द मात्र पनि हुन सक्छ । एउटा न्यानो अँगालो पनि हुन सक्छ । एउटा ‘जे गरिस् गरिस्, अब देखि विचार गर्नू’ पनि हुन सक्छ । यी सजायका प्रकार आफ्ना केटाकेटीलाई माया गर्छु भन्ने हरेक अभिभावक र शिक्षकले जानिराखेको रराम्रो । र, कुन ठाउँमा कस्तो सजाय चाहिन्छ भन्ने पनि । त्यस दिन मेरो टाउको माथि झुण्डिरहेको नाम्लो मेरो हजुर बुवाले बुन्नुभएको हुँदैनथ्यो भने शायद यो लेख कहिल्यै नलेखिन पनि सक्थ्यो । अब फेरि शुरूको कुरा लाई जोड्छु । हराम्रो ब्याचलाई स्कूलबाट बिदाइ गरेको केही समयपछि हेडसरले ती सबै पाइप जलाइदिनुभयो भन्ने खबर बुवाबाट पाएँ । संसारमा ती मात्र त्यस्ता पाइप होलान् जुन जल्दा वातावरण पनि हाँस्यो होला । त्यस दिन मेरो स्कूलको हरेक कक्षाका भित्ता, बेञ्चडेस्क, सेतापाटी, बकाइनाकारूख र बाटोमा बिछ्याइएकागिट्टीले पनि राहतको लामो सास फेरे होलान् । हेडसरले स्कूलबाट पिटाइ खारेज गरेको सुनेबाटै मेरा उहाँप्रतिका सम्पूर्ण गुनासाहरू यसै सेलाएर गए । उहाँप्रति आदरभाव पो पलाएर आयो । अँ, मेरो कविता काण्डको दीर्घकालीन परिणाम अनौठो रह्यो । माथि लेखिसकें, त्यसपछि म निकै ‘जब्बर’ भएर आएछु । त्यसपछि त्यसबारेमा हेडसरले मुखले त केही भन्नुभएन, तर स्कूलमा ल्याइएका हरेक नयाँ शिक्षकको पर्फमेन्स कस्तो छ भनेर उहाँ मसित सुटुक्क सोध्नुहुन्थ्यो । मैले इमान दार भएर उत्तर दिने हुँदा कतिको जागिर नै पनि गयो । मलाई नै पछि उनीहरूप्रति सहानुभूति पनि जाग्यो, त्यो बेग्लै कुरा हो । म आफूलाई भाग्यमानी विद्यार्थी ठान्छु । मनमा कुरा आउँथे, व्यक्त गर्ने प्रयासगर्थेंं । मनमा कुरा आएबापत वा ती कुरा अभिव्यक्त गरे बापत त्यही एक पटक मात्र हो सजाय पाएको, बाँकी सधैं प्रशंसित नै भएँ, कैयन् पटक पुरस्कृत पनि भएँ । तर त्यो एक पटक पनि अविस्मरणीय रह्यो । त्यस दिन त्यो कविता नलेखेको भए वा त्यसरी नपढेको भए के हुन्थ्यो मलाई थाहा छैन तर अहिले लाग्छ, धन्न लेखेछु, धन्न त्यहाँ त्यसरी पढेछु । अहिले म एकदमै फरक कामले हुम्ला आएकी छु । तर, लागिरहन्छ— यी स–साना बालबालिकाका मनमा कसरी ‘अहँ, यो भएन, यो त यस्तो हुनुहुन्नथ्यो, त्यो त्यस्तो हुनुपथ्र्यो’ र ‘म पनि केही त गर्न सक्छु’ भन्ने भाव जगाउने होला ? कसरी यिनीहरूलाई सिर्जनशीलताको आगो बाल्न, त्यसको राप सहन र त्यसको न्यानोमागर्व गर्न सिकाउने होला ?  शिक्षक मासिकले २०६८ सालमा संचालन गरेको दे शव्यापी कथा पर तियोगितामा कार्की  को ‘लाइट बाल्ने के टो ’ शीर्ष कको कथा प ु रस्कृ त भएको थियो ।

 

commercial commercial commercial commercial