एक प्रअको डायरी भोलिबाट स्कूल खोल्नुछ... !

विनाशकारी भूकम्प गएको आज दोस्रो दिन । म एकैछिन स्कूल पुगेर फर्कें । दुईमध्ये एउटा भवन त पूरै ध्वस्त । स्कूल चलेको दिन भए कसको के हालत हुन्थ्यो होला ? झ्न् साना विद्यार्थी पढ्ने ब्लक परेछ त्यो । कस्तो ध्यान नपुगेको; झ्टपट यताउता जान गाह्रो हुने र समयमा सही निर्णय लिन गल्ती गर्न सक्ने साना बच्चा पढ्ने ब्लक त झ्नै पो कमजोर रहेछ । अर्को भवन ठाउँठाउँमा चर्केको देखिन्छ, भित्र के कस्तो अवस्था छ, अझ्ै हेर्न पाइएको छैन । प्राविधिक आएर राम्ररी नजाँचेसम्म केही भत्र सकित्र । भित्र अरू सामान कति ढले, कति फुटे, हेर्नै भ्याएको छैन । सद्दे भवनमा चाहिँ गाउँलेहरू आश्रय लिएर बसेका ।

गाउँका थुप्रै घर कामै नलाग्ने गरी ढलेका छन् । नढलेका पनि ठाउँठाउँमा चर्केका छन् । घरमा बस्न कसैले आँट गर्न सकेका छैनन् । कोहीले स्कूलमा, कोहीले पालमा, कोहीले बारीमा खुला आकाशमा रात काटेका छन् । विपत्का बेला स्कूलले समुदायलाई थोरै भए पनि राहत दिएको छ, आश्रय दिएको छ । तर कति दिन ? स्कूल खाली नभएसम्म अरू केही गर्न सकिएन । यो स्कूल खाली गराउने कसरी होला ? घर बत्र त महीनौँ लाग्ला । घर नबन्दासम्म सधैँ आश्रय दिएर राख्न सकिने कुरा पनि भएन । समुदायकै पसिनाले बनेको भवन खाली गर भत्र पनि मिलेन । भोलि व्यवस्थापन समिति र पाका मानिसहरूसँग यसबारे पनि कुरा गर्नुपर्छ ।

आज विनोद सरका बाआमालाई भेटेर समवेदना दिएर आएँ । आमालाई सम्झउन निकै गाह्रो भयो । नहोस् पनि किन ! कमाएर पाल्ने एक्लो छोरो । श्रीमती र पाँच वर्षकी छोरी छोडेर जानुभयो विनोद सर । पीडा हामीलाई पनि छ— हामीले एक जना होनहार सहकर्मी गुमायौँ । उहाँको योगदान हाम्रो स्कूलले लामो समयसम्म भुल्ने छैन । तर हाम्रो पीडा परिवारको पीडासँग तुलना गर्नै नमिल्ने रहेछ ।

विद्यार्थीहरूको के हाल होला ? केही विद्यार्थीलाई स्कूलमै परिवारसँग भेटेको थिएँ । उनका लुगा, किताब, कापी नभेट्दा त कति छटपट गर्छन् । एउटा खेलौना फुट्दा बिर्सन कति दिन लाग्छ । अहिले त के भत्रु ! कति जनाले आफन्त गुमाएका होलान् । कति विद्यार्थी अङ्गभङ्ग भए होलान् । किताब र खेलौनाको त के कुरा र ? कति झ्र्किने, आत्तिने, तर्सने भएका हुन सक्छन् । उनीहरूले भोगेको त्यो त्रासदीबाट कसरी मुक्त गर्ने होला ? अलिकति मन बहलाउने काम नगरी पढाउन थाल्दा के विद्यार्थी पढाइमा फर्कलान् ?

गाउँको उद्धार र राहतमा सरकारी टोली पनि खटिएला । तर हामी शिक्षक पनि जम्मा हुन पाए र ९­–१० कक्षाका केही विद्यार्थीलाई समेत बोलाउन पाए सरकारी टोलीलाई पनि बाटो देखाउन मिल्थ्यो होला । क्षतिको विवरण संकलन गर्ने काममा त विद्यार्थीले राम्रै काम गर्न सक्थे । सबैतिर उत्तिकै क्षति भएको खबर आएको छ । बाहिरको टोली आउला भनेर कुरेर पनि के साध्य । भोलि त सिर्जना मिस, अमर सर, मिङ्मा सर, मिरा मिसलाई खबर गरेर केही विद्यार्थी अनि गाउँका समाजसेवी सबै मिलेर उद्धार र राहतमा लाग्नै पर्नेछ ।  

आज भूकम्प गएको पनि चार दिन बितिसकेछ । उद्धार र राहतका काम शुरू भएका छन् । उद्धार कार्यमा विद्यालयका सबै शिक्षक साथीहरू लागेका छन् । केही विद्यार्थी पनि खटेका छन् । दिनभरि त्यता खटेर साँझ् भजनमा बस्दा अलिकति पीडा भुल्न सहयोग पुगेको महसुस भयो । शायद अरूले पनि त्यस्तै महसुस गरे कि ?

प्रभावित क्षेत्रमा १५ दिनका निमित्त विद्यालय बन्द रहने सूचना आएको छ । तर बालबालिकामा छटपटी देखिन थालिसकेको छ । अब त आश्रयस्थलकै वरिपरि भए पनि सामान्य खेल, चित्र बनाउने वा अरू कुनै मनोरञ्जनमा लगाउन पाए पीडाबाट मुक्त हुन सहज हुन्थ्यो कि ? हुन त आज त्रिपाल वरिपरि केही बच्चाहरू खेलेको देखेँ । समूहमा रहँदा वयष्कले भन्दा उनले शायद चाँडै दुःख भुल्न सक्दा रहेछन् क्यारे !

अबको चौध दिनमा स्कूल खोल्नका लागि तयारी गर्नुछ । स्कूल ‘खुल्यो’ भनेको दिनबाट प्रायः सबै विद्यार्थी आउलान् तर त्योभन्दा पहिले उनीहरू रहने ठाउँबारे तयारी गर्नुछ । एउटा भवन त गैहाल्यो । समुदायले आश्रय लिएको भवन पनि एक–दुई दिनमै खाली होला । व्यवस्थापन समितिका अध्यक्षले आज कस्तो राम्रो कुरा गर्नुभो ! कोठा खाली गर्न भनेर हामीले भत्रै परेन ।

‘हामीले दुःख भोग्नुप¥यो भनेर यी केटाकेटीको भविष्य बिगार्नु भएन । उनीहरूलाई सधैँ घरमा राख्नु भएन । त्यसैले अब तीन दिनभित्रमा सबै खाली गरेर सरसफाइ गर्नुपर्छ ।’

अरू कक्षाकोठाको अवस्था पनि राम्ररी जाँच गर्नुपर्नेछ । विद्यार्थीको सुरक्षाको यकिन नगरी स्कूल खोल्दा अर्को क्षति भयो भने ? त्यसैले कति कोठा काम लाग्ने छन् कति नलाग्ने छन्, भोलि नै शिक्षक साथीहरू र गाउँका जात्रे मान्छे मिलेर सामान्य लेखाजोखा र टिपोट गर्नु छ । जिल्लाका प्राविधिक आएर पछि जाँच गर्लान् ।

भूकम्प गएको पनि एक हप्ता बितिसकेछ । अब उद्धारका काम सकेर राहतका काममा मान्छे जुटेका छन् । समुदायभित्रै एकअर्कामा सहयोगको अनुपम उदाहरण देखिएको छ । आफ्नैमा आपत् पर्दा समेत अर्कालाई सहयोग गर्न हात बढेका छन् । शायद मानवताका मूल्यहरू यी व्यवहारमा उद्घाटित हुँदै छन् । ठूलो विपत् भोगेको समुदाय आफ्नो जीवन सामान्य बनाउन जुरमुराउन थालेको छ ।

हिजो र अस्ति विद्यालयको सामान्य जाँच गरियो । समाजका अगुवा, अभिभावक, शिक्षक, पेशाकर्मीहरू सबै थिए । एउटा भवन अहिले उपयोग गर्न सक्ने देखिएन । अर्को भवनका आठमध्ये पाँच कोठा प्रयोग गर्न सक्ने देखिएका छन् । पुरानो शौचालय कामै नलाग्ने भएछ, पछि बनेका भने ठीकै छन् । अफिस कोठामा पनि चिरा परेको छ । विज्ञान प्रयोगशालाका सामग्री कामै नलाग्ने भएछन् । अरू सामानमा त्यति ठूलो क्षति केही भएनछ ।

अर्को हप्ताबाट कक्षा चलाउने भनेर शिक्षा मन्त्रालयबाट सूचना आइसकेको छ । कक्षाकोठा पुग्दैनन् । केटाकेटी आएपछि के गर्ने होला भनेर आज व्यवस्थापन समिति, समाजका अगुवाहरू, शिक्षकसँग निकै सघन छलफल भए । विभित्र विकल्पबारे कुरा भएका छन् ।

एउटा भवनमा सबै कक्षा चलाउन सम्भव नभएकाले दुई सिफ्टमा कक्षा चलाउने विकल्प आएको छ । त्यसो भयो भने कक्षा आठदेखि माथिकालाई बिहान, अरूलाई दिउँसो गर्दा केही सहज होला । त्यसो गर्दा पनि दिउँसोका लागि कक्षाकोठा पुग्दैनन् ।

थोरै विद्यार्थी हुने कक्षा दुई र तीन, अनि कक्षा चार र पाँचलाई पनि बहुकक्षा शिक्षणको संरचनामा राखेर सिकाउन सकिएला ।

भूकम्पको त्रासबाट निकाल्न विद्यार्थीहरूलाई खेल, कला जस्ता काममा लगाउनु राम्रो हुन्छ भन्छन् विद्वान्हरू । त्यस्ता काम गर्न त छुट्टाछुट्टै कक्षाकोठा नभए पनि खासै समस्या पर्ला जस्तो देखिएन ।

नभई नहुने केही कोठा बनाउन खम्बा गाडेर बाँस र टिनका पाताले कस्न पाए पनि हुँदो हो । हुन त अस्थायी सिकाइ केन्द्र निर्माणबारे छलफल भइरहेको छ भत्रे सुनिएको छ । एक–दुई जना सिपालु मान्छे पाए त शिक्षक–विद्यार्थीले पनि केही काम

आफै गर्न सक्छन् नि । त्यसो भयो भने स्कूलका निमित्त योगदान दिन पाउँदा विद्यार्थीले पनि गर्व महसुस गर्लान् ।

म आफू स्कूलको विद्यार्थी हुँदा बिदाका बेला भवन भत्केछ, हामीले कति दिन चौरमा, कहिले रूखमुनि पढेको अझ्ै याद छ ।

केही समय गाउँको एक जना भलादमीले आफ्नो खाली घर स्कूललाई दिएकाले वर्षामा हामीले पढ्न पाएका थियौँ । नत्र त पानी प¥यो कि ‘अब छुट्टी’ भन्दै घरतिर टाप । पछि हाम्रो स्कूल बत्रे भयो, हामीले स्कूलका लागि कति श्रमदान ग¥यौँ— बालुवा बोक्ने, काठ ओसार्ने, इँटा समाउन दिने । सबैभन्दा रमाइलो त लाइन बसेर इँटा ओसारेको । कति सजिलो, धेरै विद्यार्थी काममा खटिनुको मजै अर्को ।

त्यसैले अहिले पनि कक्षाकोठा बनाउने काम पनि हुँदै गर्छ, स्कूल चलाउन चाहिँ रोक्नु हुँदैन भनेको कुरा पनि ठीकै लाग्यो । बरु शौचालय चाहिँ नबनाई नहुने स्थिति छ । त्यो त टिन, मान्द्राले बेरेर भए पनि तुरुन्तै बनाउनुपर्ला ।  

स्कूल भोलिबाट खुल्दै छ । दुई सिफ्टमा कक्षा चलाउने निर्णय अनुसार गाउँमा खबर गरिएको छ । स्कूल खुलेपछि हाम्रो क्षतिको अवस्था थाहा हुनेछ । विनोद सरलाई स्कूलले गुमाएको छ । परिवार र आफन्त अरू धेरै शिक्षकले गुमाएका छन् । अरू को, कति विद्यार्थीलाई के भएको छ, कति घाइते, अपाङ्ग भए भत्रे सबै सूचना आएको छैन ।

अपाङ्गता सहित स्कूल आउने विद्यार्थीका पीडामा मलहम लगाउनु पर्नेछ । कति विद्यार्थी अब पहिला जस्तै साथीसँग खेल्न सक्ने छैनन् । कतिमा अनेक प्रकारका मानसिक आघात परेका हुन सक्छन् । यी विद्यार्थीबारे के गर्ने भत्रे विशेषज्ञता हामीसँग छैन ।

तर, शारीरिक अपाङ्गता भएकालाई ह्विलचेयर जस्ता सामग्री वा यस्ता सहयोग कसरी प्राप्त गर्ने भत्रे जानकारी र सहयोगका लागि काम गर्नुपर्नेछ ।

भूकम्पको त्रासका कारण धेरै विद्यार्थी पढने–लेख्ने जस्ता काममा फर्कन केही समय लाग्न सक्छ । हामी शिक्षकहरूमा पनि शायद त्यस्तै समस्या छ । त्यसैले एक–दुई दिन शान्ति गीत, ध्यान र खेलमा लगाउने गरी योजना गर्नुपर्ला । अनि बिस्तारै आआफ्नो पढाइतर्फ फर्कनुपर्ला । कतिका किताब छन्, कतिका छैनन् । हाम्रो स्कूलमा सानो पुस्तकालय छ । अरू बालोपयोगी पुस्तकहरू पनि छन् । त्यस्तै पुस्तक पढ्न र छलफल गर्न लगाउँदा पनि राम्रै होला । त्यहाँ शिक्षक निर्देशिकाहरू छन् । त्यसले पनि केही सजिलो पार्ला ।

केही युवाले यस्तो बेला स्कूलमा स्वयंसेवक भएर काम गर्ने इच्छा देखाएका छन् । उनीहरूको उदारतालाई सम्मान गर्नुपर्ला । भौतिक संरचनाको पुनर्निर्माण लगायतका काममा पनि उनीहरूले केही सहयोग गर्लान् । उनीहरूले विद्यार्थीहरूलाई सिकाउने इच्छा देखाएका छन् । त्यसले स्कूललाई सहज बनाउनेछ । तर, शिक्षकका भूमिका, गर्नु हुने र नहुने कुरा, विपत्पछिको परिस्थितिमा शिक्षकले लिनुपर्ने सावधानी जस्ता विषयमा अभिमुखीकरण नगरी कक्षामा पठाउन कठिन होला । त्यसैले स्कूल खुलेको एक–दुई दिनमा एउटा यस्तो कार्यक्रम गर्न तयारी गर्नुपर्छ ।

पहिलो एक हप्ताजति विद्यार्थी हेरेर पालो गरी बोलाउने कि ! त्यो स्कूल खुलेपछि सल्लाह गरौँला । एक दिन कक्षा दुई र तीनलाई बहुकक्षा शिक्षण अनुसार पढायो, अर्को दिन घरमा पढ्ने–लेख्ने काम दियो । अनि त्यो दिन कक्षा तीन र चारलाई स्कूलमा बोलायो । यसो गर्दा स्कूलको भौतिक वातावरण मिलाउन पनि सहयोग पुग्ने, विद्यार्थी पनि स्कूल आउन बिस्तारै बानी पर्ने । पहिलो दुई हप्ता यस्तो पनि गर्नुपर्छ कि ?

किताब नहुने विद्यार्थीलाई स्कूलमा भएका पुराना किताब दिनुपर्ला । अरू विद्यार्थीलाई पनि ‘आफ्ना पुराना किताब ल्याउनू’ भत्रुपर्ला । कतिवटा विषय त पुस्तकविनै पनि राम्ररी सिकाउन सकिने रहेछ । भाषा र गणितीय विषयलाई केन्द्रमा राखेर अरू विषय त्यसकै वरिपरि अटाउन पनि मिल्ने रहेछ । ‘आपत्कालमा शिक्षा’ को तालीममा पोहोर गएको, अहिले मलाई निकै आँट दिएको छ ।

‘समूहमा काम गर्दा पीडा भुल्न सहयोग पुग्छ’ भन्छन् । आपत् परेका बेला मान्छे नजिकै टाँसिनुको पनि निकै ठूलो अर्थ रहेछ ।

त्यसैले बच्चालाई सिकाउने योजना गर्दा पनि समूहमा काम गर्ने गरी योजना बनाउन साथीहरूलाई भत्रुपर्ला । यसो गर्दा त्रास घटाउन र आत्मविश्वास जगाउन सहयोग मिल्छ । स्कूलले यी सबै काम गरेर पनि केही विद्यार्थीहरूलाई नपुग्ने हुन सक्छ ।

गहिरो मानसिक आघात भएका त्यस्ता बच्चाका अभिभावकसँग सल्लाह गरेर मनोसामाजिक परामर्शका निमित्त विशेषज्ञ खोज्न सहयोग गर्नुपर्ने हुन सक्छ ।

खुला रूपमा साथीहरूसँग छलफल गर्ने, आफै केही लेख्ने, चित्र कोर्ने जस्ता कार्यमा ध्यान लगाउन सजिलो हुन सक्छ । ‘खेल मार्फत सिकाइ’ बारे तालीममा छलफल हुने गथ्र्यो । शायद यो बेला त्यस्ता काम अरू बढी सान्दर्भिक होलान् । उनीहरूलाई गीत लेख्न र गाउन लगाउन सकिन्छ । यसो गर्दा विद्यार्थीका मानसिक पीडा भुल्न पनि सहयोग पुग्ने, सिकाइ पनि अर्थपूर्ण हुने ।

कक्षा कक्षा गरेर फरक फरक कोठामा राख्न पनि नपर्ने, अलिक खुकुलो गरेर सिक्ने वातावरण दिने । शिक्षक साथीहरूसँग यसबारे राम्ररी सल्लाह गर्नुछ ।

अहिलेसम्म धेरै चिन्तन गर्ने काम भएको छ । अब साँच्चिकै व्यवहारमा उतार्नुपर्छ । शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति र सहयोगी निकायहरूको साझ प्रयासबाट हामी यस पीडाबाट मुक्ति प्राप्त गर्न र सामान्य जीवनमा फर्कन सफल हुन्छौँ भन्ने विश्वास बढ्दै गएको छ ।

commercial commercial commercial commercial