विषयगत कक्षा व्यवस्थापन "सिकाइ उपलब्धि बढाउने एउटा उपाय"

विषयगत कक्षा व्यवस्थापनमा कक्षा १, कक्षा २, कक्षा ३... कक्षा १० का लागि कक्षाकोठाको व्यवस्था नगरी नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक... जस्ता विषयका लागि विषयगत कोठा बनाइन्छ । पहिलो घण्टी एउटा विषयको कोठामा पढे पछि विद्यार्थी दोस्रो घण्टीमा रुटिन अनुसार अर्को विषयको कोठामा जान्छन् । शिक्षक आआफ्ना विषयगत कोठामै बसिरहन्छन् ।

सामुदायिक विद्यालयको शिक्षा  काम  लागेन । तालीम  पाप्त शिक्षक  भए  पनि  सिकाइ प्रभावकारी भएन । उनीहरुले पाएको तालीम कक्षाकोठामा पुगेन । कक्षाकोठामा शैक्षिक सामग्रीको प्रयोग देखिैदैन । शिक्षकहरू प्रतिबद्ध  भएनन् । शिक्षकहरूमा जागिरे प्रवृति हाबी भयो ।’

देशको शैक्षिक अवस्थाका प्रसङ्गमा यस्तै आशयका कुरा बारम्बार सुनिन्छन् । यस्ता गुनासो  असत्य होइनन् तर धेरै शिक्षक, प्रानाध्यापक तथा शिक्षा प्रशासकहरू कक्षाकोठाको सिकाइ वातावरणप्रति  चिन्तित  र  क्रियाशील  नभएका पनि  होइनन् । शिक्षकहरू विद्यार्थीका सिकाइ स्तर, अभिभावकको चेतना तथा न्यून लगानीका  कारण  सिकाइ  उपलब्धि  बढाउन  नसकिएको ठान्छन्  । शिक्षा प्रशासकहरू झन् शिक्षकका गैरजिम्मवारी, कक्षाकोठाका रूखो वातावरण, सन्दर्भ सामग्रीका  अभाव, शैक्षिक सामग्रीका न्यून प्रयोग र विद्यार्थीका कमजोर  पठन  संस्कृति जस्ता कारणले शैक्षिक क्षति बढिरहका ठान्छन् ।

हाम्रा सामुदायिक  विद्यालय  भौतिक  रूपमा  पहिलेभन्दा  सबल छन् । विद्यालयको विकासभन्दा प्रायः भौतिक विकास नै बुझिन्छ र त्यसमा जोड दिइन्छ । भवन निर्माण,  मर्मत,  खेलमैदान  लगायतका कुरामा  सम्बन्धित  सबैका  चासो हुन्छ, तर  शैक्षिक  सामग्री, सन्दर्भ सामग्रीका खरीद  तथा  प्रयोगमा  कम  अभिरुचि  देखिन्छ । किनिहाले प्रयोगमा आउन  मुस्किल  पर्छ ।

सिकाइ उपलब्धि  बृद्धि  नहुनुको प्रमुख कारण  विद्यार्थीका अनुपस्थिति  हो । विद्यार्थी किन  कक्षामा  उपस्थित  हँुदैनन  त  भन्ने प्रश्नले भने अघिक  ठाउँमा  पु¥याउँछ  ।  कक्षाकोठाका  निर्गतिलो वातावरण, शैक्षिक सामग्रीका प्रयोगमा कमी, शिक्षक केन्द्रित विधिको एकोहोरो प्रयोग, शिक्षक र विद्यार्थीबीचका रूखो सम्बन्ध, विद्यालयका नीरस वातावरण तथा घरायसी परिस्थिति र  प्राथमिकताका  कारण विद्याथीहरू कक्षामा नियमित उपस्थित हुँदैनन् ।

कक्षामा शिक्षण सिकाइका लागि उपयुक्त वातावरण तयार गर्न नै कक्षा व्यवस्थापन हो । सिक्ने वातावरण राम्रो बनाउने कक्षाकोठा सजावटको महत्वपूर्ण भूमिका हुन्छ । हाम्रा सामुदायिक  विद्यालयमा कक्षाकोठाका सजावट, विषयगत कुना, सन्दर्भ सामग्रीका व्यवस्थापन आदिमा कुनै ध्यान दिइएका देखिंदैन । शिक्षकहरू एकातिर विद्यालय प्रशासनलाई सामग्री खरीद नगर्न एकतर्फी दोष लगाउने गर्छन भने अर्कोतर्फ सामग्री निर्माण, संकलन  तथा  भएकै सामग्रीको उपयुक्त प्रयोगमा पनि शिक्षकहरूको ध्यान पुगेको देखिदैन । भएका अलिअलि सामग्री पनि  धुलो र  माकुराको जालोले घेरिएर कार्यालयको  कुनै कुनामा थन्किएका हुन्छन् । केही जाँगरिला र सीप सम्पन्न शिक्षक बाहेक अरू शिक्षकले पाठगत  रूपमा  सामग्री  छान्न  र  स्टारबाट कक्षाकोठामा पु¥याउन समेत गाह्रो मानेका देखिन्छ । यो समस्या भनौ या  वास्तविकताको भरपर्दो विकल्प  हो विषयगत  कक्षा  व्यवस्थाका अवधारणा ।

के हो विषयगत कक्षा व्यवस्थापन ?  
आवश्यक विषयगत सामग्री भएको हरेक विषयका लागि बेग्लाबेग्लै कक्षाका व्यवस्था गर्नु नै  विषयगत कक्षा  व्यवस्थापन हो । एउटा विषयका लागि आवश्यक सामग्री एउटा तोकिएका कोठामा राखिन्छ र विषयका प्रकृति अनुसार कक्षा सजाइन्छ । विषय शिक्षकको पूरा समय सम्बन्धित कोठामै बित्ने गर्छ ।

विषयगत कक्षा व्यवस्थापनमा  कक्षा  १,  कक्षा  २,  कक्षा  ३... कक्षा  १०  का  लागि  कक्षाकोठाका  व्यवस्था  नगरी  नेपाली,  अंग्रेजी, गणित,  विज्ञान,  सामाजिक...  जस्ता  विषयका  लागि  विषयगत  कोठा बनाइन्छ । पहिलो घण्टी एउटा विषयको कोठामा पढे पछि विद्यार्थी दोस्रो  घण्टीमा  रुटिन  अनुसार  अर्को विषयको कोठामा जान्छन् । उदाहरणको लागि प्राथमिक तहका ५ कक्षामध्ये पहिलो घण्टी कक्षा १  नेपाली,  कक्षा  २  अंग्रेजी,  कक्षा  ३  गणित  कक्षा  ४  विज्ञान  र कक्षा  ५  सामाजिक  पढछन् । दोस्रो घण्टीमा  हरेक  कक्षाका  विषय परिवर्तन  हुन्छ  र  विषय  सँगैसगै कक्षाकोठा  पनि  परिवर्तन  हुन्छ । रुटिनमा  तोकिएको विषयका  कोठामा  विद्यार्थी जान्छन्  ।  शिक्षक आ–आफ्नो विषयगत कोठामा बसिरहन्छन् ।

यसका लागि प्राथमिक तहमा ५ वटा कक्षाकोठा र ६–१० का लागि विषय  अनुसारका  बेग्लाबेग्लै  कक्षाकोठाका  व्यवस्था  गर्नुपर्छ । माध्यमिक तहमा ६ वटा अनिवार्य र दुइटा अतिरिक्त गरी जम्मा ८ वटा विषय पढाइन्छ । एकभन्दा बढी अतिरिक्त विषय राखिएका ठाउँमा ८ भन्दा बढी विषय हुन्छन् । सके शैक्षिक सामग्री र सन्दर्भ सामग्री  सहितको आठवटै विषयको कोठा  व्यवस्थापन  गर्नु सर्वोत्तम हो, तर  पुग्दो कक्षाकोठा  नभएका  अवस्था  छ  र  सबै विषयका विषयगत कक्षा व्यवस्थापन गर्न सकिएन भने पाँचवटा मुख्य विषय (नेपाली,  अंग्रेजी, गणित,  विज्ञान  र  सामाजिक)  लाई आधार  मानी बेग्लाबेग्ल  विषयगत  कक्षा  बनाउन  र  सजाउन  सकिन्छ । बाँकी विषयका लागि बेग्ल कोठा उपलब्ध नभएमा तिनै पाँचवटा कोठामा पनि  केही  थप  विषयको रुटिन  मिलाउन  सकिन्छ ।

निम्न  माध्यमिक  विद्यालयमा  १  देखि  ३  कक्षाका  लागि  कक्षा शिक्षण  (ग्रेड  टिचिङ)  को व्यवस्था  गरी  ४–८  सम्मका  पाँचवटा कक्षाका  विद्याथर्थीका लागि  माथि  उल्लेखित  पाँच  विषयका  विषयगत कक्षा  सञ्चालन  गर्न सकिन्छ ।

विषयगत  कक्षा  व्यवस्थापनका  लाभ

शैक्षिक  सामग्रीका व्यवस्थापन
यो अवधारणा  अनुसार  सबै कक्षाकोठा  विषयगत  रूपमा  सजाइन्छ ।  कक्षाकोठाका  अगाडिपट्टि  एउटा  लेख्ने बोर्ड र  एउटा  प्रदर्शन बोर्ड राखिएको हुन्छ । त्यसै कोठामा एक  वा  दुइटा  दराज  वा  ¥याकमा शैक्षिक सामग्री, सन्दर्भ सामग्री र विद्यार्थीले तयार गरेको परियोजना कार्य सहितका  आवश्यक  विषयगत  सामग्री राखिन्छ । कोठाको भित्तामा शिक्षक तथा विद्यार्थीले बनाएका कम खचिला शैक्षिक–सन्दर्भ सामग्रीहरु सजाइन्छ । यसो गर्दा कोठाका वातावरणले नै विद्यार्थीलाई सिक्न उत्प्रेरित  गरिरहन्छ । कक्षाको सजावट  तथा  शिक्षण  सिकाइ कार्यमा  विद्यार्थी स्वयं खट्ने हँुदा कक्षाकोठा र  विषयवस्तुप्रति अपनत्वका  भावना,  जिम्मेवारी  र  सृजनशीलताको विकास हुन्छ । यसबाट उनीहरूमा आफै अध्ययन गर्न र सिक्न अवसर पनि बढछ ।

समय  व्यवस्थापन
शिक्षण  सिकाइमा  समय  व्यवस्थापनका  महत्वपूर्ण स्थान  रहन्छ । प्राथमिक  शिक्षा  पाठयक्रम  (१–३) २०६२  तथा  प्राथमिक  शिक्षा पाठयक्रम (४–५) २०६५ ल कक्षा १–३ का लागि समयका व्यवस्थापन यसरी  गरको छ—
“एक शैक्षिक वर्षमा कम्तीमा २२० दिन विद्यालय खुल्ने र १९२ दिन पठनपाठन सञ्चालन हुनेछ । यस हिसाबले कक्षा १–३ मा वार्षिक ८१६  घण्टा  र  कक्षा  ४–५  मा  ९३६  घण्टा  पठनपाठन  गर्नुपर्नेछ  । तोकिएका वार्षिक घण्टा नघटने गरी पाठका आवश्यकतानुसार ४५ मिनटको समयलाई एक घण्टी मानी कक्षा सञ्चालन गन सकिनेछ ।”
 
तालिका—१  :  विषयगत  कक्षा  व्यवस्थापनमा  समय  बाडफाट

तालिका २ : प्राथमिक तह साप्ताहिक रुटिनको नमूना

आधारभूत शिक्षा पाठयक्रम (६–८) २०६९ ल ६–८ कक्षाका लागि  गरिएको व्यवस्था  यस  प्रकार  छ—
“एक  शैक्षिक  वर्षमा  कम्तीमा  २१०  दिन  पठनपाठन सञ्चालन  हुनेछ ।  कक्षा  ६–८  मा  वार्षिक  १०५०  घण्टा पठनपाठन  गर्नुपर्नेछ । तोकिएको वार्षिक घण्टा नघट्ने गरी पाठको आवश्यकतानुसार ४५ मिनेटको समयलाई एक घण्टी मानी  कक्षा  सञ्चालन  गर्ने सकिनेछ ।”

परम्परागत  रूपमा  विद्यालयहरूले पनि  ४०–४५  मिनेटकै एक  घण्टीका  व्यवस्था  गरेको  हुन्छन् । तर  विषयगत  कक्षा व्यवस्थापनमा ७५ मिनेटको एउटा घण्टी हुन्छ र हरेक घण्टीको बीचमा  ब्रेक  हुन्छ । पहिलो र दोस्रो घण्टीबीच  १०  मिनेटको ब्रेक हुन्छ भने तेस्रो घण्टी  पछि  ३०  मिनेटको ब्रेक दिइन्छ । तेस्रो र  चोथौ घण्टीबीच  पनि  १०  मिनेटको ब्रेक दिइन्छ । एक  दिनमा  जम्मा ४ घण्टी  शिक्षण  सिकाइ कार्य सञ्चालन हुन्छ  ।  विषयगत  रूपमा  साप्ताहिक  पाठयभारमा  भन  कुनै फरक नपर्ने गरी दैनिक कार्यतालिका निर्माण गरिएको हुन्छ । ४५  मिनेटको साप्ताहिक  ५  पाठयभार  भएको विषयमा  ७५ मिनेटका  ३  पाठयभार  कायम  गरिएको हुन्छ ।

समय  व्यवस्थापन  :  अनभव  र  आशा
पाँचथर  जिल्लाका  फिदिम  स्रोतकेन्द्रका  ५  वटा  विद्यालयमा गरिएको अध्ययनमा  परम्परागत  कक्षा  सञ्चालनको क्रममा एउटा विषयका शिक्षण औसत ३५ मिनेट भएको पाइयो । यस हिसाबले हरेक घण्टीमा  १०  मिनेट  विद्यार्थी ठगिन्छन् । तर विषयगत कक्षा व्यवस्थापनमा १० मिनेटका ब्रेक र शिक्षकको कक्षाकोठाको बसाइले पूरापूर  समय  शिक्षक  तथा  विद्यार्थीले उपयोग  गर्न पाउँछन् । ७५  मिनेटका  फराकिलो  समय  एउटा विषयमा  पाउँदा  चहिए  जस्तो  क्रियाकलाप  गर्न  र  गराउन सकिन्छ  ।  विद्यार्थी केन्द्रित  विधिबाट  पढाउँदा  समय  प्ग्दैन भन्ने मानसिकता हटेर जान्छ । एउटा विषय पढिसकपछि अर्को विषयको लागि तयार हुन १० मिनेटका समय मिलाइएको छ । यसले अघिल्लो विषयका सिकाइलाई व्यवस्थित गर्न मद्दत गर्छ भने अर्को विषयको सिकाइका लागि  मानसिक  रूपमा  तयार हुन पनि सघाउँछ । एउटा कोठाबाट अर्को कोठा जाँदा आलस्य हटने, शारीरिक थकावट नहुन, बाहिरी हावाल पुनर्ताजगी दिने हुँदा त्यस पछिको सिकाइ बढी  प्रभावकारी  हुन्छ । दिनभरिमा चारवटा विषय मात्र शिक्षण हुँदा सम्बन्धित विषयमा गहिरिने अवसर  प्राप्त  हुन्छ  भने धेरै विषयको बोझ पनि  हुँदैनन् ।

सिकाइ  मनाविज्ञान
सिकाइ  मनोवैज्ञानिक  कार्य हो । सिक्नका  लागि  विद्यार्थी पनि मानसिक  रूपले तयार  हुनुपर्छ । सिकाइका  लागि  उपयक्त वातावरण  आवश्यक  हुन्छ  । दिनभरि  एक  ठाउँका  बसाइले विद्यार्थीलाई आलस्य तथा तनावपूर्ण बनाइराखेको हुन्छ । एक विषयको कक्षा सकिने बित्तिक अर्को  विषयको समय शुरू हुन्छ । अघिल्लो विषयको विषयवस्तु दिमागमा  घुमिरहेकै बेला नयाँ विषयका पढाइ र सिकाइको शरूवात गर्नुपर्ने हुन्छ, जुन बेला विद्यार्थी मानसिक  रूपले अर्को विषय  सिक्ने  तयार  भइसकेकै हुँदैनन् । यस्ता समस्यालाई विषयगत  कक्षा  व्यवस्थापनले समाधान  गर्न सघाउँछ   ।
 
विषयगत कक्षा सञ्चालन गर्ने विद्यालयमा प्रयाप्त  शिक्षकहरू हुने हो भने र एउटा विषयको  दुई जना  शिक्षक  भए अझ सहज, उपलब्धिपूर्ण र रमाइलो हुन्छ । एक जनाले शिक्षण कार्य गरिरहँदा अर्कोले विद्यार्थीलाई गृहकार्य जाँचेर वा अन्य तरीकाबाट सघाउन सक्छन् । विषयगत कक्षा सञ्चालन गर्ने कतिपय विद्यालयले अनुभवी शिक्षकबाट नयाँ शिक्षकलाई सिकाउने हिसाबल पनि दुई जना शिक्षकको व्यवस्था  गरेका हुन्छन् ।

विषयगत कक्षा व्यवस्थापनमा  तुलनात्मक  रुपमा  बढी  सामग्री र समय हुने भएकाल विद्यार्थी केन्द्रित र बालबालिकालाई मन पर्ने; समूह  कार्य, परियोजना  कार्य,  प्रयोग, निर्देशित  खोज  जस्ता  सक्रिय सिकाइका  सिजनात्मक  विधिहरू  प्रयोग गर्न सकिन्छ ।  शिक्षक  र विद्यार्थी सिकाइमा  यसरी  सक्रिय  हुन्छन् कि  समय  बितेको पत्तै हुँदैन । भाषण विधिलाई कम गर्दै जानुपर्ने ।  यसमा  विद्यार्थीलाई बढी  सक्रिय  बनाइन्छ । शिक्षकले सहजकताको रूपमा  सहजीकरण गर्नुपर्छ । सिकाइको सहज तथा सिजनात्मक विधि प्रयोग गरी कम श्रममा बढी उपलब्धि हात पार्न सकिन्छ ।

कार्यान्वयनका  प्रयास
विद्यालयहरूको खस्किदा  शक्षिक  स्तर  सबैको साझा चुनौती हो । यो स्थितिमा  सुधारका  लागि  डायरी  नोट व्यवस्थापन,  शैक्षिक सामग्री  व्यवस्थापन  सप्ताह  सञ्चालन,  आमा  समूह  परिचालन, सघन  अनगमन,  विषयगत  शिक्षक  अन्तरक्रिया,  विद्यार्थी ‘फान  इन’ जस्ता  अनेक  उपाय  अवलम्बन  गर्दा पनि  खास  उपलब्धि  हासिल भइरहको थिएन ।

यही पष्ठभूमिमा यौ शैक्षिक सत्रमा विषयगत कक्षा व्यवस्थापनका अवधारणा अगाडि  ल्याइयो  । शुरूमा  शिक्षकहरूमा  कतै बढी  पो खटनपन  हो कि  ?  घुमाउरा  पाराले दल्ने पो खोजिएको  हो कि  ? जस्ता  भावना  पैदा  भएको पाइयो । तर  यो तुलनात्मक  रूपमा नयाँ काम  गर्न हिम्मत  गर्न पहिलो विद्यालय  भयो—  फिदिम  गढी मावि  र  दोस्रो भयो सिलाटीका  जनता  निमावि । यी  दुई विद्यालयल आफ्ना सीमित स्रोत र साधनका उच्चतम प्रयोग गरी सात दिनका व्यवस्थापन  पछि    विषयगत  कक्षा  सञ्चालन  शुरू  गरेका छन् । अनुभव  ताजा  नै छ,  तर  शिक्षक  र  विद्यार्थी  कक्षाकोठामा रमाउन थालेका  देखिएको छ  ।  र,  नजिकका  अरू  विद्यालय  पनि  यसबाट उत्साहित  भएको पाइएको छ ।
स्रोतव्यक्ति,  पाचथर
binodthakur19@yahoo.com

हाइलाइट
एउटा कोठमाबाट अर्को कोठा जाँदा आलस्य हट्ने शारीरिक थकावट नहुने, बाहिरी हावाले पुनर्ताजगी दिने हुँदा त्यस पछिको सिकाइ बढी प्रभावकारी हुन्छ । दिनभरिमा चारवटा विषय मात्र शिक्षण हुँदा सम्बन्धित विषयमा गहिरिने अवसर प्राप्त हुन्छ भने धेरै विषयको बोझ पनि हुँदैन ।

 

commercial commercial commercial commercial