पढाउने होइन, पढ्ने हो

भनिन्छ, ‘आमाले बच्चा जन्माउने होइन, आमाबाट बच्चा जन्मिने हो ।’ यो कथनलाई शिरोपर गरी जो शिक्षक अगाडि बढ्छ, उसले अध्यापन गराउने विद्यार्थीहरू कहिल्यै पनि परीक्षामा असफल हुँदैनन् भन्ने मेरो विश्वास छ ।

वि.सं. २०४७ जेठ १ गते गाउँको एउटा प्रावि दरबन्दीमा तृतीय श्रेणीमा नियुक्ति लिएर हालसम्म पनि सोही विद्यालयमै कार्यरत छु । कहिले कक्षा शिक्षण, कहिले बहुकक्षा शिक्षणमा शरीक भई यहाँसम्म आइपुगेको हुँ । मेरो २४–२५ वर्षको अनुभवमा ‘कुनै पनि शिक्षकले विद्यार्थीलाई पढाउने होइन, आपैm पढ्ने हो’ जस्तो लाग्छ ।

अरूको खोट देखाउनुभन्दा आपैm उदाहरण बनी समाजसमक्ष उभिनु राम्रो पक्ष हो । हिचकिचाएर, डराएर, लजाएर अनि ढाँटेर, छलेर अबको शिक्षामा गुणस्तर बढाउन सकिँदैन । नेपाल सरकार, शिक्षा मन्त्रालयदेखि लिएर क्षेशिनि, जिशिका हुँदै स्रोतकेन्द्रबाट शिक्षकहरूलाई आवश्यकता अनुसार तालीम दिँदै आएको छ । त्यसमा कुनै पनि समयमा जस्तोसुकै तालीम हासिल गरे पनि सैद्धान्तिक रूपमा हेर्ने हो भने नदीमा पात बगेझ्ैँ बगिरहेको देखिन्छ । अध्यापन कार्यको व्यावहारिक रूपमा कुनै पनि सरकारी विद्यालयका शिक्षक मित्रहरूले वार्षिक, त्रैमासिक, मासिक, साप्ताहिक र दैनिक पाठयोजना सहित शिक्षण गरेको ३० प्रतिशतभन्दा माथि भेटिएको छैन होला । त्यसको रेकर्ड राख्ने पनि कसले ?

अलिकति कोल्टे फेरौँ । सामुदायिक विद्यालयबारे कुरा गर्दा शिक्षक, अभिभावक र विव्यस तथा शिअसंघका सम्पूर्ण पदाधिकारीहरू ‘निजी विद्यालय तथा बोर्डिङ स्कूलको भविष्य छैन’ भन्ने गर्नुहुन्छ । हुन पनि हो । निजी विद्यालयका शिक्षकहरूले तालीमको बारेमा ‘त’ पनि पाउने गरेका छैनन् । तैपनि बोर्डिङ पढाउने मित्रहरूसँग कस्तो शक्ति छ ?

उहाँहरूले पढाउने विद्यार्थीहरू शतप्रतिशत पास हुने मात्र नभई सबै प्रथम श्रेणीमा उत्तीर्ण भएको भेटिन्छ । उहाँहरूको उद्देश्य तथा लक्ष्य पक्का पनि विद्यालयमा पढ्न होइन, पढाउन नै जाने हो । तालीमबाट हुने मुख्य फरक यही हो ।

तसर्थ, नेपालका सरकारी विद्यालयमा शिक्षण पेशामा लागेर मास्टरको रूपमा खडा हुने साथीहरू स्रोतव्यक्तिको नजर छल्ने, जिशिकालाई ठग्ने, नेपाल सरकारलाई ढाँट्ने आदि कार्यमा संलग्न हुनुहुन्छ । यस्ता अप्राकृतिक फोहोरमैलाहरू आफ्नो शरीरबाट हटाई सफा र देख्ताखेरि नै उज्यालो, चम्किलो मुहार लिएर कक्षाकोठामा एउटा नफुटेको र कुनै दाग नलागेको ऐनाको रूपमा प्रस्तुत भई पढाउन आएको गुरु होइन; पढ्न आएको चेलाको रूपमा पूर्वतयारीसाथ आजैबाट पढ्न शुरू गरौँ ।

सरकारी विद्यालयको तालीम प्राप्त शिक्षकको रूपमा शरीक भएर लाखौँलाख विद्यार्थीको भविष्य उज्ज्वल बनाउनेतर्फ लागौँ ।
आवश्यक आकर्षक शैक्षिक सामग्री तयार गर्नु र पाठयोजना तयार गर्नु नै शिक्षक आफै पढ्नु हो । त्यसैले शिक्षकको कर्तव्य पढाउने होइन, पढ्ने हो ।

नर प्रावि, माझ्कोट—९, तनहुँ

commercial commercial commercial commercial