बेनी सामुदायिक उमावि शिक्षक–अभिभावक सुसम्बन्धको नमूना

व्यवस्थापन समितिका अध्यक्ष पदम किसान भन्नुहुन्छ— “विद्यालय भनेको मेरा आफ्नै छोराछोरीहरूले पढ्ने थलो हो भनी हाम्रा शिक्षकहरू मेहनत गर्नुहुन्छ । हरेक विद्यार्थीहरूको व्यक्तिगत रूपमै सोधखोज गर्नुहुन्छ । अनि अभिभावकहरू बराबर विद्यालयमा आउनुहुन्छ, आफ्ना नानीहरूको बारेमा छलफल गर्नुहुन्छ । त्यसैले विद्यालयले यो प्रगति हासिल गरेको हो ।”

‘यो सामुदायिक विद्यालयमा भर्ना पाउन विद्यार्थीले प्रवेश परीक्षा पास गर्नुपर्छ । प्रवेशिका परीक्षामा यसका शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुन्छन् । शिक्षकसँग सबै अभिभावकको मोबाइल नम्बर छ । कुनै विद्यार्थी स्कूलमा गयल हुँदा शिक्षकले टेलिफोन गरेर विद्यार्थीको अवस्थाबारे बुझछन् । अभिभावकहरू पनि नियमित रूपमा विद्यालय गई आफ्ना छोराछोरीको शैक्षिक अवस्था र शिक्षक–विद्यालयका गतिविधिबारे बुझछन् । यहाँका विद्यार्थी हरेक दिन आपूm बस्ने बेन्च पालैपालो फेर्छन् र पालो अनुसार सबै विद्यार्थी पहिलो बेन्चमा बस्छन् । आपूm बस्ने कक्षाकोठाको सजावट, सरसफाइदेखि कक्षाकोठामा पानीको व्यवस्थापन समेत विद्यार्थीले नै गर्छन् ।’

माथिका विशेषता पढ्दा कतिपयलाई लाग्न सक्छ, ‘नेपालमा यस्ता पनि सामुदायिक विद्यालय छन् र ?’
त्यसको जवाफ हो, ‘अवश्य छन् । कैयौँ छन् ।’ त्यस्तै कैयौँमध्ये म्याग्दी जिल्लाको बेनी बजारस्थित बेनी सामुदायिक उच्च माध्यामिक विद्यालय एउटा हो । माथिका विशेषता सोही विद्यालयका हुन् ।

२०११ सालमा अनौपचारिक रूपमा सञ्चालन गरिएको यो विद्यालयले २०३३ सालमा आएर मात्र सरकारी मान्यता प्राप्त गरेको हो । शैक्षिक गुणस्तर र सिकाइ उपलब्धिका आधारमा शिक्षा मन्त्रालयले २०५९ सालमा देशभरिबाट विभिन्न ८ वटा राम्रा सामुदायिक विद्यालयलाई ‘नमूना विद्यालय’ घोषणा गरी रु.७५,००० पुरस्कार दिएको थियो । त्यसरी पुरस्कृत हुनेमध्ये एउटा थियो बेनी सामुदायिक विद्यालय । यो विद्यालयको गत ५ वर्षको एसएलसी रिजल्ट ९५ र १०० प्रतिशतको बीचमा भेटिन्छ । एसएलसी परिणाम समेतको आधारमा २०६९ सालमा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट घोषणा भई राष्ट्रिय शिल्ड, ध्वजा र नगद रु. २ लाखको पुरस्कार पनि यसलाई प्राप्त भएको थियो । यसले २०६७ सालदेखि वाणिज्यशास्त्रतर्फ उच्च माध्यामिक तहको पठनपाठन सञ्चालन गर्दै आएको छ ।

यस विद्यालयको तहगत शैक्षिक उपलब्धि र उत्तीर्ण प्रतिशत राष्ट्रिय औसतभन्दा माथि छ । कक्षा १ देखि एसएलसी तहसम्मको उत्तीर्ण प्रतिशत औसतमा ९२ प्रतिशतभन्दा बढी पाइन्छ ।

यो विद्यालय यसरी उम्दा हुनुका पछाडि एउटा मात्र कारण छैनन् । विशेषतः शिक्षकको इच्छाशक्ति र लगनशीलता, विद्यार्थीहरूको मेहनत र अभिभावकको जागरूकता एक ठाउँमा जुट्न सके राम्रो नतिजा हासिल गर्न असम्भव हुँदैन भन्ने देखाउँछ बेनीको यो उमाविले ।

विद्यार्थीको चाप अत्यधिक रहने यस विद्यालयमा प्रायः मजदुर, कृषक र मध्यम वर्गका अभिभावकका छोराछोरीहरू अध्ययन गर्छन् । कक्षाकोठा र शिक्षक अभावका कारण ८५ जनासम्म विद्यार्थी एउटै कोठामा कोचिएर अध्ययन गर्दै गरेका भेटिन्छन् । पर्याप्त भौतिक संरचना र स्रोतसाधनबिना उत्कृष्ट नतिजा सम्भव छैन भन्नेहरूका लागि यसले प्राप्त गरेको शैक्षिक उपलब्धि र नतिजा ठूलो सिकाइ हुन सक्छ ।

स्थानीय रूपमा प्राप्त हुने सामग्रीहरूलाई नै शिक्षण सामग्रीका रूपमा प्रयोग गर्दै अध्यापन गरिने यस विद्यालयमा निजीमा भन्दा राम्रो पठनपाठन हुने गरेको र शिक्षकहरूको मायालु व्यवहार आपूmलाई निकै मन परेको बताउँछिन् कक्षा १० मा अध्ययनरत छात्रा एन्जिला शाक्य । शाक्य भन्छिन्— “म बोर्डिङबाट यस स्कूलमा आएकी हुँ । यहाँ सरहरूले धेरै राम्रो पढाउनुहुन्छ, सबै विद्यार्थीहरूसँग फ्रेन्ड्ली भएर सबै क्रियाकलापहरूमा सहभागी हुन पाइन्छ ।” कक्षा १० मै अध्ययनरत अर्की छात्रा गीता बुढामगरको पनि यस्तै अनुभव छ । शिक्षकहरूले आफ्ना सबै किसिमका शैक्षिक समस्या झ्र्को नमानी सहजै समाधान गरिदिने भएकाले नै आपूmहरूलाई सिकाइमा सहज भएको बताउँदै भन्छिन्— “नबुझ्ेको जति पटक लगाएर भए पनि बुझउनुहुन्छ । ‘तिमीहरूले नबुझ्ेको कुनै पनि विषयवस्तु छ भने भन, हामी बुझएरै छाड्छौँ तर नबुझ्ेको कुरा बुझ्ेको चैँ नभन’ भन्नुहुन्छ ।”

विद्यार्थीको सिकाइ उपलब्धिको नियमित परीक्षणका लागि यो विद्यालयले त्रैमासिक परीक्षा लिने गरेको छ । परीक्षामा कमजोर अंक ल्याउने विद्यार्थीहरूलाई जान्ने विद्यार्थीसँगै राखी पढाउने गरिएको छ । कतिपय अवस्थामा नजान्ने विद्यार्थीलाई व्यक्तिगत रूपमा उनीहरूको कापीमा लेखेर पनि शिक्षकहरूले सिकाउने गरेको विद्यार्थीहरू बताउँछन् ।

यो विद्यालयको पढाइप्रति विद्यार्थी मात्र होइन, अभिभावकहरू पनि सन्तुष्ट छन् । निजी विद्यालयभन्दा पढाइ राम्रो भएकाले आफ्ना छोराछोरी यस सामुदायिक विद्यालयमा राखेको बताउनुहुन्छ अभिभावक शर्मिला श्रेष्ठ । आपूmहरूले दिनहुँ विद्यालयका गतिविधिहरूबारे जानकारी लिने गरेको र आपूmले दिएको सल्लाह सुझव शिक्षकहरूले ग्रहण गरी शिक्षण गर्ने गरेको अनुभव छ श्रेष्ठसँग । उहाँ भन्नुहुन्छ— “अभिभावक र शिक्षकहरूको कुराकानी मिल्छ, हामीले दिएको सुझव अनुसार शिक्षकहरूले अध्यापन गर्नुहुन्छ । यसले गर्दा शिक्षकहरूको अध्यापन र विद्यार्थीहरूको अध्ययन दुवै राम्रो हुने रहेछ ।”

शिक्षक अभिभावक संघका सदस्य टेकबहादुर खत्रीको कथन छ— “विद्यालयमा अभिभावकको उपस्थिति जति धेरै भयो, त्यति नै त्यहाँको शैक्षिक गुणस्तर राम्रो हुन्छ ।” बेनी सामुदायिकमा पढ्ने आफ्ना छोरीहरूको शैक्षिक उपलब्धिबाट सन्तुष्ट खत्री भन्नुहुन्छ— “यहाँ शिक्षक र अभिभावकको सम्बन्ध नङ र मासुको जस्तै छ, शिक्षकहरूले आफ्नै छोराछारीलाई झ्ैँ गरी पढाउनुभएको छ । कोही बालबालिकाहरू आएनन् भने पनि फोन गरेर ‘किन नआएको’ भनी सोध्नुहुन्छ । अभिभावकको पनि राम्रो रुचि छ, सबै अभिभावकहरू आउनुहुन्छ । बिदाको समयमा पनि सरहरू विद्यालयमा आएर कमजोर विद्यार्थीहरूलाई पढाउनुहुन्छ ।”

न्यून आय भएकाहरूले महँगो शुल्क तिरेर निजी विद्यालयमा छोराछोरी पढाउन नसक्ने भएकाले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर राम्रो हुनुपर्ने धारणा छ विद्यालय व्यवस्थापन समिति सदस्य उषा किसानको । “हाम्रो विद्यालयमा निजीमा भन्दा पढाइ राम्रो छ । विद्यालयमा वर्षको तीन पटक कक्षागत हिसाबले अभिभावक भेला हुन्छ । बालबच्चा कहिलेकाहीँ स्कूल आएन भने सरहरूले नै फोन गर्नुहुन्छ । ८० जनाभन्दा बढी विद्यार्थी एउटै कोठामा राखेर पढाउँदा पनि शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुनु भनेको महŒवपूर्ण पक्ष हो”, किसानको भनाइ छ । बर्सेनि एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याएकाले नै बेनीका धेरै बालबालिको आकर्षण यस विद्यालयतर्पm बढ्दो छ ।

विद्यार्थीहरूले हासिल गर्ने शैक्षिक उपलब्धिका पछाडि अभिभावको भूमिका महŒवपूर्ण हुनेमा जोड दिनुहुन्छ सहायक प्राचार्य काशीराम रेग्मी । उहाँ भन्नुहुन्छ— “नानीहरूको पहिलो पाठशाला परिवार नै हो । अभिभावकहरू आपूm जागरूक भइदिनुभयो भने घरमा बालबच्चालाई कुन समयमा खेल्ने, कुन समयमा टिभी हेर्ने, कुन समयमा पढ्ने आदि व्यवस्था मिलाइदिन सक्नुहुन्छ । यति भयो भने विद्यार्थीमा पढ्ने ऊर्जा बढ्छ । अर्को कुरा, उहाँहरू प्र्रत्यक्ष रूपमा विद्यालयमा आएर निगरानीमा बसिदिनुभयो भने शिक्षकहरूलाई पनि ऊर्जा मिल्छ, हामी पनि अलि बढी जागरूक हुन्छौँ ।”

राजनीतीकरणबाट मुक्त गरी विद्यालयका सबै अंगहरूबीच समझ्दारी र आपसी सहयोग हुनु नै विद्यालयको सफलताको मुख्य कारण मान्नुहुन्छ विद्यालय व्यवस्थापन समितिका सल्लाहकार राजेन्द्रकुमार श्रेष्ठ । उहाँको भनाइ छ— “जब राजनीति हाबी हुन्छ, तब त्यो स्कूल बिग्रन्छ भन्ने हामीलाई थाहा छ । अर्को कुरा, हरेक अभिभावकलाई मेरा नानीहरू यो स्कूलमा छन्, म स्कूलमा जानुपर्छ, शिक्षकहरूसँग आफ्ना नानीहरूबारे सोधखोज गर्नुपर्छ भनेर हामीले बोध गराएका छौँ, विद्यालयको सफलतामा त्यो नै प्रमुख पक्ष हो ।”

हरेक कक्षाका विद्यार्थीमध्ये जो पहिलो बेन्चमा बस्छन्, उनीहरूबाट नै त्यो दिनको कक्षा मनिटर चुन्ने चलनले विद्यार्थीहरूमा नेतृत्वको अभ्यास समेत गराएको छ । पहिलो बेन्चमा बस्ने विद्यार्थीले त्यस दिनको कक्षा सरसफाई, पानी, बेन्च डेस्क व्यवस्थापन समेत गर्नुपर्ने हुन्छ । यसले गर्दा समूहमा काम गर्ने, नेतृत्व लिने, साथीहरूसँग समन्वय र सहकार्य गर्ने जस्ता ज्ञान तथा सीप बालबालिकाहरूले विद्यालयबाटै सिक्ने गरेका छन् ।

कुनै पनि विद्यालयमा विषेश गरी शिक्षकहरूको इच्छाशक्ति र सक्रियता तथा अभिभावकको चासोले मात्र उच्च सिकाइ उपलब्धि प्राप्त गर्न सघाउ पु¥याउँछ । यस विद्यालयमा शिक्षकहरूले निर्वाह गरेको भूमिका, कार्यशैली र अभिभावकहरूको सक्रियतालाई मुक्तकण्ठले प्रशंसा गर्दै व्यवस्थापन समितिका अध्यक्ष पदम किसान भन्नुहुन्छ— “विद्यालय भनेको मेरा आफ्नै छोराछोरीहरूले पढ्ने थलो हो भनी हाम्रा शिक्षकहरू मेहनत गर्नुहुन्छ । हरेक विद्यार्थीहरूको व्यक्तिगत रूपमै सोधखोज गर्नुहुन्छ । अनि अभिभावकहरू बराबर विद्यालयमा आउनुहुन्छ, आफ्ना नानीहरूको बारेमा छलफल गर्नुहुन्छ । त्यसैले विद्यालयले यो प्रगति हासिल गरेको हो ।”

विद्यार्थी भेटघाट तथा परामर्श, सिकाइ उपलब्धिबारे अभिभावकहरूसँगको नियमित भेला, विद्यालय व्यवस्थापन समितिको क्रियाशीलता र शिक्षकहरूको मेहनतले नै आफ्नो विद्यालय राष्ट्रिय रूपमै उत्कृष्ट हुन सकेको हो भन्नुहुन्छ प्राचार्य दीपक श्रेष्ठ । उहाँ थप्नुहुन्छ— “शिक्षकहरूको काम १० देखि ४ बजेसम्म पढाउने र तलब खाने मात्र नभई आफ्नो विद्यालयको समग्र शैक्षिक वातावरण सुधारका लागि प्रतिबद्ध र कटिबद्ध हुनुपर्छ ।”

commercial commercial commercial commercial