पाँचथर पनि साक्षर !

पाँचथर जिल्ला, पूर्वाञ्चलको पहिलो र नेपालको १८ औँ साक्षर जिल्ला घोषणा गरिएको छ ।
“२०७१ पुस १३ गते पाँचथरलाई २०७२ असार मसान्तसम्ममा साक्षर जिल्ला घोषणा गर्ने अभियानको विधिवत् निर्णय भएपछि जिल्ला शिक्षा कार्यालयको अगुवाइ र सबै सरोकारवाला निकायको सक्रिय सहयोगमा तोकिएकै मितिमा कार्यक्रम सम्पन्न भयो”, जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले जानकारी गराउनुभयो ।

“१४ हजार निरक्षरलाई साक्षर बनाउनका लागि १२ प्रकारका मापदण्ड राखी शुरू गरिएको थियो । ती निरक्षर व्यक्तिका लागि राष्ट्रभाषा वा मातृभाषाका वर्ण÷अक्षर पढ्न र लेख्न सक्ने, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिल पढ्न सक्ने, मोबाइल र क्याल्कुलेटरका अंक र अक्षर चिनी प्रयोग गर्न सक्ने, ० देखि ९ सम्मका अंक, अक्षर लेख्न सक्ने, लेनदेनको हरहिसाब राख्न सक्ने, घडी हेरेर समय बताउन सक्ने, बैंक भौचर भर्न र चेक खिच्न सक्ने लगायतका मापदण्ड पूरा गर्नेलाई साक्षरताको प्रमाण पत्र दिई साक्षर व्यक्ति घोषणा गर्ने व्यवस्था भएकोमा धेरैले पूरा गरेको र केही बाँकी रहेका व्यक्तिलाई सिकाउने कार्यलाई निरन्तरता दिइनेछ”, फिदिम स्रोतकेन्द्रका स्रोतव्यक्ति विनोद ठाकुरले बताउनुभएको छ ।

“जिल्लामा अभियान चलेपछि सरहरू घरघरमा आउनुभयो र अब पढ्नुपर्छ भन्नुभयो । १०–१२ दिनजति पढेँ, अक्षर मजाले चिने, अझ् पढ्ने इच्छा छ”, फिदिम १ की मनकुमारी ठटाल भन्नुहुन्छ । ४ सन्तानकी आमा ४२ वर्षीय ठटाललाई पढ्ने धोको पूरा भएको छैन । “मेरो काम विषेशले गर्दा अस्ति पूरा पढ्न पाइनँ, अब पढ्छु । कम्तीमा पनि गाडीको नम्बर, मोबाइलको नम्बर मजाले चिन्न सकेँ भने मलाई हुन्छ”, ठटालले भन्नुभयो ।

“पौढहरूलाई बुझउन सजिलो तर पेन्सिल समाएर लेख्न सिकाउन अलि गाह्रो हुँदो रहेछ । तथापि हामीले गाविसमा रहेका ४ सय २३ निरक्षरमध्ये ३०७ जनालाई साक्षर बनाएका छौँ । बाँकी रहेका १ सय १६ जनालाई साक्षर बनाउने काम गर्छौं”, सिद्धदेवी मावि सिदिनका प्रधानाध्यापक सुरेन केरुङ भन्नुहुन्छ ।

“सरकारको मापदण्ड ९५ प्रतिशत साक्षर भएपछि घोषणा गर्न सकिने छ तर हामीले ९७.४ प्रतिशत पु¥यायौँ । जिल्लामा अझ्ै साढे २ प्रतिशत (२,८०९ जना) व्यक्ति मात्र निरक्षर छन् । अब उनीहरूलाई ६ महीनामा साक्षर बनाउनुपर्छ”, जिशिअ नेपाल भन्नुहुन्छ ।

‘साक्षर जिल्ला घोषणा’ हुँदा सिङ्गै जिल्लाको इज्जत बढेको बताउँदै संविधानसभा सदस्य श्रीप्रसाद जबेगुले भन्नुभयो— “यो कामलाई निरन्तरता दिनुपर्छ ।” साक्षर जिल्ला घोषणासँगै पाँचथरले अनौपचारिक शिक्षाकेन्द्र, सानोठिमी, भक्तपुरबाट ५ लाख रुपैयाँ समेत प्राप्त गरेको छ ।
गणेश साम्पाङ÷पाँचथर

commercial commercial commercial commercial