राम्रो पढाउन कसैको अनुमति चाहिदैँन !

पेशागत संघ–संगठनहरूले हक—अधिकारको नाममा नैतिकता र पेशागत मर्यादाको लिलामी नगरौँ । आन्दोलन र हड्तालको व्यापार नगरौँ । छट्टु र स्वार्थीको संरक्षणमा सिंगै संगठनको छवि धमिलो नपारौँ । राम्रो पढाउनका लागि पार्टी र दल चाहिँदैन, कसैको समर्थन र अनुमति पनि चाहिँदैन । चाहिने कुरा भनेको समय सापेक्ष विषयवस्तुको ज्ञान, योजना, ऊर्जा र तयारी मात्रै हो ।

जंगबहादुर शाही

हाम्रो यस वर्षको नयाँ सत्रको शुरूआत ‘गुणस्तरीय शिक्षाका लागि कक्षा कोठामा शिक्षक’ भन्ने नारा सहित भएको छ । जुम्लाले विगत केही वर्षयता शैक्षिक क्षेत्रमा यस्तै यस्तै नारा र ‘भिजन’ समेटेर अभियान सञ्चालन गर्दै आइरहेको छ । जस्तै ः ०७०।०७१ मा गुणस्तरीय शिक्षाका लागि कार्यान्वयनको वर्ष भन्ने नारा दिइएको थियो ।

हामी शिक्षण पेशामा आउने अवसर पाउनेहरू निकै भाग्यमानी हौँ र जिम्मेवार पनि । थोरै मात्र नैतिकतालाई ख्याल ग¥यौँ र संवेदनशीलता अपनायौँ भने यस पेशाबाट मान, सम्मान, पैसा, प्रतिष्ठा सबै प्राप्त हुन्छ । प्रत्येक दिन नयाँ ज्ञान र ऊर्जा सहित हँसिलो, फरासिलो मुद्रामा कक्षाभित्र पस्यो, नयाँ नयाँ विधि र विषय सहित कक्षा शुरू ग¥यो; आफू खुशी रह्यो, अरूलाई खुशी बनायो— बस्, यसैमा मानव हुनुको मर्म र शिक्षक हुनुको कर्म सहित गर्विलो सास फे¥यो; क्या मजा, कति मजा ! भोगाइ हामी सबैको; लेखाइ मात्रै मेरो !

हाम्रा अग्रज गुरुहरू, जसले पेशालाई ठग्नुभयो; कर्तव्य र सिंगो समाजलाई ठग्नुभयो, उहाँहरू वर्तमानकै परिदृश्यबाट लोप भइसक्नुभयो र जो आज हामी सत्ताको, शक्तिको, पार्टीको, कार्यालय र बाहुबलको भरमा विद्यालय, बालबच्चा र समुदायलाई ठगिरहेका छौँ । हाम्रो दशा पनि २–४ वर्षभित्रै त्यस्तै हुनेछ, जस्तो आज तिनै विगतका विज्ञ र अग्रजहरूको भएको छ ।

यो वर्षको शैक्षिक नाराले बोकेको अर्को मर्म ‘पाठयोजना र सामग्री सहित कक्षाकोठामा पसौँ र पूरै समय बसौँ’ भन्ने हो । हाम्रो वर्तमान परम्परा भनेको कक्षाकोठामा पसिसकेपछि विद्यार्थीकै भाग खोसेर पुस्तक पल्टाउँदै ‘आज हामी कुन पाठ पढ्ने हो ?’ भनेर पाठ खोज्छौँ र शैक्षिक सामग्रीको रूपमा गोरु गोठालोको हतियार लौरो लिएर जान्छौँ; मुखभरी सुर्ती, सुपारी, पान, गुट्खा केके हुन केके फाँको हालेकै हुन्छौँ । ‘पाठयोजना र शैक्षिक सामग्री साथमा अनि सफलता हातमा’ भन्ने कथनलाई मन्थन गर्दै योजनाबद्ध रूपमा थोरै तयारी र धेरै सामग्री सहित कक्षाकोठा प्रवेश गर्न सक्यौँ भने कक्षा रोमाञ्चक र प्रभावकारी, सिकाइ स्तरीय र दीर्घकालीन अनि उपलब्धि उत्साहजनक हुने र हाम्रो कर्तव्य पनि पूरा भई ‘कक्षाकोठामा शिक्षक’ नामको अभियान साँच्चै सफल हुनेछ । यसो गर्नका लागि समस्या र चुनौतीभन्दा पनि सम्भावना र अवसरहरू नै धेरै देखिन्छन्; जस्तै :
१)    नयाँ शिक्षक योग्य, जोशिला, जाँगरिला र जिज्ञासु हुनुहुन्छ । त्यसैले यस्ता ऊर्जाशील समूहबाट धेरै उपलब्धि हातलाग्छ ।
२)    शैक्षिक तालीम केन्द्र, जुम्लाले पनि आवश्यकता अनुसार व्यक्ति र बर्गत हेरी व्यक्ति सुहाउँदो तालीमको व्यवस्था गरेकै छ र अहंकारको आहालमा डुब्नेहरू बाहेक अधिकांश शिक्षकहरूमा परिवर्तन आएकै छ । अझ् व्यक्तिलाई भन्दा नीतिलाई अँगाल्ने हो भने सबैमा सुधार आउनेछ ।
३)    नियमनकारी निकाय पनि विगतबाट पाठ सिक्तै थोरै भए पनि नियम कानूनको पालनातिर लागेका हुँदा ऊर्जाशील व्यक्तिमा थप ऊर्जा थपिँदै छ र रित्ताहरूमा ऊर्जा भरिँदै छ । यो पनि विराट सम्भावनाकै द्योतक हो ।
४)    गैससहरूले पनि सिकाइ र शिक्षा क्षेत्रमा विभिन्न गाविसहरूमा कार्यक्रम सञ्चालन गर्दै आएकाले अब शिक्षकलाई कक्षाकोठामा योजना र सामान सहित पस्ने र पूरै समय बस्ने वातावरण पनि सिर्जना हुँदै आएको छ । यो झ्नै भरिलो सम्भावना हो ।
५)    शिक्षण पेशागत तालीमको प्रभावले पुराना शिक्षकलाई पनि नवीनता थप्तै गरेकाले ‘कक्षाकोठामा शिक्षक’ अभियान सफल हुने देखिन्छ । यो आशा लाग्दो सम्भावना हो ।

सम्भाव्य जोखिम
‘कक्षाकोठामा शिक्षक’ अभियानलाई धक्का दिने र अगाडि बढ्न नदिई असफल पार्ने केही चुनौतीहरू पनि हाम्रा अगाडि पहाड बनेर उभिएका छन्; जसले प्रशस्त सम्भावना हुँदाहुँदै पनि बाधा पु¥याउने देखिन्छ; जुन यस प्रकार छन् :
१)    व्यक्तिलाई काखा हाल्ने र नीतिलाई पाखा फाल्ने प्रवृत्ति ।
२)    हामीले भर्ना गरेका, भरेका व्यक्तिका कारण आफ्नै योग्यतामा सेवा प्रवेश गरेका ऊर्जाशील व्यक्तिको ऊर्जा निभ्न सक्ने खतरा ।
३)    राजनीतिक दलको ठाडो हस्तक्षेपकारी आक्रमण ।
४)    विद्यालयमा भौतिक पूर्वाधारको अभाव ।

माथिका चुनौती सामना गर्ने सोच नबनेसम्म ‘कक्षाकोठामा शिक्षक’ सँगै नियमित र औपचारिक शिक्षा पनि सफल हुन पाउने छैन । यसमा सबैभन्दा बढी जिम्मेवार राजनीतिक दल र नियमनकारी निकाय नै छौँ र हौँ ।

‘कक्षाकोठामा शिक्षक’ अभियान
सफल पार्न अवलम्बन गर्नुपर्ने बुँदाहरू :
१)    पुरस्कार, पदवी र प्रशंसापत्र दिँदा होस् वा तालीमको अवसर बाँड्दा वा कारबाही गर्नुपर्दा होस्— नियमनकारी निकायमा बस्ने व्यक्तिले व्यक्ति नहेरेर नीतिलाई हेर्नुपर्छ ।
२)    तालीम, सेवा र सुविधाका अवसरहरू आफ्नैका लागि मात्र आरक्षित होइन, सबैका लागि सुरक्षित हुनु पर्छ । धेरै तालीम पचाइसकेका ठेकेदारका लागि तालीमको औचित्य छैन । तसर्थ ‘केही गर्छु’ भन्नेका लागि अवसर दिनु उचित हुन्छ ।
३)    सधैँ कक्षाकोठाभित्र अनुगमन र निरीक्षण गरेर बालबालिकाका आवाजका आधारमा मूल्याङ्कन गरी दण्ड र पुरस्कारको व्यावहारिक व्यवस्था गर्नै पर्छ ।
४)    सबै शिक्षकका बालबच्चा हाम्रै कक्षाकोठामा हामीसँगै हुनुपर्छ । अनि मात्र हाम्रो तन, मन र मस्तिष्क बस्छ हाम्रो कक्षाकोठामा ।
५)    लगनशील, नियमित, सिर्जनशील, जिज्ञासु र कर्तव्यनिष्ठ शिक्षकलाई वर्षको एकचोटि बाहिर जिल्ला भ्रमण, गोष्ठी र सेमिनारमा अवसर प्रदान गरी प्रशिक्षकको रूपमा तयार गर्दा अरूलाई पनि प्रेरणा मिल्छ ।
६)    हामी डिजिटल युगमा प्रवेश गरिसकेका छौँ । विद्युतीय उपकरण सबैका हातहातमा छन् । त्यसैले अब हामी खाली दिमाग, खाली मन र खाली हात कक्षाकोठामा पस्नै हुँदैन । बालबालिका निकै जिज्ञासु हुन्छन् । त्यसैले उनीहरूलाई चित्त बुझने, धीत मर्ने र जिज्ञासा अझ् बढाउने तरिका सहित विषयवस्तु रोचक र शैक्षिक सामग्री आकर्षक खालका बोकेर मात्र कक्षाकोठाभित्र पस्नु राम्रो हुन्छ । शिक्षक निर्देशिका, पाठ्यक्रम, सन्दर्भ सामग्री, शैक्षिक सामग्री र अन्य टिपोट आदिको सहारामा आपूmलाई हमेसा परिपूर्ण र भरिपूर्ण राख्नुपर्छ । यसो गर्न सक्ने शिक्षकले विद्यार्थीलाई विषयवस्तुको ज्ञान र नैतिक बलले जीवनभर प्रभावित गर्न सक्छन् ।
७)    पेशागत संघ–संगठनहरूले पेशागत हक र अधिकारको सुरक्षाको नाममा नैतिकता र पेशागत मर्यादाको लिलामी नगरौँ । आन्दोलन र हड्तालको व्यापार नगरौँ, बन्द र बरबादीको बाटो नरोजौँ । छट्टु र स्वार्थीको संरक्षणमा सिंगै संगठनको छवि धमिलो नपारौँ । नीति र प्रणालीको प्रशिक्षण दिऊँ । नियत र प्रवृत्तिलाई हटाउन नसके पनि घटाउँदै लैजाऊँ । सकिन्छ भने शैक्षिक नेतृत्व समालौँ । भ्रष्टाचार र अनियमितताको आरोपबाट आपूm र आफ्नो संगठनलाई बचाऊँ । अहंको आडमा लाज र शरम नपचाऊँ । कोही बिग्रन्छ र अस्तित्वविहीन हुन्छ भने अरूबाट कम र आफैबाट बढी हुन्छ ।

तसर्थ, शक्ति र संगठन; ऊर्जा र उमेर विवेकपूर्ण ढंगले प्रयोग गरौँ । राम्रो पढाउनका लागि पार्टी र दल चाहिँदैन, कसैको समर्थन र अनुमति पनि चाहिँदैन । चाहिने कुरा भनेको समय सापेक्ष, युग अनुकूल विषयवस्तुको ज्ञान, योजना, ऊर्जा र सामग्री सहितको तयारी मात्रै हो । यति लेखिरहँदा मैले कसैलाई अवमूल्यन गर्न खोजेको होइन, न त आदेश नै दिन खोजेको हो; हामी सबैका साझ भोगाइ र अनुभवलाई केवल लिपिबद्ध मात्रै गरिदिएको हुँ ।

स्रोतव्यक्ति, त्रिभुवन उमावि, झरज्वाला, जुम्ला

commercial commercial commercial commercial