पुरानो विद्यालय : अत्याधुनिक प्रविधि

सीसीटीभी, इन्टरएक्टिभ बोर्ड, कम्प्युटर ल्याब र इन्टरनेटको प्रयोग मार्पmत भक्तपुर दरबार क्षेत्रको पुरानो विद्यालय, श्रीपद्म उमावि ‘हाइटेक’ सार्वजनिक स्कूल बन्न पुगेको छ । पठनपाठनमा प्रविधिको प्रयोगले यस संस्थालाई आम विद्यालयभन्दा मौलिक मात्र बनाएको छैन, शैक्षिक उपलब्धि सुधार गर्न समेत मद्दत गरेको छ ।

‘एकाइसौँ शताब्दीको कक्षामा तिमीहरूलाई स्वागत छ ।’ श्रीपद्म उमावि भक्तपुरका आईटी शिक्षक सत्यराम सुवालले कक्षा ९ का छात्रछात्रालाई आईटी कक्षामा स्वागत गरे । सुवालले थपे, “अब हामी कक्षामा सेतोपाटी प्रयोग गर्दैनौँ । सबै विषयको कक्षा अब यो इन्टरएक्टिभ बोर्डमा हुन्छ ।” उक्त बोर्ड अन गर्दै उनले भने, “खासमा यो डिजिटल सेतोपाटी हो । यसमा औँला वा डिजिटल मार्करले लेख्न, चित्र कोर्न वा आफूले तयार पारेका पाठ देखाएर सिकाइ क्रियाकलाप गर्न सकिन्छ । कक्षाका सबै गतिविधि यो बोर्डमा रेकर्ड गर्न सकिन्छ । यो बहुउपयोगी बोर्डले हाम्रो कक्षालाई पनि विकसित देशको हाराहारीमा पु¥याउने भएकाले मैले यसलाई एकाइसौँ शताब्दीको कक्षा भनेको हुँ ।”

१९८१ सालमा स्थापना भएको भक्तपुर दरबार क्षेत्रको श्रीपद्म उमावि देशकै पुराना विद्यालयमध्येको हो । शुरूमा ‘भादगाउँ स्कूल’ का नाममा स्थापना भएको यो विद्यालय अहिले देशका अब्बल सामुदायिक स्कूलको पंक्तिमा पर्छ नै, पठनपाठनमा सूचना प्रविधिको प्रयोगका दृष्टिले पनि नम्बर एक बन्न पुगेको छ । पठनपाठनलाई हाइटेक बनाउन स्कूलले भर्खरै इन्टरएक्टिभ बोर्ड, मल्टिमिडिया सेट तथा ल्यापटप खरीद गरेको छ ।

प्राचार्य राम हाडाका अनुसार श्रीपद्म उमावि २० वर्षपहिले कम्प्युटर भिœयाउने आफ्नो क्षेत्रको पहिलो सरकारी विद्यालय बनेको थियो । हाडा भन्छन्— “नेपालमा कम्प्युटर दुर्लभ भएको बेला हामीले २०५२ सालमै कम्प्युटर ल्याएका थियौँ । त्यसको ठीक २० वर्षपछि इन्टरएक्टिभ बोर्ड ल्याउन सफल भएका छौँ ।  इन्टरएक्टिभ बोर्डले हाम्रो पठनपाठनलाई अझ् दु्रत र सजिलो बनाउने अपेक्षा गरेको छु ।”

आईटी कक्षाको भित्तामा राखिएको इन्टरएक्टिभ बोर्ड तार मार्पmत ल्याप्टप र मल्टिमिडिया सेटसँग जोडिएको छ । अब सेतोपाटी र कालोपाटीमा हुने सबै काम त्यसमै गर्न सकिनेछ । लेख्ने, लेखेका कुरा रेकर्ड गर्ने, शिक्षकले तयार गरेका पाठहरू ल्यापटप मार्फत इन्टरएक्टिभ बोर्डमा डिस्प्ले गर्ने, मेट्ने, चित्र बनाउने आदि काम यही बोर्डमा हुन्छ । यो बोर्डको प्रयोग गर्ने शिक्षकहरू कम्तीमा कम्प्युटर, इन्टरनेट र मल्टिमिडियाको प्रयोग गर्न सक्ने हुनुपर्छ ।

आईटी शिक्षक सत्यराम सुवालले करीव १० मिनेट इन्टरएक्टिभ बोर्डको प्रयोगबारे बताइसकेपछि कक्षा ९ का छात्र सुजन घिमिरेले अगाडि आएर बोर्डमा झयालको चित्र बनाए । उनले भने, “कम्प्युटरमा ड्रइङ गर्नभन्दा बोर्डमा सजिलो हुने रहेछ ।”

आईटीका शिक्षकहरूले ‘इन्टरएक्टिभ बोर्ड’ स्मार्टबोर्डको शुरूको भर्सन भएकाले यसको नाम ‘स्मार्टबोर्डको भाइ’ राखेका छन्  । स्मार्टबोर्डले धेरै काम आपैm पनि गर्छ भने यसले ल्यापटप र मल्टिमिडिया सेटको सहयोगमा शिक्षण सिकाइका अधिकांश काम गर्छ । विज्ञान शिक्षकलाई कालो वा सेतोपटीमा मानव मुटुको चित्र बनाउन कम्तीमा १० मिनेट लाग्छ तर इन्टरएक्टिभ बोर्डमा १० सेकेन्डमा मुटुको चित्र डिस्प्ले गरेर त्यसको व्याख्या गर्न सक्छन् । यो बोर्डको प्रयोगले शिक्षकको समय बचत हुन्छ भने उनीहरूलाई पाठयोजना बनाएर मात्र कक्षामा आउन प्रेरित गर्छ । इन्टरएक्टिभ बोर्डको प्रयोग विधिको बारेमा श्रीपद्म उमाविले आफ्ना शिक्षकलाई सामान्य सीप सिकाइसकेको छ । आउँदा दिनमा ठूला कक्षाका अधिकांश शिक्षकले उक्त बोर्डमा कक्षा शिक्षण गर्ने विश्वास स्कूलको छ ।

धेरै विद्यालयलाई इन्टरएक्टिभ बोर्डको प्रयोग अझ्ै पनि दुर्लभ विषय हो । कतिले त यो बोर्डको नामै पनि नसुनेका हुन सक्छन् । राजधानीका सुविधा सम्पन्न एकाध स्कूल बाहेक अरू स्कूलमा अहिले पनि कालोपाटीकै प्रयोग हुन्छ भने केहीले भर्खरै सेतोपाटी प्रयोग गर्न थालेका छन् । त्यसैले इन्टरएक्टिभ बोर्डको प्रयोग आमनेपाली स्कूल शिक्षाका लागि नौलो र टाढाको कुरा पनि हो । यस दृष्टिबाट स्मार्टबोर्ड आम नेपाली विद्यालयको पहुँचमा पर्न अझ्ै निकै वर्ष लाग्न सक्छ । श्रीपद्मले शिक्षा विभागको रु. १ लाख ४० हजार अनुदानमा लगभग त्यति नै रकम थपेर रु. ३ लाखमा सो बोर्ड किनेको हो ।

इन्टरएक्टिभ बोर्डको प्रयोग बिजुलीको सुविधा नभएका स्कूलमा गर्न सकिँदैन । त्यस्तै यसका लागि ल्यापटप र मल्टिमिडिया सेट पनि अनिवार्य हुन्छ । शिक्षा विभागले पनि प्राविधिक शिक्षामा अनुभव हासिल गरेका भक्तपुरका ८ वटा स्कूलमा मात्र इन्टरएक्टिभ बोर्डको व्यवस्था गर्न अनुदान दिएको छ । भक्तपुरका जिशिअ रमाकान्त शर्माका अनुसार इन्टरएक्टिभ बोर्डका लागि प्रतिस्कूल रु. १ लाख ४० हजारका दरले अनुदान दिइएको छ । तर, यो बजेटको भरमा मात्र इन्टरएक्टिभ बोर्ड प्रयोगमा आउन सक्तैन । श्रीपद्मले जस्तै यो अनुदान पाउने स्कूलहरूले आफैले रकम थपेर कम्प्युटर र मल्टिमिडिया सेटको व्यवस्था गरेर इन्टरएक्टिभ बोर्ड सञ्चालन गर्नुपर्ने हुन्छ ।

सीसीटीभीको कमाल
पिउने पानी र बिजुलीको सुविधाबाट समेत वञ्चित सार्वजनिक स्कूलमा सीसीटीभीको प्रयोग सामान्यत: कल्पना गरिँदैन । ठूला सुपरमार्केट तथा अति संवेदनशील स्थानमा बढी प्रयोग हुने सीसीटीभीको प्रयोग अन्य शैक्षिक संस्थामा पनि विरलै हुन्छ । तर, श्रीपद्म उमाविले तीन वर्षअगिदेखि सीसीटीभीको लाभ लिएको छ । रु. २ लाखमा जडान गरेको सीसीटीभीमार्पmत प्रअ राम हाडा आफ्नै कार्यकक्षमा बसीबसी विद्यालयका सम्पूर्ण गतिविधि नियाल्छन् । उनको कक्षमा राखिएको कम्प्युटरको मनिटरमा स्कूलको गेटबाट बाहिर–भित्र गर्ने व्यक्तिदेखि हरेक कक्षाका गतिविधि छर्लंग देखिन्छन् । त्यसले विद्यालयमा एक खालको तरंग पैदा गरेको छ । शिक्षक, छात्रछात्रा र कर्मचारी सचेत मात्र होइन, आफ्नो जिम्मेवारीप्रति थप सजग समेत हुन थालेका छन् । सीसीटीभी जडानपछि स्कूलमा छात्रछात्रा र शिक्षकको नियमितता बढेको छ । कक्षामा हुने झ्ैझ्गडा; हल्लाखल्ला र गाली तथा सजाय समेत कम मएको छ ।

शिक्षक र छात्रछात्रा अनुशासित हुँदाको स्वाभाविक परिणामस्वरूप सिकाइ उपलब्धि सुधार हुन थालेको छ । प्राचार्य हाडाको कथन छ— “स्कूलको शैक्षिक नतिजा पहिला पनि राम्रो थियो, तीन वर्षयता झ्न् राम्रो भएको छ । भौतिक सुरक्षा र शैक्षिक नियमिततामा सीसीटीभीले ठूलो योगदान गरेको छ ।”

श्रीपद्म उमाविको अर्को विशेषता १५ वटा विषयगत प्रयोगशाला हो । केमेस्ट्री, बायोलोजी, फिजिक्स, कम्प्युटर, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिसिटी, कार्पेटिङ, प्लम्बिङ, ड्रइङ आदि विषयका प्रयोगात्मक उपकरणको व्यवस्थाले विद्यालयको प्राविधिक तथा साधारण विषयको पठनपाठनलाई आकर्षक र सहज तुल्याएको छ । सीसीटीभी जडान भएपछि प्रयोगशाला तथा पुस्तकालयबाट पुस्तक र सामान हराउने तथा भौतिक क्षति हुने क्रम लगभग बन्द भएको प्राचार्य हाडाको अनुभव छ ।

वाइफाइ फ्रि स्कूल
इन्टरनेट सहितको कम्प्युटर ल्याबले स्कूलमा इ–लर्निङ संस्कृति स्थापित हुने विश्वास राख्छन् प्राचार्य हाडा । त्यसैले उनले स्कूलमा नेट सुविधा सहितको ५० भन्दा बढी कम्प्युटर रहेको कम्प्युटर ल्याबको व्यवस्था गरेका छन् । विद्यार्थीहरू दैनिक २ घण्टा कम्प्युटर ल्याबमा बसेर आफ्नो रुचि र आवश्यकता अनुसारका पठन सामग्री खोज्छन् । त्यहाँ छात्रछात्रालाई आफ्नो पाठ अनुसारका सामग्री खोज्न र व्यक्तिगत फोल्डर बनाएर कम्प्युटरको डेक्सटपमा राख्न पनि सिकाइएको छ । नेटबाट खोजेका सामग्री छात्रछात्राले पेन ड्राइभमा लगेर घरमा पनि अध्ययन गर्न सक्छन् । साना कक्षाको तुलनामा कक्षा ८ देखि १२ का छात्रछात्राले कम्प्युटर ल्याबको बढी लाभ लिने गरेका छन् ।

कम्प्युटर ल्याबको प्रयोगले शिक्षक र छात्रछात्रलाई नयाँ विषयमा पाठ्य सामग्री खोजी गर्न र अद्यावधिक हुन सघाएको छ ।

प्राचार्य हाडाका अनुसार स्कूलमा इ–लर्निङ को संस्कार अरू बढाउन असोजको पहिलो सातादेखि नि:शुल्क वाइफाइ जडान गरिनेछ विद्यालयको सर्वरबाट कसैले पनि हानिकारक अश्लील साइट खोल्न नसकून् भनी विशेष एप्स पनि डिजाइन गरिएको बताइएको छ । यस सम्बन्धमा प्राचाय हाडा भन्छन्— “शिक्षक र छात्रछात्राले सिकाइको काममा इन्टरनेटको अत्यधिक सुविधा प्रयोग गरुन् तर दुरुपयोग हुन नपाओस् भन्ने हाम्रो उद्देश्य हो ।”

श्रीपद्म उमाविका शिक्षक, छात्रछात्राले खाली समयमा मोबाइल प्रयोग गर्न पाउँछन् । पठनपाठनको बेला भने मोबाइल चलाउन पाइँदैन । यसले स्कूललाई प्रविधि मैत्री मात्र होइन, आमस्कूलभन्दा भिन्न पनि बनाएको छ किनभने अधिकांश स्कूलले मोबाइललाई निषेधित वस्तुको श्रेणीमा राख्ने गरेका छन् ।

श्रीपद्मका अधिकांश शिक्षकहरूले इमेल, ट्वीटर, फेसबुक आदि खोलेका छन् । स्कूलको फेसबुक पेज र वेबसाइटमा स्कूलका सबै सूचना प्रेषित हुन्छन् भने त्यसैबाट शिक्षक तथा छात्रछात्रा अपटेड हुन्छन् । प्राचार्य हाडा विद्यालयका ७० प्रतिशतभन्दा बढी छात्रछात्रा वेब कनेक्टेड रहेको बताउँछन् ।  

अगिल्लो सालको एसएलसी नतिजाका आधारमा श्रीपद्म उमावि देशकै उत्कृष्ट सामुदायिक विद्यालय भएर राष्ट्रिय पुरस्कार जित्न सफल भएको छ भने यसको निमावि र मावि तहको सिकाइ उपलब्धि औसत ८० प्रतिशतको हाराहारीमा छ । प्राथमिक तहको जग बलियो पार्न विशेष मेहनत गरेको देखिन्छ । पूर्वप्राविदेखि कक्षा ४ सम्म मन्टेसरी विधिमा शिक्षण सिकाइ क्रियाकलाप हुन्छ भने माथिल्लो तहमा नेपाली र अंग्रेजी माध्यमका छुट्टाछुट्टै कक्षा हुन्छन् । प्रावि तहको सिकाइ उपलब्धि ८७ प्रतिशतभन्दा माथि पुगेको छ । भक्तपुरका जिशिअ शर्मा भन्छन्— “श्रीपद्म उमावि प्रविधिको प्रयोग र गतिलो पठनपाठनका दृष्टिले देशको नमुना स्कूलमा पर्छ ।”

एउटै व्यक्तिको नेतृत्वमा पूर्वप्राथमिक तहदेखि स्नातकोत्तर तहसम्म पठनपाठन सञ्चालन गर्न सफल भएको शैक्षिक संस्थामा पर्छ श्रीपद्म उमावि । २०६० सालमा व्यवस्थापन संकायबाट शुरू गरिएको उमावि तह अहिले मानविकी, शिक्षा र विज्ञान संकाय सञ्चालित छन् । २०६७ बाट स्नातक तह सञ्चालन गरिएको पद्म कलेजमा हाल बीबीएस र एमबीएस कार्यक्रम समेत चलाइएको छ । स्नातक र स्नातकोत्तरको औसत उत्तीर्ण दर ५० प्रतिशतभन्दा माथि छ भने उमावि तहको सिकाइ उपलब्धि ६० प्रतिशत पुगेको छ । पूर्वप्राविदेखि स्नातकोत्तर तहसम्म करीव १७ सय छात्रछत्रा र १५० शिक्षक कर्मचारीको नेतृत्व हाडाले नै गर्दै आएका छन् । एउटै संस्थामा पूर्वप्राविदेखि स्नातकोत्तर तहसम्मको गुणस्तरीय पठनपाठन सञ्चालन गर्न सक्नु नै प्राचार्य हाडाको मुख्य सफलता हो ।

आमस्थिति
विकसित देश इ–लर्निङ बाट अझ् अगि बढेर स्मार्ट कक्षाको अभ्यासमा पुगेका छन् । पेपरलेस अफिस जस्तै ‘पेपरलेस शिक्षण संस्था’ को अवधारणा पनि आइसकेको छ । यस्तो अवस्थामा श्रीपद्मले शिक्षण सिकाइमा गरेको प्रविधिको प्रयोग अरूहरूका लागि पनि मार्गदर्शन हुन सक्छ । किनभने ढिलो–चाँडो पठनपाठनमा सूचना÷प्रविधिको प्रयोग नगरी सुख छैन । शिक्षा मन्त्रालयले २०६९ मै आईसीटी इन एजुकेशनका नाममा रु. एक अर्ब बजेट विनियोजन गरी देशका ७ हजार माविलाई रु. १ लाख ४० हजारका दरले कम्प्युटर ल्याब स्थापना गर्न अनुदान दिने कार्यक्रम अगिसारेको हो । त्यो बजेटले कतिपय स्कूलमा कम्प्युटर ल्याबको स्थापना गरिए पनि केहीमा बिजुली र प्रयोग सीपको अभावमा किनिएका कम्प्युटर त्यसै थन्किएका छन् भने कतिपयले आईसीटीको बजेट अरू नै काममा प्रयोग गरेको गुनासो पनि सुनिएको छ ।

‘टिचर डिस्कसन अन एजुकेशनल इसुज’ नामक फेसबुक ग्रुप बनाएका शिक्षक नेता लक्ष्मण शर्मा भन्छन्— “एकाइसौँ शताब्दीको शिक्षाको मुख्य साधन नै सूचना र प्रविधि हो । तर डिजिटल लिटरेसीका आधारमा अरू मुलुक पाँचौँ पुस्तामा छन् भने हामी पहिलो पुस्तामा छौँ ।”

commercial commercial commercial commercial