‘भादगाउँ पाठशाला’

संवत् १९५७ मा खुलेको ‘भादगाउँ पाठाशाला’ मा पाटनका पण्डित धर्मदत्त खनाल वार्षिक २४०÷— रुपैयाँको तलबमा भर्ना भएका थिए । त्यसपछि वार्षिक १२०÷– रुपैयाँ खाने पण्डित पदमा श्रीधर फुयाल, सिन्हामुगलको नियुक्ति भएको देखिन्छ । यसै गरी फेरि १९५८ असोज १२ गतेको सनदले भादगाउँमै २४०÷– रुपैयाँ वार्षिक तलब खाने एक शिक्षकको दरबन्दी सहितको अर्को एक पाठशाला थप भएको देखिन्छ ।

... १९५७ चैत १५ गते उपत्यकाभित्र खुलेका १६ वटा विभिन्न पाठशालाहरूमा १६ जना शिक्षक भर्ना भएका देखिन्छन् । यिनै १६ वटा भाषा पाठशालामध्ये ‘भादगाउँ पाठाशाला’ पनि एक हो, जसमा पाटनका पण्डित धर्मदत्त खनाल वार्षिक २४०÷— रुपैयाँको तलबमा भर्ना भएका थिए । त्यसपछि १९५८ जेठ ५ गतेको सनदले भादगाउँ पाठाशालामा वार्षिक १२०÷– रुपैयाँ खाने पण्डित पद एकमा श्रीधर फुयाल सिन्हामुगलको नियुक्त भएको देखिन्छ । यसै गरी फेरि १९५८ असोज १२ गतेको सनदले भादगाउँमा २४०÷– रुपैयाँ वार्षिक तलब खाने एक शिक्षकको दरबन्दी सहितको अर्को एक पाठशाला थप भएको छ ।

यसरी हेर्दा १९५७–५८ सालको बीचमा भादगाउँमा दुइटा पाठशाला खुलेको जस्तो देखिन्छ तर वास्तवमा यी दुइटा पाठशाला खुलेको नभै एउटै पाठशालामा शिक्षकको दरबन्दी मात्र थप भएको हो कि भन्ने अनुमान गर्न सकिन्छ । यसको प्रमाणको रूपमा विक्रम संवत् १९६९ सालमा भादगाउँ पाठशालामा पण्डित धर्मदत्त आचार्य (इतिहास शिरोमणि बाबुराम आचार्यका पिता), पण्डित तारानाथ न्यौपाने र पण्डित शिवदत्त लामिछाने शिक्षकका रूपमा बहाल रहेका देखिन्छन् । यसै गरी १९७७ फागुन महीनामा भादगाउँ पाठशालाका शिक्षक दरबन्दीमा ५ जवान शिक्षक पण्डितहरू पुगेका देखिन्छन्, जसमध्ये खिलनाथ, प्रेमसागर दवाडी, लक्ष्मीप्रसाद, वैजनाथ न्यौपाने र धर्मनन्दहरू बहाल रहेका देखिन्छन् भने टहलुवा पदमा तुलसीदास ।

उपर्युक्त नामहरूको जानकारी शिक्षक पण्डितमध्ये एक वैजनाथ न्यौपाने (१९२४–२००३) को संकलनमा रहेको त्यतिखेरको अर्थात् १९७७ फागुन महीनाको हाजिरी कापीको नक्कलबाट प्राप्त भएका हुन् । नेपालमा त्यतिबेला एक शिक्षकले केही विद्यार्थीहरूका समूहलाई शिक्षा दिने प्रचलन भएको बुझ्न्छि । त्यसैले कुनै खास शिक्षकको जिम्मा केही विद्यार्थीहरू आफ्ना पाठ पढ्ने गर्दथे । १९७८ मंसीर महीनामा पण्डित वैजनाथ न्यौपानेतर्फका विद्यार्थीहरूमा (फेला परेको हाजिरी कापीको नक्कमा) गङ्गाप्रसाद ढकाल, सूर्यमान धोंजु, दसकुमार श्रेष्ठ, लालबहादुर कर्माचार्य, रामभक्त श्रेष्ठ, जुजुभाई गोयंजु, गोविन्दलाल श्रेष्ठ, इन्द्रलाल श्रेष्ठ, वैकुण्ठरत्न, इन्द्रबहादुर र शुकदेव जोशीको नाम उल्लेख भएको देखिन्छ ।

यही भादगाउँ पाठशालाका पण्डित (सम्भवत: वैजनाथ न्यौपाने) लाई १९५८ भाद्र वदि १२ रोज २ मा नेपाल पाठशालाबाट एउटा आदेश पठाएको देखिन्छ । नेपाल पाठशाला भन्नाले त्यतिबेला भाषा पाठशालालाई नियन्त्रण र निर्देशन दिने एउटा छुट्टै निकाय थियो कि भन्ने अड्कल काट्न सकिन्छ— आजको केन्द्रीय स्तरको विभाग जस्तो । अथवा यस्तो पनि हुन सक्छ, यो नेपाल पाठशालाले काठमाडौँ उपत्यकाभित्र खुलेका यस्ता भाषा पाठशालालाई नियन्त्रण र निर्देशन दिने गर्दथ्यो । उक्त आदेशमा ९ वटा बुँदामा विभिन्न आदेश र निर्देशनहरू दिएका देखिन्छन् जसबाट त्यतिबेलाको शिक्षा प्रशासन सम्बन्धी केही जानकारी लिन सकिन्छ ।

पाठशालाका सामान हराउन वा नोक्सान हुनबाट बचाउनदेखि लिएर त्यतिबेला पाठशालाले पाउने वार्षिक सार्वजनिक बिदा समेत त्यस आदेश पत्रमा किटेर लेखिएको छ । प्रस्तुत आदेश पत्र पनि निज वैजनाथ न्यौपानेको संकलनबाट प्राप्त भएको हो ।

उक्त आदेश पत्र अध्ययन गर्दा त्यतिखेर दिने गरेको सार्वजनिक र सहुलियत बिदा हाल र श्री ५ को सरकारले दिने गरेका बिदाहरूमा पनि केही सामञ्जस्यता देखिन्छ । हाल दिइने गरेका बिदाहरू त्यही बेलादेखिकै आडमा मौलाएर आएका रहेछन् भन्न सकिन्छ । तर आज तुलनात्मक दृष्टिले हेर्दा भने त्यति बेलाका बिदाहरू बढी व्यावहारिक र उपयोगी सिद्ध अनुभव हुन्छन् । उक्त आदेशमा उल्लेख भएका छुट्टीका दिनहरू :

श्री ५ को जन्मोत्सव १ दिन, श्री ३ को जन्मोत्सव १ दिन, पण्डित र विद्यार्थीको जन्मोत्सव १ दिन, घटस्थापना १ दिन, फुलपातीदेखि पूर्णिमासम्म ९ दिन, यमपञ्चक ५ दिन, शिरात्री, श्रीपञ्चमी, रामनवमी, चैत्र अष्टमी, साउने संक्रान्ती, माघे संक्रान्ती, वैशाख संक्रानी, हरिशयनी र हरिबोधनी एकादशी, जनै पूर्णे र गुरु पूजा समेत गरी जम्मा ११ दिन, श्राद्धको १ दिन, दश दिन जुठो लाग्नेमा ३ दिन, जुठो गहुँत खाने १ दिन, आफूले क्रिया गर्नुपर्ने १५ दिन, चन्द्रग्रहण १ दिन, आफ्नु व्रतबन्ध र छोराको व्रतबन्धमा ४ दिन, आफ्नु विवाह ७ दिन, देवाली पूजामा १ दिन, छोराछोरीको विवाहको ४ दिन, घोडेजात्रा आधा दिन, औँशी र पूर्णे आधा दिन, अष्टमी र परेवा १ दिन, इम्तिहान भएपछि पण्डित र लडकाहरूलाई विदा साढे एक महीना ।

पाठशालामा १० बजेदेखि बीचमा आधा घण्टा खाना खान छोडी ६ घण्टा पढाउनुपर्ने र विद्यार्थीहरू ठगेर पढ्न आएनन् भने टहलुवा लगाएर घरमा पक्रन पठाई पाठशाला ल्याई हप्काई दप्काई गरी थुन्न सक्ने अधिकार पण्डितहरूलाई आदेश पत्रमा दिएको देखिन्छ । यस्तै विद्यार्थीहरूलाई २–४ दिनसम्मको बिरामी बिदा शिक्षकले दिन सक्ने अधिकार प्रदान गरिएको छ भने त्योभन्दा बढ्ता दिनुपरेमा नेपाल पाठशालामा सोध्नुपर्ने र जवाफ आए बमोजिम गर्नुपर्ने व्यहोरा उल्लेख छ ।

पढ्ने पढाउने बखतमा बाहिरका कुनै मानिसले विद्यार्थीसँग कुराकानी गर्ने वा अलमल्याउने गर्न नदिने, नटेरेमा निकाला गर्नु भन्ने आदेश समेत उक्त पत्रमा उल्लेख छ । विद्यार्थीहरूको पठनपाठनमा अनुशासन कायम राख्ने कुरामा प्रस्तुत आदेश पत्रमा यथेष्ट व्यवस्था भएको पाइन्छ भने शिक्षक पण्डितहरूमा पनि विद्यार्थीहरूप्रति पालन गर्नुपर्ने गहन जिम्मेवारीको उल्लेख भएको छ ।

भादगाउँ पाठशाला शुरूमा कहाँ थियो भन्न सकिन्न तर १९७४÷७५ सालतिर भने यो पाठशाला सुकुल ढोकामा रहेको थियो र पछि लायकुलीमा सरेको कुरा भक्तपुर निवासी एक बृद्धको सम्झ्नामा रहेको छ । भादगाउँ पाठशालाले त्यतिखेर ३ पासको पढाइ सञ्चालन गरेको थियो भने पछि ‘औँठा छाप’ विषय थपिएपछि १९७८ सालदेखि चार पाससम्मको पढाइ सञ्चालन गरेको बुझ्न्छि । भनिन्छ, त्यतिवेला नेपालमा चौध पाससम्मको पढाइ हुने गरेको थियो ।

सौजन्य : पुरातŒव विभागको मुखपत्र प्राचीन नेपाल,
अंक १२१–१२२, पुस–चैत २०४७  ।

commercial commercial commercial commercial