किताबै किताब

किताब पढेर नै यस सांसारिक होडबाजीमा, यो लुछाचुँडीको समयमा हामीले केही दिन सक्छौं र केही गर्न सक्छौं । किताबमा ज्ञान, सूचना, शक्ति सबै छ । किन समय फाल्ने एक कप चियामा घण्टौं बकमफुसे गफ हाँकेर ! त्यही कपको चियासँग एउटा किताबै पढिदिऊँ परिवार, समाज र राष्ट्रको नाममा ।

पढ्न सक्नेहरूका निम्ति किताब जीवन साथी हो । टिस्टा, रंगीत र सुनकोशीको अविरल गतिझ्ैं, यो सदैव हामीअघि बगिरहेको नै हुन्छ । कसैले यसलाई पिउँछ, कोही यसमा चुर्लुम्म डुबेर अलौकिक आनन्द लिन्छ भने धेरैजसोले यसभित्र रहेको माछा, ढुंगा, लेउ, बालुवा आदिमा चासो लिन्छन् र सन्तुष्टि हासिल गर्छन् । यथार्थमा नै यो एउटा नदी हो— कहिल्यै नसुक्ने, विश्वको कुना कुनामा रहेको विवेकशील प्राणीलाई सदैव विक्षिप्त पार्ने ।

किताबले ज्ञान दिन्छ, विश्व घुमाउँछ, इतिहास बोक्छ, भविष्य पुकार्छ; प्रत्येक व्यक्ति र समाजको सर्वाङ्गीण विकास गर्छ र मानवमाझ्मा सामञ्जस्य एवं समीचीनता ल्याउँछ । पुस्तकको सदुपयोगमा विश्व सभ्यता धेरै मात्रामा बाँचेको छ भने यसैको दुरुपयोगमा विश्वमा सत्यानाश–संहार पनि आउन सक्छ । कारण पुस्तकभित्र खोज हुन्छ, विचारधारा हुन्छ, टेक्नोलजी र विज्ञान हुन्छ, विकासका कारक र समाजका सूचक पनि हुन्छन् । कार्ल माक्र्सको दास क्यापिटल, गोर्कीको द मदर, ठाकुरको गीताञ्जली, देवकोटाको मुनामदन, आदम स्मिथको वेल्थ अफ नेशन, कोनिङको हन्ड्रेड ग्रेट मोडर्न लाइभ्स्, नेहरूको डिक्सभरी अफ इन्डिया र आइजक न्युटनको प्रिन्सिपिया आदि किताबहरू विश्वका कुना कुनामा रहेका खहरे र झ्र्ना हुन् । सौन्दर्यमय, विक्षिप्त पार्ने, मन छुने अनि अविस्मरणीय— एकपल्ट पढेपछि । कसले भुल्न सक्छ विश्वेश्वरप्रसाद कोइरालाकी सुम्निमा, अगाथा क्रिस्टीको हर्कुलश पोइरो, राऊलिङको ह्यारी पोर्टर र आर.के. नारायणको स्वामी जस्ता पात्रपात्राहरूलाई ? पढ्न सक्ने सबैको अन्तर्तहलाई छोएको नै हुन्छ ।

के कुरोमाथि पुस्तक छैन ? अर्थात् मानव समाजले ज्ञान पाएको, पाउन लागेको र अप्राप्य कुरोमा समेत पुस्तक पाइन्छ । एउटा अनुभव, अर्को खोज र अझ्ै अर्को कल्पना— सबै सबैलाई समेटेर लेखिएको पुस्तक । कसैले जर्मन भाषामा, कसैले संस्कृत र कसैले तिब्बतीमा लेखेका यी पुस्तकहरू नै हुन् विश्व र राष्ट्र–समाज–परिवारका वंशानुक्रमका आधारहरू ।

किताब पढ्नु, पढेर बुझनु, आनन्द लिनु र फेरि समालेर राख्नुमा जति सन्तुष्टि प्राप्त हुन्छ शायद, त्यो कुनै भौतिक तŒवले हामीलाई दिनै सत्तैmन । सामसुङको फ्रीज, जागुआर गाडी र अकाईको सङ्गीत क्षेत्रले भन्दा बढ्ता पुस्तकले आनन्द दिन्छ, यदि ठीक पुस्तक समय र उमेरमा पढ्न पाएको खण्डमा ।

पुस्तक पढ्ने कुरामा भने शायद तीन विशेष विषयमा ध्यान दिनुपर्छ । पहिलो त पुस्तक पढ्ने वातावरण हुनुप¥यो । मातापिताले छोराछोरीका अघि सानै उमेरदेखि केही पुस्तकहरू पढेर देखाउनुप¥यो । नानीहरूलाई ससाना चाख लाग्दा पुस्तकहरू किनेर ल्याइदिनुप¥यो । नानीहरूमा किताबको चासो हाल्नुप¥यो । यही हो उचित समय नानीहरूलाई पढ्ने संसारसँग परिचय गराउने ।

दोस्रो, स्कूल जाने नानीहरूलाई सबै विषयमा केही न केही सिकाउनै–पढाउनै प¥यो । क्रिकेट, सिनेमा, भूगोल, खानापिना, कम्प्युटर, सङ्गीत, कथा आदि कुराहरू त नानीहरू जान्न चाहन्छन् । तिनीहरूको जिज्ञासालाई मिच्नु हुँदैन । कुतूहललाई प्रशंसा गर्नुपर्छ र जति नै कठिन कुरो पनि बुझउने नै कोशिश गर्नुपर्छ । यहीँनेर खाँचो पर्छ पुस्तकको । नानीहरू जान्न चाहन्छन्, छोटो समयमा धेरै कुरा; मातापितामा भने समय, धैर्य र शायद ज्ञान पनि नहोला । यो कलिलो उमेरमा नानीहरूलाई केवल पढ्ने आदत गराउनुप¥यो, एक ठाउँमा बसी ध्यान दिने बनाउनुप¥यो । कमिक्स हुन्छ कि, पत्रपत्रिका हुन्छ कि पुस्तक हुन्छ ! एकपल्ट पढ्ने आदत बसेपछि, नशा लागेझ्ैं, त्यस नानीले पढ्ने गर्छ । पुस्तक पढ्ने आदत यसरी बस्छ ।

अनि तेस्रो, पुस्तकहरूको स्याहारसुसार गर्नुप¥यो । तपाईं–हाम्रो घरमा जति नै आधुनिक सरसामानहरू थुपारे पनि, जबसम्म त्यहाँ एक लहर, दुई लहर पुस्तक हुँदैनन्, तबसम्म त्यो घर सम्पूर्ण घर हुँदैन । पुस्तक राख्नुप¥यो, राख्नलाई मातापिताले छोराछोरीलाई मेलोमेसो देखाउनुप¥यो । यसरी नै पुस्तक पढ्ने एउटा सग्लो परम्परा बसेर जान्छ, परिवारको स्वस्थ विकास हुन्छ र कुलको रक्षा हुन्छ ।

अन्य जातिहरूबाट हामीले सिक्नुपर्ने कुरामा पुस्तक अध्ययनको परम्परा अति नै महŒवपूर्ण ठहर्छ । हामी धेरैमा पढ्ने परम्परा छ, तर यसलाई व्यापक रूप दिन सकेका छैनौं । यसको मूल कारण हो, हामी भारतीय नेपाली वा नेपालका अधिकांश परिवारहरूमा पढाइ, लेखाइ गर्न सक्ने शायद यो दोस्रो पुस्ता हो । कतिपय परिवारमा त यो प्रथम पुस्ता मात्रै हो । बङ्गाली, मद्रासी, फ्रेन्च, अमेरिकीहरूमा भने यो पढाइ, लेखाइको काम साधारण जन समूहमा पनि पुस्तौंदेखि चलिआएको छ । यी जातिहरूले हरेक क्षेत्रमा गरेको प्रगतिको मूल कारण पनि यही हो । भारतमा हामी नेपालीहरूले गत दुई दशकमा मुख्य मन्त्री र डक्टरेटहरू बनायौं, अरू जातिले यही कुरो कैयन् दशकअघि गरिसकेका थिए । अरूको दाँजोमा पुग्ने हो भने आज भारतीय नेपालीहरूले ज्ञानको बाटो नै अपनाउनुप¥यो, जति नै कठिन भए पनि यही बाटो मात्रै स्थायी, सन्तोषजनक र विषयको बाटो हो । सिक्नुप¥यो, सिकाउनुप¥यो दैवले साँचेसम्म ।

अझ् कठिन कुरो त भनिएकै छैन । टेलिभिजन र इन्टरनेटको बढ्दो संस्कृतिले हाम्रो पुस्तक ‘नपढ्ने’ परम्परालाई अझ् कति आघात पु¥याउला । ठक्क थिच्ता पिचिक्क निस्किने जी, स्टार, बीबीसी, फेशन टीभी हेर्दा दुःखै गर्नु पर्दैन, सोच्नु नै पर्दैन, सललल आउँछ बेग्लाबेग्लै रूप, रंग, भाषा र विषय लिएर । सचेत त यसले बनाउँछ नै सबलाई । तर टीभी समेतमा केवल प्रेम–प्रीति र ढ्यासाम–ढुसुम मात्रै हेर्ने मनोभावना हुनु र लत लाग्नु नै सभ्य समाजदेखि टाढिँदै जानु हो ।

यी आधुनिक माध्यमहरूले तपाईं–हामीलाई ज्ञान–तथ्य–सूचना त दिन्छन् तर अपनत्वबाट वञ्चित पनि गराउँछन् । यी माध्यमहरूले आकर्षक, सहज र तयारी कुरो हामीअघि राख्छन्, तर पुस्तक भने खोज्नुप¥यो, किन्नुप¥यो र पढ्नुप¥यो आफैले । यो एउटा ठूलो अन्योलमा हामी पर्दै छौं, कसले कसरी सन्तुलन ल्याउने र सामञ्जस्य अघि राख्ने ! भारतीय समाजमा यो विषयमा निकै व्यापक चर्चा छेडिँदै छ ।

यो अन्योलमा नपर्नलाई र समाज परिवारमा एउटा स्वस्थ विकासको खुड्किलो बनाउनलाई नानीहरूलाई सानैदेखि पढ्ने आदत गराउनु हो, आदत बसे पुस्तक त पढिहाल्छन् नि ! नेपालमा साझ प्रकाशन, भारतमा नेशनल बुक ट्रस्ट आदिले यस्तै कुरामा बढी ध्यान दिँदै आएका छन् । राम्रा राम्रा चाखलाग्दा विषयहरूमा किताबहरू छापी, पुस्तक प्रदर्शन गरी, गाउँगाउँमा पुस्तक बाहनहरू लगी नेशनल बुक ट्रस्टले राष्ट्रलाई एउटा ठूलो सेवा प्रदान गर्दै आएको छ । नेपाली पुस्तकहरू पनि ट्रस्टले प्रकाशित गर्दै आएको छ ।

किताब पढेर नै यस सांसारिक होडबाजीमा, यो लुछाचुँडीको समयमा हामीले केही दिन सक्छौं र केही गर्न सक्छौं । किताबमा ज्ञान, सूचना, शक्ति सबै छ । किन समय फाल्ने एक कप चियामा घण्टौं बकमफुसे गफ हाँकेर ! त्यही कपको चियासँग एउटा किताबै पढिदिऊँ परिवार, समाज र राष्ट्रको नाममा ।

(साभार ः १–१५ साउन २०५८, हिमाल पाक्षिक)

commercial commercial commercial commercial