मेरो त जीवन नै बदलियो

शिक्षक मासिक त के सामान्य पत्रिकासमेत देख्न नपाइने ठाउँ राजधानीबाट धेरै टाढा सुन्दर पश्चिम बैतडीको विकट गाउँ कफलकोटको पनि एउटा कुनाबाट एसएलसीसम्मको अध्ययन सकेर उच्च शिक्षाका लागि राजधानी हान्निए । पहिलो चोटि २०६७ सालतिर एउटा पत्रिका पसलमा शिक्षक नाम अंकित एउटा पत्रिका देखेँ । म पनि शैक्षिक ज्ञानको भोको भएकाले कस्तो हुँदो रहेछ भनेर त्यो पत्रिका किनिहालेँ र कोठामा लगेर पढेँ । पहिले पहिले शैक्षिक कार्यक्रम रेडियो नेपालबाट सुन्दै गर्दा मन छुने कुराहरू टिप्ने गर्थें । तर शैक्षिक ज्ञान सम्बन्धी पत्रिका नै पाएपछि त के चाहियो र ? म त दंग परेँ । यसबाट प्राभावित भएर नियमित पाठक मात्र होइन, मैले पढेको स्कूल कफलकोट, बैतडीसम्म पुग्ने गरी यसको ग्राहकै बनेँ ।

शुरू शुरूमा कक्षामा प्रवेश गर्दा मुटु नै फुट्ला जस्तो गरी धड्कन बढ्थ्यो । ‘आज के पढाउने’ भन्ने तयारी गरेर जाँदा पनि कक्षामा प्रवेश गर्नासाथ सबै बिर्सन्थे । घरमा आएर ग्लानिबोध हुन्थ्यो । ‘यता हे¥यो भित्तो, उता हे¥यो रित्तो’ भने जस्तै स्कूलका किताबबाहेक अन्य जानकारीमूलक र हौसला दिने खालका सामग्रीहरू थिएनन् । त्यो बेला ‘म त मास्टर (शिक्षक) बन्न सक्तिनँ होला’ जस्तो लाग्थ्यो । त्यस्तो सोच्तासोच्तै एक दिन आत्महत्या गर्ने दुस्साहस समेत गरेँ । तर शिक्षक मासिक मेरो हातमा परेपछि पहिलेको जिन्दगी र शिक्षण शैलीभन्दा अहिलेको अवस्थामा आकाश र जमीन जत्तिकै फरक पाएँ । यो पत्रिका मेरो जीवनको कोसेढुंगो नै साबित भएको छ, जसले गर्दा मेरो जीवन नै बदलियो ।

यसमा नियमित स्तम्भहरू सबै मन पर्छन् तर हाम्रो गाउँ जस्ता विकट क्षेत्रका पनि रिपोर्टहरू बाहिर ल्याउन पाइयो भने अझ्ै सान्दर्भिक हुन्छ । पहिले पहिले हाम्रो स्कूलमा सर–मिसहरू बिनालट्ठी कक्षामा जानु हुन्नथ्यो । जब यो पत्रिका हाम्रो स्कूलमा पु¥याएँ, त्यसपछि लट्ठीको सट्टा शैक्षिक सामग्रीहरू प्रयोग गर्न थाल्नुभयो । जुन कुरा शिक्षक मासिकको कमाल हो । यसले हामी शिक्षकहरूबीच नमिलेका विचारहरूलाई एक ढिक्का बनाएको छ ।

शिक्षक मासिक मन बहलाउनका लागि त सायद कसैले पनि प्रयोग गर्दैनन् होला । यो साधन न्याप्किन जस्तै हातमुख पुछेर फाल्ने वस्तु होइन । यो त एउटा नजिकको इमानदार साथी र ऐना हो । साथी यस अर्थमा कि यसले शैक्षिक गतिविधि लगायत विभिन्न किसिमका ज्ञानको दायरालाई फराकिलो पार्नका लागि आफ्नो शैक्षिक दृष्टिकोण समय सान्दर्भिक बनाउन प्रयोग गरिन्छ । यसलाई एउटा सफा ऐनाको रूपमा पनि प्रयोग गरिन्छ । जस्तो म कस्तो शिक्षक हुँ ? म कुन ठाउँमा छु ? म विद्यार्थीहरूको सिक्ने र सिकाउने साथी हुँ कि गोठालो ? मेरो असली अनुहार के हो ? म असल शिक्षक हुँ कि होइन ? आदिको आफ्नो शुद्ध अनुहार आफै हेर्न यसको प्रयोग गरिन्छ । ऐनामा आफ्नो अनुहार हेरिसकेपछि अब मैले असल शिक्षक बन्न के गर्नुपर्छ भनी मार्गदर्शकको रूपमा पनि यसको प्रयोग गरिन्छ । अन्य सूचना, समाचार, स्तम्भ, रिपोर्ट, खोज, अनुसन्धान, समीक्षा, जिज्ञासा, टिप्पणी लगायत विभिन्न विचारहरू र सेवा आयोगको तयारी आदि त यसका रङहरू हुन । जुन एउटा पनि घट्यो भने जिन्दगीको मार्गचित्र नै कुरूप बन्छ ।

अधिकांश सुझवहरू त अरू साथीहरूले दिइसक्नु भएको छ, र त्यसमा मेरो पनि पूर्ण समर्थन रहने नै भयो । मचाहिँ सामान्य मेरो ठाउँ सुहाउँदो सल्लाह दिन चाहन्छु ।
१.    हामी शिक्षकहरू शिक्षक मासिकको बाटो कुरेर बस्छौँ । तर पत्रिका चाहिँ हरेक महीनाको १० देखि २५ गते (कहिलेकाहीँ त पत्रिका नै पुग्दैन) सम्ममा आइपुग्छ । मैले धेरै चोटि शिक्षक को कार्यालयमा यसबारेमा खबर गरिसकेँ तर पनि हरेक वर्ष १ देखि २ वटासम्म कम पुग्छ । यसबारेमा हुलाकलाई अलि निगरानी र कडाइ समेत गर्नुपर्ने देखिन्छ ।
२.    संस्थागत विद्यालय मात्र होइन, निजी विद्यालयहरूको पनि अनुभव र बराबर सहभागिता गराउन आवश्यक छ । यी दुवै किसिमका विद्यालयहबीच ‘फ्रेन्ड इज सेयरिङ’ को भावनामा पु¥याउनु आवश्यक छ ।

श्री रौलेश्वर मावि, कफलकोट, बैतडी

commercial commercial commercial commercial