कसैले केही सिक्यौं त ?

परिचय

विक्रम सम्वत् २०७२ मा मार्टिन चौतारीले गरेको एक अध्ययनमा हामीले ‘एसएलसीका लागि हाम्रा विद्यार्थीले के सिक्दछन् ?’ भन्ने प्रश्न गरेका थियौं (शिक्षक, माघ २०७२) । त्यो अध्ययनले के देखाएको थियो भने— एसएलसी परीक्षामा एकातर्फ ज्ञान र बोधजस्ता निम्न बौद्धिक क्षमताको मापन गर्ने प्रश्नको बाहुल्य हुने गर्छ भने अर्कोतर्फ कम्तीमा उत्तीर्ण हुनका लागि आवश्यक पर्ने अङ्क बराबरका प्रश्न विद्यार्थीले सजिलै पूर्वानुमान गर्न सक्छन् । यति हुँदाहुँदै पनि विगतका एसएलसी (हाल एसईई) परीक्षामा ५० प्रतिशतभन्दा बढी परीक्षार्थी फेल भएका छन्, र ती परीक्षार्थी यस्ता विषय (अंग्रेजी, विज्ञान र गणित) फेल भएका छन् जसमा सबैभन्दा धेरै पूर्वानुमान गर्न सकिन्छ । यसबाट हराम्रो विद्यालय शिक्षाले पाठ्यक्रमले सोचे अनुरूप सिर्जनात्मक, आलोचनात्मक र विश्लेषणात्मक क्षमतासहितका प्रतिस्पर्धी नागरिकको विकास गर्ने त धेरै परको कुरा , विद्यार्थीको कण्ठ र स्मरण गर्न सक्ने अनि विषयवस्तुलाई न्यूनतम रूपमा बुझन सक्ने एकदमै आधारभूत क्षमताहरू पनि यथेष्ट रूपमा विकास गर्न सकेको रहेनछ भन्ने स्पष्ट हुन्छ ।

त्यसो त एसएलसी जस्तो बोर्ड परीक्षाले विद्यार्थीको सिकाइ उपलब्धिको सही मापन गर्छ कि गर्दैन भन्नेमा पनि मतैक्यता छैन । त्यसैले सन् २०११ यता हामीले अन्तर्राष्ट्रिय प्रचलन अनुरूप आवधिक रूपमा विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (National Assessment of Student Achievement)

चलनचल्तीको भाषामा नासा) गर्दै आएका छौं । त्यस बाहेक, हालैका वर्षहरूमा प्रारम्भिक कक्षाका विद्यार्थीको पढाइ सीप क्षमताको पनि मापन भइरहेको छ । हाम्रा विद्यार्थीको सिकाइ उपलब्धिबारे नासा को नतिजाले के देखाउँछ त ? र यो नतिजाका आधारमा हराम्रो सार्वजनिक शिक्षा पद्धतिबारे के भन्न सकिन्छ ? यहाँ यिनै विषयमा टिप्पणी गरिएको छ ।


नासा मा विद्यार्थी उपलब्धिको मापन तत्कालीन विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत शुरू भएको नासा
 अन्तर्गत २०६८ (सन् २०११) देखि हालसम्म कक्षा ३ र ५ का विद्यार्थीको सिकाइ उपलब्धिको मापन दुई चरणमा तथा कक्षा ८ का विद्यार्थीको मापन तीन चरणमा सम्पन्न भइसकेको छ । एसएलसीको नतिजा जस्तै नासा को नतिजाले पनि के देखाउँछ भने हाम्रा विद्यार्थीको सिकाइ उपलब्धि समग्रमा निकै न्यून छ । एसएलसी जस्तै नासा मा पनि सम्झना र स्मरण क्षमता मापन गर्ने निम्न संज्ञानात्मक तहका प्रश्नमा विद्यार्थीले रराम्रो प्रदर्शन गरेका छन् भने रचनात्मक र सिर्जनात्मक क्षमताको मापन गर्ने उच्च संज्ञानात्मक तहका प्रश्नमा कमजोर प्रदर्शन गरेका छन् । समग्रमा विद्यार्थीको उपलब्धि न्यून त छ नै, त्यसभित्र विभिन्न किसिमका असमान ता पनि छन् । छात्र–छात्रा, जात–जाति, आर्थिक–सामाजिक अवस्था, भौगोलिकता लगायतका आधारमा विद्यार्थीको सिकाइ उपलब्धि भिन्न छ । त्यसै गरी, सार्वजनिक विद्यालयका विद्यार्थीका तुलनामा निजीका विद्यार्थीले रराम्रो प्रदर्शन गरेका छन् । सार्वजनिक विद्यालयहरूबीच पनि सिकाइ उपलब्धिमा व्यापक भिन्नता छ । एउटै विद्यालयभित्र पनि रराम्रो र कमजोर प्रदर्शन गर्ने विद्यार्थीबीचको उपलब्धिमा ठूलो खाडल छ । अझ् उल्लेख्य पक्ष त के छ भने एक चरणबाट अर्को चरणमागुज्रिंदा सिकाइ उपलब्धिमा या त केही परिवर्तन नै भएको छैन या त केही खस्केको छ । उदाहरणका लागि, कक्षा ८ को सबैभन्दा पछिल्लो नतिजाले सिकाइ उपलब्धि पहिलेको तुलनामा केही खस्किएको देखाएको छ, खास गरी गणित र विज्ञानमा । त्यसै गरी कक्षा ३ बाट ५ मा पुग्दा र कक्षा ५ बाट ८ मा पुग्दा विद्यार्थीको सिकाइ उपलब्धिमा तात्विक वृद्धि भइरहेको छैन ।

हाम्रा विद्यार्थीले किन अपेक्षित मात्रामा सिकिरहेका छैनन् ?

सार्वजनिक विद्यालयका अधिकांश विद्यार्थीले एसएलसीमा जस्तै नासा मा पनि किन कमजोर प्रदर्शन गरिरहेका छन् त ? मूलतः अंग्रेजी, विज्ञान, गणितजस्ता विषयमा सबै तहमा किन कमजोर छन् त उनीहरू ? त्यस माथि, कक्षा ३ बाट ५ मा पुग्दा र कक्षा ५ बाट ८ मा पुग्दा सिकाइ उपलब्धिमा किन तात्विक वृद्धि भइरहेको छैन ? अर्थात्, हाम्रा सार्वजनिक विद्यालयले एउटा विद्यार्थीको विद्यालयकालमा के कस्तागुण या मूल्य थप (Value Add)  गरेका छन् त ? हराम्रो जस्तो विविधतायुक्त समाज (जहाँ विद्यार्थी विभिन्न मात्रामा सामाजिक–सांस्कृतिक पूँजी लिएर विद्यालय आउँछन्) मा प्रारम्भिक तहमै विद्यार्थीको सिकाइ उपलब्धि कमजोर हुनु वा यसमा ठूलो भिन्नता हुनुलाई कुनै आश्चर्यको विषय मान्न नसकिएला । तर कक्षा ३ बाट ५ मा पुग्दा या ५ बाट ८ मा पुग्दासम्म पनि यस्तो उपलब्धिमा तात्विक परिवर्तन न देखि नु भने चिन्ताजनक र आश्चर्यको कुरा हो, र यसले हराम्रो शैक्षिक प्रणालीमा जग देखि नै संरचनागत समस्या छन् भन्नेतर्फ इङ्गित गर्द छ ।

हाम्रा तल्ला कक्षाहरूमा समग्र शैक्षिक पूर्वाधार त कमजोर छन नै, विद्यार्थी तथा शिक्षक नियमितताबारे पनि माथिल्ला तहमा जस्तो कडिकडाउ छैन । विद्यार्थीले विद्यालयमा नाम लेखाइसकेपछि उसको (अ)नियमितता सम्बन्धित विद्यालय, शिक्षक तथा अभिभावकका लागि त्यति चासोको विषय हुँदैन । यस हिसाबले, तल्ला कक्षामा हामीले खासै पढाइरहेका छैनांै, र विद्यार्थीले के–कति सिके–सिकेनन् भन्नेबारे चिन्ता र चिन्तन पनि गरिरहेका छैनौं । अधिकांश विद्यालयमा यस्तो चिन्ता माध्यमिक तहमा मात्र प्रकट हुन थाल्दछ । केही विद्यालयमा कक्षा ८ र अन्य धेरैमा ९ वा १० कक्षा पुगिसकेपछि मात्र शिक्षक र विद्यालयले विद्यार्थीको पढाइबारे चासो दिन थाल्दछन् । अन्य कक्षामा भन्दा यी कक्षामा शिक्षकलाई पाठ समयमै वा सोभन्दा अगाडि सक्ने दबाब र चटारो हुन्छ । नियमित कक्षाले मात्र परीक्षामा पास हुने सम्भव नहुने देखेपछि विद्यालयले कोचिङ, ट्यूसन र अतिरिक्त कक्षा सञ्चालनमा जोड गर्न थाल्दछन् ताकि विद्यार्थीहरू बोर्ड परीक्षाका लागि अभ्यस्त होउन्

यसरी माथिल्ला कक्षामा पनि विद्यार्थीको सिकाइप्रतिको चासो अन्त्यमा आएर परीक्षाकेन्द्रित नै हुन पुग्दछ । जुन कक्षा वा तहमा बोर्ड परीक्षा हुन्छ त्यस तहमा बढी ध्यान दिनु स्वाभाविक त हो किनभने विद्यालयको गुणस्तर को आधार यसैलाई नै मानिंदै आएको छ । तर यस्तो प्रवृत्तिले एकातिर पढ्नु भनेको जसरी भए पनि जाँच पास गर्नु मा सीमित भएको छ भने अर्कोतिर पढ्नै पर्ने विषयवस्तुको ज्ञान प्राप्त गर्ने बाहेकका अन्य जीवनोपयोगी सीप र क्षमताको विकास हुन सकिरहेको छैन ।

तल्ला कक्षामा हामीले खासै पढाइरहेका छैनांै, र विद्यार्थीले के–कति सिके– सिकेनन् भन्नेबारे चिन्ता र चिन्तन पनि गरिरहेका छैनौं । अधिकांश विद्यालयमा यस्तो चिन्ता माध्यमिक तहमा मात्र प्रकट हुन थाल्दछ । धेरैमा ९ वा १० कक्षा पुगिसकेपछि मात्र शिक्षक र विद्यालयले विद्यार्थीको पढाइबारे चासो दिन थाल्दछन् ।

यसरी एकातर्फ हामी तल्ला कक्षाहरूमा खासै केही न गरिकन एकैचोटि माथिल्ला कक्षामा जोड दिइरहेका छौं, र माथिल्ला कक्षामा पनि हामीले दिइरहेको जोड केवल परीक्षाकेन्द्रित पढाइमा सीमित बन्न पुगेको छ । यस्तो कार्य विद्यार्थीका लागि मात्र नभई समग्र शैक्षिक प्रणालीका लागि पनि प्रत्युत्पादक भइरहेको छ । परिणामतः प्रारम्भिक तह देखि नै हाम्रा विद्यार्थीले सिक्नु, जान्नुपर्ने जति सिकेकै, जानेकै छैनन् र उनीहरू एक किसिमको अचिभमेन्ट ट्र्याप (उपलब्धिको पासो) मा फसेका छन् । त्यसैले एसएलसी (एसईई) का लागि जति नै रटेर तयारी गरे पनि चाहे जस्तो वा अपेक्षा गरे जस्तो उपलब्धि हासिल गर्न सक्दैनन् ।

अर्कोतर्फ, यति धेरै नासा गरिसक्दा पनि सिकाइ उपलब्धि उन्नयनका लागि त्यसका नतिजा कत्तिको उपयोगी भएका छन् त ? साविकको शिक्षा मन्त्रालयले नासा को नतिजाबाट सिकाइ उपलब्धिबारे के सिक्यो र सोका आधारमा अभिवृद्धिका लागि केकस्ता कार्यक्रम लागू गरयो त ? शिक्षाको गुणस्तर सुधार गर्ने रटान सबैले लगाइरहेको सन्दर्भमा अहिलेका मूलभूत प्रश्न यिनै हुन् ।

commercial commercial commercial commercial