विद्यालयमा ‘ट्राफिक लाइट !’

२०७२ साल मंसीर १० गते कपिलवस्तुको राजपुर गाविसको मायादेवी प्राथमिक विद्यालय र बुडढी गाविसको जनकल्याण प्राथमिक विद्यालयमा प्रवेश गर्दा विद्यालयको कार्यालय अगाडि एउटा ठूलै ‘फ्लेक्स प्रिन्ट’ चार्ट टाँसिएको थियो । चार्टको सिरानमा ‘हाइजनिक ट्राफिक लाइट’ लेखिएको थियो । शुरूमा म लगायत अरू साथीहरू अचम्ममा प¥यौं । अहिलेसम्म ट्राफिक लाइट बाटोमा देख्ने गथ्र्यौं, तर यहाँ त विद्यालयमै जडान भएछ ! गेटछेउ उभिएर हामीहरू आपसमा गफ गर्दैगर्दा विद्यालयबाट एक जना शिक्षक बाहिर निस्कनुभयो । उहाँले आफ्नो परिचयसँगै आफू विद्यालयमा स्वास्थ्य तथा पोषण फोकल शिक्षक रहेको जानकारी पनि दिनुभयो ।

छलफल गर्दै जाँदा थाहा पाइयो– एक वर्ष पहिले त्यो विद्यालयमा एउटा परामर्श समूह ९mभलतयच नचयगउ० गठन गरिएको रहेछ । त्यो समूहमा प्रत्येक कक्षालाई समेटेर आवश्यकता अनुसार विद्यार्थी र एक जना फोकल शिक्षक रहने व्यवस्था गरिएको रहेछ । समूहको मुख्य कार्य समय–समयमा विद्यालयको सरसफाइदेखि लिएर विद्यार्थीको ड्रेस, दैनिक विद्यार्थी हाजिरी रजिष्टर समेतको अनुगमन गरी त्यसको प्रतिवेदन ‘हाइजनिक ट्राफिक लाइट’ मा प्रदर्शन गर्नु रहेछ ।

ट्राफिक लाइटभित्र विद्यार्थीका लागि १० वटा र विद्यालयको समग्र अवस्था सुधार गर्न पाँच वटा सूचक तय गरिएका छन् ।

विद्यालयमा विद्यार्थीको लागि सरसफाइ सम्बन्धी अभिमुखीकरण अवस्था, कक्षा कोठाको सरसफाइको अवस्था, कक्षा कोठाभित्र फोहोर राख्ने भाँडोको व्यवस्थापन, विद्यार्थीले नङ काटे÷नकाटेको अवस्था, हात धुने ६ तरीकाको जानकारीको अवस्था, खाना खानु अघि र पछि तथा चर्पी गएपछि हात धुने बानीको विकास भए÷नभएको स्थिति, बिहान–बेलुका दाँत माझने अवस्था, घरबाट खाजा ल्याउने विद्यार्थीको अवस्था, दैनिक हाजिरी रजिष्टर र विद्यालय स्वास्थ्य तथा पोषणको अवस्था तथा विद्यार्थीको सरसफाइ र पोशाकको सरसफाइको अवस्था नियमित अनुगमन गर्ने व्यवस्था गरिएको छ ।

हरेक दिन प्रार्थना तथा विद्यालय समयमा अनुगमन गरी मासिक रूपमा परामर्श समूहको बैठक बसी हरियो, नीलो र रातो रंग ‘ट्राफिक लाइट चार्ट’ मा टाँसिन्छ । यसबाट शिक्षक, विद्यार्थी तथा अभिभावक समेतको राम्रा पक्ष तथा सुधार गर्नुपर्ने पक्षहरूको जानकारी हुन्छ । हरियो रङ पाउने कार्यलाई निरन्तरता दिनुपर्ने, पहेंलोमा थप सुधार गर्ने तथा रातोमा तुरुन्त कार्ययोजना बनाई काम गर्न सम्बन्धित शिक्षक, विद्यार्थी तथा अभिभावकलाई सचेत गराइन्छ । सुधारका लागि सम्बन्धित कक्षाका कक्षा–शिक्षकले अगुवाइ गर्नुपर्छ ।

यति मात्र नभएर, परामर्श समूहले विद्यालयको समग्र अवस्थाको पनि अनुगमनमा गर्ने गरेको कुरा मायादेवी सामुदायिक प्राथमिक विद्यालयका प्रअ राजिन्दरी चौधरी तथा जनकल्याण प्राथमिक विद्यालयका प्रअ अम्बरराज आचार्य बताउँछन् ।

समूहले विद्यालयको समग्र अनुगमनमा, विद्यार्थीलाई जुकाको औषधि खुवाएको अवस्था, विद्यार्थीको वार्षिक स्वास्थ्य परीक्षण तथा प्राथमिक उपचार गर्ने सुविधा, छात्राहरूको लागि छुट्टै शौचालयको व्यवस्था, फोहोर व्यवस्थापन प्रणाली तथा खेलमैदानको सरसफाइको अवस्था र विद्यालयमा बगैंचा तथा खानेपानीको सुविधाको अनुगमन गरी त्यसको प्रतिवेदन पनि सोही चार्टमा प्रस्तुत गर्ने गरेको छ ।

मायादेवी सामुदायिक प्राथमिक विद्यालयका परामर्श समूहका अगुवा असरफ अलि मुसलमान भन्छन्, “हामी विद्यालयमा दैनिक सरसफाइ गर्छाैं । प्रार्थनाको समयमा साथीहरूको नङ, दात, कपाल र ड्रेस चेक गर्छौं र प्रत्येक महीनामा देखिएको वास्तविक अवस्थालाई हरियो, पहेंलो र रातो कागज फ्लेक्समा टाँसिदिन्छांै । रातो बत्ती बल्ने बित्तिकै सबैका कान खडा हुन्छन् । रातोलाई अर्को महीनामा पहेंलो र नीलो बनाउन भरमग्दुर प्रयास हुन्छ । हामीले कसैलाई केही भन्नै पर्दैन । रातो बत्तीबाट शिक्षकहरू झ्न् डराउनुहुन्छ ।” जनकल्याण प्राथमिक विद्यालयका परामर्श अगुवा सरिता थारू भन्छिन्, “हामीले आफ्नो काम आफैं गर्ने बानीको विकास गर्नुपर्छ र अभिभावकलाई पनि सिकाउनु पर्छ ।”

विद्यालयमा ‘हाइजिन ट्राफिक लाइट’ कार्यक्रम सुरुआत भएपछि सम्बद्ध विद्यालय तथा विद्यार्थीको सरसफाइमा निकै परिवर्तन आएको पाइन्छ । विद्यार्थी उपस्थिति दरमा वृद्धि भएको छ । शैक्षिक उपलब्धि पनि क्रमिक सुधार हुँदै गएको छ ।

कपिलवस्तु जिल्लाको राजपुर, बुडढी र दुबिया गरी तीन गाविसको १० वटा विद्यालयमा हाइजनिक ट्राफिक लाइट कार्यक्रम विगत एक वर्षदेखि सञ्चालनमा रहेको छ । जसबाट दुई हजारभन्दा बढी बालबालिकाले फाइदा पाएका छन् । वर्षभरिको गतिविधि, कार्यक्रम व्यवस्थापन र त्यसको प्रभावको विस्तृत अनुगमन गरी मायादेवी सामुदायिक प्राथमिक विद्यालय प्रथम, जनकल्याण प्राथमिक विद्यालय द्वितीय, राष्ट्रिय प्राथमिक विद्यालय, मोर्मा तृतीय र राष्ट्रिय उच्च माध्यमिक विद्यालय, रनगाईले सान्त्वना स्थान हासिल गरेका छन् । उत्कृष्ट विद्यालयलाई क्रमशः चार, तीन, दुई र एक वटा पंखा तथा स्वास्थ्य तथा पोषण शिक्षकहरूलाई एक कार्यक्रमका बीच दोसल्ला ओढाई सहायक जिल्ला शिक्षा अधिकारी सूर्य भुषाल र सनसाइएन सामाजिक विकास संस्थाका अध्यक्ष तुलसीराम यादवले सम्मान गर्नुभएको थियो ।

परशुराम यादव
कपिलवस्तु राष्ट्रिय निमावि, कपिलवस्तु

commercial commercial commercial commercial