चक, डस्टर विरुद्ध कालोपाटीको षडयन्त्र !

चक, डस्टर र कालोपाटी तीन मित्रमा राम्रै मेलमिलाप थियो । चक र डस्टर सधैं शिक्षकको हातमा रहन्थे । उनीहरू यो कोठाबाट त्यो कोठामा डुल्न पाउँथे । आफू कोठामा मात्र बसिरहनु पर्दा कालोपाटीलाई ईष्र्या हुन्थ्यो । चक र डस्टरबीच कसरी झ्गडा लगाऊँ भनी कालोपाटी सोचिरहन्थ्यो ।

एक दिन कालोपाटीले चकलाई भनेछ— “ए साथी, तिमी म माथि सरर लेख्छौ । तिमी नभए म माथि केले लेख्छ र ? सेतोपाटीमा त हिजोआज मार्करले लेख्छन् । मेट्ने काम त कागजले पनि गर्छ नि ! त्यसैले तिमी र म मित्रता कायम गरी डस्टरलाई भगाइदिऊँ ।”

कालोपाटीका यस्ता कुरा सुनेर चकले भनेछ— “हेर साथी, हामी तीनै जनाको मित्रता धेरै गाढा र पुरानो छ, त्यसैले म त डस्टरलाई केही गर्दिनँ । बरु आफ्नो मित्रता कायम राख्न आफू नै मर्न तत्पर छु । हेर ! म अलि बेइमान पनि छु । किनभने मैले कालोपाटीमा लेखेको मेट्ता शिक्षकको मुखभित्र धूलो पसी हैरान भएका र मेरो धूलोले गर्दा हात फुटेको देख्ने हामी नै प्रत्यक्षदर्शी छौं । बरु सबै विद्यालयमा तिम्रो सट्टा सेतोपाटी र मेरो सट्टा मार्कर हुन सके म त खुशी नै हुन्थें ।”

त्यति मात्रै होइन, चकले ‘आफ्नो साथी डस्टरसँगको मित्रता अमर रहोस्; बरु आफू मर्छु’ भन्दै रातभरि कालोपाटी फुटाएर त्यस ठाउँमा सेतोपाटी तयार गरी लेख्नका लागि मार्कर राखिदिएछ ।

भोलिपल्ट कक्षा कोठामा शिक्षकको हातमा डस्टर आयो । कालोपाटीको ठाउँमा सेतोपाटी र चकको ठाउँमा मार्कर देखी डस्टरले आफ्नो प्राणभन्दा प्यारो मित्र चक नदेख्ता डेस्क बेन्चलाई सोधेछ । डेस्क, बेन्चले कालोपाटीले चक र डस्टरको झ्गडा गराउन खोजेको साथै डस्टरलाई मार्ने षडयन्त्र रचेको हुँदा आफैं बलिदान भएको कुरा सुनाए ।

चकले जस्तै हामीले पनि कुनै कुरामा जिद्दी नगरी जुन कुरा ठीक हो, त्यसलाई स्वीकारेमा हाम्रो विद्यालयको वातावरण साथै देशको वातावरण कति शान्त हुन्थ्यो होला भनेर डेस्क, बेन्च, डस्टर र कुर्सीहरू मिली चकको बलिदानप्रति समवेदना प्रकट गरेछन् । साथै कालोपाटीले अरूलाई मार्न खोज्दा आफैं मर्नु परेको कुरामा खेद प्रकट गरेछन् ।

श्री नवदुर्गा निमावि
धनगढी नगरपालिका–१२, कैलाली

commercial commercial commercial commercial