विद्यार्थी भर्ना सकियो, शिक्षकको अत्तोपत्तो छैन

२०७४ चैत २३ गतेको निम्ति निर्धारित अस्थायी शिक्षकको परीक्षा स्थगित गरेर विद्यार्थी भर्ना अभियानमा जुटेको शिक्षा मन्त्रालय भर्ना अभियानको समापनसँगै फुर्सदिलो जस्तो देखि एको छ । कुनै परीक्षा वा प्रतिस्पर्धा गराउने कार्यक्रम नभएपछि शिक्षक सेवा आयोगका पदाधिकारीहरू पनि फुर्सदिला भएका छन् । शिक्षा मन्त्रालयले चौथो पटक स्थगित गरिएको अस्थायी शिक्षक परीक्षा अब कहिले संचालन गर्ने भन्नेबारे आयोगलाई पनि केही थाहा छैन । शिक्षकका रिक्त दरबन्दी पूर्ति गर्न नियमित रूपमा गरिनुपर्ने विज्ञापन त विगत वर्षहरू देखि नै रोकिएकै छ । यस सम्बन्धमा मन्त्रालय र आयोगबीच कुनै संवाद–संचार भइरहेको पनि पाइँदैन ।

पछिल्लो पटक २०७४ चैत २३ गतेका लागि तोकिएको अस्थायी शिक्षक परीक्षा, शिक्षा मन्त्रालयको चैत १६ गतेको पत्रपछि आयोगले स्थगित गरेको थियो । अस्थायी शिक्षकको निम्ति आन्तरिक परीक्षा मात्रै गर्दा फेल भएका शिक्षकको पदमा फेरि अन्य शिक्षक नियुक्ति भएर समस्या बढ्ने भएको ले स्थगित गर्नु परेको मन्त्रालयको भनाइ थियो । त्यसको लगत्तै विभिन्न सार्वजनिक कार्यक्रमहरूमा शिक्षामन्त्रीगिरिराजमणि पोखरेलले स्थगित परीक्षा छिट्टै संचालन गरिने प्रतिबद्धता पनि जनाएका थिए । तर डेढ महीना बितिसक्दा पनि नयाँ तालिका सार्वजनिक गर्ने बारे मन्त्रालयको कुनै सुरसार देखि एको छैन । कतिसम्म भने परीक्षा स्थगित गरिएपछि त्यस सम्बन्धमा छलफल गर्न आयोगका अधिकारी शिक्षामन्त्रीलाई भेट्ने समय पनि पाएका छैनन्

मन्त्रालयले पटक–पटक परीक्षा स्थगित गर्न बाध्य पारेको आयोगका पदाधिकारीहरू फेरि पनि मन्त्रालयकै मुख ताकेर बसेका छन् । आयोगका अध्यक्ष तानागौतमसँग शिक्षकको परीक्षा बारे भन्ने कुरा नै केही छैन । शिक्षक को तत् सम्बन्धी प्रश्नको जवाफमा उनी ‘अस्थायी शिक्षक परीक्षा स्थगित गरिएको छ, बढुवाको विज्ञापन भएको छैन’ भनेर पन्छिए । आयोगका सहसचिव डा. तुलसी थपलिया चाहिं ‘आयोगले प्राविधिक काम गरिरहेको’ बताउँछन् ।

शान्त भद्रकाली र माइतीघर

अस्थायी शिक्षकलाई स्थायी गर्ने उद्देश्य राखिएको आन्तरिक प्रतिस्पर्धाको तयारी भइरहेका बेला माइतीघर र भद्रकालीमा उक्त परीक्षा स्थगनको मागसहित आन्दोलनमा उत्रिएका एकथरी अस्थायी शिक्षक र शिक्षाशास्त्रका विद्यार्थी पनि अहिले चूपचाप छन् । यता आएर अधिकांश अस्थायी शिक्षकहरू पनि सो परीक्षा नहोस् भन्ने पक्षमा देखि न थालेका छन् । उमेर हदका कारण ६० वर्षपछि स्वतः अवकाशमा जानुपर्ने भएको ले परीक्षामा पास हुन नसक्नेहरू बाँकी अवधि यसै गरी पढाउन पाउने आसमा छन् । परीक्षा स्थगितपछि आयोगका अधिकारी हरूलाई भेट्न गएका तिनैमध्येका केही शिक्षकहरूको प्रश्न थियो— ‘हामीले पढाएका विद्यार्थीसँग हामीलाई नै जाँचमा प्रतिस्पर्धा गर्न लगाउने’ ? त्यसो गर्नु भन्दा त बरू परीक्षा नै नहोस् भन्ने उनीहरूको भनाइ थियो, आयोगका एक अधिकारी ले भने ।

नयाँ शैक्षिक सत्रको शुरूआतसँगै सरकारका मन्त्री–प्रधानमन्त्री समेत लागेर तामझमका साथ चलाइएको अभियान अन्तर्गत विद्यालयमा भर्ना गरिएका बालबालिकालाई पढाउनका निम्ति योग्य र पर्याप्त शिक्षक आपूर्ति गर्ने विषयमा वर्तमान सरकारले साधेको मौनताले धेरैलाई आश्चर्यमा पारेको छ । यसलाई शिक्षा र शिक्षाका मुद्दाहरू प्रधानमन्त्री के.पी. ओलीको प्राथमिकतामा नपरेको संकेतका रूपमा पनि अथ्र्याउने गरिएको छ । विद्यालय तहमा ५० हजारभन्दा बढी दक्ष शिक्षकको खाँचो रहेको विज्ञहरूले औंल्याउँदै आएका छन् । शिक्षक सेवा आयोगले वर्षेनि विज्ञापन गरेर नयाँ शिक्षक भर्ना गर्न थालेपछि सुध्रिने संकेत देखि एको विद्यालय शिक्षा फेरि पहिले जस्तै अन्योल र अव्यवस्थाको भुमरीतिर धकेलिन थालेको अनुभव गरिंदैछ । विगत तीन वर्ष यताका प्रत्येकजसो सरकारले यो क्षेत्रका समस्या घटाउनुको सट्टा बढाउने काम गरेका छन् ।

commercial commercial commercial commercial