सामुदायिक विद्यालयको शैक्षिक समस्या ‘अंग्रेजी माध्यम’ समाधान होइन

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उपाय अंग्रेजी माध्यममा शिक्षण गर्ने नभई अंग्रेजीलगायत सबै विषयको शिक्षणमा सुधार गर्ने हो । भाषा परिवर्तन गर्दैमा शिक्षकको तयारी र उत्तरदायित्वको भावना, विद्यालय व्यवस्थापनमा ‍देखिएका जटिलता जस्ता अनेकौं समस्याको समाधान हुनसक्दैन ।

केही वर्षदेखि सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न गरिएका अनेक प्रयासमध्ये एउटा हो– अंग्रेजी माध्यममा शिक्षण । झ्ट्ट सुन्दा आकर्षक लाग्ने यो उपाय संस्थागत विद्यालयको उच्च उत्तीर्ण प्रतिशतबाट प्रभावित भई अपनाउन खोजिएको जस्तो देखिन्छ । एसएलसी परीक्षाको नतीजामा सामुदायिक विद्यालयहरूलाई उत्तीर्ण प्रतिशतमा निकै पछाडि पार्ने ‘अंग्रेजी मिडियम बोर्डिङ स्कूल’ को सफलताको मूल कारण ‘अंग्रेजी मिडियम’ नै हो भन्ने धेरैलाई लाग्न थालेको छ । हुन पनि; विद्यार्थी नपाएर बन्द हुन लागेका कैयौं सामुदायिक विद्यालयमा ‘अंग्रेजी माध्यम’ अपनाइएपछि विद्यार्थी संख्या बढेको पाइन्छ । विशेषगरी कक्षा ६ र ८ मा यसको प्रभाव बढी देखिन्छ ।

यसो हुनमा धेरै कारक तŒवहरूको भूमिका रहेको हुन सक्छ । तर प्राथमिक तहदेखि नै अंग्रेजी माध्यम अपनाउन थालेपछि केही महŒवपूर्ण प्रश्नहरू भने खडा भएका छन् । के शिक्षा र सिकाइ मनोविज्ञानमा हालसम्म प्रतिपादित सिद्धान्त र अध्ययन अनुसन्धानले बालबालिकाको सिकाइ, उनीहरूको मातृभाषामा भन्दा दोस्रो भाषामा बढी प्रभावकारी भएको देखिएको छ ? के संस्थागत विद्यालयहरूको उच्च उत्तीर्ण दरको कारक तत्व अंग्रेजी माध्यम मात्रै हो त ? अंग्रेजी माध्यममा पढे मात्र राम्रो र असल भइन्छ भन्ने छाप बालबालिकाको दिमागमा पार्नुको दूरगामी परिणाम के होला ? यस्ता अनेकौं प्रश्नको उत्तरसँगै हाम्रा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्ने उपाय खोज्नु आजको आवश्यकता भएको छ ।

पहिलो काम भाषा शिक्षणमा सुधार
आज अंग्रेजी भाषाको आवश्यकता र महŒव छलफल गर्नुपर्ने विषय नै होइन । यसलाई विद्यालय पाठ्यक्रममा कक्षा १ देखि नै अनिवार्य विषयको रूपमा त्यसै राखिएको पनि होइन । तर पाठ्यक्रममा राखिएका विषयहरूमध्ये एउटा ‘कठिन’ विषयको रूपमा स्थापित भएको अंग्रेजी भाषामा विद्यार्थीलाई कसरी सक्षम बनाउने भन्ने मूल प्रश्न हो । कक्षागत रूपमा बालबालिकालाई अंग्रेजी भाषाका जुन सीप हासिल गराउने उद्देश्य पाठ्यक्रमले राखेको छ, त्यललाई पूरा गराउन नसक्नु मुख्य समस्या हो ।

यसका लागि अंग्रेजी विषयको पढाइ सुधार गर्नतिर लाग्ने कि अरू विषयलाई पनि अंगे्रजीमै पढाउने ? विचार गर्नुपर्ने भएको छ । हाम्रा विद्यालयमा अनुत्तीर्ण घोषित हुनेमध्ये लगभग सबै अंग्रेजीमै असफल हुन्छन् । कक्षा कोठामा भाषा शिक्षण–सिकाइ जस्तो सरस र रमाइलो प्रक्रिया पनि विद्यार्थीका लागि पट्यारलाग्दो र झ्न्झ्टिलो हुन पुगेको छ । हाम्रा कतिपय शिक्षकहरू अहिले पनि ‘एबीसीडी नजानी कसरी अंग्रेजी सिकिन्छ’ भन्ने धारणामै रुमल्लिएको पाइन्छ । कक्षा १ को अंग्रेजी भाषा पाठ्यक्रमले ८० प्रतिशत भार सुनाइ र बोलाइ सीपको विकासको लागि निर्धारण गरेको छ । तथापि प्रायःजसो विद्यालयमा वर्षभरि नै ‘एबीसीडी’ घोकाइन्छ र अन्तमा वार्षिक परीक्षामा प्रश्न सोधिन्छ ‘ब देखि श’ सम्म लेख । तर कक्षा तीन÷चार सम्म पुग्दा पनि कुनै कुनै विद्यार्थीले अंग्रेजी अक्षर ‘द र म’ अथवा ‘उ र त्र’ अनि अंक ‘३ र ६’ वा ‘ट र ढ’ मा किन भिन्नता गर्न सकेनन् भन्ने बारे सोच्दैनौं । पाठ्यक्रमले निर्धारण गरेका सिकाइ उपलब्धि, भाषा शिक्षण विधि र तरीका अनि मूल्याङ्कन प्रक्रियालाई ख्याल नगरी संचालन गरिने शिक्षण सिकाइ प्रक्रियाले अंग्रेजी विषय कठिन भएको देखिन्छ ।

अहिलेको मूल आवश्यकता भनेको सबै विषय अंग्रेजी माध्यममा पढाउने नभई अंग्रेजी भाषा शिक्षण विधि र तरीकामा सुधार ल्याउनु हो । अन्य विषयलाई अंग्रेजी माध्यममा पढाउने निर्णय गर्नुअघि हामीले अनिवार्य अंग्रेजी कुन माध्यममा पढाइरहेका छौं भन्ने मूल्याङ्कन गर्नु पर्छ । अधिकांश विद्यालयमा अहिले पनि शिक्षकले किताब हातमा लिएर अंग्रेजी वाक्य पढ्दै नेपालीमा उल्था गरिरहेका हुन्छन् । अंग्रेजीका भाषिक सीप हासिल गराउन अंग्रेजी भाषाकै माध्यम प्रयोग गर्नुपर्नेमा परम्परागत ‘व्याकरण–अनुवाद’ विधिको प्रयोग गरी नेपाली माध्यममा अंग्रेजी पढाउने विद्यालयले छलफल, प्रश्नोत्तर, अन्तरक्रिया गर्नुपर्ने सामाजिक, स्वास्थ्य जस्ता विषयहरू अंग्रेजी माध्यममा पढाउन खोज्नु भाषाका नाममा महŒवपूर्ण विषयवस्तुलाई बलि चढाउनु मात्र हुन्छ ।

त्यस्तै, अंग्रेजी सिक्ने र सिकाउने नाममा बजारका अनावश्यक सामग्री पनि विद्यालयहरूले प्रयोग गर्ने गरेको पाइन्छ । कतिपय प्राविका कक्षा ४ र ५ का विद्यार्थीको झेलामा अंग्रेजी–नेपाली शब्दकोश रहेको हुन्छ, जसमा पाठ्यपुस्तकका सबै शब्द (Article/Preposition समेत) को नेपालीमा उल्था गरिएको हुन्छ । कतै अंग्रेजी व्याकरणका छुट्टै पुस्तक पनि पढाइ भइरहेको पाइन्छ । पाठ्यक्रममै नभएको इच्छाधीन अंग्रेजीको नाममा जथाभावी पुस्तक प्रयोग गरेको समेत देखिन्छ । भाषा सिकाइका महŒवपूर्ण सीपहरू सुनाइ र बोलाइलाई पूरै बेवास्ता गरेर गरिने यस प्रकारको अंग्रेजी शिक्षणले बालबालिकाको पढाइ र लेखाइ सीप विकासमा सघाउभन्दा बढी बाधा पु¥याइरहेको हुन सक्छ ।

प्रयोग र अध्ययन अनुसन्धानका कुरा
बालबालिकाको सिकाइ दोस्रो वा अन्य कुनै भाषामा भन्दा उनीहरूको मातृभाषामै प्रभावकारी हुन्छ भन्ने कुरा सर्वस्वीकार्य सिद्धान्त नै हो । त्यसैले नेपालको संविधान २०७२ को धारा ३१ (५) मा प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने हक हुनेछ भनी उल्लेख गरिएको छ । मातृभाषामा शिक्षा दिने कामका लागि पाठ्यक्रम विकास केन्द्रले विभिन्न भाषामा पाठ्यपुस्तक पनि तयार गरेको छ । मातृभाषामा शिक्षा दिंदा विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि भएका समाचार पनि प्रकाशित भइरहन्छन् । विद्यालय सुपरीवेक्षणको क्रममा शिक्षकका यस्ता अनेकौं अनुभवहरू सुन्न पाइन्छ जसमा कक्षामा नबोलेर बस्ने बालबालिका उनीहरूकै मातृभाषामा कुरा गर्दा खुशी भएर सिक्नमा तत्पर भएका उदाहरण छन् । यो सबैले सहजै अनुमान र अनुभव गर्न सक्ने विषय पनि हो ।

अंग्रेजी माध्यमका केही जटिलता
अंग्रेजी माध्यम लागू गरेका सामुदायिक विद्यालयहरूले प्राथमिक तहमा विद्यार्थी आकर्षित गरेको वा सिकाइ उपलब्धि वृद्धि गरेको खासै देखिएको छैन । कक्षा ६ र ८ मा नै बढी विद्यार्थी भर्ना भएको पाइन्छ । यसमा केही मात्रामा संस्थागत विद्यालयमा माथिल्लो कक्षाका लागि विषयगत योग्य शिक्षकको अभाव र छात्रवृत्ति सम्बन्धी सरकारी नीतिले पनि काम गरेको हुन सक्छ । जे भए पनि, एउटै देशमा दुई प्रकारको शिक्षा भयो भनी आलोचना भइरहेको परिप्रेक्ष्यमा यस्तो अभ्यासले एउटै विद्यालयभित्र दुई प्रकारको शिक्षाको थालनी गरिदिएको छ । अंग्रेजी माध्यम लागू गरेका सामुदायिक विद्यालयले विज्ञापन गरेरै नेपाली र अंग्रेजी माध्यमका छुट्टाछुट्टै कक्षा संचालन गरिरहेका छन् । स्वाभाविक रूपले अंग्रेजी माध्यमका विद्यार्थीप्रति विद्यालय र शिक्षकको व्यवहार केही फरक हुन सक्दछ किनकि उनीहरूलाई जेहेनदार मानिएको हुन्छ । एउटै कक्षाका विद्यार्थीलाई स्थायी रूपमै जान्ने र नजान्ने, राम्रो र नराम्रोको समूहमा विभाजन गरी शिक्षण गर्दा उनीहरूको मनोविज्ञानमा कस्तो असर पर्ला भन्ने कुरा सोच्नु जरूरी देखिन्छ ।

शिक्षाको गुणस्तर माध्यम भाषामा खोजिंदा विषयवस्तुमा दक्खल भएका, परिश्रमी र इमानदार कतिपय शिक्षकहरूलाई अंग्रेजी नजानेकै कारणले हीनताबोध गर्नुपर्ने अवस्था नआउला भन्न सकिंदैन । यदि सबै सामुदायिक विद्यालयमा यसरी नै अंग्रेजी माध्यम लागू गर्ने हो भने विषयवस्तु जान्दाजान्दै पनि धेरै अनुभवी शिक्षकहरूले अनावश्यक समस्या झ्ेल्नुपर्ने देखिन्छ ।

सरकारले अंग्रेजी माध्यममा शिक्षण गर्ने तालीम पनि दिन थालेको छ । तर अंग्रेजी विषयमै डिग्री हासिल गरेर लामो अवधिको तालीम समेत लिएका अंग्रेजी विषयका शिक्षकले नै अंग्रेजी माध्यममा पढाउन नसकिरहेको स्थितिमा १० दिने तालीमले अंग्रेजी माध्यमका शिक्षक तयार गर्न कसैगरी पनि सम्भव देखिंदैन । बरु, कक्षा १ देखि नै अंग्रेजी शिक्षण गर्ने शिक्षकहरूलाई अंग्रेजी शिक्षण सुधार गर्ने तालीम दिनु उचित हुन्छ ।

सानै उमेरदेखि अंग्रेजी भाषाको माध्यममा शिक्षण गर्दा बालबालिकामा ज्ञानगुनको भाषा भनेको अंग्रेजी मात्रै हो र आफ्नो मातृभाषा त केवल अपठितहरूको भाषा हो भन्ने प्रभाव पर्न सक्दछ । भाषासँग संस्कार, संस्कृति, मूल्यमान्यता र परम्परा पनि जोडिएका हुन्छन् । आफू, आफ्नो परिवार, समाज, संस्कार र संस्कृतिको परिचय आफ्नै भाषामार्फत प्रभावकारी तरीकाले पाउन सकिन्छ । यी उद्देश्य आधारभूत शिक्षामा राखिएका हुनाले नै त्यो तहसम्मको शिक्षा मातृभाषामा दिने प्रावधान राखिएको हो ।

अन्त्यमा, शिक्षा हासिल गर्नु र भाषा सिक्नु फरक–फरक विषय हुन् । हो, हाम्रा बालबालिकालाई राम्रोसँग अंग्रेजी भाषा सिकाउनु परेको छ । तर पूरै शिक्षा अंग्रेजी माध्यममा नदिएर पनि राम्रोसँग अंग्रेजी सिकाउन सकिन्छ । यसका लागि कक्षा १ देखि नै संचारण पद्धति (Communicative approach) को अनिवार्य अंग्रेजी विषयको पाठ्यक्रम लागू गरिएको छ । यसलाई राम्रोसँग कार्यान्वयन गरिएमा न त केही निजी विद्यालयमा जस्तो नेपाली बोलेकोमा बालबालिकालाई सजाय गर्नुपर्दछ न त जबर्जस्ती अंग्रेजी माध्यमको भारी बोकाउनुपर्दछ । बालबालिका नयाँ भाषा सिक्नमा ज्यादै उत्सुक हुने भएकोले यही उत्सुकतालाई प्रयोग गरेर भाषा सिकाइका विधि र तरीकाहरूको राम्रो प्रयोग गर्ने हो भने अंग्रेजी सिकाइको अनुभव अहिलेको जस्तो दुःखद् होइन, बरु सबैभन्दा रमाइलो हुन्छ ।

अन्य कुराहरूलाई नहेरी अंग्रेजी माध्यमकै कारणले मात्र निजी विद्यालयहरूको उत्तीर्ण प्रतिशत राम्रो भएको हो भन्ने निष्कर्ष निकाल्नु पनि सतही दृष्टिकोण हुन सक्छ । यसका लागि धेरै गहिरो अध्ययन अनुसन्धान गर्नु पनि जरूरी छैन । निजी विद्यालयहरू एक शैक्षिक सत्रमा कति दिन खुल्छन् र कति दिन पढाइ सञ्चालन हुन्छ; त्यहाँका विद्यार्थी प्रतिदिन विद्यालय र घरमा गरेर कति घण्टा पढाइ–लेखाइको अभ्यास गर्छन्; त्यहाँका अभिभावकले उनीहरूका छोराछोरीको पढाइप्रति कति चासो दिएका छन्, विद्यालय प्रशासन कस्तो छ भन्ने जस्ता प्रश्नबारे एकपटक सोच्ने हो भने ती विद्यालयको उच्च उत्तीर्ण दरको रहस्य सहजै पत्ता लाग्न सक्छ ।

काम र नतीजाका आधारमा पारिश्रमिक पाउने जनशक्ति र छिटो–छरितो तथा चुस्त प्रशासन भएका संस्थागत विद्यालय र हाम्रा सामुदायिक विद्यालयबीच शिक्षण माध्यमको फरकले मात्र नतीजामा भिन्नता आएको ठान्नु गलत हुनेछ । वास्तविकता के हुन सक्छ भने; यदि नेपाली (मातृभाषा) मा शिक्षण गरिएमा संस्थागत विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि अरू धेरै बढ्ने छ ।

त्यसैले नेपालका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्ने उपाय अंग्रेजी माध्यममा शिक्षण गर्ने नभई अंग्रेजीलगायत सबै विषयको शिक्षणमा सुधार गर्ने हो । भाषा मात्र परिवर्तन गर्दैमा शिक्षकको तयारी र योजना निर्माण, जिम्मेवारी र उत्तरदायित्वको भावना, पाठ्यक्रमको उचित कार्यान्वयन, विद्यालय व्यवस्थापनमा ‍देखिएका जटिलता जस्ता अनेकौं समस्याको समाधान हुने होइन । तसर्थ विद्यालय तहमा आफ्नै भाषामा सबै विषयको गुणस्तरीय शिक्षण गरी उच्च तहको सिकाइको लागि अंग्रेजी भाषाको बलियो जग बनाउनु नै उपयुक्त हुनेछ ।

उपनिर्देशक, क्षेत्रीय शिक्षा निर्देशनालय मध्यपश्चिम, सुर्खेत

commercial commercial commercial commercial