शैक्षिक उपलब्धि वृद्धिको शर्त शिक्षक विद्यार्थी नियमितता

शिक्षक र विद्यार्थीले शिक्षण सिकाइमा खर्चने समय र विद्यार्थीको सिकाइ उपलब्धि बीच समानुपातिक सम्बन्ध रहेको हुन्छ । अर्थात् शिक्षण सिकाइमा व्यतीत गर्ने समय बढेमा सिकाइ उ पलब्धि बढ्ने र समय घटेमा सिकाइ उपलब्धि घट्ने हुन्छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हालै प्रकाशित गरेको सन् २०१७ को कक्षा ८ को नतिजाले सामुदायिक विद्यालयका विद्यार्थीको उपलब्धि संस्थागत विद्यालयका विद्यार्थीको भन्दा कम देखायो । सामुदायिक विद्यालयका विद्यार्थीको उपलब्धि नेपाली, गणित र विज्ञानमा क्रमशः ४९५, ४८५ र ४९० देखायो भने संस्थागत विद्यालयको क्रमशः ५२०, ५४७ र ५३८ देखायो । विद्यालयमा कक्षा खाली नहुनेको तुलनामा खाली समय हुने र समय सदुपयोग न गर्ने विद्यार्थीको शैक्षिक उपलब्धि उल्लेख्य मात्रामा कम देखि यो । कक्षा खाली नहुने विद्यालयका विद्यार्थीको शैक्षिक उपलब्धि नेपाली, गणित र विज्ञानमा क्रमशः ५१०, ५१०, ५०८ देखि यो भने कक्षा खाली रहेको अवस्थामा खेलेर बस्ने विद्यार्थीको उपलब्धि क्रमशः ४८६, ४८६ र ४८९ देखि यो । यहाँ देखि एको १९ देखि २४ अङ्कको फरक भनेको धेरै हो ।

विद्यालयहरूमा न देखि ने गरी समयको क्षति भइरहेको हुन्छ । जस्तो, केही विद्यालयले बिहान पहिलो घण्टी ९ः ४५ मा लगाई ठीक १० बजेबाट कक्षा सञ्चालन गर्द छन् भने कतिपय विद्यालयले १० बजे पहिलो घण्टी लगाई १०ः १५ बाट कक्षा सञ्चालन गर्द छन् । सामान्य जस्तो देखि ए पनि ५०० विद्यार्थी भएको दोस्रो खालको विद्यालयमा ती सबै विद्यार्थीको ७५०० मिनेट,  वर्षभरिमा २२० दिनको १,६५०,००० मिनेट तथा २७५०० घण्टा क्षति हुन्छ । शिक्षक पाँच मिनेट ढिलो जाने र पाँच मिनेट छिटो कक्षाबाट निस्कँदा हुने १० मिनेट क्षतिलाई हामीकहाँ सामान्य मानिन्छ । तर एकै दिन सात पिरेडको ७० मिनेट क्षति हुन पुग्दछ । सबै विद्यार्थीको र वर्ष दिनको निकाल्दा धेरै घण्टा क्षति भइसकेको हुन्छ । यस्ता समय र घण्टा सदुपयोग गर्ने र न गर्नेहरू बीचको शैक्षिक उपलब्धि फरक पर्नु स्वाभाविकै हो ।

व्यावहारिक रूपमा हेर्दा पनि जुन विद्यालयमा समयको ख्याल गरिन्छ त्यसैमा विद्यार्थीको उत्तीर्ण प्रतिशत धेरै देखिन्छ । अतः विद्यालयमा शिक्षक विद्यार्थी नियमितता र समयको सदुपयोग विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न पहिलो शर्त नै हो । विद्यालयमा नियमित भएपछि मात्र कुन प्रक्रिया तथा विधिले शिक्षण गर्ने ? कसरी शिक्षण सिकाइ गर्दा विद्यार्थीले बढीभन्दा बढी सिक्न सक्दछन् ? भन्ने कुरा अगाडि आउँछ ।

सुधारको थालनी

विद्यालय खोलिने दिन र कार्य समय नै घटी भएमा शिक्षक, विद्यार्थी जति नै नियमित भए पनि शिक्षण सिकाइमा लाग्ने दिन र समय कमी हुन्छ । तसर्थ, पहिलो कुरा , विद्यालय हुनेसम्म अधिकतम दिन खुल्नुपर्छ । यसको लागि, परीक्षा तयारी विदा, परीक्षा उप्रान्त विदा, गाउँमा कसैको मृत्यु भएमा विदा, कसैको विवाहमा विदा जस्ता विभिन्न वहानामा विद्यालय वन्द हुनुहुँदैन । विद्यालयलाई रोजाइको केन्द्र बनाउन सफल सामुदायिक विद्यालयका प्रअले विद्यालय रराम्रो हुनुको एउटा कारण बन्द–हड्तालमा पनि विना पोशाक, बिहान वा बेलुका भए पनि विद्यार्थी बोलाएर पठनपाठन सञ्चालन गर्नु हो भन्ने गर्द छन् । तर धेरै सामुदायिक विद्यालयमा वास्तविक पढाइ हुने दिन पाठ्यक्रमले अपेक्षा गरेका दिन भन्दा निकै कम हुने गरेको देखिन्छ ।

समुदायका हरेक अभिभावकले विद्यालयको बारेमा चासो राख्ने, शिक्षक विद्यार्थी बाटोमा देखि एमा कता जान लागेको ? अहिले कति बज्यो ? विद्यालय त दश बजे खुल्ने होइन र ? चार बजेसम्म विद्यालय खोलिन्छ हैन र ? आज केको विदा ? किन विद्यालय बन्द भयो ? जस्ता प्रश्नहरू सोधेर चासो देखाउने, शिक्षक र विद्यार्र्थीलाई सचेत पार्ने, यस सम्बन्धमा समुदायमा छलफल गर्ने , नियमित हुने शिक्षक र विद्यार्थीलाई पुरस्कृत गर्ने गर्नाले पनि शिक्षक विद्यार्थी नियमित गर्न सहयोग पुग्ने गर्द छ ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले आलोपालो गरी विद्यालयमा उपस्थित हुने, विद्यार्थीलाई सोध्ने तथा कुनै पनि तरिकाले विद्यालयका दैनिक गतिविधिको बारेमा जानकारी लिने, प्राप्त जानकारीको विषयमा विद्यालय व्यवस्थापन समितिको बैठकमा छलफल गर्ने , नियमित नहुने तथा विद्यालयमा उपस्थित भएर पनि कक्षा कोठामा कम समय दिने शिक्षकलाई सम्झउने, चेतावनी समेत दिने, विद्यार्थीको बारेमा अभिभावकलाई भेटी जानकारी गराउने, सम्बन्धित विद्यार्थीलाई सम्झउने गर्नाले पनि नियमित गराउन सहयोग पुग्ने रहेछ ।

विद्यार्थी नियमित गर्ने उपाय

विद्यार्थी नियमित गर्न सबैभन्दा ठूलो कुरा विद्यालय बालमैत्री हुनुपर्दछ । विद्यालयमा पानीसहितको शौचालयको अभावमा किशोरी छात्राहरू रजस्वला हुँदा अनुपस्थित हुने र कतिपय अवस्थामा विद्यालय नै छाड्ने गरेको भन्ने अध्ययनले देखाएका छन् । विद्यार्थीको लागि कक्षाकोठा, फर्निचर, पिउने पानीको व्यवस्था, खाजाको व्यवस्था, खेलका सामग्रीहरू, समय समयमा विद्यार्थीका रुचि अनुसारका सहक्रियाकलाप गर्न पाउने व्यवस्था, विद्यार्थीको स्वास्थ्यप्रतिको ख्याल, सामान्य औषधिको व्यवस्था, विद्यार्थी प्रति सम्मानित व्यवहार, विद्यार्थीको सहभागितामा अनुशासन सम्बन्धी नियम बनाउने जस्ता कुरा हरूले विद्यार्थी नियमित गराउन सहयोग पुग्दछ ।

विद्यालयमा पद्धति स्थापना गर्ने प्रधानाध्यापक र शिक्षकहरूले नै हो । विद्यार्थी शिक्षकले भनेको भन्दा गरेको कुरा बाट बढी प्रभावित हुन्छन् । शिक्षक नियमित छन्, समयलाई निकै महत्व दिन्छन्, तोकिएको समय भन्दा ढिला हुँदा गल्ती महसूस गर्द छन्, क्षमा माग्दछन् भने विद्यार्थीलाई नियमित हुन र समयको पालनाको बारेमा धेरै भनिरहनु पर्दैन । शिक्षकले समयलाई महत्व दिने,गुमेको समय प्रति संवेदनशील हुने गरे मा विद्यार्थीलाई त्यसको प्रत्यक्ष प्रभाव पर्दछ ।

केही विद्यालयले हरेक कक्षाका विद्यार्थीको फोटो, अभिभावकको नाम तथा बाबुआमाको नाम ठेगाना, सम्पर्क फोन नम्बर समेतको विवरण भएको सानो पुस्तिका तथा अल्बम बनाएर राख्ने र कुनै विद्यार्थी अनुपस्थित देखि एमा उक्त पुस्तिकामा भएको फोन नम्बरको सहायतामा तत्काल अभिभावकलाई फोन गर्ने र विद्यार्थी किन विद्यालयमा अनुपस्थित भएको हो ? जानकारी लिने, सामान्य कारणबाट विद्यार्थी अनुपस्थित रहेमा अभिभावक र विद्यार्थीलाई पनि सम्झउने गर्दा एकातर्फ विद्यार्थीले मेरो बारेमा खोजी हुन्छ भन्ने महसूस गर्ने र अभिभावकले पनि आफ्ना बालबालिकालाई विद्यालय नियमित पठाउन चाहने अवस्था निर्माण हुने गरेको पाइएको छ

हाल विद्यालयमा स्वास्थ्य तथा पोषण हाजिर पुस्तिका प्रयोगमा ल्याइएको छ । कतिपय विद्यालयका शिक्षकहरूले त्यसको मर्म नबुझेको सामान्य उपस्थित रगयल मात्र जनाउने गरेको पनि पाइयो । त्यसमा दिएका निर्देशनलाई रराम्रोसँग अध्ययन गरी हाजिरीमा विद्यार्थी उपस्थिति र अनुपस्थिति मात्र नभएर अनुपस्थित भएमा के कारणले भन्ने सूचकहरूमा पनि संकेत गर्ने गरे मा अनुपस्थित विद्यार्थी किन अनुपस्थित भयो ? स्वास्थ्यको समस्याले हो कि ? घरमा श्रम गर्नु पर्ने बाध्यताले हो ? यकिन गर्न सकिन्छ । त्यसैको आधारमा स्वयं विद्यार्थी र अभिभावकसँग भेटेर छलफल गर्न सकेमा पनि विद्यार्थी नियमिततामा मद्दत पुग्दछ ।

शिक्षक नियमितताका उपाय

शिक्षक नियमित हुने, ठीक समयमा विद्यालय र कक्षामा उपस्थित हुने र विद्यालय समय भरी विद्यालयमा र कक्षामा रहने हो भने पनि सामुदायिक विद्यालयको शिक्षाको स्तर धेरै नै सुधार हुन्छ भन्न सकिन्छ । चैत १ गते कैलालीको एक माध्यमिक विद्यालयमा अनुगमन गर्न पुगेको थिएँ, शिक्षक हाजिरी पुस्तिका हेर्दा एक जना शिक्षकले चैत महीनाभरिको हाजिर गरिसक्नुभएको थियो । केही विद्यालयमा हाजिरी पुस्तिका भनेको हप्ताको एक पटक हप्ताभरिको हाजिरी गर्ने र थन्क्याउने रूपमा पनि लिएको पाइएको छ । शिक्षक उपस्थित नभएको दिनको हाजिर समेत गर्ने गरेको देखिन्छ । यस्तो अवस्थामा अभिभावक र विद्यालय व्यवस्थापन समितिको सक्रियता, विद्यालयमा नियमित अनुगमन, शिक्षकहरूसँग छलफल को आवश्यकता पर्दछ ।

शिक्षण बौद्धिक पेशा भएको हुनाले स्टाफ बैठकबाट विद्यालय सुधार गर्न, विद्यालयमा समुदायको विश्वास जित्न, सिकाइ उपलब्धि वृद्धि गर्न शिक्षकहरू नियमित हुने र समयलाई पालना गर्ने गरी बनाएको योजना सबैभन्दा उत्तम र प्रभावकारी हुन्छ ।

हाल सालै केही गाउँपालिका र नगरपालिकाले शिक्षक नियमितता वृद्धि गर्नको लागि विद्युतीय हाजिरी मेशीन राखिसकेको र केही राख्ने क्रममा रहेको पाइयो । यसले पनि शिक्षक नियमितता बढ्ने र समयमा उपस्थित हुने अवस्था सृजना हुन्छ । नवलपरासीको एक विद्यालयमा अभिभावकहरूले शिक्षक अनियमितता रोक्न हरेक घरबाट एक दिनको लागि एक अभिभावकले विद्यालयमा समय दिने, एक रजिष्टर निर्माण गर्ने र बिहान ९ः ३० मा विद्यालयको नजिकमा पुगेर बस्ने हरेक शिक्षक आएको र विद्यालय छाडेको समय टिपोट गर्ने र समुदायमा हुने बैठकमा त्यस विषयमा छलफल गर्ने गरेको पनि भेटियो ।

केही माध्यमिक विद्यालयमा माथिल्लो कक्षामा कक्षागत रूपमा एक–एक शिक्षक हाजिरी रजिष्टर खडा गर्ने , उक्त हाजिर रजिष्टर विद्यार्थीले राख्ने, शिक्षक कक्षामा आएको र गएको समय उक्त रजिष्टरमा जनाउने तथा शिक्षकको हाजिरी विद्यार्थीले गर्ने गरेको पनि पाइयो ।

यसरी शिक्षक विद्यार्थीको नियमितता वृद्धि गर्ने पढाइ हुने दिन र समय बढाउने हो भने सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि रराम्रो हुने र सामुदायिक विद्यालयप्रतिको समुदायको आकर्षण वृद्धि हुने निश्चित हुन्छ ।

commercial commercial commercial commercial