हामी नेपाली भूकम्पको उच्च जोखिममा बस्छौं, तर थोरै जानकारी राख्छौं

१२ वैशाख २०७३ मा ‘गोरखा भूकम्प’ को पहिलो वर्ष पूरा भयो । तर त्यो भूकम्पको पीडा र झ्झ्ल्को जनमानसमा अझ् पनि ताजै रहिरहेको छ । उक्त भूकम्पका कारण लाखौं नेपाली घरबारविहीन, हजारौंले अभिभावक, सन्तति तथा आफन्त गुमाएका छन् । करीब ८० लाख नेपाली सो भूकम्पबाट प्रभावित भए । भूकम्पपीडितले पाल तथा अस्थायी टहराको बासमा वर्षाको पानी, बाढी, पहिरो तथा हिउँदको हिमपात समेत बेहोरिसकेका छन् । प्राकृतिक विपत्को घडीमा नेपालीले देखाएको सहयोगीपन र धैर्यको सारा विश्वमा प्रशंसा भएको छ । भूकम्पको पीडाबाट छुटकारा पाउन मुलुक पुनःनिर्माणको अभियानमा होमिने तयारी गरिरहेको छ ।

‘गोरखा भूकम्प’– १९९० साल माघ २ गतेपछि नेपालमा आइपरेको सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो । यो भूकम्पले नेपालको कुल गार्हस्थ उत्पादनको करीब एकतिहाइ अर्थात् करीब रु.७ खर्बको प्रत्यक्ष वा अप्रत्यक्ष क्षति ग¥यो । यो भूकम्पबाट काठमाडौं उपत्यकालगायत उत्तरतर्फका जिल्लाहरूमा बढी क्षति पुगेको छ । भूकम्पका कारण कतिपय गाउँबस्तीहरूमा ठूला पहिरा गएका र खानेपानीका मुहानहरू सुक्न पुगेका छन् । सरकारले ७० प्रतिशतभन्दा बढी क्षति पुगेका १४ वटा जिल्लाहरूमा आपत्कालीन अवस्था घोषणा गरेको छ ।

गोरखा भूकम्पले नेपाल बाहेक छिमेकी राष्ट्रहरूमा समेत मानवीय क्षति पु¥याएको थियो । उपलब्ध तथ्याङ्क अनुसार उक्त भूकम्पका कारण भारतमा १३० जना, चीनमा २७ र बाङ्लादेशमा चार जनाको ज्यान गएको थियो भने भौतिक संरचनामा पनि उल्लेख्य क्षति भएको थियो ।

एउटा वाक्य नेपाली जनजिब्रोमा परिचित थियो र अझ्ै पनि छ— ‘नब्बे सालको भुईंचालो !’ ९० सालको भूकम्प थाहा पाउने नेपाली अब थोरै मात्र जीवित हुनुहुन्छ । १६ हजारभन्दा बढी मानिसको ज्यान लिने गरी गएको सो भूकम्पले नेपालमा ८ हजार ५१९ जनाको ज्यान लिएको थियो भने काठमाडौंमा मात्रै ४ हजार २९६ जनाको ज्यान गएको थियो । अहिलेको तुलनामा त्यसले धेरै क्षति गरेको थियो । २०४५ साल भदौ ५ गते उदयपुर केन्द्रबिन्दु भएर गएको अर्को भूकम्पले पूर्वी नेपालमा विध्वंश मच्चायो । ७२१ जनाको ज्यान लिने गरी गएको सो भूकम्पले हजारौं घाइते बनायो भने लाखौं घरहरू ध्वस्त पा¥यो । १९९० सालपछि नेपालमा पटक–पटक गरी हजारौं भूकम्प गइसकेका छन् । तीमध्ये केही सय भूकम्पका धक्का हामीले पनि महसूस गरेका थियौं । यसको अर्थ हामी भूकम्पबाट पूर्णरूपमा अनभिज्ञ थिएनौं भन्ने हो । यसबाट नेपालमा भूकम्पहरू आएका थिए, आइरहेका छन् र भविष्यमा पनि आइरहने छन् भन्ने स्पष्ट हुन्छ ।

समय बदलिएको छ । अब ‘९० सालको भूकम्प’ को स्थान ‘४ब’ अर्थात् ‘बहत्तर साल बैशाख बाह्र गते बारपाक’ (२०७२ वैशाख १२, बारपाक) मा गएको भूकम्पले लिएको छ । हामीलाई थाहा थियो, नेपालमा जुनसुकै वेला पनि ठूलो भूकम्प आउन सक्छ जसले अपार धनजनको क्षति (अहिलेको भन्दा कैयौं गुणा बढी) गर्न सक्छ भनेर । त्यसैले, १८ वर्ष अघिदेखि ९० साल माघ २ गतेको स्मरणस्वरुप भूकम्प सुरक्षा दिवस मनाउँदै आएका थियौं । भविष्यमा आउन सक्ने भूकम्पले गर्ने क्षति तथा उक्त क्षतिलाई न्यूनीकरण गर्ने उपायहरूका बारेमा चर्चा, छलफल गरिरहेका थियौं । हामी भाग्यमानी नै ठहरिएको मान्नुपर्ने हुन्छ, किनकि २०७२ सालमा भूकम्प पनि आयो तर हामीले कल्पना गरे भन्दा ज्यादै कम मात्र क्षति गरेर गयो । साथमा यसले ठूलो पाठ पनि सिकाएर गएको छ ।

विज्ञानले धेरै विकास गरिसक्यो । ज्वालामुखी, हावाहुरी, पानी, बाढी आदि जस्ता प्राकृतिक विपत्ति कतिवेला आउँछन् भनेर अगाडि नै थाहा पाउने भइसक्यौं । तर विडम्बना ! हालसम्म पनि हाम्रै पैताला मुनि रहेको भूकम्पलाई पूर्णरूपमा चिन्न सकेका छैनौं । त्यसै भएर भूकम्पले अहिले पनि यति धेरै विनाश गरिरहेको छ, तर्साइरहेको छ, पीडा दिइरहेको छ । तथापि भूकम्पलाई रोक्न नसके पनि, यो आउने समय थाहा पाउन नसके पनि यसका अगाडि ठिङ्ग अडिन सक्ने घर अथवा संरचना खडा गरी क्षति न्यूनीकरण गर्ने प्रविधिको विकास भने भएको छ । खाँचो छ त्यसलाई आत्मसात् गर्ने र त्यस अनुरूप निर्माण तथा तयारी गर्ने । अहिलेसम्म भूकम्पको भविष्यवाणी गर्न कसैले पनि सक्दैन । त्यसैले, भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्नुको हामीसँग विकल्प छैन । त्यस्तो उपाय भनेको बलियो संरचना बनाउनु नै हो । किनकि अर्को भूकम्प जतिवेला पनि आउन सक्छ ।

गोरखा भूकम्पको नालीबेली
वि.सं. २०७२ वैशाख १२ गते तदनुसार २५ अप्रिल २०१५ मा नेपाली समयानुसार बिहानको ११ बजेर ५६ मिनेट जाँदा ९न्ःत् ण्टस्ज्ञज्ञ ब्ः० शनिबारको दिन गोरखाको बारपाक आसपास केन्द्रबिन्दु बनाएर ७.६ रिक्टर स्केल, (लोकल म्याग्निच्यूड) को भूकम्प जमीनको सतहदेखि करीब १५ किलोमिटर मुनि गयो । ृकतिपय दस्तावेज र सञ्चारमाध्यमले उक्त भूकम्पलाई ७.८ रिक्टर स्केल पनि लेखेको पाइन्छ । मापन इकाइको भिन्नताले गर्दा त्यस्तो भएको हो । अर्थात् ‘७.६’ लोकल म्याग्निच्यूड ९ीयअब िःबनलष्तगमभ० हो भने ‘७.८’ मोमेन्ट म्याग्निच्यूड ९ःयmभलत ःबनलष्तगमभ० हो ।े उक्त भूकम्पले जमीन मुनि गोरखाबाट दोलखासम्मको करीब १५० किलोमिटर क्षेत्रमा चिरा पा¥यो भने दक्षिणमा काठमाडौंसम्म करीब ५० किलोमिटरको भाग करीब ३ मिटर ६० सेन्टिमिटर दक्षिणतर्फ चिप्लियो । भूकम्पका शक्तिशाली तरंगका कारण क्षणभरमै नेपाल, भारत, चीन, बाङ्लादेश, भूटानको जमीन हल्लियो ।

उक्त भूकम्पका तरंगहरू खानी तथा भूगर्भ विभाग अन्तर्गतको राष्ट्रिय भूकम्पमापन केन्द्रका पूर्वमा ताप्लेजुङदेखि पश्चिममा बैतडीसम्म फैलिएका २१ वटा साइस्मिक स्टेशन (भूकम्प मापन गर्ने यन्त्र रहेका स्थान) का साथै विश्वका विभिन्न संस्थाका हजारौं साइस्मिक स्टेशनले तत्काल रेकर्ड गरे । नेपालमा भूकम्प गएको खबर क्षणभरमै संसारभर फैलियो । विभिन्न अन्तर्राष्ट्रिय भूकम्प मापन गर्ने संस्थाहरूले आ–आफ्नै तथ्याङ्कका आधारमा भूकम्पको मान तथा केन्द्रबिन्दु सार्वजनिक गरे भने त्यसको संशोधन गर्ने कार्य पनि जारी राखे । राष्ट्रिय भूकम्पमापन केन्द्रले चाहिं मुख्य भूकम्प गएको झ्न्डै २० मिनेटपछि उक्त भूकम्पको मान ७.६ रिक्टर स्केल र केन्द्रबिन्दु गोरखा जिल्लाको बारपाक आसपास रहेको जानकारी गरायो । भूकम्पमापनका विभिन्न स्केलका कारण भूकम्पको म्याग्निच्यूडमा फरक देखिने गर्दछ । सबैले आ–आफ्नो अवस्था र आवश्यकता अनुसार स्केलको प्रयोग गर्ने गर्छन् । हाम्रो राष्ट्रिय मापदण्ड अनुसार गोरखा भूकम्पको माप ७.६ हो ।

ठूला भूकम्पहरूलाई नाम दिने प्रचलन अनुसार भूकम्प गएको केही दिनपछि यो भूकम्पको ‘गोरखा भूकम्प’ नामकरण गरिएको हो । जस्तो; १९९० सालको भूकम्पलाई ‘विहार–नेपाल’ नामले चिनिन्छ भने २०४५ सालको भूकम्पलाई ‘उदयपुर भूकम्प’ को नाम दिइएको छ । यसैगरी अन्य भूकम्पहरू सन् २००५ को ‘काश्मिर भूकम्प’, सन् २००१ को ‘भूज भूकम्प’, सन् २००४ को ‘सुमात्रा भूकम्प’ आदि हुन् ।

पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यान्मारसम्म फैलिएको २५०० किलोमिटर लामो हिमालय पर्वतमध्ये बीचको सक्रिय एकतिहाइ भाग नेपालको हिमालयले ओगटेको छ । हिमालयमा भारतीय प्लेट र यूरेशियन प्लेट ठोक्किंदा यस क्षेत्रमा भूकम्पहरू जाने गर्दछन् । सन् १९०५ को काँगरा (७.८ रिक्टर) सन् १९३४ बिहार–नेपाल भूकम्प, सन् १९५० को आसाम (८.४) र २००५ को काश्मिर भूकम्प (७.६) यस्तै खालका भूकम्प हुन् । गोरखा भूकम्प सम्भवतः सन् १८३३ मा भूकम्प गएकै क्षेत्रमा पर्दछ ।

परकम्पको क्रम
गोरखा भूकम्प गइसकेपछि स्वाभाविक रूपमै ठूला तथा साना परकम्प ९बतभचकजययपक० जाने क्रम शुरू भयो । परकम्प भनेका पनि भूकम्प नै हुन् तर यस्ता भूकम्प एउटा ठूलो (मुख्य भूकम्प) भूकम्पबाट पैदा हुन्छन् र त्यही भूकम्पलाई पछ्याएर, त्यही भूकम्पले चिरा परेको तथा सर्केको क्षेत्र भित्र या वरिपरि जान्छन् । यिनको मान जहिले पनि मुख्य भूकम्प भन्दा सानो हुन्छ । अर्थात् मुख्य भूकम्प भन्दा परकम्पहरू सधैं नै कम क्षमताका हुन्छन् । यदि परकम्पको मान मुख्य भूकम्पभन्दा ठूलो भयो भने त्यो परकम्प नरहेर मुख्य भूकम्पमा परिणत हुन्छ र त्यसअघिका भूकम्पलाई पूर्वकम्प ९ँयचभकजयअपक० भनिन्छ ।

परकम्पले मुख्य भूकम्प जाँदा सर्काएको क्षेत्र यकिन गर्नलाई सहयोग गर्दछन् । परकम्पहरू पनि खतरनाक सावित हुनसक्छन् किनकि तिनको म्याग्निच्यूड तथा केन्द्रबिन्दु पनि पूर्वानुमान गर्न सकिंदैन र तिनले मुख्य भूकम्पले पहिले नै कमजोर बनाएको भौतिक संरचनामा थप क्षति पु¥याउन सक्दछन् । जस्तो, २०७२ वैशाख २९ गते आएको ६.३ रिक्टर स्केलको परकम्पले सिन्धुपाल्चोक र दोलखामा पहिलेभन्दा बढी क्षति पु¥याएको थियो । त्यसकारण परकम्प भइरहेको समयमा सचेत रहनु जरूरी हुन्छ ।

गोरखा भूकम्प गएको पहिलो २४ घण्टामा मात्रै करीब १५०० वटा साना ठूला परकम्प गएका थिए भने एक वर्ष वित्दा ३० हजारभन्दा बढी परकम्पहरू गइसकेका छन् । हालसम्म प्रशोधित तथ्यांक अनुसार सबैभन्दा बढी परकम्प दोलखा र सिन्धुपाल्चोकमा गएका छन् । प्रत्येक परकम्पले जनमानसमा थप डर र त्रास पैदा गराएका छन् । मानिसहरूलाई धेरै दिनसम्म सडकमा बस्न बाध्य पारेको पनि परकम्पले नै हो । जानकारीको कमीले गर्दा धेरै मानिसमा मानसिक समस्या समेत देखियो ।

बालबच्चा धेरै पछिसम्म पनि ‘भूकम्प आउँछ’ भन्ने डरले घरमा असुरक्षित महसूस गर्न थाले । राष्ट्रिय भूकम्पमापन केन्द्रमा दैनिकजसो आउने फोन कलको मात्राले यो समस्या निकै व्यापक मात्रामा पैदा भएको संकेत गर्दथ्यो । भूकम्प सम्बन्धी जानकारी वा सामग्री विद्यालयस्तरदेखि नै सबैलाई दिनुपर्ने खाँचो महसूस गराएको छ । भूकम्पको भविष्यवाणी सम्भव छैन भन्ने जानकारी हुँदाहुँदै पनि ‘यति बजे, आज, वा भोलि ठूलो भूकम्प जान्छ’ भन्ने हल्लाको पछि लागेर थुप्रै मानिस तनावमा रहेको पनि पाइयो । आज एक वर्ष बित्दासम्म पनि दैनिक करीब ४० वटा परकम्प गइरहेका छन् र यो क्रम अझ्ै केही वर्ष जारी रहनेछ ।

भूकम्प आउँदा घरभित्र बस्ने, खाट वा टेबुल मुनि बस्ने, ढोका मुनि बस्ने आदि भनी हामीले दिएको शिक्षाका कारण वा उक्त उपाय अवलम्बन गर्दा केहीले ज्यान गुमाउनु परेका कुराहरू पनि सुन्नमा आए । विकसित मुलुकमा जहाँका घर संरचनाहरू भूकम्प जाँदा पनि सुरक्षित रहन्छन्; त्यस्तो ठाउँमा सिकाइने गरेका भूकम्पबाट बँच्ने उपायहरू सही भए पनि हाम्रो जस्तो कमजोर घर–संरचना भएको मुलुकमा जस्ताको तस्तै अवलम्बन गर्दा अनावश्यक दुर्घटना निम्तिन पुगेको देखिन्छ । त्यसैले, अरू देशका मान्यतालाई आफ्नो देश अनुकूल बनाएर मात्र सम्पे्रषण गर्ने कुरामा विशेषतः शिक्षक र विद्यालयहरूको ध्यान जानु आवश्यक छ । विद्यालयले बालबालिकालाई भूकम्पको डर होइन यस सम्बन्धी सही जानकारी निरन्तर दिनु जरूरी छ ।

जीपीएसको योगदान
जीपीएस ९न्एक्० एउटा यस्तो यन्त्र हो जसले उक्त यन्त्र राखेको वा भएको पृथ्वीको कुनै पनि स्थानको देशान्तर, अक्षांश र समुद्र सतहदेखिको उँचाइको आँकडा दिन्छ । यसको मद्दतले कुनै पनि स्थान कति समयमा कति दूरी पूर्व–पश्चिम, उत्तर–दक्षिण वा तल–माथि स¥यो भन्ने कुराको जानकारी लिन सकिन्छ । यही यन्त्रको मद्दतले नै टेक्टोनिक प्लेटहरू कुन दरमा कता सरिरहेका छन् र भूकम्पीय शक्ति कहाँ सञ्चित भइरहेको छ भन्ने थाहा पाइन्छ । यस पटक, पहिलो पल्ट हिमालयमा गएको ठूलो भूकम्पलाई नेपालभर रहेका २९ वटा जीपीएस स्टेशनको मद्दतले रेकर्ड गरियो । जीपीएसले प्रत्येक समयमा कुनै पनि स्थानको देशान्तर र अक्षांशको संयोजन ९ऋययचमष्लबतभ० बिन्दु दिने गर्दछ जुन तथ्याङ्कले कुन स्थान कुन समयमा कता कता स¥यो भन्ने थाहा पाउन सकिन्छ ।

गोरखा भूकम्पले हामीले नदेखे पनि महसूस नगरे पनि नेपालको मध्य भागको भूगोललाई नै परिवर्तन गरिएको छ । तथ्याङ्क अनुसार रसुवा जिल्लाको सदरमुकाम धुन्चेबाट उत्तरतिरको भूभाग पहिलाको स्थानभन्दा तल धस्सियो, पश्चिम र दक्षिणतर्फ स¥यो । रसुवाको चिलिमेमा रहेको जीपीएस स्टेशनको तथ्याङ्क अनुसार उक्त स्थान करीब ७० सेन्टिमिटर तल धसियो, ६० सेन्टिमिटर जति पश्चिम स¥यो भने १ मिटर ५० सेन्टिमिटर जति दक्षिणतर्फ स¥यो । यसैगरी धुन्चे दक्षिणको भाग माथि उठ्यो, पश्चिम र दक्षिणतर्फ स¥यो । काठमाडौंको उत्तर; नुवाकोट जिल्लाको ककनीमा रहेको जीपीएस स्टेशनको तथ्याङ्क अनुसार उक्त स्थान पहिलेभन्दा करीब १ मिटर ६० सेन्टिमिटर माथि उठ्यो, ४० सेन्टिमिटर जति पश्चिम स¥यो भने १ मिटर ८० सेन्टिमिटर जति दक्षिणतर्फ स¥यो ।

कम्पन नाप्न सकिएन
भूकम्पले कुन ठाउँमा कति कम्पन गरायो भन्ने मापन गर्ने यन्त्र एक्सेलेरोमिटर ९ब्अअभभिचयmभतभच० वा तत्सम्बन्धी यन्त्रको कमीले गर्दा गोरखा भूकम्प तथा यसका पराकम्पले कहाँ के कति कम्पन गराए भन्ने तथ्याङ्क प्राप्त गर्न सकिएको छैन । यस्तो तथ्याङ्क भविष्यमा ठूलो भूकम्प जाँदा कुन ठाउँमा कस्तो असर गर्छ भनेर अध्ययन अनुसन्धान गर्न अत्यन्त आवश्यक हुन्छ । काठमाडौं लैनचौरस्थित खानी तथा भूगर्भ विभागमा रहेको एक्सेलेरोमिटरको तथ्याङ्क अनुसार उक्त स्थानमा कम्पन करीब २०० सेन्टिमिटर प्रति सेकेन्ड थियो । पहिलाको अध्ययन अनुसार उक्त कम्पन गोरखा भूकम्पको कारणले हुनुपर्ने कम्पन भन्दा चार गुणा कम थियो; जसको कारण भूकम्प ठूलो भएर पनि कम क्षति भएको हो ।

गोरखा भूकम्पको कारण उत्तरबाट करीब ५० किलोमिटर दक्षिण काठमाडौंसम्मको शक्ति क्षीण भएको वा सकिएको वा रिलिज भएको तर काठमाडौंको दक्षिणदेखि तराईसम्मको भागमा सञ्चित शक्ति बाँकी नै रहेको र उक्त शक्ति कसरी र कहिले निःसृत ९च्भभिबकभ० हुन्छ भन्ने कुरा थप अध्ययनको विषय बनेको छ । यस सम्बन्धमा विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरूमा पछिल्लो समयमा लेखहरू प्रकाशित भएका छन् । पृथ्वीको गर्भमा बाँकी रहेको शक्ति यस क्षेत्रमा साना–साना परकम्पहरू आएर वा विस्तारै चिप्लिएर सतहसम्म निःसृत हुन पनि सक्दछ । अथवा मझैला म्याग्निच्यूडको भूकम्पले एकै पटक सतहसम्म ल्याउन पनि सक्दछ भने अर्को यो क्षेत्रको दायाँ–बायाँ आउनसक्ने ठूला भूकम्पसँगै बाँकी शक्ति निःसृत हुन पनि सक्दछ । तर यी सबै अनुमानका बीच हालसम्मको तथ्याङ्क अनुसार ठूला भूकम्पका केन्द्रबिन्दुहरू उच्च हिमालय क्षेत्र (समुद्र सतहबाट ३५०० मिटरको उँचाइ) मुनि रहेको तथ्य हामीसामु नै छन् । भविष्यमा कहिले कत्रो भूकम्प कहाँ केन्द्रबिन्दु बनाएर जान्छ भन्ने कुरा चाहिं हालसम्मका अध्ययन अनुसन्धानबाट भन्न सकिने अवस्था छैन ।

हालसम्मका अध्ययनले हिमालयमा महाभूकम्पहरू जाँदा ती भूकम्पका धाँजा ९च्गउतगचभ० चुरे र तराईको क्षेत्रमा सतहसम्म आउने देखाएका छन् । तर गोरखा भूकम्पले धाँजा सतहमा आएको  अहिलेसम्म देखिएको छैन । शायद गोरखा भूकम्प कम शक्तिशाली भएको कारण धाँजा सतहसम्म आइपुगेनन् । चित्र ३ मा वि.सं. १९९० को भूकम्पको धाँजा सतहसम्म आएको देखाएको छ । सो चित्रमा देखाएजस्तो गोरखा भूकम्पले गोरखादेखि दोलखासम्मको भागलाई दक्षिण काठमाडौंसम्म करीब ३.६ मिटर सर्काएर त्यस क्षेत्रको मात्र सञ्चित शक्ति क्षीण ग¥यो भने काठमाडौं दक्षिणदेखि तराईसम्मको भागमा सञ्चित रहेको शक्ति कसरी निःसृत हुन्छ भन्ने कुरामा विभिन्न अनुमान मात्र गर्न सकिन्छ ।

विगत एक वर्षदेखि हामी सुन्दै आएका छौं– “भूकम्प आयो भागम्, भूकम्प आयो घरभित्र जाम्, फलानाले भनेको यति गते ठूलो भूकम्प आउँछ रे ! यत्रो भूकम्पमा पनि घर केही भएन, यो त भूकम्प प्रतिरोधी रहेछ ! अब सय वर्ष भूकम्प आउँदैन ढुक्क भए हुन्छ, परकम्प आइरहेको छ घरभित्र बस्नुहुँदैन” आदि आदि । अनि यस्तै हल्ला र गफ सुनेर हामी तनावमा रहन्छौं । तर गर्नुपर्ने कुराबाट भने प्रायःजसो टाढा रहन्छौं । भूकम्पबाट बच्ने एउटै उपाय हो— भूकम्पको बारेमा बच्चादेखि वृद्धसम्म उत्तिकै जानकारी हुनुपर्छ । एउटा ठूलो भूकम्प गइसकेको तर अर्को ठूलो भूकम्प कहिले जान्छ भन्ने थाहा नहुने अहिलेको जस्तै अवस्थामा विगतबाट पाठ सिकी त्यसलाई हाम्रो दैनिक जीवनमा लागू गर्नुपर्ने हुन्छ । गोरखा भूकम्पले हामी नेपाली ‘संसारमै उच्च भूकम्पीय जोखिममुक्त क्षेत्रमा भए पनि भूकम्पका बारेमा अत्यन्त कम जानकारी राख्ने र भूकम्पले गर्ने क्षति न्यूनीकरण गर्नतर्फ यथोचित ध्यान नदिएको समूहमा पर्ने रहेछौं’ भन्ने स्पष्ट पारिदिएको छ ।

घटना भन्ने कुरा समयसँगै धुमिल हुँदै जान्छ वा बिर्संदै गइन्छ तर भूकम्प एउटा यस्तो प्राकृतिक प्रकोप हो जुन हाम्रो जस्तो देशमा पटक–पटक आउँछ, आइरहन्छ । त्यसैले यसलाई हामीले बेवास्ता गर्नुहँुदैन । भूकम्पसम्बन्धी अध्ययन निरन्तर गर्नुपर्दछ र प्राप्त नतीजाहरू सर्वसाधारणमा पु¥याउनुपर्दछ । यस कार्यमा शिक्षक÷विद्यार्थीको भूमिका ठूलो छ । एक जना शिक्षकबाट सयौं विद्यार्थी शिक्षित हुन सक्छन् भने ती विद्यार्थीले हजारौं अभिभावक वा आफन्तहरूलाई शिक्षित पार्न सक्छन् ।

मुख्य कुरा भूकम्प आउनुपूर्व कस्तो तयारी गर्नुपर्दछ, भूकम्प जाँदाजाँदै के गर्नुपर्दछ र भूकम्प गएपछि लगत्तै के के गर्नुपर्दछ भन्ने कुरा हामी सबै नेपालीले बुझनु, सोही अनुसार अवलम्बन गर्नु अति जरूरी छ ।

अन्त्यमा; ठूलो भूकम्प आउने कुरा अनिश्चित भए पनि हाम्रा कमजोर संरचनाहरू अर्को ठूलो भूकम्पमा परी क्षति हुने कुरा भने निश्चित छ । त्यसैले भूकम्पसम्बन्धी सही सूचना, ज्ञान सबैमा बाँडौं र अहिलेसम्म गरेका गल्तीलाई नदोहो¥याऊँ । अनि नयाँ बन्ने संरचनाहरू पहिलाभन्दा पनि बलिया बनाऔं, ताकि अर्को ठूलो भूकम्प गए पनि त्यसले केही गर्न नसकोस् ।

(अधिकारी राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख हुन् ।)

commercial commercial commercial commercial