सजिलै पाइन्छ ‘डिप्रेसन’ बाट मुक्ति !

उनी रहिछिन्एक शिक्षक, एक स्थानीय बा े र्डि ङ स्क ू लको पराथमिक कक्षामा पढाउने । ३५ वर्षी  या दु ई सन्तानकी आमा; ती शिक्षकलाई   कीटनाशक आ ै षधि खाएर आत्महत्याको प्र यास गर्ने क्रममा छिमेकीले थाहा पाएर अस्पताल ल्याइप ु ¥याएका थिए । आपत ् कालीन अवस्थामा इमर्जे न्सीमा अनिको ही दिन आई  सीयू को उपचार पछि शारीरिक रूपमा सक्षम भएर हामीकहाँ आइप ुगिन् उनी । करीब एक–ड े ढ घण्टाको क ु राकानी, परिवार–छिमेकीसँग को निरन्तर छलफल अनि मनो सामाजिक विचार  आदि पछि उनको मान सिक समस्या खुटेयाउन सफल भया ैं हामी । उनी उदासीनता, तनाव, शारीरिक थकान आदिका कारण ६ महीना देखि ‘डिपरे सन’ रोगको पर को पमा परेकी रहिछिन्। श्रीमान् को मद्यपान, निरन्तरको शारीरिक एव ं मान सिक पर ताडना,गर्भ  वती अवस्थामा पनि रराम्रो स्याहारसुसार नपाएकी, तीनवर्ष े छो री र डे ढवर्ष े छो रो भइकन पनि ६ वर्ष  देखि को उनको वै वाहिक जीवन त्यति सुखमय हुनसक े को रहे नछ ।

माध्यमिक स्क ू लको शिक्षक समेत रहे का श्रीमान्ले रक्सी खाएर पटक–पटक यातना पनि दिने रहो छन् । मद्यपानजन्य समस्याका कारण थ ु परै चो टि अस्पताल ल ै जा ँ दा पनि उनका श्रीमान्को रक्सी पिउने दै निकीमा सुधार आएन । मद्यपानजनित समस्याक ै कारण स्क ू लको जागिरबाट निकालिएर घरै बस्न थाले का रहो छन् उनी । बे रो जगार भएर घरै रहन थाले पछि ती महिलाका पतिमा जा ँ ड–र क्सीका अतिरिक्त जुवातासको लत पनि बस्न थाले छ । बेरोजगार एवं कु लतमा परेका श्रीमान्, घरको कमाइको स्रो त अरूको ही पनि नभएको , र सहारा दिने अभिभावक (सास ू –ससुरा आदि) को समे त अभाव भएको अवस्थामा निरन्तरको यातना थप बढ न थाले पछि ती महिलामा नै राश्य, हीनताभाव, ‘मर्ने चाहना’ आदि ‘डिपरे सन’ का लक्षणहरू आउन थाले । थु प्रै पटक बने का ‘मर्ने  योजना’ हरू छो राछा े रीको सम्झनाले निस्ते ज भएका रहो छन् । तर अघिल्ला े दिनको श्रीमान्को प्र ताडनाले गर्दा  त्यो इच्छा बलियो बन्न प ुगे को र घरक ै बग ै ं चामा पर योग गर्ने गरे को ‘कीरा मार्ने ओ खती’ खाएर आत्महत्या गर्न चाहो की रहिछिन्तिनले । कसै ले थाहा नपाआ ेस भनी बेलु का सबै सु त े पछि त्यो औ षधि पर योग गरे तापनि तिनको छटपटाहट, छो राछो रीको रुवाइ आदिले गर्दा  छिमेकीहरूले थाहा पाएपछि अस्पताल ल्याइपु ¥याइएकी रहिछन् ।

यो घटनाले, एकअर्कासँग अन्तरसम्बन्धित तीन महत्वपूर्ण मान सिक समस्या दर्शाएको छः आत्महत्या, त्यसको कारकतत्वका रूपमा रहेको ‘डिप्रेसन’ अनि ‘डिप्रेसन’ग्रस्त व्यक्तिलाई आत्महत्याको सँघारमा पुरयाउने पारिवारिक कारण– मद्यपान । यहाँ यी सबैमध्ये महत्वपूर्ण मानिएको मनोरोग ‘डिप्रेसन’ का बारेमा प्रकाश पार्ने जमर्को गरिएको छ ।

‘डिप्रेसन’ गाउँशहर, देशविदेश सबैतिर परिचित मान सिक समस्या हो । विश्वव्यापी सर्भेक्षणहरूमा यो रोग अन्य सबै शारीरिक एवं मान सिक समस्याहरूमध्ये असमर्थताको दोस्रो ठूलो कारकतत्व रूपमा देखि एको छ । दक्षिण एशियाली मुलुकहरूको आँकडाले पनि यही तथ्यलाई पुष्टि गर्छन् । नेपालमा १८ देखि ६५ वर्ष उमेर समूहका वयस्कहरूमध्ये करीब १२ प्रतिशतमा ‘डिप्रेसन’ देखि एको हामीले नै गरेको अध्ययनले दर्शाएको थियो । यसमा बालबालिका एवं प्रौढहरूलाई पनि समावेश गरिएको खण्डमा ‘डिप्रेसन’ को आँकडा अझै बढ्न सक्छ ।

यो रोगले व्यक्तिको कार्यक्षमतामा ह्रास आउने, मधुमेह, उच्च रक्तचाप जस्ता शारीरिक रोगहरू झै दीर्घ रूपमा जीवनभर नै प्रभावित तुल्याउँछ । ‘डिप्रेसन’ को एउटा महत्वपूर्ण आयाम, यस रोगका कारण बिरामीले आत्महत्या गर्न सक्ने जोखिम अत्यन्तै उच्च रहनु हो । त्यस्तै ‘डिप्रेसन’ ले पीडित बिरामीहरू मद्यपान एवं अन्य लागूपदार्थ दुव्र्यसनको चपेटामा फस्न सक्ने संभावना पनि बढी नै हुन्छ ।

यस्तो घातक रोगको उपचार त्यत्ति गाह्रो र महँगो भने छैन । नियमित उपचार एवं मनोविचारले यसलाई सजिलै नियन्त्रण गर्न सकिन्छ । सामान्य अवस्थामा रहेका ‘डिप्रेसन’ रोगीहरू मनोविचारबाट मात्र या ६ देखि ९ महीनाको औषधोपचारबाट नै निको हुन सक्छन् । जटिल किसिमका रोगीहरूले समेत औषधि या ‘करेन्ट उपचार’ द्वारा ‘डिप्रेसन’ मुक्त जीवन प्राप्त गर्न सक्दछन् । सामान्य ‘डिप्रेसन’ लाई जटिल अवस्थामा जानबाट रोक्नु अनि जटिल अवस्थाकालाई आत्महत्याबाट जोगाई तिनको असमर्थतामा कमी गराउनु नै मनोचिकित्साकर्मीहरूको मुख्य उद्देश्य हुने गर्छ । वास्तवमा ‘डिप्रेसन’ हुँदैमा कसैले जागिरै छोड्नुपर्ने, घरपरिवार या मित्रहरूको सरसंगत नै त्याग गर्नु पर्ने अवस्था आउँदै आउँदैन । नियमित उपचार गरेको दुई महीना जतिमा नै जटिल ‘डिप्रेसन’ रोगीहरू पनि सजिलै सामान्य अवस्थामा फर्कन समर्थ हुन्छन् । तर मनोपरामर्श अनि चिकित्सकको सल्लाह अनुसार औषधि भने चलाई नै रहनु पर्दछ । यसमा परिवारको अनि साथीसंगीको भूमिका विशेष महत्वपूर्ण हुन्छ ।

सारांशमा भन्दा, ‘डिप्रेसन’ को पूर्ण उपचार संभव छ, उपचार प्रक्रिया त्यत्ति गाह्रो पनि छैन, अनि ‘डिप्रेसन’ को उपचारबाट नै आत्महत्याका घटनाहरू न्यूनीकरण गर्न सकिन्छ । त्यसैले, समाज मा रहेका सामान्यभन्दा सामान्य ‘डिप्रेसन’ रोगीहरू पनि पहिचान गरी उपचारका लागि सबैले प्रोत्साहितगरौं । यसलाई लोकलज्जाको विषय नबनाऔं । आफूलाई अलिकति पनि ‘मनोबलमा कमी भएको   या नकारात्मक विचार को प्रबलता भएको अथवा आत्महत्याको विचार आएको’ महसूस हुनासाथ मनोचिकित्सकसँग परामर्श गर्न अप्ठ्यारो नमानौं । ‘डिप्रेसन–मुक्त जीवन’ जिउनका लागि सबैजना हातेमालो गर्दै अघि सरौं !

काठमाडा ैं विश्वविद्यालय, धुलिखे ल

commercial commercial commercial commercial