कसैले नगर्ने भए मिहिनेत

शिक्षा मन्त्रालयले ठूलो हल्लीखल्लीका साथ विद्यालय तहमा ‘गेस पेपर’ को प्रयोगमा प्रतिबन्ध लगाएको चार वर्ष वितिसकेको छ । तर यस्ता प्रतिबन्धले शिक्षाको गुणस्तर बढ्छ भन्ने सोच २१औं शताब्दीको चिन्तन भने पटक्कै होइन । सूचना तथा प्रविधिको आजको युगमा कति कुरा प्रतिबन्धित गर्दै जाने ? यसमा एकछिन भए पनि घोत्लिनु जरूरी देखिन्छ । किनकि, प्रतिबन्धित गर्नु समस्याको समाधान हुनै सक्दैन । प्रतिबन्धित गरिएका कुराका यस्ता प्रशस्त उदाहरण फेला पार्न सकिन्छ जुन रोकिएका छैनन् । जस्तै, कम्प्युटर भाइरसको कुरा । यहाँ स्मरणयोग्य कुरा के हो भने, जति पनि प्रतिबन्धित अथवा गोपनीयता कायम गर्दै निर्माण गरिएका ‘अपरेटिङ्ग सिष्टम’ हरू छन्, तिनीहरू नै बढी ह्याक हुने र भाइरसले आक्रमण गर्ने गरेको पाइन्छ । हुन पनि, खुला र सहजै उपलब्ध सिष्टमहरूलाई ह्याक गर्नै परेन ।

यही उदाहरणलाई टेक्दै शिक्षाको बारेमा कुरा गर्ने हो भने, शिक्षालाई सहज र सजिलै ग्रहण गर्न सकिने बनाउनु धेरै वटा समस्याको समाधान हो । त्यसो गर्न सक्यौं भने गाइड र गेसपेपरको आवश्यकता नै पर्दैन । हामी सबैलाई थाहा भएकै कुरा हो– हाम्रो शिक्षा प्रणाली बुझइ वा सिकाइमा भन्दा बढी घोकाइ अथवा किताबी ज्ञानमा आधारित छ । शिक्षकले पास र फेल हुने तरीकामा केन्द्रित भएर पढाउँछन् । किनकि, उनीहरूलाई त्यसरी नै पढाउने बुद्धि दिएका छौं । परीक्षा प्रणालीले किताबकै कुरा जाँच्छ र पास फेल नै गर्छ । यसकारण पनि गाइड र गेसपेपर लेख्नेहरूको खुदो पल्टिएको हो । त्यसैले हामी के का लागि शिक्षा दिंदैछौं भन्ने प्रश्न यहाँ महŒवपूर्ण हुन आउँछ । यदि पास र फेलकै शिक्षा दिन खोजिएको हो, प्रश्नको उत्तर मात्र सिकाउन खोजिएको हो भने गाइड–गेसपेपरलाई प्रतिबन्धित गर्नु जरूरी छ । किनकि, तिनले ठाडै उत्तर पस्किदिन्छन् । तर यदि विद्यार्थीलाई सृजनशील बनाउन खोजिएको हो, सीपको विकास गर्न र ज्ञानको प्रयोग गर्न योग्य बनाउन खोजिएको हो भने त्यही गाइडलाई पनि स्रोतसामग्रीका रूपमा उपयोग गर्न सिकाऊँ । प्रश्नको उत्तर खोज्ने भन्दा पनि उत्तरको विविध प्रयोगबाट ज्ञान लिने प्रणाली विकास ग¥यौं, ज्ञानको प्रयोग गर्न सक्ने सीप र दक्षताको परीक्षा लिने ग¥यौं भने गाइड र गेसपेपरको चिन्ता गरिरहनु पर्दैन ।

जब वर्षमा एक दिन, एसएलसीको परिणाम आउँछ, त्यतिबेला हामी विद्यालय शिक्षामा गुणस्तरको मुद्दा सम्झ्न्छौं । अघिपछि त्यतातिर फर्कंदै फर्कंदैनौं । अझ् तल्ला कक्षाहरूमा के कस्तो हालतमा पढाइन्छ, कसैको चासोको विषय बन्दैन । परीक्षा गुणस्तरको मानक मात्र हो, साधन होइन भन्ने यथार्थ पनि ग्रहण गर्न सकेनौं । एसएलसी परीक्षाको नतीजा राम्रो आउँदा रमाउने; नआउँदा खिन्न हुने सोच भन्दा बाहिर निस्कनै सकेनौं । हरेक वर्ष एसएलसी परीक्षाका लागि गरिने समय र स्रोतको लगानीले पनि हामी शिक्षाको गुणस्तर कहाँ खोज्दैछौं भन्ने स्पष्ट पार्छ । यही संस्कारको फाइदा लिंदै तल्ला कक्षासम्मै गाइड र गेसपेपर प्रवृत्ति फस्टाएको हो । त्यसैले; गाइड र गेसपेपरकै कारणले पनि हाम्रो शिक्षामा प्रणालीगत सुधार गर्नु अत्यावश्यक भइसक्यो ।  
विद्यार्थीमा गाइड र गेसपेपर प्रवृत्तिको विकास हुनुमा शिक्षकको प्रत्यक्ष भूमिकालाई नकार्न मिल्दैन । शिक्षकहरूले पाठ्यसामग्री सरह कक्षाकोठामा खुलेआम गाइड नै पढाउने गरेका समाचार आउने गरेका छन् । यसरी गाइडका कारण, विद्यार्थी मात्र नभई शिक्षकले पनि मिहिनेत गर्नु नपर्ने प्रवृत्तिको विकास शिक्षाका लागि निश्चित रूपमा घातक हो । त्यसैले यस्तो प्रवृत्तिको विकासलाई निरूत्साहित गरिनैपर्छ । तर गाइडको प्रयोग रोग होइन, रोगको लक्षण मात्र हो । प्राथमिक तहका कक्षामा समेत गाइडको बढ्दो प्रयोग निश्चित रूपले चिन्ताको विषय हो ।

तसर्थ अब, शैक्षिक गुणस्तरको लागि एसएलसी या माथिल्ला कक्षामा ध्यानकेन्द्रित गर्न छोडेर साना कक्षातिर लाग्नु जरूरी छ । शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि हामीसँग यही एक मात्र उपाय बाँकी छ । तल्ला कक्षाहरूमा हुने पढाइमा बढीभन्दा बढी ध्यान दिऊँ । किनकि तल्लो कक्षाको सिकाइले जग बसाल्ने काम गर्छ । पछिसम्मका लागि सिक्ने र सिक्नका लागि मिहिनेत गर्ने बानी बसाल्ने काम गर्छ ।

सामाजिक रूपान्तरण एउटा नियमित प्रक्रिया हो जुन विविध घटनाक्रमहरूबाट प्रभावित भइरहेको हुन्छ । गाइड–गेसपेपर जस्ता प्रवृत्तिहरू देखा पर्र्नु नौलो कुरा होइन । त्यसलाई कसरी फेस गर्छौं त्यो महŒवपूर्ण हो । एकथरी यस्ता प्रवृृत्तिलाई समाजमा विकृति भिœयाएको भन्ने गर्छन् । तर समाजको विकास यस्ता प्रवृत्तिहरूको सामना गरेर मात्रै सम्भव हुन्छ ।

commercial commercial commercial commercial