‘शुद्ध वर्णविन्यासको ज्यान, नेपालको संविधान !’

नेपाली भाषाको वर्णविन्यासमा अनधिकृत हस्तक्षेप गरेर भाँडभैलो मच्चाउने दुष्प्रयास नयाँ होइन । यसै क्रममा नेपाल प्रज्ञा प्रतिष्ठान तथा त्रिभुवन विश्वविद्यालयसित सम्बद्ध नेपाली भाषाका प्रमुखहरू लगायत कतिपय प्रा.डा.हरूले राज्यसत्ताको आडमा वि.सं. २०६७ देखि उक्त भाँडभैलोलाई थप विस्तारित गरेछन् । त्यसविरुद्ध नेपाली भाषा प्रयोगकर्ताहरूको आक्रोश उर्लिएपछि शुरू भएको उक्त दुई संस्थाहरूबीचको दन्तबझन अहिले जगहँसाइको विषय बन्दै गएको छ । यसैबीच २०७२ असोज ३ गते संविधानसभाबाट ‘नेपालको संविधान’ जारी भयो । यस्तो भाषिक संक्रमणकालमा जारी भएको संविधानको भाषा र वर्णविन्यास कस्तो आउला भन्ने आशङ्का तथा कौतूहल जनमानसमा थियो ।

तर, धेरैको आशङ्का विपरीत नयाँ संविधानमा शब्दहरूको साबिक शुद्ध हिज्जे नै प्रयोग भएको पाइयो । संविधानका सबै पृष्ठमा परम्परागत रूपमा सबै प्रयोगकर्ताले अँगालेको, हाम्रा स्वनामधन्य लेखक–साहित्यकारहरूले स्वीकारेको हिज्जे रहेका (साविकदेखि सर्वस्वीकार्य तथा शुद्ध मानिएका) चिरपरिचित शब्दहरू नै रहेछन् । संविधानलाई कुनै अनिष्टले छुन सकेनछ, त्यो परम्परित शुद्ध वर्णविन्यास नै अँगालेर लेखिएको रहेछ । घरका भित्ताहरू चर्केर भत्के पनि मूल खाँबो जस्ताको तस्तै खडा रहेछ । हे करुणानिधान, कसरी बचेछ नि संविधान !

संविधानमा रहेका कतिपय शब्दहरू यस्ता छन्—
१. शुरू वा बीचमा दीर्घ ई वा ऊ हुने शब्दहरू— कानून, शहीद, बीच, नीलो, तरीका, खरीद, जीउ, सीप, जमीन, बीउ, पूँजी, गरीबी, तीस, महीना, तीन, पैंतीस, पच्चीस, नसीहत, बीस, छानबीन, वकील; छुवाछूत, कानूनी, पूरा, फूल, जासूसी, थारू, लागू, कसूर, कसूरदार, मजदूर, खेलकूद, चालू, महसूल, असूल, मौजूदा आदि ।
        (नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोश (ने.बृ.श.) मा भने माथिका शब्दलाई यसरी विरूप बनाइएको छ— सहिद, बिच, निलो, तरिका, खरिद, जिउ, सिप, जमिन, बिउ, पुँजी, गरिबी, तिस, महिना, तिन, पैंतिस, पच्चिस, नसिहत, बिस, छानबिन, वकिल; छुवाछुत, कानुनी, पुरा, फुल, जासुसी, थारु, लागु, कसुर, कसुरदार, मजदुर, खेलकुद, चालु, महसुल, असुल, मौजुदा आदि ।)
२.    तालव्य अर्थात् मोटो श हुने शब्दहरू— शहीद, निशान, एशियाली, पेशा, शर्त, मधेशी, सशर्त, दश, पेश्की, शुरू, पेश आदि ।
    (यी शब्दलाई ने.बृ.श.मा यसरी विरूप बनाइएको छ— सहिद, निसान, एसियाली, पेसा, सर्त, मधेसी, ससर्त, दस, पेस्की, सुरु, पेस आदि ।)
३.    संयुक्त अक्षर हुने शब्दहरू— समृद्धि, झ्ण्डा, अंकित, विद्वेष, लिंग, उद्योग, मुद्दा, ठट्टा, विद्यालय, द्वन्द्व आदि ।
        (उपर्युक्त शब्दहरूलाई ने.बृ.श.मा यसरी विरूप बनाइएको छ— समृद्धि, झ्न्डा, अङ्कित, विद्वेष, लिङ्ग, उद्योग, मुद्दा, ठट्टा, विद्यालय, द्वन्द्व आदि ।)
४.    व अक्षर हुने शब्द— विना ।
        (माथिको शब्दलाई ने.बृ.श.मा यसरी विरूप बनाइएको छ— बिना ।)
५.    नाम, सर्वनाम आदिपछि जोडिएर बहुवचन अर्थ बुझउने प्रत्यय— हरू ।

(यसलाई ने.बृ.श.मा ह्रस्व पारेर यसरी विरूप बनाइएको छ— हरु ।)

नेपाली भाषा, साहित्य र समग्र वाङ्मयलाई आजको उँचाइमा पु¥याउने महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्यसम्राट् बालकृष्ण सम, कविशिरोमणि लेखनाथ पौड्याल, कवि गोपालप्रसाद रिमाल, कवि भूपि शेरचन, साहित्यकार कृष्णचन्द्रसिंह प्रधान लगायतका मनीषीहरूले प्रयोग गरेका मानक शब्द हुन् यी । आजका प्रतिष्ठित साहित्यकार, लेखक, न्यायकर्मी, पत्रकार आदिले यिनै शब्दको प्रयोग गरिरहेका छन् । समग्र तराई क्षेत्रले यी शब्द यस्तै हिज्जेमा प्रयोग गरिरहेको छ । नेपाल बाहिर विभिन्न देशमा छरिएर रहेका करोडौं नेपालीले पनि यी शब्द हिजोदेखि आजसम्म यस्तै रूपमा प्रयोग गरिरहेका छन् । तर प्रज्ञा प्रतिष्ठान र त्रिविवाला वmेही ‘विद्वान्’हरूले यी शब्दको हिज्जे बिगारेर अर्थात् दीर्घ ईकार–ऊकारलाई ह्रस्व इकार–उकार, ‘श’ लाई ‘स’ अनि ‘व’ लाई ‘ब’ बनाएर, समग्रमा शब्दहरूलाई विरूप बनाएर लेख्ने गरेका छन् । बिगारेर लेख्न उर्दी जारी गरेका छन् । अनि, केटाकेटीलाई पढाउने पाठ्यक्रममा समावेश गरिएका देवकोटा लगायत प्रतिष्ठित साहित्यकारका रचनालाई उनीहरूले प्रयोग गरेको हिज्जे बिगारेर, अशुद्ध बनाएर (तिनको बौद्धिक अधिकारको हनन तथा अपमान गर्दै) विकृत रूप प्रयोग गरी पढाउने गरेका छन् । यो अनधिकृत कृत्य र अराजकताले नेपाली भाषा रोएको छ, नेपाली भाषाप्रेमी रोएका छन् । तर हाम्रो संविधानले शब्दको शुद्ध हिज्जे र शुद्ध रूपलाई स्वीकार गरेको छ । यस्तो देख्ता कुन नेपालीको छाती गर्वले चौडा नहोला र ?

सुधारको शुरूआत
त्यति मात्र होइन, बाल मैत्री, महिला मैत्री, वातावरण मैत्री, पर्यावरण मैत्री जस्तो अशुद्ध भाषा समेत यस संविधानमा छैन । ‘मैत्री’ शब्द संज्ञा वा नाम हो र यसको अर्थ ‘मित्रता’ हो । माथिका शब्दावलीहरूमा भन्न खोजिएको चाहिं ‘मित्रतापूर्ण’ हो र यो शब्द ‘मित्रता’ बाट बनेको विशेषण हो । भन्ने नै हो भने त यो शब्द अंग्रेजी ‘फ्रेन्ड्लि’ को अनुवाद हो । त्यसलाई ‘मित्रतापूर्ण’ त भन्न सकिएला, तर ‘मित्रता’ भन्न पटक्कै मिल्दैन ।

तर, हाम्रा नेपालीका प्रा.डा.हरू ‘विद्यार्थी मैत्री, प्रविधि मैत्री’ जस्ता अशुद्ध शब्द (नामलाई विशेषण जस्तो ठानेर) चलाइरहेका छन् । २०७३ असोज १५ को अन्नपूर्ण पोस्ट मा प्रकाशित त्रिभुवन विश्वविद्यालयको नेपाली विभागका अध्यक्ष प्रा.डा. देवीप्रसाद गौतमकै लेखमा पनि यस्ता शब्दको प्रयोग भएको छ । उता, प्रज्ञा प्रतिष्ठानका भाषाधिकारी प्राज्ञ–प्रा.डा. हेमाङ्ग राज अधिकारीका लेख पनि (रचना पूर्णाङ्क ११८; कान्तिपुर २०७३ भदौ ८) यस्तै अशुद्ध शब्दबाट सुशोभित ( ?) हुँदै आएका छन् ।

त्रिवि नेपाली केन्द्रीय विभागको भाषाको त झ्न् के कुरा गर्नु ? उक्त विभागको ‘पूर्ण’ बैठकले यही २०७३ असोज १४ मा भाषाबारे गरेको निर्णय भनी हालै सार्वजनिक गरिएको अभिलेखमा ‘पुस्तकाकार रूपमा’ जस्तो हास्यास्पद शब्दावली निर्धक्क प्रयोग गरिएको छ । यस्ता ठाउँमा ‘आकार’ र ‘रूप’ दुवै शब्दको प्रयोग गर्नु पुनरुक्ति हो; कि ‘पुस्तकाकारमा’, नत्र ‘पुस्तकका रूपमा’ भने पुग्छ भन्ने सामान्य विद्यार्थीले समेत बुझन सक्ने कुरा त्यत्रो नेपाली विभाग र त्यसको पूर्ण बैठकमा उपस्थित अढाइ दर्जन प्रा.डा.हरूमध्ये कसैलाई पनि अत्तोपत्तो नहुनु कति लज्जाजनक विषय हो ! यसमा सहानुभूति बाहेक के नै व्यक्त गर्न सकिन्छ र ?

हाम्रो संविधानले यस्ता भाषिक गल्ती अँगालेकोे छैन । ‘वातावरण मैत्री’ को सट्टा ‘वातावरण अनुकूल’ लेखिएको छ जुन शुद्ध छ । अरू शब्द पनि यसै गरी शुद्ध लेखिएका छन् । प्रज्ञा प्रतिष्ठान र त्रिविवालाहरूले सिके हुन्छ ।

‘संविधानकै भाषा गलत’ उपशीर्षकमा प्रज्ञा प्रतिष्ठानको भनाइ नागरिक दैनिकको २०७३ असोज १४ को अङ्कमा प्रकाशित छ । उसले हाम्रो संविधानमा रहेका, आम नेपाली प्रयोगकर्ता तथा प्रतिष्ठित लेखक–साहित्यकारहरूले चलाउँदै आएका शुद्ध शब्दको वर्णविन्यासलाई बिग्रेको र गलत देख्नु चाहिं साँच्चै आश्चर्यको विषय भएको छ । हुन त ‘प्राज्ञ = प्र + अज्ञ’ हुन्छ, तर ‘यसमा रहेका अक्षर–अक्षर केलाएर गूढ अर्थ बुझने सामथ्र्य ममा छैन’ भनिदिएपछि टन्टै सिद्धियो ! अथवा, वास्तविक ‘प्रज्ञा’ गुमाइसकेको व्यक्तिको सही उपचार गर्नुप¥यो भने उसलाई तुरुन्तै ‘प्राज्ञ’ बनाइदिनु चाहिं अत्यन्त उपयुक्त कार्य हुन सक्छ भन्ने पो आम नेपाली–भाषा–प्रयोगकर्ताले बुझनुपर्ने हो कि ?

धन्न, जनप्रतिनिधिहरूले प्रज्ञा प्रतिष्ठानलाई संविधानको भाषा हेर्ने जिम्मा दिएनछन् । उसका वmुरा पत्याएनछन्, स्वीकार गरेनछन् र पो संविधान विरूप हिज्जेको शिकार हुनबाट अनि ‘संयुक्त अक्षरका खुट्टा काट्ने’ नाममा चलाइएको अर्को अराजकताबाट समेत जोगिएछ । नत्र यस्तो हुन्थ्यो होला संविधानको प्रस्तावना—

“हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता; नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै, राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि ... ।”

कति हास्यास्पद हुन्थ्यो होला यो !

प्रज्ञा प्रतिष्ठान तथा त्रिविले वर्णविन्यासमाथि भाँडभैलो मच्चाइरहेका बेला पनि शिक्षक र हिमाल जस्ता लोकप्रिय तथा गम्भीर पत्रिका; रचना र अभिव्यक्ति जस्ता स्तरीय साहित्यिक पत्रिका; मदन पुरस्कार गुठीबाट प्रकाशित हुने नेपाली र भारतको बनारसबाट प्रकाशित हुने उदय जस्ता ऐतिहासिक साहित्यिक पत्रिका आदिले वर्णविन्यास बिगार्न उक्साउने उनीहरूका वmुरामा टेरपुच्छर लगाएनन् । यसै गरी सर्वोच्च अदालतको नेपाल कानून पत्रिका (मासिक), कानून व्यवसायी क्लबको कानून (द्वैमासिक) तथा कानून किताब व्यवस्था समिति (सरकारी प्रकाशन) बाट प्रकाशित हुने ऐन तथा नियम आदिले समेत परम्परागत शालीन तथा शिष्ट, शुद्ध वर्णविन्यास नै प्रयोग गर्दै आएका छन् । वास्तविक ‘प्राज्ञ’ र ‘विज्ञ’ क्षेत्रले अशुद्धिलाई किन स्वीकाथ्र्यो र !

आज गम्भीर प्रश्न उठेको छ— आफू शुद्ध र अशुद्ध भाषाको छ्यानब्यान गर्न नसक्ने, अशुद्ध र अस्वीकार्य हिज्जे जबर्जस्ती लाद्न खोज्ने अनि संविधानको शुद्ध र सर्वस्वीकार्य भाषालाई गलत देख्ने प्रज्ञा प्रतिष्ठान र यस वृmत्यमा निरन्तर उससँग काँधमा काँध मिलाउँदै आएको त्रिभुवन विश्वविद्यालयप्रति नेपाली भाषापे्रमीहरू हाँस्ने कि रुने ?

यद्यपि, भाषिक विकृतिका विरुद्ध नेपाली–भाषा–प्रयोगकर्ताहरूको आक्रोश उर्लिएको देखेपछि, अप्रत्याशित स्वीकारोक्तिसहित वि.सं. २०७३ भदौ १६ गतेका दिन त्रिभुवन विश्वविद्यालय नेपाली वmेन्द्रीय विभागका (अध्यक्षसहित) सत्ताईसमध्ये पच्चीस प्राध्यापकहरू (अर्थात् ९२.६ प्रतिशत) बाट शिष्ट परम्पराको साबिक वर्णविन्यासको नै समर्थन गर्दै विज्ञप्ति प्रकाशित भएको छ । स्मरणीय छ— उहाँहरूमध्ये कतिपय प्राध्यापक भने यसअघि विवादित वर्णविन्यासकै पक्षधर र प्रवद्र्धक रहँदै आउनुभएको थियो । कुनै बेला आफूले गलत बाटो अँगालेको भए पनि सत्यको बोध भएपछि सही बाटोमा आउनु विद्वान्को लक्षण भएकाले उहाँहरूको विज्ञप्ति स्वागतयोग्य नै छ ।

यसरी, हालै कतिपय कुरामा त्रिविको नेपाली विभागले सही बाटो पक्रन सुरसार गरेको देखिंदै आएको भए तापनि दीर्घ ‘ईकार–ऊकार’ लाई ह्रस्व, ‘श’ लाई ‘स’ अनि ‘व’ लाई ‘ब’ बनाउने मुख्य विकृतिविरुद्ध ऊ आज पनि मुखमा दही जमाएरै बसिरहेको छ । विकृतिको मूल जरो यथावत् राखेर हाँगाबिंगा मात्र छिमल्न ताउरमाउर गर्नेलाई के भन्ने ?

महागुरुहरूको आत्मालोचना
वर्णविन्यासमा विकृति र समस्या यसमा गरिएको अनधिकृत हस्तक्षेपका कारण शुरू भएको हो र त्यसको बीजारोपण आजभन्दा चार दशकअघि २०३४–३५ सालमा भएको हो । त्यस वेला नेपालीका वरिष्ठ गुरुहरूले आफ्ना गलत निर्णयका कारण नेपाली भाषामा यस्तो अराजकता मच्चिएला भनेर शायद सोच्नुभएको थिएन । तर आजभन्दा पाँच वर्षअघि यो अराजकताविरुद्ध नेपाली–भाषा–प्रयोगकर्ता जागेर ललितपुर घोषणापत्र (२०६९) जारी गरेपछि र त्यसको लगत्तै नेकशुले–२०६९ जारी भएको परिप्रेक्ष्यमा नेपालीका महागुरुहरू पनि आत्मसमीक्षा र आत्मालोचना गर्न बिल्कुलै हिचकिचाउनुभएन ।

प्रा. कुमारबहादुर जोशीले भन्नुभयो— ‘कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा’ भनेझ्ैं २०३५ सालमा बनाइएका दुई अपरिपक्व नियमले नै नेपाली भाषाको हिज्जेमा देखा परेको आजको भाँडभैलोमा मुख्य भूमिका खेलेका छन् । ...तिनको निर्माणमा त्रिवि शिक्षकको हैसियतले मेरो पनि प्रत्यक्ष–परोक्ष संलग्नता रहेको नाताले जति अंशको दोष मेरो भागमा पर्छ, त्यो स्वीकार्दै आत्मालोचना गर्न चाहन्छु ।’ (कान्तिपुर २०६९ वैशाख २०)    

वि.सं. २०३४–३५ सालको त्यही प्रसंग कोट्याउँदै नेपाली भाषाशास्त्रीका भीष्मपितामह प्रा.बालकृष्ण पोखरेलले आफैंमाथि कटाक्ष गर्नुभयो— ‘झ्र्रोवाद अनुरूप नेपाली हिज्जेको रूपान्तरण गराउनलाई त्रिभुवन विश्वविद्यालय मार्फत विराटनगर, पाल्पा, पोखरा र काठमाडौंमा विशेषज्ञको टोली घुमाउने परम्पराका सूत्रधारहरू मध्ये अग्रणी मै थिएँ क्यार ।’ र, तीन दशक अगाडि आफ्नो नेतृत्वमा शुरू गरिएको हिज्जेमाथिको आक्रमणलाई पापको संज्ञा दिंदै वहाँले भन्नुभयो— “संवत् २०४० मा हामी झ्र्रोवादीहरू संस्कृत तत्सम बाहेक अन्य भाषाबाट आएका शहर, कानून, मालूम, वकील, रसीद, जादू, जासूस, शायद आदि शब्दलाई नेपाली भोटो लगाइदिएर तद्भवीकृत नगरे अशुद्ध घोषित गथ्र्यौं । त्यसवेला मद्वारा शतप्रतिशत निर्देशित र १५% घुँडाधस शैलीमा सम्पादित ‘बृहत् नेपाली शब्दकोश’को यो पापको ‘नेकशुले–२०६९’ मार्फत मैले प्रायश्चित गरेको छु ।” हिज्जेको ताण्डव नृत्य मच्चाउने आफ्ना चेलाहरूलाई वहाँले सचेत गराउनुभएको छ— “सरलता र एकरूपताका नाममा नेपाली भाषालाई संकीर्ण, अनुदार, असहिष्णु एवम् एकाधिकारी प्रकृतितर्फ घिच्याउने र भाषिक कलहको बीउ रोप्ने अधिकार कसैलाई छैन ।” (कान्तिपुर, २०६९ असार ९)

यसबाट के कुरा स्वतः स्पष्ट हुन्छ भने ‘नेपाली बृहत् शब्दकोश’ को उक्त प्रथम संस्करणमा तद्भवीकरणका नाममा शहर, कानून, वकील जस्ता ‘आगन्तुक’ शब्दको दीर्घ ईकार–ऊकारलाई ह्रस्व र ‘श’ लाई ‘स’ बनाउने काम जबर्जस्ती गरिएको थियो र त्यो नेपाली भाषाविरुद्ध अन्याय मात्र नभएर अपराध वा पाप नै थियो भन्ने कुरा उक्त ‘नियम’ का जन्मदाता र शब्दकोशकारहरू स्वयंले सार्वजनिक रूपमा स्वीकार गरिसक्नुभएको छ । तथापि यस प्रकारको गल्तीबाहेक उक्त शब्दकोश सामान्यतः सही छ । यस पृष्ठभूमिमा सारांशमा के भन्न सकिन्छ भने प्रा. बालकृष्ण पोखरेल निर्देशक रहेको सम्पादक–मण्डलद्वारा सम्पादित नेपाली बृहत् शब्दकोश (प्रथम संस्करण २०४०) बाहेकका संस्करणलाई आम नेपाली भाषा प्रयोगकर्ताले कुनै हालतमा पनि स्वीकार्ने छैनन् भन्ने वmुरा हाल (२०७३ भदौ १६ का दिन विज्ञप्ति निकालेर) भाषा अभियान सञ्चालन गर्न थालेका प्रा.डा.हरूले राम्ररी हेक्का राख्नुपर्ने हुन्छ ।

यहाँनेर ‘नेपाली भाषा बचाऔं अभियान २०७२’ को प्रसङ्ग पनि उल्लेख गर्नैपर्ने हुन्छ (यस अभियानलाई कसै–कसैले ‘श.ब.चू अभियान’ भन्ने नाम पनि दिएका छन्) । नेपाली शब्दको वर्णविन्यास वा हिज्जेमा विकृति लादिएपछि त्यसको प्रतिकारस्वरूप प्रस्तुत गरिएका (१) नेपाली शब्दको दुर्दशा फूलको माला क्या मज्जा (२०७१ फागुन १), (२) गौतम व्यावहारिक नेपाली शब्दकोश (२०७२ मंसीर २६), (३) नेपाली शुद्धाशुद्धि ज्ञान (२०७३ वैशाख ४) र (४) विवादित वर्णविन्यासको नेपाली शब्दकोश (२०७३ असोज १४) आदि पुस्तकहरू (कोष्ठकमा दिइएका मितिमा) लोकार्पण भएका हुन् ।

सभासद्लाई धन्यवाद
हाम्रो संविधानले नेपालका सबै जाति, जनजाति र भाषाभाषीको अस्मिता तथा पहिचानको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र तदनुरूप संवैधानिक व्यवस्था पनि गरेको छ । यो समयको आवाज हो, समस्त नेपालीले स्वीकार गरेको कुरा हो ।

अस्मिता तथा पहिचानको एउटा मूल आधार भाषा नै हो । तर प्रज्ञा प्रतिष्ठान र त्रिविवालाहरूले तराई लगायत नेपालका विविध क्षेत्रका विभिन्न भाषाभाषीले प्रयोग गर्दै आएका शुद्ध शब्दको शुद्ध हिज्जे जबर्जस्ती बिगारेर उनीहरूको हृदयमा चोट पु¥याएका छन्, अस्मिता र पहिचानमा धावा बोलेका छन् ।

तिनले विकृत पारेको हिज्जे हाम्रो संविधानले स्वीकारेको भए भाषागत रूपमा संविधानको मर्ममाथि ठूलो आघात पर्नेथियो । यही बुझ्ेर हुनुपर्छ, संविधानसभाका सभासद् र संविधान निर्माणमा सक्रिय समितिहरूले प्रज्ञा प्रतिष्ठानले लादेको विकृत हिज्जेलाई संविधानमा स्थान दिएनछन् । नत्र, भाषागत रूपमा हाम्रो संविधान देशभर आक्रोश, विवाद र विरोधको विषय बन्नेथियो । प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको ‘नेपाली बृहत् शब्दकोश’ को वर्णविन्यास आज जसरी देशभर आक्रोशको विषय बनेको छ, अरू त अरू त्रिविकै नेपाली विभागले पनि जसरी खुलेर त्यसको सार्वजनिक आलोचना र विरोध गर्दै त्यसलाई अमान्य ठहर गरिरहेको छ— विकृत वर्णविन्यास अँगालेको भए यो संविधान पनि त्यसै गरी भाषागत आक्रोश, विरोध र अमान्यताको भुमरीमा पर्नेथियो भन्ने स्पष्टै छ । विकृतिग्रस्त वर्णविन्यास अस्वीकार गरी शुद्ध र सर्वस्वीकार्य वर्णविन्यास प्रयोग गरेर हाम्रो संविधान त्यो विवाद र बृहत्तर अस्वीकार्यताबाट जोगिन सफल भएको छ । यसका लागि भाषाप्रेमी हामी सबैले संविधानसभा र त्यसमा रहेका सभासद्हरूलाई जति धन्यवाद दिए पनि कम हुन्छ । यस क्रममा, संविधानको भाषा साविकझ्ैं शुद्ध रूपमा राख्नका लागि, संविधानसभाद्वारा सक्षम भाषाविद् मानेर पत्याइएका विद्वान् शरच्चन्द्र वस्तीले निर्वाह गर्नुभएको भूमिका अत्यन्त सराहनीय छ । नेपालभित्र र बाहिरका समेत सारा नेपालीको मन जित्न सफल हुनुहुने उहाँ धन्यवादका पात्र हुनुहुन्छ ।

संविधान भनेको राष्ट्रको सर्वोच्च कानून हो । सम्पूर्ण नेपाली जनताको सामूहिक भावनाको उच्चतम आधिकारिक अभिव्यक्ति हो । संविधानको मर्म र आशय मात्र होइन, यसमा प्रयुक्त भाषा, वाक्य, शब्द, शब्दावली, शब्दहरूको स्वरूप, धारा, उपधारा, अल्पविराम (कमा), पूर्णविराम (फुल स्टप) सबै–सबैको समष्टि नै संविधान हो । कुनै पनि दृष्टिले र कुनै पनि रूपमा संविधानको अवज्ञा वा अपहेलना अवाञ्छनीय एवं असंवैधानिक हुन्छ । यहाँनेर प्रश्न उठ्नु स्वाभाविक छ— परम्परागत रूपमा सर्वस्वीकार्य रहिआएका शब्दहरूलाई संविधानले स्वीकारेको छ भने तिनको वर्णविन्यास (वा हिज्जे) विरूप पार्ने अधिकार कुनै संस्था, संस्थाहरू वा तिनका पदाधिकारीलाई हुन्छ ? संविधानको कुनै पनि कुरामा कुनै पनि किसिमको संशोधन वा परिवर्तन संसद्को दुवै सदनका कम्तीमा दुईतिहाइ सदस्यको बहुमतबाट मात्र सम्भव हुन सक्छ भने तिनलाई कसैले आफ्नो लहडबाजीमा फेरबदल (वा अवज्ञा) गर्ने कार्य संविधानको बर्खिलाफमा हुन्छ कि हुँदैन ?

प्रज्ञा ठूलो कि प्राज्ञ ?
यसो गमिहेर्नोस् त, नेपाली वाङ्मयका दिवंगत विभूतिहरू ‘प्रज्ञा’ र ‘त्रिवि’ ले मच्चाएको भाषिक भाँडभैलोबाट त्यस लोकमा पनि कति आहत भएका होलान् ! शायद, महाकवि लक्ष्मीप्रसाद देवकोटा आफ्नो अमर कृति ‘मुनामदन’ को लोकप्रिय हरफ ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ लाई, अविदित लोकबाट मत्र्यलोकको एउटा अँध्यारो कुनामा रहेको प्रज्ञा प्रतिष्ठानतर्फ आँखा तन्काउँदै, आज यस्तो रूपमा गुनगुनाउँदा होलान्— ‘मानिस ठूलो प्रज्ञाले हुन्छ प्राज्ञले हुँदैन ।’

अथवा, आफैंले राष्ट्रभाषाका रूपमा प्रतिष्ठापित गरी नासोको रूपमा मत्र्यलोकमै सजाएर छोडेको नेपाली भाषाको सुन्दर वर्णविन्यास बिगार्नेहरूलाई लक्षित गर्दै उक्त हरफको लय अलिकति यताउता पारेर महाकवि यसो पो भनिरहेका होलान् कि— ‘मानिस ठूलो प्रतिष्ठाले हुन्छ प्रतिष्ठानले हुँदैन ।’

अन्त्यमा, प्रत्येक नेपाली–भाषाप्रेमीबाट स्वतःस्फूर्त रूपमा निस्कने आवाज यस्तो हुन सक्छ— ‘शुद्ध वर्णविन्यासको ज्यान, नेपालको संविधान !!’

commercial commercial commercial commercial