लाहुरे, शिक्षक र समाजसेवी अर्थात् इमानसिंह राई

जमेको स्थिर पानी कुवा वा पोखरीमै बसिरहन्छ । बग्दो पानी बग्दै, बग्दै टाढा पुगेर पनि अझ्ै बगिरहन्छ । पहाडको सानो धाराको तिरतिरे पानी खोल्सी, खोला र नदीहुँदै समुद्र पुगेर पनि विश्राम लिंदैन । यस्तै हो हामी मान्छेको जिन्दगी पनि । कोही हामी कुवा जस्तो जमेर जहाँको तहीं छौं भने कोही हामी धारा हुँदै बगेर समुद्रसित साक्षात्कार गर्दै स्वयं समुद्र नै भएका छौं ।

सक्रियतापूर्वक समयसित यात्रारत मान्छेहरू हेर्दाहेर्दै समुद्र भएका छन् भने अल्छे र निष्क्रिय मान्छेहरू लेउ लगाउँदै कुवामा जमिरहेका छन् । विश्वका महान् मान्छेहरू त्यत्तिकै महान् बनेका होइनन् । संघर्ष, परिश्रम, सकारात्मक सोच र निरन्तरको गतिशील प्रवाहले नै उनीहरूलाई आज यो ठाउँमा पु¥याएका हुन् । यस्तै एकजना कर्मयोगी, गाउँले किरातीको कुरा गर्न मन लाग्यो आज मलाई ।

ऊध्र्वगामी यात्रामा निरन्तर उकालो चढिरहने एउटा श्रद्घेय र प्रेरक नाम हो— इमानसिंह राई । लाहुरेका रूपमा, गुरुका रूपमा र समाजसेवीका रूपमा । एउटा त्रिआयामिक विराट व्यक्तित्व । स्थान बाम्राङ—२, सिरिसे, खोटाङ र जन्ममिति पुस १५ गते १९८२ साल । हिसाब गर्दा अहिले ठ्याक्कै ९१ वर्षका इमानसिंह राई जहाँ जन्मे त्यहीं जीवनको वार्धक्य चरण भोगिरहेका छन् । आजको जस्तो किताब, कलम, कापी, स्कूल र माष्टर कहाँ हुनु त्यो बेला । त्यो पनि बाम्राङ जस्तो अनकन्टार गाउँमा । यद्यपि ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने उखान चरितार्थ भएरै छाड्यो । खेतीपाती र गोठालो गर्दै गाउँमा आकस्मिक आएका साधु बाबासित सिकेर साउँ अक्षरदेखि चिठी, स्वस्थानी र तमसुकसम्म छिचोले इमानसिंह राईले । चार÷पाँच महीनामै कालोपाटी र ढुङ्गे खरीका भरमा यतिसम्म पढ्न–लेख्न पाउनु राईका लागि अहोभाग्य थियो । छुट्टीमा गाउँ आएका लाहुरेहरूको चहलपहल र रवाफले इमानको मन बतासियो । दोस्रो विश्वयुद्घकालीन सन् १९४४ को मंसीर महीना । गोठबाटै सुटुक्क भागेर भारतको जयनगर हुँदै लहरी शहरको भर्तीकेन्द्रमा लाहुरे लाग्दा १९ वर्षका थिए उनी । तलब रु.४१ र भत्ता रु.४ गरी मासिक रु.४५ बुझने गोर्खा पल्टनको लाहुरे भएर फुरुक्क परे इमानसिंह राई ।

सक्रियतापूर्वक तालीम र सैनिक शिक्षा लिइरहेका इमानसिंहलाई सन् १९५१ को मलाया गोरिल्ला युद्घमा गोली लाग्यो । हातका औंलामा गोली लागेको थियो । तर अनेक उपचार गर्दा पनि गोलीको घाउ निको नहुँदा उनी सारै दुःखी भए । जीवनको सबैभन्दा चिन्ताजनक क्षण यसैलाई मान्छन् राई । किनभने अब उनले फौजमा कि तल्लोस्तरको काम गर्नुपथ्र्यो कि घर फर्कनुपथ्र्यो । यद्यपि उनले उपाय निकाले र शिक्षाको सहारा लिने विचार गरे । थर्ड, सेकेण्ड र फष्ट क्लासको सैनिक शिक्षाका अतिरिक्त एड्भान्स एजुकेशन कोर्ष र प्रशिक्षक प्रशिक्षण समेत पूरा गरी सैनिकहरूलाई प्रशिक्षण र तालीम दिने ‘गुरुजी’ बने इमानसिंह राई । आफू अपाङ्ग बने पनि सैनिक तालीम र शिक्षाको सहाराले आफ्नो जीवन सार्थक र उज्यालो बनाउने दृढ संकल्प गरेका इमानसिंहले सेक्सन कमाण्डर, करपोरल, सर्जन्ट हुँदै वारन्ट अफिसरसम्म बनेर २३ वर्षको सम्मानजनक, सफल र सन्तुष्ट फौजी जीवन बिताए । ४२ वर्षको उमेरमा सन् १९६७ (२०२४ साल) मा ब्रिटिश सेनाबाट निवृत्त (पेन्सनर) उनी तालीम, शैक्षिक योग्यता, अनुभव र आधा दर्जनजति पदकहरू लिएर जन्मस्थल खोटाङ (बाम्राङ) फर्किए ।

घर पुगेको १२औं दिनमा जिल्ला शिक्षा कार्यालय खोटाङको अनुरोधमा सरस्वती मावि दिक्तेलको शिक्षक भएका इमानसिंह राई त्यही स्कूलको ९ कक्षाका विद्यार्थी पनि भए । उनको नाम शिक्षक र विद्यार्थी दुवै हाजिरी पुस्तिकामा दर्ता भयो । बिहान र बेलुकी आफू पढ्दै दिउँसो स्कूलमा अरूलाई पढाउने उनी ९ कक्षाको परीक्षामा प्रथम भए । त्यसपछि उनले धरान गएर आफ्नो पढाइलाई अगाडि बढाउने विचार गरे । त्यसबेला दिक्तेलमा १० कक्षाको पढाइ हुँदैनथ्यो र स्कूलबाट उनलाई छुटकारा पनि मिल्दैनथ्यो । अनेक अनुरोध गरेर अर्को शिक्षक खोजिदिने शर्तमा उनले पढ्न जाने अनुमति पाए । पढेर त्यही स्कूलमा पढाउन फर्कने कबोलमा इमानको भव्य बिदाइ भयो । ४३ वर्षको उमेरमा धरान झ्रेर त्रिभुवन विद्यापीठ हाईस्कूलमा १० कक्षामा भर्ना भएका उनी रात्रिकालीन कक्षामा पढ्दै दिउँसो प्राथमिक शिक्षक तालीम लिन्थे । सेन्टअप टेष्टमा दोस्रो भएका राईलाई संस्कृत विषयले एसएलसीमा लडाइदियो । खोटाङ फर्केर सावित्रा प्रावि बाम्राङको प्रअ भएर शिक्षण गरेका उनले २०२६ सालमा भोजपुर केन्द्रबाट एसएलसी पास गरे । २०२९ सालमा वीरगञ्जबाट अंग्रेजी विषयमा आई.एड. उत्तीर्ण गरी दुई वर्ष सरस्वती मावि दिक्तेलमा अंग्रेजी पढाए । शिक्षणमा मात्र होइन स्काउट, पिटी र अनुशासनका पनि इमानसिंह अब्बल गुरु थिए । त्रिवि कीर्तिपुरबाट २०३४ सालमा बी.एड. उत्तीर्ण राईले दिक्तेल हाईस्कूलमा अंग्रेजी पढाए । जिशिका खोटाङद्वारा २०३६ सालमा महेन्द्रोदय मावि डाँडागाउँ, ओख्रेको प्रअ बनाएर पठाइएका इमानसिंह राईले दिव्य १२ वर्ष कुशलतापूर्वक प्रधानाध्यापकको भूमिका निर्वाह गरी उक्त विद्यालयको कायापलट गरिदिए । चर्चित एवं प्रशंसित राईले राज्याभिषेक, महेन्द्ररत्न भूषण, दैवी प्रकोप, दीर्घसेवा, राष्ट्रिय शिक्षा जस्ता विभिन्न पदक तथा पुरस्कार हात पारे । उमेरको हदले २०४७ सालमा मावि शिक्षकबाट निवृत्त भई दोस्रो पेन्सन पकाए । बेलायती सेनाको पहिलो पेन्सन त उनले २३ वर्षपूर्व, २०२४ सालमै पकाएका थिए ।

यसरी, कर्तव्य र अनुशासनमा कहिल्यै नचुकेका सक्रिय, सफल र असल शिक्षक इमानसिंह राई त्यत्तिकै हात बाँधेर बस्न के सक्थे ? सदरमुकाममा एउटा बोर्डिङको आवश्यकता महसूस गरी २०४८ सालमा दिक्तेल बोर्डिङ स्कूल सञ्चालन गरी प्रिन्सिपल भएर २०५३ सालसम्म व्यवस्थापन सम्हाल्दै पाँच वर्ष अरू शिक्षकको भन्दा बढी पिरियड लिएर पढाए । गाउँलेको अनुरोधमा आफ्नो गाउँ बनाउने लक्ष्यका साथ गाउँ फर्केर निमाविलाई मावि बनाई सावित्रा मावि बाम्राङ (प्रस्तावित) मा अंग्रेजी पढाउँदै गर्दा २०५४ सालको स्थानीय निर्वाचनमा भारी मतले विजयी भएका राईले गाविसको अध्यक्ष पदमा पाँच वर्ष काम गरी बाम्राङको विकासमा उल्लेख्य योगदान दिए । १ बजेसम्म सावित्रा माविमा पढाएर १ बजेपछि गाविस अध्यक्षको भूमिका निर्वाह गरेका इमानसिंहले सोही अवधिमा दिक्तेल बोर्डिङ स्कूलको विव्यस अध्यक्षको जिम्मेवारी पूरा गर्न पनि बाँकी राखेनन् । २०६० सालदेखि सावित्रा मावि बाम्राङको विव्यस अध्यक्ष भएका राईले २०७० सालमा मात्र त्यो भारी बिसाए भने बोर्डिङको अध्यक्षमा २०७१ सालसम्म कायम रहे । विदेश र स्वदेश दुईतिरको पेन्सन, गाविस अध्यक्ष भत्ता, निजी शिक्षकको पारिश्रमिक र वृद्घ भत्ता समेत भ्याएका कर्मयोगी इमानसिंह राईले ८९ वर्षको उमेर (२०७१ साल) सम्म सक्रिय जीवन बिताउनु एउटा उदाहरणीय, अनुकरणीय, प्रेरणादायी र प्रशंसनीय कार्य हो भन्दा अत्युक्ति हुने छैन । उनले जस्तै सबै नेपालीले खटेर काम गर्ने हो भने हाम्रो नेपाल उहिल्यै जापान भइसक्थ्यो ।

सैनिक पृष्ठभूमिबाट शिक्षण र समाजसेवामा आएका इमानसिंह राई समय (नियमितता) र अनुशासनमा कसैसित कुनै सम्झैता गर्दैनथे । आपूm समयमै काम गर्थे र अरूलाई पनि त्यसै गराउँथे । रुल एण्ड रेगुलेशनमा निकै कठोर थिए उनी । ढिलो स्कूल आउने कतिपय शिक्षकलाई प्रअ राई घर फर्काइदिन्थे । अर्को दिनदेखि ढिलो आउन काबु हुन्थे शिक्षकहरू । कतिपय दुव्र्यसनी शिक्षकहरूलाई मादक पदार्थसित सम्बन्धविच्छेद पनि गराउन सफल भएका थिए उनी । व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर संस्थागत हितमा दिलोज्यानले लाग्ने राई प्रार्थनाको लाइनमा शारीरिक व्यायाम गराइसकेर विद्यार्थीलाई निर्देशन गर्दै नैतिक र व्यावहारिक शिक्षा दिन्थे । खेलकुद, साहित्य, हाजिरीजवाफ जस्ता अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई प्रोत्साहित गर्दै जिल्लास्तरीय प्रतियोगितामा विजयी हुने अनुकूल वातावरण बनाइदिन्थे । एकपटकको हाजिरीजवाफ प्रतियोगितामा सरस्वती मावि दिक्तेलबाट हाम्रो समूह प्रथम हुँदा पनि हाम्रा गुरुहरूले केही बोलेनन् । तृतीय स्थान हासिल गर्ने आफ्ना विद्यार्थीलाई प्रअ इमानसिंह राई लयालु होटल अगाडि भन्दैथिए— “स्याबास् ! मेरा केटाकेटीले गरेकै हो । अलिक राम्रो तयारी गरेको भए दिक्तेललाई जितेर हाम्रो ओख्रे स्कूल नै फस्ट हुन्थ्यो ! ठीकै छ, अर्कोपल्ट फस्ट हुनुपर्छ । तिमीहरूलाई भोक लाग्यो होला ! के खान्छौं ? मासु–चिउरा कि अण्डा ?”

उत्पादनशील र प्रभावकारी कार्यमा सार्थक जीवन बाँचेका इमानसिंह राईले ९० वर्षको उमेरमा २०७२ सालमा १२१ पृष्ठको आत्मकथाको संस्मरण किताब छापे— अवकाशको किनारमा नोस्टल्जिया र जीवन । बिना चश्मा, नाङ्गो आँखाले नै आफ्नो पुस्तक सबै पढेर सिध्याउने राई स्वस्थ र अझ्ै पनि सक्रिय लाग्छन् । उनको यो पुस्तक संघर्ष र कर्मयोगको अनुभूतिपरक यथार्थ दस्तावेज भएकाले आजको पुस्तालाई प्रेरणादायक, मार्गदर्शक, ऊर्जाशील, उपयोगी र ज्ञानवद्र्घक हुने कुरामा कसैको दुईमत हुने ठाउँ छैन ।

पल्टनभूमि र मातृभूमि गरी दुई खण्डमा विभाजित उक्त पुस्तक इमानसिंह राईको समग्र जिन्दगीको सिङ्गो शब्दचित्र हो । पुस्तकमा उल्लिखित कतिपय प्रसंग र घटनाका बारेमा इमानसिंह राईलाई प्रत्यक्ष भेटेर नै कुराकानी गरी जिज्ञासा मेट्ने इच्छा जागृत हुन्छ । पुस्तकान्तमा ‘भावी सन्ततिमा अन्तिम पत्र’ भनेर केही सारयुक्त, मननयोग्य र ग्रहणीय उपदेशात्मक सुझव दिएका छन् उनले ः
१.    परिश्रमको कमाइ (पैसा) फजुल खर्चमा नउडाइ उत्पादनमूलक क्षेत्रमा खर्च गर्ने,
२.    वृद्घावस्थाका लागि आफ्नो कमाइको कम्तीमा १० प्रतिशत बचत गर्ने,
३.    सन्ततिलाई उचित शिक्षा–दीक्षा दिने,
४.    वैदेशिक रोजगारमा आर्जित सीप, ज्ञान र अनुभव स्वदेशमा फर्केर सदुपयोग गर्ने,
५.    मादक पदार्थ सेवन र कुकर्म कहिल्यै नगर्ने,
६.    अनावश्यक गफ गरेर समय बर्बाद नगर्ने,
७.    आफ्नो सीप र क्षमतानुसार कर्तव्यनिष्ठ भएर घर, परिवार, समाज र राष्ट्रलाई सक्रिय योगदान दिने ।

वास्तवमा हरेक अनुभवी अभिभावकले सुझवमूलक र उपदेशात्मक जीवनोपयोगी कुराहरूको पुस्तक लेखेर आफ्ना सन्ततिलाई सचेत एवं सजग बनाउनुपर्ने पाठ पनि हामीलाई सिकाएका छन् इमानसिंह गुरुले । समयको पालना, अनुशासन, इमानदारिता, कर्तव्यनिष्ठता, परिश्रम जस्ता कुराहरूले नै उनलाई आजको सर्वोच्च स्थानमा पु¥याएका हुन् । इमानसिंह राईको जीवनीबाट हामीले सिक्न सकिने जीवनोपयोगी पाठ ः
१.    पढाइलाई उमेरले छेक्दैन– गर्नेलाई अवरोधले रोक्दैन,
२.    संसारमा असम्भव भन्ने केही हुँदैन,
३.    तँ चिता मात्र–म पु¥याउँछु,
४.    हिंडिरहने नै गन्तव्यमा पुग्छ,
५.    परिश्रमको फल मीठो हुन्छ,
६.    कर्म गर्नेलाई समयको अभाव हुँदैन,
७.    दृढ संकल्प, उत्साह र लगनशीलताले पहरो पनि सजिलै फुटाउन सकिन्छ,
८.    जीवन चम्काउने अचूक अस्त्र शिक्षा नै हो ।
लाहुरे, शिक्षक र समाजसेवी— त्रिआयामिक इमानसिंह राईबाट हामी धेरै कुरा सिक्न सक्छौं, प्रेरणा लिन सक्छौं, सकारात्मक सोचका साथ कर्तव्यनिष्ठ भएर एउटा जीवनमा धेरै असल काम गरेर अमर बन्न सक्छौं । आफूलाई फुलाउँदै, फलाउँदै जीवनलाई सुन्दर र अनुकरणीय बनाउन सक्छौं ।

(विश्वज्योति मा.वि. स्रोतकेन्द्र, लामीडाँडा, खोटाङ)

commercial commercial commercial commercial