कूट रचना र तिनको उपयोग

सीधा किसिमले झ्ट्ट नबुझ्निे खालका प्रश्नलाई कूट प्रश्न वा कूट समस्या भनिन्छ । यसलाई भाषिक क्षेत्र अनुसार भिन्न भिन्न ढंगबाट बुझ्न्छि । कहीं अत्तो थाप्ने भनिन्छ । ‘अत्तो थाप्नु’ भनेको कसैलाई समस्या दिएर अत्याउनु हो, अड्कोमा पार्नु हो । यसलाई अड्का पार्नु, अड्को थाप्नु, खुँगे पार्नु पनि भनिन्छ । यसरी अत्तो थाप्ने सन्दर्भ हरेक क्षेत्रमा आउँछन् । अत्तो थाप्ने र अत्तो फुकाउने कुरा व्यावहारिक जीवनमा कानूनी क्षेत्रमा अलि बढी आउँछन् । कुनै रोजगारीमा प्रवेश गर्दा उम्मेदवारको बौद्धिक (आईक्यू) परीक्षण गर्नका लागि अन्तर्वार्तामा यस्तै कूट अर्थात् घुमाउरा खालका प्रश्न सोध्ने गरिन्छ । साहित्यिक क्षेत्रमा बौद्धिक विनोदका लागि अत्तो थाप्ने; अत्तो फुकाउने खालका रचना सिर्जना गर्ने प्रचलन निकै पुरानो मानिन्छ । त्यसैले नीति श्लोकमा यसो भनिएको छ—

काव्यशास्त्र विनोदेन कालोगच्छति धीमतां ।
व्यसनेन च मूर्खाणां निद्रया कलहेन वा ।।

(बुद्धिमान व्यक्तिको समय काव्यशास्त्रमा रमाइलो गरेर बित्ने गर्छ । मूर्खहरूको भने कि त सुतेर समय बित्छ कि त आपसमा झ्ै–झ्गडा गरेर ।)

गुरुचेला, बाबुआमा र सन्तान बीचको प्रश्नोत्तरी अनादिकालदेखि चल्दै आएको कुरा हो । तर बौद्धिक परीक्षणका हिसाबले प्रश्नोत्तरको प्रचलन उपनिषद्कालमा शास्त्रार्थको नामले शुरू भएको पाइन्छ । वाचक्नु ऋषिकी छोरी गार्गीले भारी सभामा याज्ञवल्क्यलाई सोधिएका प्रश्न पनि अत्तो थापिएका प्रश्न हुन् (बृहदारण्यकोपनिषद्, अध्याय— ३, ब्राह्मण— ८) । गार्गीले त्यहाँ स्पष्ट भनेकी छन्— मैले दुईवटा प्रश्न सोध्छु, ती प्रश्नको सही जवाफ दिनेले ब्रह्म विषयक शास्त्रार्थमा हार्नुपर्ने छैन । यसरी नै जनकको विद्वत्सभामा अष्टावक्रका बुबा कहोड मुनिसमेतले शास्त्रार्थमा हारेर बरुणले आफ्ना लोकमा लिइगएको, पछि अष्टावक्रले शास्त्रार्थमा विजय प्राप्त गरी बुबासमेतलाई मुक्त गरेको र आफ्नो अपाङ्गता पनि बरुण देवले निको पारेको आख्यान पाइन्छ । आद्यगुरु शंकराचार्य यस्तै शास्त्रार्थमा मण्डन मिश्रकी पत्नीसँग हारेको भन्ने भनाइ पनि निकै प्रख्यात छ ।

कुनै विषयवस्तुलाई लक्षणावृत्तिले अभिव्यक्त गर्ने रचनालाई संस्कृतमा कूट रचना भनिन्छ । व्यवहारमा प्रयोग हुने कूट भाषामा छलकपट मिसिएको हुन्छ । कानूनी क्षेत्र, अन्तरदेशीय सम्बन्ध क्षेत्रमा पनि घुमाउरो भाषा प्रयोग गर्ने प्रचलन हुन्छ । साहित्यिक क्षेत्रमा भने कूट रचना अन्तर्गत देख्दा, सुन्दा नमिल्दो उल्टोजस्तो लाग्ने तर वास्तविक अर्थ गर्दा भने औचित्यपूर्ण लाग्ने सिर्जना पर्दछन् । यस्ता रचनाको पढ–लेखको अभ्यासले व्यक्तिको बौद्धिक क्षमता तथा दक्षता राम्रो हुने र चौतर्फी दृष्टि पु¥याउने खालको व्यक्तित्व विकास हुने हुन्छ । लक्षणावृत्ति अँगालेर गरिने साहित्यिक रचनालाई उच्चकोटिको रचना मानिन्छ ।

लोकसाहित्यमा गाउँखाने कथाका रूपमा यसको प्रयोग निकै गरिन्छ । लोकसाहित्यको गाउँखाने कथा विधा वास्तवमा हाजिरीजवाफ जस्तो खेल साहित्य पनि हो । गाउँखाने कथालाई दार्चुला, बैतडीतिर आने, बझङ, डोटी, दैलेखतिर ह्राउनी बात, जुम्ला, हुम्लातिर ह्राउनी साइतर भनिन्छ । यी कथा भन्दा नजान्नेले सोध्नेलाई वा भन्नेलाई गाउँ दिने चलन भएकोले गाउँखाने कथा भनिएको हो ।

अत्तो थाप्ने अभिव्यक्ति प्रायः लक्षणा शैलीमा हुने गर्छ । अभिधा शैली र व्यञ्जना शैली क्रमशः कम प्रयोग गरेको पाइन्छ । फेरि अभिधा शैलीको अभिव्यक्ति उति दमदार पनि लाग्दैन । यो त केवल समस्या जस्तो मात्र लाग्छ । अत्तो र समस्याको फरक यही हो कि समस्यामा समाधानका बाटाहरू सुझउन सकिने अवस्था हुन्छन्; भलै ती बाटाहरू अप्ठ्यारा र दुरुह हुन सक्छन् । तर अत्तोमा समाधानका बाटाहरू नै कल्पनादेखि निकै बाहिरका जस्ता लाग्ने खालका हुन्छन् । अत्तो थाप्ने संस्कारले व्यक्तिमा राम्रो मस्तिष्क झ्ञ्झ सिर्जना गर्छ जुन बौद्धिक सिर्जनाका लागि राम्रो परिवेश मानिन्छ । यसको कठिन पक्ष भनेकै वास्तविक विषयवस्तुलाई त्यससँग पटक्कै साइनो नभएका विषयवस्तुमा रूपान्तरण गरी प्रस्तुत गरिनु हो । कतिपय अवस्थामा त यो रूपान्तरण अनेक र शृंखलाबद्धसमेत हुने गर्छ । यहाँ कूट रचना अन्तर्गत पर्न सक्ने केही गाउँखाने कथा, केही प्रश्नोत्तर, केही श्लोक, गद्य कथन र भजन (निर्गुण भजन) प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

गाउँखाने कथा

भन्दा ६ गन्दा ७ के हो ?

उत्तर— छ ।

‘मेरो भैंसी पाली दे, दूध दुहेर फाली दे, दही तैंले खा, घिउ सँगाली दे’ के हो ?

उत्तर— च्यूरीको बोट । च्यूरीको रूख भैंसी, फल टिप्दा निस्कने सेतो चोप दूध दुहेको । यो चोपको कुनै वास्ता नहुनाले दुहेर फालेको भनिएको । बिजुला वा बियाँ निचोरेर भित्रको बाक्लो लेदो गुदी (दही) जुन खाइन्छ । अनि बिजुला पेलेर घिउ निकालिन्छ ।

‘एउटा मान्छे परदेश जान लाग्दा बाटो किनाराका बारीमा जौ छर्न डल्ला फुटाउने, बारी सम्याउने गर्दै थिए । ऊ विशेष कारणवश १० दिनमै त्यही बाटो घर फक्र्यो । फर्कंदा त जौ पाकेर पहेंलै भएका । सबै मिलेर धमाधम काट्न लागेका देखेर अचम्मै प¥यो । कसरी होला ?

उत्तर— जमरा । प्रश्नको लम्बे–चौडा व्याख्या श्रोतालाई अलमल्याउनका लागि मात्र हो । दश दिन, पहेंला र काट्ने भन्ने कुरा नै यसका मुख्य कुरा हुन् ।

प्रश्नोत्तर (महाभारत वनपर्वको युधिष्ठिर—यक्ष संवाद)— यो संवाद युधिष्ठिरको बौद्धिक क्षमता जाँच्न गरिएको हो । यसमा युधिष्ठिर सफल भएर आफ्ना बेहोश भएका सम्पूर्ण भाइहरू यक्षले ब्यूँताइदिएको सन्दर्भ छ । यक्षले सोधेका थुप्रै प्रश्नमध्ये यहाँ उदाहरणका रूपमा दुईवटा दिइएको छ ।

प्रश्न ः सबैभन्दा ठूलो आश्चर्य के हो ?

उत्तर—दिनदिनै मान्छे मरेको देख्दादेख्दै पनि मान्छेले आफू पनि मरुँला भन्ने नसोच्नु नै सबैभन्दा ठूलो आश्चर्य हो ।

प्रश्न ः जन्मेर पनि चेतना नहुने के हो ?

उत्तर— अण्डा

श्लोक— तलका श्लोक लोकश्रुति परम्परामा आधारित छन् । व्याकरणका दृष्टिले कतिपय अवस्थामा अशुद्ध देखिए तापनि कूट सिर्जनाका हिसाबले भने यी रमाइला छन् ।

१.
छ काना दुनु पुछडी दश गोडा मुख चार ।
विना जिह्वा मधु रस पियो कहो पण्डित विचार ?
उत्तर— बाच्छीले दूध खाँदै गर्दा गाई दुहेको ।

२.
बाह्रौं निर्जलले दशौं नजलझ्ैं विह्वल भएकी म छु ।
छैंटी छु कटी पाँच छन् भ्रू नव छन् सात चार बर्जित छु ।।
एक आठै सरी छैन ठक्कर दिने दुई झ्ैं त उन्मत्त छु ।
एघारैसरी छन् दुवै कुच प्रिये तेस्राको आस गर्दछु ।।

यो श्लोक ज्योतिषशास्त्रको सोचमा आधारित छ । यसमा एउटी नवयौवना पात्रको भावना वर्णन गरिएको छ । बडो रमाइलो किसिमले बाह्र राशिको गुण वा लक्षण यसमा प्रयोग गरिएको छ । यहाँ बाह्रौं भनेको मीन राशि अर्थात् माछो र दशौं भनेको मकर राशि अथवा गोही हो । पानी नहुँदा यी जलचरहरूको हालत जस्तो हुन्छ उसै गरी विह्वल भएकी छु भनिएको छ । छैटौं राशि कन्या हो । छैंटी छु भनेको कन्या छु अथवा अविवाहित छु भनेको हो । पाँचौं राशि सिंह हो । कटी पाँच छन् भनेको सिंहको जस्तो सानो वा छिनेको कम्मर छ भनेको हो । नवौं राशि धनु हो । भ्रू भनेको आँखीभौं भनेको हो । अर्थात् धनुषजस्ता आँखीभौं छन् भनेको हो । सात भनेको तुला राशि हो र चार भनेको कर्कट राशि हो । प्रेममा लाभहानिको वास्ता गरिन्न र त्यस्तो व्यापारिक चिन्तनदेखि पर छु भनेको हो । कर्कटले छुच्चो; निष्ठुरलाई जनाउँछ । यहाँ म त्यस्ति छैन भनेर दयालु, मायालु, सद्भाव स्वभावकी छु भन्न खोजिएको छ । एक भनेको मेष राशि हो । मेष भनेको भेडो हो । भेडोलाई लडभिड गर्ने, एकोहोरो स्वभाव अथवा निम्नकोटिको सोचको प्रतीकको रूपमा लिइन्छ । आठ भनेको वृश्चिक राशि हो अर्थात् बिच्छी । यी दुई जस्तै आपसी सद्भावमा वैमनस्यता ल्याउने विषालु छैन भनेको हो । दुई भनेको वृष राशि हो । वृष भनेको साँढे हो । बैंसमत्त साँढेजस्तै छु भनेको हो । एघार भनेको कुम्भ राशि हो । कुम्भ भनेको घैंटो हो । कुच भनेको स्तन हो । घैंटाजस्ता स्तन छन् भन्नुको अर्थ अब जवानीको उत्कर्ष बिन्दुमा छु भनेको हो । तेस्रो राशि मिथुन हो । मिथुन भनेको जोडी हो । यसको अर्थ अब वैवाहिक जीवनको शुरूआत गर्नु छ भनेको हो ।

३.
स्त्रीका तनमा सुहाउँछ त के त्यसमाथि कुन चीज रह्यो ?
गोरसका बीचमा असल कुन भयो सङ्ग्राममा के प¥यो ?
गाईका पदको त नाम कुन हो ? सन्तानको काम के ?
हे बाले यति जान्दिनौ तिमी भने हाशि तमाखु भर ।।

यस श्लोकको अन्तिम पाउका अन्तिम दुई अक्षरभन्दा अगाडिका पाँचवटा अक्षरको विस्तारित रूपले यसका सबै प्रश्नको जवाफ दिन्छ । तर सुन्दा भने ‘हाशि’ को हाँसेर, ‘तमाखु’ को सूर्तीजन्यवस्तु र ‘भर’ को चिलिममा भर्ने काम गर भन्ने अर्थ लाग्दा अनौठो सुनिने गर्छ । नारीका तनमा हार सुहाउँछ । हारमाथि शिर हुन्छ । गोरसमा सर्वोत्तम तर हुन्छ । लडाइँमा मार पर्छ । गाईका पैतालालाई खुर भनिन्छ । सन्तानको सबैभन्दा आस गर्नुपर्ने कुरा भर हो विश्वास हो ।

४.
गाभिन् गाई थिइन् कसो हुन गयो ? कुन हो जुरे जन्तुमा ?
कैले लेख्नु भयो चिठी हजुरले ? देख्नुभएथ्यो कहाँ ?
कस्तूरी मृग के भयो वनमहाँ ? नाम भाइको के अरे ?
व्यायो गोरु हिजो निजै घरमहाँ सुत्केरी भो डम्मरे ।।

यो श्लोकको जवाफ पनि श्लोकको अन्तिम पाउमा भेटिन्छ । यस्ता श्लोकको अध्ययनले सिकारुलाई समस्याको नजिकै समाधान रहेको हुन्छ, तिनलाई विवेकपूर्ण तरीकाले ठम्याउनुपर्छ भन्ने सन्देश पनि दिन्छ । माथिको श्लोकमा गर्भिणी गाई थियो के भयो होला भन्ने प्रश्नको जवाफ व्यायो हो । जुरो हुने जन्तु कुन हो भन्ने प्रश्नको जवाफ गोरु हो । कहिले चिठी लेख्नु भो भन्ने प्रश्नको जवाफ हिजो हो । कहाँ देख्नुभएथ्योे भन्ने प्रश्नको जवाफ उसकै घरमा हो । कस्तूरी मृग के भयो भन्ने प्रश्नको जवाफ सुत्केरी भो अर्थात् व्यायो हो । भाइको नाम के हो भन्ने प्रश्नको जवाफ डम्मरे हो ।

५.
कक्षेः किं मम पुस्तकं किमुदकं काव्येषु सारोदकं ।
जीवः किं तनु तन्त्रमन्त्र लिखितं सञ्जीवनं पुस्तकं ।।
गन्धः किं खलु रामरावणबधात् सङ्ग्राम गन्धोत्कटः ।
पुच्छः किं खलु ताडपत्र लिखितं हा ! हा !! गुणाढ्यो भवान् ।।

यो श्लोक दुई पण्डितबीचको संवाद हो । पण्डितले मासु खान हुन्न भन्ने प्रचलन छँदैथियो । तर यी मध्येका एक जना पण्डित लुकीछिपी मासु खान निकै जोड गर्थे । एक दिन खोलामा माझ्ीले माछा मार्दै गरेको फेला पारे । साँझ् पर्न लागेको थियो ।

पण्डित अलिकति माछा किनेर कुटुरो पारी झ्ुण्ड्याएर घर फर्कंदै थिए । बीच बाटोमा अचानक अर्का पण्डितसित जम्काभेट भयो । माछावाला पण्डित अलि आत्तिए जसरी माछाको कुटुरोलाई लुकाउने हेतुले काखीमुनि च्यापे । त्यसरी हत्पताएको देखेर अर्का पण्डितका आँखा पनि त्यही काखीमा च्यापेको कुटुरातिर तानिए । सामान्य सञ्चो बिसञ्चोको सोधपुछ पछि पण्डितले सोधे—

त्यो काखीमा के हो ?

माछा खाने पण्डितले निकै चलाखीपूर्ण तवरले जवाफ दिए—

‘मेरो किताब हो ।’ भर्खरै खोलाबाट ल्याएका माछाबाट अलिअलि पानी पनि चुहुँदै थियो । तब पण्डितले सोधे— किन पानी झ्र्दैछ त ? माछावाल पण्डितले तुरुन्तै जवाफ दिए— यस पुस्तकमा निकै रसिला काव्य सामग्री भएकोले त्यही काव्यरस

चुहेको हो । पानी होइन ।

ज्यूँदा माछा फटफटाइरहेका थिए । यो देखेर पण्डितले फेरि सोधे—

चल्छ ए ! त्यहाँ त ?

माछावालले फेरि जवाफ दिए—

हो, यस पुस्तकमा सञ्जीवनी मन्त्रहरू पनि छन् । त्यसैले चलेको हो । यो के अनौठो भयो र ?

माछाको गन्ध वरै थाहा पाएर पण्डितले जिज्ञासा राखे—

गन्हाएको जस्तो लाग्छ ए ?

माछावाल पण्डितले आश्वस्त पार्दै भने—

हो, यसमा रामरावणको लडाइँका कथाका कुराहरू छन् । लडाइँमा बगेको रगत, लास कुहेको गन्ध त आउने नै भयो नि !
पण्डितले फेरि पनि जिज्ञासा राखे—
पुच्छर जस्तो हल्लन्छ ए ?

माछावाल पण्डितले फेरि पनि जिज्ञासा शान्त पार्दै भने—
ताडपत्रमा लेखिएको हुनाले त्यसरी हल्लनु त कुन ठूलो कुरा भयो र ?

कति नै गर्दा पनि वास्तविक कुरा फुस्काउन नसकेपछि माछावाला पण्डितलाई ‘पण्डितजी तपाईं साँच्चै गुणवान् हुनुहुन्छ, सिर्जनशील हुनुहुन्छ, धन्य हुनुहुन्छ !’ भन्दै शाकाहारी पण्डित आफ्नो बाटो लागे ।  

भजन
आजभन्दा एक सय वर्षअघि अर्घाखाँचीका हर्कमणि भट्टराईद्वारा रचित निर्गुण भजनको एउटा चरण उदाहरणका लागि तल दिइएको छ । निर्गुण भजनमा प्रायः लक्षणा शैली प्रयोग गर्ने प्रचलन छ । निर्गुण भजनमा हुने अर्थ गाम्भीर्यका कारण भजन लेखकका रूपमा स्थापित पहिचान दिन निर्गुण भजन रचना गर्न सक्नुपर्छ भन्ने मान्यता प्रचलित थियो ।

अघि अघि दही जमायो पछि दुहे धेनु राम ।
जसकी बछिया गर्भमा रहिए नौनी हाट बिक्राइ राम ।।

सोझे हिसाबले हेर्दा पहिले दही जमाउने त्यसपछि गाई दुहुने, अझ् अचम्म त जुन गाई व्याएकै छैन त्यसको नौनी घिउ बजारमा बिक्री गर्ने भन्ने कुरा पटक्कै नपत्याउने खालको छ । तर हाम्रो ज्ञान धारण गर्ने प्रक्रिया पहिले नौनी बेच्ने, त्यसपछि मही पार्ने, त्यसपछि दही जमाउने, त्यसपछि दूध दुहुने, त्यसपछि गाई ब्याउने हुनेजस्तो छ । किनकि पहिले ज्ञानको सार बाँडिन्छ, यो नौनी बेचेको भयो । अनि नौनीको स्वाद चाखेपछि यो कहाँबाट आउँछ भनी खोजी हँुदा दही जमाउने प्रक्रिया बुझ्न्छि । जब दही जमाउने प्रक्रिया बुझ्न्छि अनि दूधको आवश्यकता महसूस हुन्छ र गाई दुहुने कामतिर लागिन्छ । त्यसपछि मात्र गाई ब्याउने नभै दूधको स्रोत हँुदो रहेनछ भनी ज्ञानको बाच्छोको गर्भ रहन्छ । यसरी सांसारिक व्यवहारबाट आत्मचिन्तनतिर लागिन्छ । जस्तो कि राम्रो फलेको मकैका घोगा देखेपछि सो मकैको खेती गर्ने तरीकाको सोधपुछ गर्दै बीउ खोजेर सो बीउ रोप्नतिर लागिन्छ ।

टिप्पणी
माथि उल्लेख गरिएका कूट रचनाहरू कक्षालाई रमाइलो पार्न पनि काम लाग्छन् । महाभारतका युधिष्ठिर यक्ष संवाद, श्लोक ३ र ४ शिक्षक तालीमको अवसरमा प्रयोग गर्न उत्तम हुन्छ । यी ३ र ४ श्लोकको मुख्य सार समस्याको समाधान नजिकै हुन्छ भन्ने हो । पुराना लोकश्रुति परम्परामा बाँचेका यी श्लोकलाई शुद्धाशुद्धीका कुरा र लैङ्गिक आग्रहको दृष्टिकोणले हेरिनु आवश्यक छैन ।

लेख्यरूपमा कमै पाइने यस्ता अत्तो थाप्ने कुराहरू लोकश्रुति साहित्यका जानकारसित बसेर खोतल्ने हो भने मनग्ये पाउन सकिन्छ । एउटै व्यक्तिसित र एउटै बसाइमा तयार हुन गाह्रो हुनुका कारण यस्ता कुराहरू ओझ्ेलमा परिरहेका छन् । यसका लागि धैर्यको आवश्यक हुन्छ— हजुरआमाले माटोमा पोखिएका गेडामुठा टिपेजस्तो कुरा । आजका दाइँका गोरु यहीं फुके । मालदाम्ला राखेकै छु, फेरि अर्को दाइँ गरुँला भनेर ।

commercial commercial commercial commercial