नमूना बनाउने प्रण !

तराई–मधेशका सामुदायिक विद्यालय भनेपछि प्रायः बिग्रिएका, भत्किएका, विकृति र अनियमितताको जालोमा परेका, पठन– पाठन नहुने, अभिभावक र अधिकारी हरूले वास्ता न गर्ने भन्ने नकारात्मक तस्वीर दिमागमा आउने गर्छ । तर, यस पटक हामीले राजविराज–१६ मा एउटा त्यस्तो विद्यालय फेला पारेका छौं, जसका बारेमा चर्चा गर्दा मन प्रफुल्ल हुन्छ, आस जाग्छ । अर्थात्, तराई–मधेशमा राम्रा सामुदायिक विद्यालय अझै बाँकी छन्, त्योभन्दा बढी त्यहाँ विद्यालय सुधार्न सक्षम एवं कर्मठ प्रअ, शिक्षक र अभिभावकहरू क्रियाशील पनि छन् । - (रिपोर्ट नरेन्द्र मेमोरियल जनता मावि)

राजविराज–१६ बोरियास्थित नरेन्द्र मेमोरियल जनता माविमा कक्षा ७ मा प्रथम भएर कक्षा ८ मा भर्ना हुँदा पिंकी कुमारी मण्डलको रोल नम्बर १ हुनु स्वाभाविकै थियो । तर कक्षा ८ मा पढ्न थालेको ६ महीना नबित्दै उनको रोल नम्बर ३ भयो । कक्षा ८ कै अर्का विद्यार्थी राजेश कुमार साहको रोल नम्बर ४ बाट १ हुन पुग्यो । त्यसै गरी, कक्षा ९ का प्रथम विद्यार्थी राकेश कुमार साह तेस्रो स्थानमा आए ।

पिंकी र राकेश पहिलो स्थानबाट तेस्रोमा पुग्नु र राजेश चौथो स्थानबाट पहिलो मा पुग्नु उनीहरूको पढाइको सूचक बन्यो । विद्यालयको आवधिक परीक्षामा रराम्रो गर्ने रराम्रो ‘पोजिसन’ मा र रराम्रो न गर्ने तल्लो ‘पोजिसन’ मा पुगे । नरेन्द्र मेमोरियल जनता माविमा कक्षा ६ देखि माथिका विद्यार्थीको पढाइको स्तर वर्षको दुई पटक मूल्याङ्कन हुन्छ । अर्धवार्षिक परीक्षाका आधारमा समेत विद्यार्थीको रोलक्रम तल– माथिगन थालेपछि आफ्ना छोराछोरीको पढाइ बारे अभिभावकहरूमा समेत चासो बढेको पाइएको छ । विद्यार्थी पढाइमा पछाडि परेको जानकारी पाएलगत्तैगत वर्ष कक्षा ८ की विष्णुपुर गाउँपालिका–५ की पिंकीका पिता श्याम कुमार र माता शोभादेवी दुवै जना विद्यालय आएर छोरीको रोलनम्बर पछि पर्नुको कारण बारेमा चासो लिएको सम्झन्छिन् विद्यालयका प्रधानाध्यापक खिलानाथगौतम । प्रअगौतम भन्छन्, “आफ्नी छोरीको पढाइ रराम्रो हुँदाहुँदै पनि किन रोल नम्बर पछाडि पारिएको भन्दै उहाँहरूले असन्तुष्टि जनाउनुभयो । हामीले पिंकीले अर्धवार्षिक परीक्षामा लेखेको उत्तर पुस्तिका देखाएपछि उहाँहरूको चित्त बुझयो ।”

सामान्यतया वार्षिक परीक्षामा पहिला, दोस्रा भएपछि अथवा बीसौं–तीसौं रोलक्रमको कमजोर सूचीमा परेपछि विद्यार्थीहरूले एक वर्षसम्म आफूलाई पहिला, दोस्रा अथवा कमजोर नै ठानिरहने गरेको पाइन्छ । यस्तो परम्परागत मान्यतालाई भत्काएर वर्षैभरि मिहिनेत गर्नु पर्ने वातावरण बनाउनका लागि विद्यालयले वर्षमा दुई पटक विद्यार्थीको पढाइ मूल्याङ्कन गर्न शुरू गरेको प्रअगौतमको कथन छ । प्रअगौतमले वर्षको तीन पटक परीक्षा लिने गरिए पनि त्रैमासिक र अर्धवार्षिक परीक्षाको नतिजाको आधारमा वर्षको मध्यान्तरतिर मात्र पुनः रोल नम्बर मिलाउने गरिएको बताए । यसो गर्न थालिएपछि विद्यार्थीहरूबीच पढाइको निम्ति प्रतिस्पर्धा शुरू भएको अनुभव उनको छ ।

“आफ्ना छोरा वा छोरी १ रोल नम्बरबाट ३ मा वा ३० बाट १५ मा पुगेपछि त अभिभावकको पनि चासो बढ्ने नै भयो” प्रअगौतम भन्छन्, “अभिभावकहरू आफ्ना विद्यार्थीले रराम्रो गरे अझ् रराम्रो गर्न र नरराम्रो गरे राम्ररी पढ्न प्रेरित गरिरहेका छन् ।” स्थानीय शिक्षासेवी मुरलीप्रसाद यादव पनि वर्षको दुई पटक मूल्याङ्कन गर्न शुरू गरे पछि विद्यार्थीहरूमा पढ्ने प्रतिस्पर्धा शुरू भएको अनुभव सुनाउँछन् ।

तराई मधेशका अधिकांश सामुदायिक विद्यालयको पठनपाठनको स्तर धेरै तलगइसक्दा यो विद्यालय भने आफ्नो पठनपाठन सुधार्न र माथि उठाउन राम्रैसँग लागिपरेको छ । “विद्यालयका प्रअ, शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, स्थानीय राजनीतिज्ञ सबै जना सकारात्मक सोचका साथ अगाडि बढेपछि यो मुलुककै रराम्रो विद्यालय बन्ने तरखरमा लागेको पाइन्छ”, सप्तरी शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दोलराज पाण्डे भन्छन्

सप्तरीका कैयन् पुराना विद्यालयहरू पछाडि पर्दै गएको देखि ए तापनि २०३६ सालमा स्थापना भएको यो विद्यालयले राम्ररी पढाउने र विद्यार्थी टिकाउने मामिलामा सुनाम कमाउँदै गएको छ । त्यहाँका शिक्षक उमेश कुमार यादव सामुदायिक स्तर बाट शिक्षाप्रेमीको सहयोग, अभिभावकको चासो र सक्रियता, प्रअको जिम्मेवारी बहन तथा शिक्षकहरूले दायित्व निर्वाह गरिरहेकाले विद्यालय रराम्रो बनेको सुनाउँछन् ।

भाग्न नदिने काइदाः खाजा र हाजिरी

मधेशका अधिकांश विद्यालयको एउटा अवस्था छर्लङ्ग देखिन्छ– हाजिरी रजिष्टरमा धेरैको नाम तर कक्षामा उपस्थित त्योभन्दा धेरै न्यून । प्रायः हरेक विद्यालयमा देखि ने यो समस्या नरेन्द्र मेमोरियल जनता माविमा भने छैन । कारण हो कडा निगरानी । प्रअगौतम भन्छन्, “केही वर्ष अघिसम्म हामीकहाँ पनि विद्यार्थीहरू टिफिनमै भाग्ने गरेका थिए तर अहिले भाग्दैनन् ।” यसको प्रमुख कारण हो अभिभावकको सहभागिता । अभिभावकको सहभागिताको पहिलो प्रभाव परयो विद्यार्थीको खाजा खाने बानीमा । समयमा स्कूलमै खाजा खान पाएपछि विद्यार्थी भाग्न छोडे; उपस्थिति अविच्छिन्न रह्यो । प्रअगौतम भन्छन्, “अभिभावकले बालबालिकालाई विद्यालयका लागि खाजा बनाइदिने र परिआउँदा विद्यालयसम्म खाजा ल्याइदिने गर्दा हामीले धेरै काम गर्न सकेका हौं ।” खाजाका लागि अभिभावकको सहभागिता हुने बित्तिकै भोक लागेर स्कूलबाट निस्किनु परेन । घरबाट खाजा ल्याएर आउने भएपछि महँगो र अस्वस्थकर खाजा खानु र खाजाका लागि पैसा जुटाउने दबाब पनि परेन । सबभन्दा महत्वपूर्ण कुरा , न्यूनतम खर्च र मिहिनेतमा विद्यार्थीको स्वास्थ्य र पढाइमा सकारात्मक प्रभाव परयो । टिफिन भएपछि नजिकका बालबालिका घरमै गएर खाजा खाएर आउँछन् भने टाढा घर भएका माथिल्लो कक्षाका विद्यार्थीहरू खाजा बोकेरै आउँछन् । तल्लो कक्षाका विद्यार्थीका अभिभावक स्वयं खाजा लिएर विद्यालय आउने गर्छन् ।

विद्यार्थीलाई कक्षामा टिकाउने दोस्रो उपाय बन्यो दुईपटकको हाजिरी । यहाँ कक्षा शुरू भएपछि र टिफिनपछि गरी दुई पटक हाजिरी लिने गरिन्छ । यसो गर्दा पनि केही विद्यार्थीगयल पाइएपछि विद्यालयले अर्काे उपाय अवलम्बन गरयो– भाग्ने विद्यार्थीका अभिभावकलाई पत्र नै पठाएर स्कूलमा बोलाउने । यस सम्बन्धमा प्रअगौतम भन्छन्, “पत्रमा हामीले विद्यार्थी भागेको कुनै जानकारी दिने गरे नौं । परिणामतः उहाँहरूले घरमा तातो रिस देखाउने अवस्था भएन । यहाँ आइसकेपछि उहाँहरूले राम्ररी कुरा बुझनुभयो र हामीले उहाँहरूबाट रराम्रो सहयोग पायौं ।”

जम्मा ४५४ छात्रा र ५०८ जना छात्र गरी ९६२ जना विद्यार्थी रहेको यो विद्यालयमा हाजिरी पनि छड्के तरिकाले हुन्छ । ‘रोल नम्बर १ पछि १५ या ५० एकै पटक भन्छौं प्रअगौतमले भने, “शुरू देखि अन्तिमसम्म जाँदा पछाडि रोल नम्बर भएका विद्यार्थीहरूगफ गरेर बस्ने भएका कारण यसरी हाजिरी लिन शुरू गरिएको छ ।” “यसरी हाजिरी लिंदा विद्यार्थीहरू हाजिरीको समयमा चूप लागेर बस्ने गरेका छन्”, उनले भने ।

यो विद्यालयको समग्र वातावरण सकारात्मक र विद्यार्थी अनुकूल हुनुमा स–साना नयाँ र नौला अभ्यास हरूको पनि भूमिका देखि एको छ । विद्यालयमा नयाँ विद्यार्थी भर्ना गर्दा अभिभावकलाई खादा ओढाएर तथा विद्यार्थीलाई कलम दिएर स्वागत गरिन्छ र त्यसै मार्फत विद्यालयको शैक्षिक गुणस्तर बढाउने जिम्मेवारी पनि दिइन्छ । बालबालिकाको नियमित उपस्थितिमा त्यसबाट पनि निकै अन्तर परेको अनुभव छ शिक्षकहरूको ।

यहाँ शिक्षकहरूको नियमितता र सक्रियताको सूचक देखाउने पनि व्यवस्था गरिएको छ । शिक्षकहरूले समयमा आएर लगबूक भर्नैपर्ने र जाने बेलामा पनि लगबूक भरेर जानुपर्ने व्यवस्था मिलाइएको छ । विद्यालयमा हुने साना देखि ठूला सबै गतिविधिको अभिलेख राख्दै आएको यस विद्यालयले अभिभावकहरू उपस्थित भएको रेकर्ड पनि राखिरहेको छ ।

विद्यालयको सबै कक्षा कोठामा घडी झुण्ड्याइएको छ । विद्यालयमा पाँच वटा प्रोजेक्टर छन्, जसको माध्यमले पनि विद्यार्थीलाई पढाउने गरिन्छ । ६ वटा कम्प्युटर र ल्यापटप भएको एउटा छुट्टै कक्षा छ, जहाँ बालबालिकाहरू सूचना प्रविधिको ज्ञान लिइरहेका हुन्छन् । विद्यालयमा प्रत्येक शैक्षिक सत्रको शैक्षिक उपलब्धि एवं चालू शैक्षिक सत्रको लक्ष्य सार्वजनिकरूपमै झुंण्ड्याएर राखिएको हुन्छ । यसबाहेक विद्यालयले लैङ्गिक, विषयगत, कक्षागत तथा तहगत औसत सिकाइ उपलब्धि पनि प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको छ ।

जिम्मेवारी बाँडफाँड, कामतिर मात्रै ध्यान

विद्यालयलाई रराम्रो बनाउन प्रअ एक्लैले सक्दैनन् । यहाँ शिक्षक तथा व्यवस्थापन समितिको रराम्रो सहयोग जुटेको देखिन्छ । शिक्षकहरूको जिम्मेवारी बाँडफाँड यहाँको अर्को असल अभ्यास हो । यहाँ अनुशासनको रेखदेख गर्ने , नियमितताको चेक गर्ने , तहगत रूपमा अतिरिक्त क्रियाकलाप गराउने, सुझाव संकलन गर्ने जिम्मेवारी छुट्टाछुट्टै शिक्षकहरूले लिएका छन् ।

विद्यालयमा हुने पढाइ बाहेक यस विद्यालयमा अतिरिक्त पढाइको पनि व्यवस्था गरिएको छ । शिक्षा विभागबाट अनुमति लिएर इलेक्ट्रिकल इन्जिनियरिङ धारको पढाइ शुरू गरिएको प्रअगौतम बताउँछन् । यो पढाइले विद्यार्थीलाई विद्यालय नछाड्दै गरिखान सक्ने बनाउँछ ।

कक्षा ९ देखि शुरू हुने यो पढाइ चार वर्षसम्म हुन्छ । २०७३ को शैक्षिक सत्र शुरू हुँदा ४२ जना र २०७४ मा ४२ जनाले नाम दर्ता गराए का थिए । यस पटक ३३ जना विद्यार्थीले पढ्न शुरू गरेका छन् । प्रअगौतम जिल्लामै पहिलो पटक आफ्नो विद्यालयमा यो पढाइ शुरू गरिएको बताउँछन् ।

मिहिनेतीका लागि पुरस्कारै पुरस्कार

तराईका प्रायः सामुदायिक विद्यालयहरूमा अभिभावकका साथै स्थानीय राजनीतिक दलका नेता, बुद्धिजीवी र शिक्षा सम्बन्धी सरोकारवालाहरूले ध्यान दिएको देखि ंदैन । तर यस विद्यालयमा सबैले चासो राखेका छन् । यस विद्यालयका शिक्षकहरूले गरेको मिहिनेतबाट प्रभावित भएर स्थानीयहरूले पुरस्कार समेत स्थापना गरिदिएका छन् । डा. सुनिल कुमार झले केही वर्षअघि आफ्ना पिता जोगानन्द र माता जहानदेवी झको स्मृतिमा १ लाख रुपैयाँको अक्षय कोष खडा गरेका छन् । यो अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष कक्षा १० का उत्कृष्ट एक छात्र र एक छात्रालाई पुरस्कार दिइँदै आएको छ ।

विद्यालयमा स्व. मगनु झ स्मृति पुरस्कार को पनि स्थापना गरिएको छ । स्व. झकी पत्नी शकुन्तला देवी झले स्थापना गरेको उक्त पुरस्कार एसईई परीक्षामा उत्कृष्ट गर्ने एक छात्र र एक छात्रालाई प्रत्येक वर्ष वितरण गरिंदै आएको छ । पुरस्कार चाँदीको पदक र प्रमाणपत्र छ प्राध्यापक अमरकान्त झले स्व. मंगलादेवी झको स्मृतिमा स्थापना गरेको पुरस्कार कक्षा ६ देखि १० का उत्कृष्ट विद्यार्थीलाई वितरण गरिंदै आएको छ । पुरस्कार नगद रु.१ हजार र प्रमाणपत्र रहेको छ ।

यसबाहेक यहाँ बाहिरबाट भौतिक निर्माणमा पनि सहयोग हुँदै आएको छ । भारतीय दूतावासले तीनतले नौ कोठे भवनको  निर्माण थालेको छ । विद्यालय आउने प्रायः सबैले केही न केही दिने तत्परता देखाइरहेका छन् । हालै विद्यालय आएका जिल्ला रेडक्रसका सभापति जोगेन्द्र भगतले विद्यालयको हातामा पर्खाल निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरी काम समेत शुरू गरिसकेका छन् ।

जाँ गरिलो शिक्षक पुरस्कार !

समुदायले मात्र होइन यो विद्यालय आफैंले पनि मिहिनेत गरी रराम्रो प्रतिफल दिनेहरूका लागि पुरस्कार र सम्मान को व्यवस्था गरेको छ । विद्यालयले सबैभन्दा अनुशासित एक छात्र र एक छात्रालाई , सबैभन्दा बढी उपस्थित हुने छात्र र छात्रालाई तथा कक्षागत रूपमा पहिलो , दोस्रो र तेस्रो हुने छात्र छात्रालाई पुरस्कृत गर्दै आएको छ । यसबाहेक वर्षभरिमा सबभन्दा बढी विद्यालय आउने शिक्षक, सबैभन्दा पहिला परीक्षाको कापी जाँच गरी बुझाउने शिक्षक, सबैभन्दा पहिला प्रोग्रेस रिपोर्ट भर्ने शिक्षकका लागि पुरस्कार को व्यवस्था गरिएको व्यवस्थापन समितिका अध्यक्ष प्रमेश यादवले बताए ।

विद्यालयमा जाँ गरिलो शिक्षक पुरस्कार को पनि व्यवस्था गरिएको छ । “प्रत्येक वर्ष सबभन्दा धेरै जाँगर चलाउने शिक्षकको मूल्याङ्कन गर्छौं” व्यवस्थापन समिति अध्यक्ष यादवले भने, “छनोट भएकालाई दोसल्ला ओढाएर सम्मान गर्नु का साथै पुरस्कार वापत शैक्षिक सामग्री र प्रमाण पत्र उपलब्धगराउँछौं ।” प्रत्येक वर्ष भदौ ३० गते पर्ने विद्यालयका दाता नरेन्द्र स्मृति दिवस तथा अभिभावक भेलामा सम्पूर्ण पुरस्कार र सम्मान वितरण गरिदैं आएको प्रअगौतमले बताए ।

मनमोहक बगैंचा, स्तरीय पुस्तकालय

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सप्तरीबाट सबैभन्दा बढी उजुरी शिक्षा क्षेत्रकै परेको छ । विद्यालयमा गएको लाखौं रकमबाट काम न गरी व्यक्तिगत खर्चमा सिध्याइएको खबर बारम्बार पत्रपत्रिकामा आइरहन्छ । तर यो विद्यालयले भने कम खर्चमा अतिरिक्त कामहरू गरेर रराम्रो बनाउने प्रयास गरेको छ ।

विद्यालय प्रांगणमा दर्जनौं प्रजातिका विभिन्न फूलहरू लगाइएको छ चारैतिर घेराबारा गरेर । रराम्रो देखि ने यो बगैंचाको लागत ६ हजार रुपैयाँ मात्रै छ । त्यो, पनि कुनै दाताले दिएको रकम होइन, यो । प्रअगौतमले आफूहरूले चिया नखाएर लगाएको रकमले फूलको बगैंचा निर्माण गरेको बताए ।

विद्यालयमा जाँ गरिलो शिक्षक पुरस्कार को पनि व्यवस्था गरिएको छ । “प्रत्येक वर्ष सबभन्दा धेरै जाँगर चलाउने शिक्षकको मूल्याङ्कन गर्छौं” व्यवस्थापन समिति अध्यक्ष यादवले भने, “छनोट भएकालाई दोसल्ला ओढाएर सम्मान गर्नु का साथै पुरस्कार वापत शैक्षिक सामग्री र प्रमाण पत्र उपलब्धगराउँछौं ।” प्रत्येक वर्ष भदौ ३० गते पर्ने विद्यालयका दाता नरेन्द्र स्मृति दिवस तथा अभिभावक भेलामा सम्पूर्ण पुरस्कार र सम्मान वितरण गरिदैं आएको प्रअगौतमले बताए ।

मनमोहक बगैंचा, स्तरीय पुस्तकालय

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सप्तरीबाट सबैभन्दा बढी उजुरी शिक्षा क्षेत्रकै परेको छ । विद्यालयमा गएको लाखौं रकमबाट काम न गरी व्यक्तिगत खर्चमा सिध्याइएको खबर बारम्बार पत्रपत्रिकामा आइरहन्छ । तर यो विद्यालयले भने कम खर्चमा अतिरिक्त कामहरू गरेर रराम्रो बनाउने प्रयास गरेको छ ।

विद्यालय प्रांगणमा दर्जनौं प्रजातिका विभिन्न फूलहरू लगाइएको छ चारैतिर घेराबारा गरेर । रराम्रो देखि ने यो बगैंचाको लागत ६ हजार रुपैयाँ मात्रै छ । त्यो, पनि कुनै दाताले दिएको रकम होइन, यो । प्रअगौतमले आफूहरूले चिया नखाएर लगाएको रकमले फूलको बगैंचा निर्माण गरेको बताए ।

विद्यालयभित्र पुस्तकालय छ, शिक्षा विभागले गरेको सहयोगबाट । शिक्षा विभागले दिएको रु.६ लाख ५० हजारबाट स्तरीय पुस्तकालय बनाइएको छ । पुस्तकालयमा विद्यार्थीलाई काम लाग्ने पुस्तकहरू खरीद गरिएको बताउँदै प्रअगौतमले पुस्तकालय विद्यार्थीहरूको आकर्षणको केन्द्र बनेको बताए । उनले भने फुर्सदको समयमा विद्यार्थीहरू पुस्तक लिएर पढ्दै आएका छन् ।

विद्यालयमा आधारित प्राथमिक स्वास्थ्य केन्द्र पनि स्थापना गरिएको छ । यसका लागि फोकल पर्सन एक जना पुरुष शिक्षक र एक जना महिला शिक्षकलाई राखिएको छ । विद्यालयको नियमित मासिक बैठक प्रत्येक महीनाको ३० गते बस्ने गरेको प्रअगौतमको भनाइ छ । बैठकमा नै एक महीनाको कार्ययोजना बनाउँछौं उनले भने, बैठकमा व्यवस्थापन समितिका पदाधिकारीहरूले पनि सहभागिता गराउनु हुन्छ ।

नेपाली सेनाले यस विद्यालयका विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालीम समेत उपलब्ध गराउने भएको छ । चालू शैक्षिक सत्र देखि नै विद्यालयमा माध्यमिक तहमा अध्ययन गर्ने १८ जना छात्रछात्रालाई प्रत्येक वर्ष यस्तो तालीममा सहभागीगराइनेछ ।

काम अझै बाँकी छ

यत्रो गर्दा गर्दै पनि विद्यालयले माध्यमिक तहको परीक्षाको नतिजामा शतप्रतिशत सफलता ल्याउन सकेको छैन । पछिल्लो एक दशक यता झण्डै ९२ प्रतिशतसम्म पहिला एसएलसी र अहिले एसईईको नतिजा ल्याउन सफल भइरहेको छ । “हामीले शतप्रतिशत उत्तीर्ण होस् भन्ने लक्ष्य राखेका छौं” प्रअगौतम भन्छन्, “यसका निम्ति हामी सबै मिहिनेत गरिरहेका छौं ।” ‘केही विद्यार्थी कमजोर देखि एका छन् उनीहरूको स्तर रराम्रो बनाउन पढाइलाई रराम्रो बनाउँदै अभिभावकहरूसँग पनि कुरा गरिरहेका छौं ।”

सिन्धुलीमा जन्मेका प्रअगौतम अहिले सुनसरीमा बसोबास गर्छन् । विद्यालयमा नियमित जान राजविराजमै कोठा लिएर बस्दै आएकागौतमको जागिर अझै १८ महीना बाँकी छ । “म यहीं विद्यालयबाट सेवानिवृत्त हुन चाहन्छु” उनले भने, “यो विद्यालयलाई देशकै नमूना बनाउने प्रण लिएको छु ।”

निजी स्रोत शिक्षकको रूपमा १३ मंसीर २०५४ साल देखि यसै विद्यालयमा प्रवेश गरेकागौतम खुला प्रतिस्पर्धा मार्फत माध्यमिक तहको द्वितीय श्रेणीसम्म पुग्न सफल भएका छन् । उनी सिर्जनशील र मौलिक दृष्टिकोणबाट अघि बढ्न चाहने व्यक्ति भएको स्थानीयहरूको भनाइ छ ।

commercial commercial commercial commercial