शिक्षक सेवा आयोगको अक्षमता

तनावमै बित्यो वर्ष २०७४

म आफूलाई स्वतः ‘स्थायीगर’ भनेर कहिल्यै पनि कुनै आन्दोलनमा लागिनँ । बरु स्वतः स्थायीको विपक्षमै रहें । म आफ्नो योग्यता र क्षमतालाई प्रतिस्पर्धीहरूमध्ये उत्कृष्ट भएर प्रदर्शन गर्न चाहन्थें । यही भएर नै सबै संचित बिरामी विदा परीक्षाको तयारीका लागि सिध्याएँ । ट्यूसन पढें । दिनको १८ घण्टा गहिरो अध्ययन गरे । तर...

अस्थायी वा करारमा नियुक्त शिक्षक होस् या अन्य अरू कुनै कर्मचारी– उनीहरूलाई सधैं ‘भनसुन अनि चाकरीको भरमा विना प्रतिस्पर्धा सेवा प्रवेश गरेका’ भन्ने आरोप लाग्ने गर्छ । अस्थायी र करारको जागिर राजनीतिक पहुँच हुनेहरूले मात्रै पाएका हुन्छन् भन्ने एक किसिमको आम धारणा नै बनिसकेको छ । केही हदसम्म यो ठीकै होला तर अस्थायी करारमा नियुक्त हुने सबैले विना प्रतिस्पर्धा, चाकरी र भनसुनको भरमा मात्र जागिर खाएका भने हुँदैनन् । आफ्नो क्षमता र योग्यताको प्रदर्शन गर्दै उत्कृष्ट सावित भएर जागिर खाएकाहरू पनि धेरै नै छन् ।

मैले २०६६ सालमा प्राथमिक तहको अस्थायी शिक्षकका रूपमा शिक्षण पेशामा प्रवेश गरे की हुँ । मैले भनसुन र चाकरीको भरमा जागिर खाएकी होइन, आवेदकमध्ये उत्कृष्ट भएर आफ्नो रोजाइकोे पेशा अपनाएकी हुँ ।

शिक्षा ऐन २०२८ को आठौं र नवौं संशोधन गरियो । आठौं संशोधन कार्यान्वयन नहुँदै किन फेरि अर्को संशोधन गरियो भन्ने कुरा नेताहरू नै जानुन् । राज्यले दिएको अवसरको सदुपयोग गर्ने उद्देश्यलेगत वर्ष मैले पनि शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धाको परीक्षा फारम भरेकी थिएँ । त्यसपछि ममा एक किसिमको उत्साह थपियो । स्थायी हुने अभिलाषाले पढ्ने जाँगर एक्कासी बढेर आयो । असफल भए जागिर नै जाने भय, डर र त्रासका बीचमा पनि अरू सबै काम छोडेर परीक्षाका लागि अध्ययन गर्न थालें ।

म आफूलाई स्वतः ‘स्थायीगर’ भनेर कहिल्यै पनि कुनै आन्दोलनमा लागिनँ । बरु म त स्वतः स्थायीको जहिले विपक्षमा रहें । जसले पनि आफ्नो दक्षता र क्षमताका आधारमा मात्रै सेवा प्रवेश गर्नु पर्छ भन्ने मान्यता राख्छु म ।

म आफ्नो योग्यता र क्षमतालाई फेरि एकपटक प्रतिस्पर्धीहरूमध्ये उत्कृष्ट भएर प्रदर्शन गर्न चाहन्थें । यही भएर नै सबै संचित बिरामी विदा परीक्षाको तयारीका लागि सिध्याएँ । ट्यूसन पढें । दिनको १८ घण्टा गहिरो अध्ययन गरे । परीक्षाको दिन जति जति नजिक आउँथ्यो त्यति नै तनाव थपिन्थ्यो, तर पनि पूरा ध्यान परीक्षामै केन्द्रित हुन्थ्यो । परीक्षाको केन्द्र तोकिएपछि उत्साह बढ्थ्यो तर एक प्रकारको डर जस्तो लाग्न थाल्थ्यो । त्यो बेला आफूले पढेका कुरा हरू कतिखेर लेखुँ जस्तो हुन्थ्यो तर पछि परीक्षा स्थगितको सूचनाले सधैं स्तब्ध बनाउँथ्यो । आफ्नो पूरा मिहिनेत, परिश्रम र समय खेर गए झै लाग्थ्यो ।

कहिले बाढीको कारण, कहिले शिक्षा मन्त्रालयको पत्र, अनि कहिले प्रधानमन्त्री कार्यालयको पत्रको कारण देखाई शिक्षक सेवा आयोगले सधैं परीक्षा स्थगित गरिरह्यो । एउटा सूचना मार्फत त यसबाट परीक्षार्थीमा पर्न गएको असुविधा प्रति आयोग गहिरो दुः ख व्यक्त गर्द छ भनी केवल दुः ख मात्रै व्यक्त गरयो । के कति कारणले तोकिएको मितिमा परीक्षा संचालन हुन सकेन ? पटक– पटक स्थगित गर्ने परीक्षाको पूरा तयारी विना किन आयोगले विज्ञापन गरयो ? दुई/चार जना शिक्षक अनि विद्यार्थी नेताका सामु सरकार किन घुँडा टेक्यो ? मेरा मनमा यस्ता प्रश्न उठ्छन् र सँग सँगै सरकार अनि शिक्षक सेवा आयोगप्रति नै आक्रोश बढेर आउँछ ।

देशमा नयाँ संविधान बमोजिम सबै तहका निर्वाचन सम्पन्न भएर राज्यले दुईतिहाइ सांसदको समर्थन रहेको बलियो सरकार पायो । लाग्यो, अब सबै राजनीतिक समस्याहरू समाधान भए । अब त सबैको ध्यान आर्थिक विकास अनि सुशासनमा जानेछ । देश भित्र वर्षौं देखि हल हुन नसकेका अस्थायी शिक्षकहरूका जस्ता थुप्रै समस्या अब क्रमशः समाधान भएर जानेछन् । तरगत २०७४ चैत २३ गतेको परीक्षा स्थगित भएपछि त्यो आस पनि म¥यो । उत्साहपूर्वक परीक्षाको तयारी गरेका शिक्षकहरू यो शैक्षिक सत्रमा तनाव र दिक्दारीका साथ कक्षा कोठामा छिरेका छन् । उनीहरू तलब पकाउनका लागि कक्षा कोठामा त छिर्लान् तर बालबालिकालाई सिकाउनका लागि कति उत्साहित बन्लान् ? कक्षा कोठाभित्र कति जाँगर गर्लान् ? नयाँ कुरा सिकाउनमा कति रुचि देलान् ? आफ्नै भविष्यको टुङ्गो नभएका शिक्षकले कलिला बालबालिकाको भविष्यको चिन्ता कसरी लिन सक्लान् ? आफ्नो भविष्य अँध्यारो देख्नेले उज्यालो भविष्य कसरी निर्माण गर्न सक्लान् ?

अचेल म पनि यी र यस्तै निरुत्साहित प्रश्नहरूको चाङ लिएर दशौं हजार अस्थायी शिक्षकहरू झै भारी र निराश मन लिएर कक्षा कोठामा छिर्छु । कलिला विद्यार्थीलाई विषयवस्तु सिकाइरहँदा बारम्बार स्थगित भएको परीक्षाको मिति फेरि कहिले तोकिएला ? परीक्षाको मिति तोकिए पनि परीक्षा होला कि नहोला ? परीक्षा भए पनि सफल/असफल के पो हुने हो ? आदि प्रश्नहरू प्रश्नको चाङ माथि थपिंदै जान्छन् ।

श्री ने .रा. आदर्श  आधारभ ू त विद्यालय, बा ँ के

 

commercial commercial commercial commercial