‘व्यवहार कुशल सीप’ महŒव र सिकाउने तरिका

विराटनगरकी एकजना ६१ वर्षीया आमा भन्दै हुनुहुन्थ्यो, “६ महीना पहिले एउटा अस्पतालमा गएको; डाक्टरले केही नसोधी औषधि लेखेर दिए । तर, त्यसले सन्चो गरेन । पछि अर्को डाक्टरकोमा गएको त उनले मीठो बोल्दै ‘बस्नुस्, घर कहाँ हो ? परिवारमा को–को हुनुहुन्छ ? पहिले के–के गर्नुभयो ?’ धर्म, संस्कृति, परम्परा सबै सोधे । कति राम्रा डाक्टर रहेछन् । उनले दिएको औषधि खाएपछि मेरो रोग बल्झ्एिको छैन ।”

यस्तै, बुटवलका ५८ वर्षीय बुबाले भन्नुभयो, “केही दिनअघि मालपोत कार्यालयमा जग्गा पास गर्न गएको थिएँ, एक कर्मचारीले घर, परिवार, आर्थिक अवस्था, सामाजिक चालचलन सबै सोधे र सम्मान गर्दै समयमै सबै काम गरिदिए । सबै कर्मचारी यस्तै भइदिए देश बन्नेथियो ।” अर्घाखाँचीका कक्षा ९ मा पढ्ने एक विद्यार्थीले ‘तिमीलाई कुन शिक्षकले पढाएको मनपर्छ ?’ भन्दा केही नसोची ‘विष्णु सरले’ भन्ने जवाफ दिए । किन भन्ने प्रश्नमा उनले थपे “सरले त कस्तो हाम्रो जस्तै भाषा बोल्नुहुन्छ । सबैलाई आदर गर्नुहुन्छ । समान व्यवहार गर्नुहुन्छ । पढाउँदा हाम्रै गाउँघरको उदाहरण दिनुहुन्छ । उहाँले पढाएको सजिलै बुझ्न्छि ।” काभ्रेका एक भूकम्प पीडित मानबहादुरले एउटा घटना सुनाउँदै भन्नुभयो, “एक जना इन्जिनियर आएका थिए । आफ्नो काममा निकै सिपालु तर रुखो बोल्थे । उनी घमण्डी र गाउँलेलाई होच्याउने खालका रहेछन् । टिक्न सकेनन्, भागे ।”

माथि उल्लिखित सन्दर्भले जुनसुकै क्षेत्रमा पनि सफल हुन व्यावहारिक सीपको महŒव झ्ल्काउँछन् । मनोविज्ञान र प्राविधिक सीपको सम्बन्धलाई उजागर गर्छन् । घटनाशास्त्रीहरूले भने जस्तो सांस्कृतिक परिवेश र मानिसको दैनिक जीवनमा उनीहरूले कसरी सोच्छन् भन्ने कुराको जानकारी कति हुनुपर्दोरहेछ भन्ने पक्षलाई सतहमा ल्याउँछन् । इथ्नोमेथोडोलोजिस्टहरूले भने जस्तो समाजमा मानिसले कसरी कार्य गर्छन् ? चरणगत रूपमा घटना घटनामा उनीहरूको व्यवहार कस्तो हुन्छ भन्ने तथ्यको सामथ्र्यलाई प्रस्फुटित गर्छन् । सांकेतिक अन्तरक्रियावादीहरूले भने जस्तो समाजका मानिसले कसरी संकेत (घटना) का आधारमा आफ्नो बुझइ राख्ता रहेछन् र त्यसले कसरी उनीहरूको मनोसामाजिक क्षेत्रमा प्रभाव पार्दोरहेछ भन्ने तथ्य उजागर गर्छन् ।

यो लेखको मूल आशय, राम्रो प्राविधिक सीप भएकाहरू सफल हुनका लागि व्यवहार कुशल सीप (Soft skills) पनि उत्तिकै महŒवपूर्ण हुन्छन् भन्ने तथ्य प्रष्ट्याउनु हो । साथै यस्ता सीप एउटा विद्यालयमा कसरी सिकाउन सकिन्छ भनी बाटो देखाउनु हो । एउटा सफल डाक्टर हुन उसले सामाजिक मनोविज्ञान बुझनै पर्दोरहेछ । एउटा इन्जिनियर सफल हुन सामाजिक परिवेश पढ्नै पर्दोरहेछ । एउटा कर्मचारी दक्ष र सम्मानित हुन समाजअनुकूल आकांक्षा, आर्थिक सामाजिक परिवेश र त्यसबाट सिर्जित मनोविज्ञानको पाठ सिक्नै पर्दोरहेछ । एउटा दक्ष शिक्षक कहलिन स्थानीय वातावरण, भाषा, रहनसहन, परिवेशले सिर्जित सिकाइ क्षमताको बोध हुनै पर्दोरहेछ । यसले के देखाउँछ भने, जुनसुकै क्षेत्रमा पनि सामाजिक मनोविज्ञान बुझन सकिएन भने असफलता अवश्यंभावी छ ।

हामीले के ग¥यौं ?
प्राविधिक सीपले बाँच्न सघाउँछ । अर्थोपार्जनमा ओट लगाउँछ । व्यवहार कुशल सीप (सफ्ट स्कील) ले मानिसलाई सफल बनाउँछ, आनन्द दिन्छ, शान्ति ल्याउँछ, अरूको सम्मानमा बल दिन्छ । सामूहिक प्रगतिको बाटो देखाउँछ । आत्मसम्मान बढाउँछ । तर हामी सिद्धान्त घोकाउन माहिर रह्यौं । प्राविधिक सीप कोच्याउन मात्र तल्लीन रह्यौं । अंग्रेजी भाषा सिकायांै, हाम्रो संस्कार सिकाएनौं । विद्यार्थीलाई अङ्क दियांै, अनुभूति दिएनौं÷गराएनौं । मोबाइल, कम्प्युटर चलाउने सीप दियौं, यससँगै जोडिएको संस्कार दिएनौं । गृहकार्य दियौं, समाज कार्य दिएनांै । मानवतावादीहरूले भने जस्तो प्रविधिको दास बनायौं, मानव बनाएनौं । सीप दियौं, सृजना दिएनौं । पढायौं, सिकाएनौं र पढाइ र समाजलाई अलग ग¥यौं । व्यवहारवादीहरूले भने जस्तो उत्तेजनाका प्रति प्रतिक्रिया दिन सिकायौं, समालोचनावादीहरूले भने जस्तो समस्यामा घोत्लिन र समालोचक बन्न सिकाएनौं ।

घरमा लठ्ठी देखाएर किताब पढ्न लगायौं, समाज बुझन प्रेरित गरेनौं । विश्व पढाउन खोज्यौं, स्थानीयपन बिर्सिदियौं । पाठ्यक्रम र पाठ्यपुस्तकमा लेखिएका बाहेक पनि सिकाइका क्षेत्र हुन् भन्ने अनुभूति गरेनौं÷गराएनौं । शिक्षकले पाठ्यपुस्तक घोकायौं, जीवनसँग जोडेनौं । अभिभावकले बच्चा विद्यालयमा हुलिदियौं, पारिवारिक जीवन सिकाएनौं । जसले आफ्नै ढंगले यी नगरिएका भनिएका कार्य गरे; ती सफल भए । साँचोमा हालिएका चाहिं त्यही स्वरूपका भए । त्यसैले गाउँघरमा भन्ने गरिन्छ फलानो डिग्री पढेको भन्छ तर त्यो बोल्ने ढंग ! गर्ने ढंग ! सोचाइको स्तर ! उदेकलाग्दो... ।

यस्तै परिस्थितिलाई मध्यनजर गरी नेपाल सरकारले १० वटा जिल्लामा पाइलट प्रोजेक्टको रूपमा ‘सफ्ट स्किल्स् प्रोजेक्ट’ (Soft skills project) संचालन गरेको छ । यो प्रोजेक्टले यस्ता सीपलाई मुख्य चार समूह (सहयोग सीप, वैयक्तिक सीप, सोचाइ सीप र नवप्रवर्तन र व्यावसायिक सीप) मा बाँडेको छ । ‘सफ्ट स्कील’ अर्थात् ‘व्यवहार कुशल’ सीप नामकरण गर्ने सवालमा भने एकरूपता पाइँदैन । कतै हस्तान्तरण गर्न सकिने सीप (Transferable Skills) भनिएको छ त कतै प्रतिच्छेदित सीप (Transversal Skills) भनिएको छ । कुनै ठाउँमा मुख्य सक्षमता (Key Competencies) वा रोजगारमूलक सीप (Employable Skills) भनेर चिनिन्छ । त्यस्तै कतै एक्काइसौं शताब्दीका सीपहरू (21st Century Skills) भनी नामकरण गरेको पनि पाइन्छ । यूनेस्कोले यस्ता सीपलाई मुख्य तीन समूहमा बाँडेर १० वटा उपसमूह बनाई जीवन–सीप (Life Skills) नामकरण गरेको छ । यसरी हेर्दा विश्वभरि नै यस्ता सीपको महŒव प्रतिविम्बित हुन्छ । तर विद्यार्थीमा कसरी यस्ता सीपको बीउ रोप्ने, हुर्काउने, फलाउने भन्ने चुनौती भने नाकै अगाडि छ ।

नेपालले प्रोजेक्टमार्फत पाठ्यक्रममै यस्ता सीप घुसाउने सोचेको छ । तर पाठ्यक्रममा राखेपछि स्वतः विद्यार्थीमा चार्ज हुने होइन । यी सीप घोटाएर पिलाउने वस्तु पनि होइनन् । यी त अनुकूल वातावरणको सृजना गरी विकास गर्ने हो । संरचना जति धेरै भए पनि शिक्षाको मुख्य केन्द्र विद्यालय नै हो । जिम्मेवार र कार्यान्वयनकर्ता शिक्षक नै हो । सिकाइकर्ता विद्यार्थी नै हो । मलजल गर्ने अभिभावक र समाजले नै हो । त्यसैले हाम्रा विद्यालयमा कसरी यस्ता सीपहरूको बीजारोपण गर्न सकिएला बाटो खोजांै ।

सम्भावित बाटो
व्यवहार कुशल सीप सिकाउन विद्यार्थीको मुख समाजतिर फर्काउनुपर्छ । समूहमै हात तेस्र्याउनुपर्छ । समस्यातिर खुट्टा लम्काउनुपर्छ । यसका लागि निम्न काम गर्न सकिन्छः
१. सहयोग सीपको विकास गर्नः विद्यार्थीलाई समूहमा काम गराउने, छलफल गराउने, परियोजना कार्य दिने । समाजमा लगेर संस्कृति, धर्म सिकाउने, सामाजिक द्वन्द्वलाई विश्लेषण गर्न लगाउने, गृहकार्यको ठाउँमा समाजकार्य दिने, चाडपर्व, परिवार, संस्कृतिका बारेमा घरपरिवारमा बाबुआमाले सिकाउने । जातीय छुवाछूतभित्रको अपसंस्कृति विश्लेषण गर्न सिकाउने आदि ।

वैयक्तिक सीपको विकास गर्नः पालैपालो गरी कक्षा व्यवस्थापन गर्ने जिम्मा विद्यार्थीलाई दिने । सामग्री जुटाउने जिम्मा पनि उनीहरूलाई नै दिने । सरसफाइको अनुगमन गर्ने तथा ल्याब, खेलकुदका सामग्रीको सुरक्षा गर्ने जिम्मा पनि विद्यार्थीलाई नै दिने । जिम्मेवारी पूरा गरे÷नगरेको विश्लेषण समूहमा गर्न लगाउने । कक्षामा विद्यार्थीबीच झ्गडा भएमा विद्यार्थीबाट नै त्यो झ्गडा मिलाउने जिम्मा दिने । आधुनिक प्रविधिको प्रयोग गरी उनीहरूका कामको रेकर्ड गर्न अरू विद्यार्थीलाई जिम्मा दिने ।

रेकर्ड गरेको सामग्री हेरेर÷सुनेर आत्म मूल्याङ्कन गर्ने अवसर दिने । विद्यार्थीका हरेक कार्य योजना बनाएर गर्न लगाउने ।

सोचाइ सीपको विकास गर्नः पहिले मोबाइल थिएन अहिले आयो । यो कसरी आयो ? किन आयो ? हामीले कसरी यसको अधिकतम सदुपयोग गर्ने ? अब यसपछि के आउला ? आदि सोच्न र छलफल गर्न लगाउने । रेडियो, टेलिभिजन, इन्टरनेट आदिबाट सूचनालाई फिल्टर गर्न सिकाउने । जानेको–सिकेको कुरा अरूसँग बाँडचुँड गर्न ‘शेयरिङ्ग कल्चर’ बसाल्ने । फिल्मको कथा विश्लेषण गर्न लगाउने । विद्यार्थीलाई नै कथा, कहानी तयार गर्न लगाउने । समस्या दिएर त्यसमा अनुमान गर्न; बहस गर्न र विकल्पको प्राथमिकीकरण गर्न लगाउने । घरमा पनि घरायसी झ्गडा, छिमेकीसँगको द्वन्द्व, लैङ्गिक हिंसा, अन्धविश्वास जस्ता विषयमा छलफल गर्न उत्प्रेरित गर्ने ।

नवप्रवर्तन र व्यावसायिक सीप सिक्नः हरेक बालबालिकामा नवप्रवर्तन गर्ने क्षमता निहित हुन्छ । जस्तो; एउटा बच्चाले मोबाइलमा भएका एप्लिकेशनहरू कसैले नसिकाई आफैं खोज्छ । गेम खोज्छ । त्यसैले उनीहरूलाई मोबाइलबाट नै नवप्रवर्तन गर्न लगाउन सकिन्छ । मोबाइल बिग्रँदा कसरी बनाउने, सफ्टवेयर कसरी विकास गर्ने ? खेलको एप्लिकेशन कसरी तयार गर्ने ? खोज्न दिन सकिन्छ । गाईको गउत बिरुवाको फेदमा हाले मल बन्छ, पातमा हाले औषधि बन्छ, यसका अझ्ै थप उपयोगिता पनि छन् कि भनेर खोज्न लगाउन सकिन्छ । एउटा पानीको बोतलमा घिउ राख्न पनि मिल्ने, काटेर बिरुवा उमार्न पनि मिल्ने, धेरै बोतल जम्मागरी बाँधेर नदीमा पौडी खेल्न पनि मिल्ने, काटेर साना प्वाल पारेर सिंचाइ गर्ने स्प्रिङ्कल बनाउन पनि मिल्ने हँुदोरहेछ । यस्तै फालिएका सामग्रीको बहुउपयोगिता खोजी गर्ने कार्य दिन सकिन्छ ।

व्यवहार कुशल सीपहरू केही हदसम्म वंशाणुगत पनि हुन सक्छन् । त्यसलाई शिक्षकले पहिचान गर्नुपर्छ र उपयुक्त वातावरण दिई फक्रिने अवसर दिनुपर्छ । यी सीपको उत्खनन् र विकासमा सिकाइको प्रभाव उल्लेख्य रहन्छ । अनुकूल सिकाइको वातावरण निर्माण गर्ने फेरि पनि हामी शिक्षकले नै हो । यस्ता सबै सीप पाठ्यक्रममा राख्न सम्भव छैन, किताबमा उतार्न मिल्दैन । तर कक्षाकोठामा प्रयोग गर्न सकिन्छ । घरमा प्रयोग गर्न सकिन्छ । यस्ता सीप सिकाइको तरिका मूलतः अनौपचारिक हुन सक्छ । औपचारिक शिक्षाभित्र सिकाइको अनौपचारिक तरिका अपनाउन सकिन्छ । यो जीवनपर्यन्त सिकाइको एउटा अभिन्न अङ्ग पनि हो । एउटा शिक्षक प्रत्येक विद्यार्थीको जीवनपर्यन्त पछि लाग्न सम्भव पनि छैन । त्यसैले विद्यार्थीलाई व्यवहार कुशल सीपहरू पढाउने भन्दा पनि अनुभूति गराउन सके उनीहरू आफैं खोज्छन् । शिक्षक आफैंमा यस्ता सीप भएनन् भने विद्यार्थीलाई अनुभूति गराउने कसरी ? अनुभव र अनुसन्धानले के देखाउँछ भने शिक्षकले पढाएको भन्दा उसको व्यवहारको अनुसरण विद्यार्थीले धेरै गर्छन् । त्यसैले एउटा असल गुरु, शिक्षक, सहजकर्ता बन्न उसमा अनुकरणीय व्यवहार हुनै पर्छ । अभिभावकको प्रभाव प्राविधिक सीपमा भन्दा व्यवहार कुशल सीपमा बढी परेको देखिन्छ । त्यसैले अभिभावकले पनि बच्चासँग अनुकरणीय व्यवहार देखाउनु जरूरी छ ।

(अधिकृत, शिक्षा मन्त्रालय)

commercial commercial commercial commercial