‘क्यास’ नाम मात्र मूल्यांकन, मर्म सिकाइमा सुधार नै हो

‘क्यास’ को सिद्धान्तले भन्छ— ‘सिकाइको केन्द्रमा विद्यार्थीलाई राख, राम्ररी बुझऊ, बुझ्ेन भने फेरि पढाऊ अथवा विद्यार्थीले सिक्ने कुरामा कहाँ कमजोरी रह्यो त्यसलाई नै सुधार गर ।’

शिक्षा क्षेत्रमा ‘क्यास’ भन्दा अन्तजस्तो ‘नगद’ बुझ्ंिंदैन । यहाँ ‘क्यास’ भनेको ‘कन्टिनिअस एसेस्मेन्ट सिस्टम’ ९ऋब्क्० हो, नेपालीमा ‘निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धति’ । यसमा शिक्षकले पढाएका कुरा कुन बच्चाले कति सिक्यो भन्ने कुराको निरन्तर मूल्याङ्कन भइरहेको हुन्छ । बच्चाका प्रश्न, लेखाइ, आदिका आधारमा वा उसले कक्षामा गरेका अन्य कुराहरूका आधारमा उसले कति कुरा सिक्यो कति कुरा चाहिं उसलाई अझ्ै अस्पष्ट छ भनेर शिक्षकले थाहा पाउँछन् । कुनै विद्यार्थीले नबुझ्ेका कुरा कसरी सिकायो भने चाहिं सिक्न सक्ला भनेर त्यसको योजना नै बनाएर सिकाइने प्रक्रिया हो यो । नाम ‘एसेस्मेन्ट’ भए पनि यो प्रचलित अर्थको जाँच मात्र नभई मूल्याङ्कनको माध्यमबाट शिक्षकले कक्षा कोठाको शिक्षण सिकाइमा सुधार गर्ने कार्यक्रम हो ।

नेपालमा ‘क्यास’ भित्रनुको पृष्ठभूमि रोचक छ । २०५५÷५६ तिर देशमा विद्यालय नै नआउने बालबालिका धेरै थिए । आएका पनि धेरैले बीचैमा कक्षा (ड्रप आउट) छाड्थे । अनुसन्धानले देखाए अनुसार बीचैमा पढाइ छोड्ने एउटा प्रमुख कारण थियो— कक्षामा फेल हुनु । अर्थात्, विद्यार्थीलाई स्कूलमा अड्याउनु छ भने उसको फेल हुने सम्भावना घटाउनुप¥यो । त्यसनिम्ति उसको सिकाइमा सुधार हुनुप¥यो । यही कुरालाई सम्बोधन गर्न ‘क्यास’ आएको हो ।

त्यसबेला दक्षिणएशियाका अन्य देशहरूमा ‘क्यास’ शुरू भइसकेको थियो र त्यसका कारण ती देशमा बीचैमा विद्यालय छाड्ने, विद्यालय नै नआउने जस्ता समस्या घट्दै गएका थिए । त्यही देखेर नेपालले पनि विद्यालय शिक्षालाई सुधारको बाटोमा लैजान ‘क्यास’ अपनाउने निर्णय गरेको हो । ‘क्यास’ लागू भएपछि सिकाइको मूल्याङ्कन निरन्तर हुने हुँदा परीक्षाको धेरै महŒव नहुने, बालबालिका परीक्षासित डराउनु नपर्ने, फेल हुने डर नभएपछि भर्ना भएका विद्यार्थी विद्यालयमै अडिने र विद्यालय नआएकाहरू पनि विद्यालयप्रति आकर्षित हुने वातावरण बन्छ भन्ने सोेचिएको थियो ।

२०५७ सालमा इलाम, चितवन, स्याङ्जा, सुर्खेत र कञ्चनपुर गरी पाँचवटा जिल्लामा कक्षा १ मा ‘क्यास’ लागू गरियो । २०५९ सालमा यो कक्षा–३ मा पुग्यो । यसलाई देशैभरि लागू गर्नुअघि २०६० सालमा पाठ्यक्रम विकास केन्द्र (सीडीसी) ले एउटा प्रभाव अध्ययन ग¥यो । तर त्यो अध्ययनले अचम्मको कुरा निकाल्यो— जुुन स्कूलमा ‘क्यास’ लागू गरिएको थियो, त्यसमा कक्षा–विद्यालय छोड्नेको संख्या बढी देखियो । फेल पनि धेरै भए । जबकि अरू देशमा ‘क्यास’ ले सिकाइ सुधार्दै लगेको देखिएको थियो । त्यसको कारण के थियो भने, अरू देशमा पढाए, मूल्यांकन गरे र केही कमजोरी भेट्टाए तुरुन्तै सुधार गरे । तर हाम्रोमा सुधार गर्ने पाटो कम भयो, त्यो हुँदा सिकाइतिर बल पुगेन ।

यो प्रणाली ठीकसित लागू गर्दा सबैभन्दा बढी फाइदा विद्यार्थीलाई हुन्छ, किनभने ‘क्यास’ को सबै जोडबल सिकाइलाई राम्रो बनाउनु नै हो । ‘क्यास’ को सिद्धान्तले भन्छ— ‘सिकाइको केन्द्रमा विद्यार्थीलाई राख, राम्ररी बुझऊ, बुझ्ेन भने फेरि पढाऊ अथवा विद्यार्थीले सिक्ने कुरामा कहाँ कमजोरी रह्यो त्यसलाई नै सुधार गर ।’ यसले थप भन्छ, ‘सबैसँग पढाउँदा कोही विद्यार्थीले बुझ्ेन भने त्यसलाई छुट्टै समय देऊ । उसले कक्षामा पढाउँदा सिकेन भने अलग्गै पढाउनुपर्ने हो कि, अरू कुनै शैक्षिक सामग्री वा विधि प्रयोग गर्नुपर्ने हो कि, विचार गर र आवश्यक भए बच्चालाई त्यस किसिमको सिक्ने वातावरण बनाइदेऊ ।’ कोही बच्चालाई सिक्न धेरै समय लाग्न सक्छ, उसलाई आवश्कताअनुसार समय दिनुपर्छ, उसलाई फरक किसिमले पढाउनुपर्छ । हरेक बच्चाको क्षमता फरक हुन्छ भन्ने कुरा शिक्षकले महसूस गर्नुपर्छ । त्यसकारण क्यासको प्रत्यक्ष फाइदा कमजोर बालबालिकालाई हुन्छ ।

‘क्यास’ पद्धति अनुसार हरेक दिन पाठमा सिकाइ उपलब्धि स्तर कस्तो रह्यो भनेर अभिलेख राख्नुपर्ने हुन्छ । यसमा सिकाइ उपलब्धि उत्तम भए तीन वटा, ठीकै भए दुई वटा र अझ्ै सुधार गर्नुपर्ने भए एउटा रेजा लगाइन्छ । विद्यार्थीले सिक्नुपर्ने कुरा बाँकी नै छ, अलिअलि मात्र सिक्यो; एउटा मात्र रेजा पायो भने शिक्षकले त्यो विद्यार्थीलाई थप सिकाउनुपर्छ र बुझएरै छोड्नुपर्छ । एउटा पाठमा एउटा रेजा पायो भने शिक्षकले त्यो विद्यार्थीलाई त्यही पाठमा दुई वा तीनवटै रेजा पाउने गरी सिकाउनुपर्छ ।

यसरी थप सिकाइएन भने बच्चा एउटै रेजा वा ‘अझ्ै सुधार गर्नुपर्ने’ अवस्थामा नै सीमित रहन्छ । खासमा हरेक पाठमा तीन–तीन रेजा नपुगेसम्म त्यो बच्चालाई सिकाइरहनु नै ‘क्यास’ को उद्देश्य हो भन्ने कुरा हाम्रा शिक्षकलाई अझ्ैसम्म बुझउन सकिएको छैन । शिक्षकलाई पनि तालीम नपुगेको देखिन्छ । यसको कारण चाहिं क्यास जसले लागू गरेका हुन्; जस्तै– पाठ्यक्रम विकास केन्द्र; त्यहाँका अधिकारीहरू नै क्यासका विषयमा स्पष्ट देखिंदैनन् । उनीहरूले शिक्षकलाई रेजा लगाऊ, रेजालाई जोड त्यहाँबाट प्रतिशत निकाल भनेर सिकाएका छन् । त्यसअनुसार शिक्षकहरू प्रतिशत निकालेर गे्रड गर्नेसम्म त भए तर बच्चालाई ससाना कुरा फेरि फेरि सिकाउँदै गएर जान्ने बनाउन सक्ने भने भएनन् ।

क्यासका बारेमा मैले ‘सेरिड’ मा केही वर्ष अघि एउटा अध्ययन गरेको थिएँ । त्यस अनुसार हामीले ‘क्यास’ लागू गर्दा त्यसको आधारभूत सैद्धान्तिक अवधारणाको अनुसरण गरेको देखिएन । ‘क्यास’ के हो र यो किन चाहिन्छ भनेर पहिला हामी नै स्पष्ट हुनुपथ्र्यो । तालीममा होस् वा योजनाका कागजपत्रमा होस्— ‘क्यास’ भनेको यो हो यसको विधि यो हो भनेर स्पष्ट पारिदिनुपथ्र्यो । डकुमेन्टमा स्पष्ट भएको भए शिक्षकलाई पनि सजिलो हुनेथियो । तर हाम्रोमा ‘क्यास’ भन्नाले रेजा लगाउने, इन्डिकेटर लगाउने अनि प्रतिशत निकालेर बच्चालाई ग्रेडिङ गर्ने भन्ने कुरामा मात्र फोकस भयो ।

मैले पाइलट प्रोजेक्टका रूपमा ‘क्यास’ लागू भएका जिल्लामा केही कक्षा हेरेको थिएँ । त्यसबेला सिकाइ सूचक (क, ख, ग) लाई ‘माइलस्टोन’ नाम दिइएको रहेछ । बच्चाले यति सिक्यो भने यति ‘माइलस्टोन’ भन्ने भनेर शिक्षकलाई सिकाइएको रहेछ ।

तर एक वर्षपछि त्यो फेरिएर अब ‘माइलस्टोन होइन सिकाइ सूचक (लर्निङ इन्डिकेटर)’ भन्नुपर्छ भनेर आएछ । त्यहाँका शिक्षकहरू “माइलस्टोन सिकेर प्रयोग गर्न सक्ने भएका थियौं । फेरि ‘लर्निङ इन्डिकेटर’ भनेर आएपछि कुरा बुझ्ेनौं, अनि ‘क्यास’ प्रयोग गर्न नै छोडिदियौं” भन्थे । ‘माइलस्टोन’ भनेको एउटा पाठ सिकेपछि यति अगाडि फड्किन्छ भनेको हो । ‘लर्निङ इन्डिकेटर’ भनेको चाहिं सिकाइको आधारमा क, ख, ग भनेर गरिएको ग्रेडिङ हो । एक वर्षअघि ‘माइलस्टोन’ अर्को वर्ष ‘लर्निङ इन्डिकेटर’ किन भन्नु परेको थियो ? यसरी हामी ‘क्यास’ को प्रारम्भिक योजनामै कमजोर देखियौं । शायद शुरूमा एउटा विदेशी प्रशिक्षक आएर ‘माइलस्टोन’ भनिदियो । हामी त्यसै भन्दै कुद्यौं । अर्को वर्ष अर्को प्रशिक्षक आयो यो ‘लर्निङ इन्डिकेटर’ हो भनिदियो हामी त्यसकै पछि दौडियौं । पाठ्यक्रम विकास केन्द्रका अधिकारीहरूलाई ‘माइलस्टोन’ किन भन्यो त्यो पनि स्पष्ट छैन, ‘लर्निङ इन्डिकेटर’ किन भन्यो त्यो पनि स्पष्ट छैन । तर त्यसकै कारण शिक्षकहरू अल्मलिए ।

अर्को कारण, ६०÷७० जना बच्चा एउटै कक्षामा राखेर पढाउनुपर्ने शिक्षकले अतिरिक्त समय नपाई ‘क्यास’ लागू गर्न सक्दैनन् ।

किन भने, हरेक बच्चाले के सिक्यो भनेर चिन्ह लगाउन थाल्ने हो भने आधा समय त त्यसैले सकिदिन्छ, अनि कतिबेला पढाउने ? ‘लर्निङ इन्डिकेटर’ राखेर हिसाब जोडेर गर्ने हो भने त ‘हेभी लोड’ नै हुने भो । तर धेरै विद्यार्थी भएकामा मात्र हैन १०÷१२ जना भएकामा पनि ‘क्यास’ लाएका छैनन् । यो चाहिं नभ्याएर होइन । किन नगरेको त भन्दा कतिले बुझ्ैनौं भन्छन् ।

पोखराको एउटा स्कूलमा मैले क्यासको नियमित अनुगमन गरिरहेको थिएँ । त्यहाँ एउटा कक्षामा १५ जना विद्यार्थी थिए । पछि शिक्षकहरूसँग ‘क्यास सेयरिङ सेमिनार’ भयो । मैले सोधें– ‘तपाईंहरूले किन क्यास नलगाउनुभएको ?’ एक शिक्षकले जुरुक्क उठेर भने “हाम्रोमा धेरै विद्यार्थी छन् त्यही भएर भ्याइँदैन ।” मैले ‘तपाईंकोमा त १५ जना मात्र विद्यार्थी छन्’ भन्दा उनी लज्जित भएका थिए । यो एउटा प्रवृत्ति हो शिक्षकहरूको, उनीहरू परम्परागत शैलीबाट बाहिर आउनै खोज्दैनन् ।

यसमा एउटा भन्नै पर्ने कुरा के हो भने शिक्षकले पहिलोदेखि अन्तिम घण्टी लिनुपर्छ भने उसको प्लानिङ गर्ने समय नै हँुदैन ।

यस्तो व्यस्ततामा राम्रो शिक्षकले झ्न् ‘क्यास’ लागू गर्न सक्दैन । किनभने उसले रेजा लाउनु प¥यो, कसको सिकाइको स्तर के छ थाहा पाउनु प¥यो, कसलाई के ‘फिडव्याक’ आवश्यक छ भन्ने विश्लेषण गरेर योजना तयार गर्नुप¥यो । त्यसकारण शिक्षकलाई ‘क्यास’ विश्लेषण र थप सुझवका लागि केही न केही अतिरिक्त समय चाहिं विद्यालयले उपलब्ध गराउनै पर्छ ।

शिक्षा मन्त्रालयका आधिकारिक कागजातहरू एसएसआरपी, एसएसडीपी र पाठ्यक्रममा ‘क्यास’ लागू गर्ने कुरा उल्लेख भएकोले यसलाई कसरी प्रभावकारी बनाउने भन्नेमा ध्यान दिनुपर्दछ । ‘क्यास’ आफैंमा कमजोर मूल्याङ्कन प्रणाली होइन, यो त एकदम वैज्ञानिक र आवश्यक छ । तर यसलाई राम्ररी लागू गर्न शिक्षकलाई त्यस अनुरूप तयार पार्न पुगेको छैन । गरेकाले पनि कसरी गरेका छन्, सही छ कि छैन भन्ने कुराको अनुगमन फितलो छ । शिक्षकलाई तालीम दिएपछि तालीमको कुरा कक्षामा पुग्यो कि पुगेन भनेर अनुगमन गर्न बसेका कुनै निकायले हेर्दैनन् ।

संक्षेपमा भन्दा, कक्षामा ‘क्यास’ लागू गराउनका लागि शिक्षकहरूलाई थप तालीम आवश्यक छ, तालीम पछि अनुगमन पनि नियमित हुनुपर्दछ । अनुगमनकर्ताले कक्षा कोठामै पुगेर शिक्षकले ‘क्यास’ को प्रयोग कसरी गरेका छन् भनेर हेर्ने र सिकाउने गर्नुपर्दछ । अनुगमन नहुँदा तालीममा सिकेको कुरा लागू गर्न अनिवार्य नै मानेनन् शिक्षकहरूले । त्यसकारण ‘क्यास’ लागू गर्ने हो भने अनिवार्य रूपमा नियमित अनुगमन आवश्यक छ ।

निर्देशक : ग्य्राजुएट स्कूल अफ एजुकेशन, त्रिवि, कीर्तिपुर
(कुराकानीमा आधारित)

 

commercial commercial commercial commercial