लघु नाटक स्कूल

फेरि आज पनि धर्मेन्द्र स्कूल आएन ।
...घरबाट हिंडेको हो रे ? ... अनि कहाँ गयो त ? ...हामीलाई थाहा हुनुपर्ने ? ... स्कूलै नआएका केटाकेटीका बारेमा हामीलाई कसरी थाहा हुन्छ र ? ... अनि हिजोअस्ति ... कति बजे फर्कन्थ्यो त ? ... ६ बजेपछि ? ... अनि किन ढिलो भयो भनेर सोध्नुभएन ? कोचिङ पढेको रे ? अनि अहिले स्कूलमा कोचिङ क्लास शुरू भएकै छैन ।

स्थान : विद्यालयको प्रधानाध्यापक कक्ष
पात्र : प्रधानाध्यापक र प्रहरी
सजावट :
एउटा प्रधानाध्यापक कक्षको सामान्य सजावट । भित्तामा राष्ट्रिय विभूति, चार अमर शहीद, विशिष्ट साहित्यकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिक तथा राजनीतिज्ञका तस्वीर छन् । भित्तामै एउटा घडी पनि छ । भित्तासँगै टाँसिएको एउटा कुर्सी र त्यस अगाडि एउटा टेबल छ । टेबलमा केही किताब, राष्ट्रिय झ्न्डालगायत सामान्यतया प्रअको टेबलमा हुने कुरा छन् । कुर्सीमा प्रधानाध्यापक छन् । उनले सरकारी शिक्षकको पोशाक लगाएका छन् । आँखामा चश्मा छ तर भादगाउँले टोपी भने टेबलमाथि राखेका छन् । उनको उमेर पचास वर्षजति छ ।

प्रधानाध्यापक टेलिफोनमा नम्बर डायल गर्दै देखिन्छन् । एकैछिन पछि

प्रधानाध्यापक — हेलो ! राजेन्द्रजी बोल्नुभएको हो ? ... नमस्कार ! म तपाईंको छोराको स्कूलको प्रअ । धर्मेन्द्र किन स्कूल आएनन्, बिरामीसिरामी पो परे कि भनेर । धर्मेन्द्र स्कूल नआएको आज तेस्रो दिन हो । हेर्नुस् पहिलो दिन हामी फोन गर्दैनौं तर लगातार दुई दिन नआएपछि भने अभिभावकलाई खबर गरिहाल्छौं । तर यहाँको फोन उठेन । ... फेरि फेरि आज पनि धर्मेन्द्र स्कूल आएन ।

...घरबाट हिंडेको हो रे ? ... अनि कहाँ गयो त ? ...हामीलाई थाहा हुनुपर्ने ? ... स्कूलै नआएका केटाकेटीका बारेमा हामीलाई कसरी थाहा हुन्छ र ? ... अनि हिजोअस्ति ... कति बजे फर्कन्थ्यो त ? ... ६ बजेपछि ? ... अनि किन ढिलो भयो भनेर सोध्नुभएन ? कोचिङ पढेको रे ? अनि अहिले स्कूलमा कोचिङ क्लास शुरू भएकै छैन । ... हैन तपाईं त उसको बुवा, तपाईंले नै त्यसो भन्नुभएन नि ! ... स्कूल पठाएर मात्र त यहाँको जिम्मेवारी पूरा हुन्छ त ? ... आफ्ना छोराछोरीको गतिविधिका बारेमा चासो त राख्नुप¥यो नि अभिभावकले ... ! ऊ घरमा के गर्छ ? उसका साथीहरू को–को र कस्ताकस्ता छन् ? विदाको दिनमा कहाँ जान्छन् ? के गर्छन् जस्ता कुरा त तपाईंहरूले नै त हेर्नुपर्ने हो नि !

हो हो ... स्कूलको पनि जिम्मेवारी छ र त हिजो पनि र आज पनि फोन गरियो नि ! ... हामीले स्कूल टाइममा स्कूलभित्र र स्कूल आउँदा–जाँदा सम्भव भए र देखेसम्म ख्याल गर्छौं । सबै विद्यार्थी को कता जान्छ भनेर पछि लाग्न सकिंदैन र लाग्ने कुरो पनि हुन्न । ...अँ धर्मेन्द्र त मोटरसाइकलमा आउँछ । ...हो हो ...यो उमेरमा रहर त गर्छन् तर उससँग लाइसेन्स छैन र अहिले पाउँदैन पनि... हाम्रो चिन्ता त त्यति मात्र त हो नि... हैन राजेन्द्रजी, तपाईं जस्ता अभिभावकले छोराछोरीको पढाइका बारेमा स्कूलमा कहिल्यै आएर वा फोन गरेर सोधिदिए हामीलाई खुशी लाग्छ । उनीहरूलाई फाइदा हुन्छ । ...नपढे पढ्दैन रे ? त्यसो नभन्नुस् न । राजेन्द्रजी, एउटा अनुरोध मात्र गर्छु अहिले ... उसलाई अलि नियन्त्रण गर्नुहोस् । ...हामी धनी र गरीब छुट्याएर शिक्षा दिन्नौं । हाम्रो स्कूलको कम्पाउन्डमा पसेपछि सबै एकै हुन् ... त्यसैले मैले आफैं तपाईंलाई फोन गरेको हुँ । ... ऊ घरबाट स्कूल जान भनेर हिंड्दा उसको ब्यागमा किताब कापी त हुन्छ ? ऊसित कति पैसा हुन्छ र केमा खर्च गर्छ जस्ता कुरामा भने हामी केही गर्न सक्दैनौं । ... के तपाईंलाई तपाईंको छोरो गलत बाटोमा पो लाग्दै छ कि भन्ने शंका लागेन ?
लाग्दैन... ? ...उसो भए तपाईं छोरालाई ...

(ढोकामा एकजना प्रहरी देखापर्छन् । उनी प्रधानाध्यापकसित भित्र आउने अनुमति माग्छन् । इशाराले अनुमति पाएपछि उनी भित्र आउँछन् । प्रधानाध्यापक उत्सुकता र आशंका मिश्रित अनुहार लगाएर प्रहरीलाई हेर्छन् ।)

(अघिको कुरा जारी राख्दै) ... पर्खनुस् है त, म तपाईंलाई फेरि कल गर्छु, उठाउनुहोला... ।
‘नमस्ते !’ भनेपछि एउटा आइकार्ड देखाउँदै प्रहरीले सोध्छन्—

प्रहरी — यो केटो यसै स्कूलको हो ? (प्रधानाध्यापकको अनुहारमा एकाएक अनेक भावहरू परिवर्तन हुन्छन् । उनी कहिले प्रहरीलाई त कहिले टेलिफोन सेटलाई हेर्छन् ।)
प्रधानाध्यापक — हो, के भयो र ?

प्रहरी — (सेतो पारदर्शी प्लास्टिकभित्रको वस्तु देखाउँदै) यो युनिफर्म पनि यसै स्कूलको हो ?
प्रधानाध्यापक — हो, के भयो ? छिटो भन्नुस् न !

प्रहरी — यो केटाको ब्यागमा थियो । उसले युनिफर्म लगाएको थिएन । ब्यागमा लागूपदार्थ पनि भेटियो र हामीलाई उनीहरूले त्यो सेवन पनि गरेका थिए भन्ने शंका छ । बाइकको स्पीड असीभन्दा माथि थियो ।
प्रधानाध्यापक — उनीहरू भन्नाले अरू पनि कोही थियो बाइकमा ?

प्रहरी — यो केटो र अर्कै स्कूलमा पढ्ने एउटी केटी बाइकमा कतै जाँदै गर्दा दुवैको एक्सिडेन्टमा ... केटाको घरमा फोन लागेन र प्रहरी गइसकेको छ । अब सर पनि अस्पतालसम्म गइदिनुप¥यो भनेर अनुरोध गर्न आएको ... ।
प्रधानाध्यापक उठ्छन्, टाउको समाउँछन् ‘हरे शिव !’ भन्छन् र थ्याच्च बस्छन्, अँध्यारो हुन्छ ।

commercial commercial commercial commercial