शिक्षकका व्यथा र आलोचना

कोभिड–१९ को महामारीबाट मुलुकको प्रायः सबै क्षेत्र प्रभावित छ । त्यसमा पनि २०७६ सालको चैत ११ देखि मुलुकमा भएको लकडाउनले सबैभन्दा बढ्ता प्रभावित शैक्षिक क्षेत्र नै देखिएको छ । स्वभावैले विद्यालय क्षेत्र बढी भीडभाड हुने स्थान हो । तसर्थ वातावरण सहज नबनुन्जेलसम्म विद्यालय बन्द गर्न, पठनपाठन, परीक्षालगायतका कार्यक्रमहरू नगर्न/नगराउन पटक–पटक सरकारले उर्दी जारी गरिरहेको छ । अझ त्योभन्दा बढ्ता त, कैयौं ठाउँमा क्वारेन्टिन धानेका विद्यालयलाई तत्कालै खुल्ने/खुलाउने सम्भावना पनि न्यून छ । विद्यार्थीको पठनपाठनलाई सहजीकरण गर्ने भन्दै शिक्षा मन्त्रालयले शिक्षण सिकाइको वैकल्पिक कार्यविधि बनायो । वर्षौंदेखि किताब समाएर कक्षा कोठाको अगाडि उभिएर लेक्चर दिन बानी परेका हामी, पूरै पाठ अभ्याससहित सिकाइ दिने, कलमले ठीक/बेठीक लगाएर अंक आशा गर्ने बानी परेका विद्यार्थी, १० देखि ४ बजेसम्म स्कूल गएपछि बालबालिका धरालो गर्नबाट फुर्सद पाइने सोच्ने अभिभावकहरूलाई यो कार्यविधि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ सरह भयो ।


संक्रमणका दृष्टिले कम जोखिमपूर्ण ठाउँ, थोरै विद्यार्थी संख्या, एक मिटर दूरी कायम गरेर पनि कक्षाकोठामा अटाउन सक्ने, स्यानिटाइजर, मास्कसहित पठनपाठन संचालन गरियो । तर स्थानीय सरकार र जिल्लाको शिक्षा इकाइले हाजिर गर्ने अनुमति भने दिएनन् । साउनको दोस्रो साता प्रहरी प्रशासनले जिल्लाको आदेश भन्दै तुरून्तै विद्यालय बन्द गर्ने अन्यथा विद्यालय प्रशासनलाई कानून बमोजिम कारबाही गर्ने भनेपछि विद्यालय बन्द गरियो ।

देशका बहुसंख्यक विद्यालय र शिक्षक, विद्यार्थी इन्टरनेटको पहुँच बाहिर छन् ।  रेडियो, टेलिभिजनको पहुँच भए पनि हामीहरूमध्ये धेरै रेडियोमा समाचार, गीत सुन्न बानी परेका छौं, टीभी भनेपछि सिरियल, कार्टुन, फिल्म भन्ने बुझ्छौं । त्यसमा कतिबेला पठनपाठन प्रसारण हुन्छ र पढौंला भनेर बानी पार्नु ? केही सुगम ठाउँका विद्यार्थी–शिक्षक जो इन्टरनेटको पहुँचमा छौं, त्यस्तालाई इन्टरनेट कनेक्ट गर्नासाथ फेसबुक, म्यासेन्जर, यूट्यूब, इमो, भाइबर आदिमा लाइक, कमेन्ट, सेयर, म्यासेजको रिप्लाई आदिमै समय गएको पत्तो हुँदैन, कतिबेला पढाइ सम्बन्धी कार्यक्रम गर्ने भन्ने समयतालिका सम्झनु ? यसको मुख्य कारण हामीमा सूचना तथा संचारका विभिन्न साधनहरू प्रयोग गरी पठनपाठन क्रियाकलाप संचालन गर्ने बानी र क्षमता नहुनु हो । मुख्यतः यो महामारीको पीडा सबैमा छ, डर–त्रास सबैलाई छ तर त्योभन्दा बढी शिक्षक–विद्यार्थीलाई छ । एकातिर उनीहरू दैनिक कर्तव्यबाट विमुख हुँदैछन् भने, नियमित पठनपाठन, परामर्शको अभावमा मानसिक तनाव, उच्च संवेग जस्ता समस्या देखा परेका छन् । अर्कातिर धेरै विद्यार्थीको उमेर समूह खेर जाने र पढाइप्रति वितृष्णा पैदा भई पढाइ छोड्ने दर बढ्ने देखिएको छ । विशुद्ध शिक्षण पेशा भएका शिक्षकहरूलाई दिन कटाउन झनै मुश्किल भएको छ ।

हाम्रो व्यथा

म एक मामुली शिक्षक–  सुर्खेत घर भई स्याङ्जाको सरस्वती माविमा अध्यापनरत । शिक्षण बाहेक अन्य कुनै पेशा नभएको शिक्षक हुनुको नाताले आफ्नो जिम्मेवारी र कर्तव्यबोध हुनु धर्म नै होला । विद्यालय र विद्यार्थीको भविष्यको चिन्ता नहुने कुरै भएन । लकडाउनकै अवस्थामा वैकल्पिक तरिकाले पठनपाठन प्रयास नगरिएको पनि होइन तर स्रोतसाधनको अभावमा सम्भव भएन । लकडाउन खुलेलगत्तै विद्यालयको सल्लाह बमोजिम प्रत्यक्ष रूपमै आलोपालोमा पठनपाठन गर्ने निर्णय भएपछि २०७७ असारको दोस्रो साता सुर्खेतबाट पास बनाएर दुःख–कष्टका साथ विद्यालय पुगियो । आफ्नै खर्चमा आरडीटी परीक्षण गरी नियमित काममा लागियो । नर्सरीदेखि कक्षा–१० सम्मलाई हप्ताको दुई/दुई दिन विद्यालयमा बोलाएर पठनपाठन संचालन गरियो । संक्रमणका दृष्टिले कम जोखिमपूर्ण ठाउँ, थोरै विद्यार्थी संख्या, एक मिटर दूरी कायम गरेर पनि कक्षाकोठामा अटाउन सक्ने, स्यानिटाइजर, मास्कसहित पठनपाठन संचालन गरियो । तर स्थानीय सरकार र जिल्लाको शिक्षा इकाइले हाजिर गर्ने अनुमति भने दिएनन् । साउनको दोस्रो साता प्रहरी प्रशासनले जिल्लाको आदेश भन्दै तुरून्तै विद्यालय बन्द गर्ने अन्यथा विद्यालय प्रशासनलाई कानून बमोजिम कारबाही गर्ने भनेपछि विद्यालय बन्द गरियो ।

न विद्यालय खुल्ने र हाजिरी गर्न पाइने न पठनपाठन गर्ने खालि बेरोजगार हल्लिनु भन्दा पुनः घरतिर फर्कने निर्णयसहित आफ्नो बाटो लागियो । पुनः केही समयपश्चात कार्यक्षेत्र फर्कौं भन्दा साउन २९ गतेसम्म जिल्ला प्रशासनले प्रवेश निषेधको सूचना जारी गरेको रहेछ भने बाँके, कपिलवस्तु, दाङमा निषेधाज्ञा थियो । प्रशासनबाट पास उपलब्ध हुन सकेन र बाटो तताउन सकिएन । साउन २८ गते गृह मन्त्रालयले अन्तर जिल्ला पास दिन बन्द गर्ने सूचना जारी गरेपछि त झनै सम्भव भएन । आफ्नो पेशाप्रति कर्तव्यबोध हुँदाहुँदै पनि यस्तो विषम परिस्थितिले कर्तव्य निर्वाह गर्न सकिएको छैन । विभिन्न आलोचनाले आफैंलाई चसक्क घोचेझैं हुने नै भयो । म त एउटा प्रतिनिधिमूलक पात्र मात्रै हुँ म जस्ता हजारौं यस्ता शिक्षकहरूको यस्तै पीडा छ । तसर्थ कसरी कार्य क्षेत्रमा पुग्ने र दैनिक कामकाजमा संलग्न हुने सम्बन्धित निकायले प्रष्ट र निर्वाध व्यवस्था गरोस् ।

राज्यका तीनै तहका सरकारको शिक्षण सिकाइ प्रक्रिया संचालन सम्बन्धी अकर्मण्यता, अक्षमता, योजना र भिजनको अभाव, निर्दिष्ट अधिकार लागू गर्न नसक्नु आदि जस्ता कारणले गर्दा आज नेपाली शिक्षक वर्ग ठूलो मर्कामा परेको छ । सरकारी निकाय र पदाधिकारीहरूको अकर्मण्यताका कारण आज शिक्षकलाई बदनाम गर्ने काम भइरहेको छ । सामाजिक संजालहरूमा दिनहुँ देखिने क्रिया–प्रतिक्रियाले मुलुकको शिक्षा क्षेत्र र शिक्षणप्रतिको दृष्टिकोण छताछुल्ल भएको छ । हुनत नेपालमा विगत केही समयदेखि नै राज्य तथा विभिन्न निकाय र समुदायस्तरमा पनि हेयको भावनाले हेर्ने गरिन्छ तापनि यो महामारीको बीचमा अझ बढी आलोचना गरिएको छ ।


राज्यका तीनै तहका सरकारको शिक्षण सिकाइ प्रक्रिया संचालन सम्बन्धी अकर्मण्यता, अक्षमता, योजना र भिजनको अभाव, निर्दिष्ट अधिकार लागू गर्न नसक्नु आदि जस्ता कारणले गर्दा आज नेपाली शिक्षक वर्ग ठूलो मर्कामा परेको छ । सरकारी निकाय र पदाधिकारीहरूको अकर्मण्यताका कारण आज शिक्षकलाई बदनाम गर्ने काम भइरहेको छ ।

शिक्षक मासिकमा राष्ट्रिय परीक्षा बोर्ड; कर्णाली प्रदेश प्रमुख जीतबहादुर शाहले लेख्नुभएको छ– ‘विद्यालय संचालनको विरोध गर्ने शिक्षकलाई विद्यालय संचालनको पक्षमा रहेका शिक्षकलाई भन्दा बालबालिका, नागरिक समाज र देशको माया छ क्यारे ! यस्तै माया लाग्दालाग्दै विद्यालय नगएरै एक चौमासिकको तलब भत्ता गोजीमा हालियो क्यारे ! यही पाराले अर्को चौमासिक पनि बुझ्ने बेला आउँदैछ । शायद यो पाराले त त्यतिबेलासम्म सरकार पनि कंगाल भैसक्छ होला । शायद त्यतिबेला बालबालिका र सरकारको माया गरेर विद्यालय खोल्नु हुन्न भन्ने शिक्षकले हामीले नपढाएको अवधिको तलब भत्ता नलिएर सरकारलाई सहयोग गर्छौं भन्न सकेमा कति महानता झल्किन्थ्यो होला ?’

यो पनि हेर्नुस्— शिक्षामा एउटा सुन्दर अवसर गुम्दै !

यसैगरी श्रीमन्त भट्टराईले सामाजिक संजालमा लेखेका छन्– ‘सरकारी मास्टर (अधिकांश)लाई पढाउनु नै छैन, घरमै बसेर तलब आएकै छ । निजीका अभिभावक (अधिकांश) अभावमा छन् रे, शुल्क तिर्न सक्दैनन् रे ! बालबालिका (अधिकांश) घरमै रमाइरहेका छन् । अब कसका लागि विद्यालय खोल्नुपर्‍यो ? यो वर्ष विद्यालय नखोलौं, केहीले घरमै पनि पढिरहेका छन् । अधिकांश विद्यार्थी, अभिभावकलाई अंक चाहिएको छ, डिग्री चाहिएको छ । वर्षको अन्त्यमा सीधै अंक दिए हुँदैन ?’

फेसबुकमा रमेश गुरागाईं लेख्छन्– ‘सरकारी स्कूलका शिक्षकहरूलाई अहिले ससुरालीमा बसेर भुँडीमा बोसो जमेको जस्तो अवस्था छ । मीठो खानेकुरा श्रम, मिहिनेत र पसिना नकाढेरै भुँडी पल्टाएर, खुट्टा हल्लाएर पाएपछि कसले मिहिनेत गरोस् ? विना श्रम राज्यको ढुकुटी रित्याउन पाइँदैन । शिक्षा मन्त्रालय विरुद्ध मुद्दा हाल्नुपर्छ । यो सरकारी शिक्षकहरूलाई के को र किन तलब दिइँदैछ ? विद्यालयहरू खोल्न हुँदैन  भनेर आवाज उठाउन वा निजी विद्यालयको विरोध गर्न ? यदि सरकार सबै जनताप्रति चिन्तित छ भने सरकारी शिक्षकहरूको आधा तलब काटेर निजीका शिक्षकहरूलाई देओस्, हैन भने विना काम राज्यको ढुकुटीको दोहन गर्न पाइँदैन । सरकार सचेत नहुने हो भने या सरकारी शिक्षकहरूले अरू दुई वर्ष विद्यालय खोल्न हुँदैन भनेर कराइरहने छन् । अनेक नाटक गर्नेछन् । अनेक नचाहिंदो तर्क र तानावाना बुनेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने र आफूलाई विना काम तलब बुझ्ने इमानदार कर्मचारी देखाइरहने छन् । समयमै सबैको चेत खुलोस् ।’

सरकारी विद्यालयका शिक्षकलाई हाइसञ्चो, विद्यालयमा हाजिर नभएरै तलब भुक्तानी आदि जस्ता शीर्षकमा नागरिक, गोरखापत्र तथा स्थानीय पत्रपत्रिकाहरूमा समाचार प्रकाशन गरिए । यी त केही प्रतिनिधिमूलक टिप्पणीहरू मात्रै हुन् । यसरी संचारमाध्यमहरूमा राज्यका उपल्लो तहका कर्मचारी, व्यापारी, सामाजिक कार्यकर्ता, संचारकर्मी हुँदै आफूलाई बौद्धिक व्यक्ति भन्न समेत रुचाउनेहरूले शिक्षकतर्फ औंला तेस्र्याएर गरेका टिप्पणीहरू देख्दा आफूतिर फर्केका चोरऔंलाहरू सम्झाउन बाहेक केही सत्तोसराप गर्न मन लागेन । केही टिप्पणीकर्ताहरूले आफूले गरेको गल्तीको क्षमा पनि मागिसक्नुभएको छ । बोल्दा र लेख्दा सचेत बनौं न अरूको बाध्यताप्रति सहानुभूतिपूर्वक सोचौं न । खासमा शिक्षकले स्कूल नखोलौं भनेर भनेको कतै सुनिएको छैन । शिक्षकको तलबले देश कंगाल हुने भए सबै विद्यालय बन्द गरौं, शिक्षकलाई विदा गरिदिऊँ, विना परिश्रम तलब खाएको डाह गर्नेहरू परीक्षा पास गरी यतै आए भयो, किन अरू पेशामा जानु परेको होला ? यी सबै टिप्पणीकर्ताहरूका मनगढन्ते कुराहरू हुन्, बरू शिक्षकलाई काममा फर्कने वातावरण बनाऔं, उनीहरूको स्वास्थ्य बीमा लगायत कोरोना परीक्षणको व्यवस्था गरी सहज रूपमा काममा लगाउनेतर्फ ध्यान दिऊँ न जहाँ र जस्तोसुकै काममा हामी शिक्षक तयार छौं ।


तीनथरी सरकारका तीनथरी निर्देशनले न शिक्षकलाई काम गर्न दिएको छ न त हाजिरी र पठनपाठन नै । विद्वानहरूकै आलोचनालाई समर्थन गर्ने हो भने सबै शिक्षक विद्यालयमा पुग्नैपर्छ, विद्यालयमा हाजिर हुनैपर्छ तर अधिकांश विद्यालय अहिले पनि क्वारेन्टिनको रूपमा प्रयोग भइरहेका छन् । त्यस्ता विद्यालयका शिक्षकहरूले कुन ठाउँमा गएर हाजिर गर्ने ?

वास्तवमा केही शिक्षकहरूको मनसाय पनि होला यस्ता टिप्पणी गरे जस्तै सोचाइ र विचार, गलत नियत भएका जो कोहीलाई पनि कसैले पक्षपोषण गर्नुहुँदैन तथापि केही गलत प्रवृत्तिलाई देखाउँदै सिंगो संगठनलाई आलोचना गर्दा के शिक्षा क्षेत्रको साख बच्ला र ? एकपटक विद्वान् वर्गले सोचौं न । हामी सबै लागौं सुरक्षित भएर कसरी विद्यार्थीको पठनपाठन संचालन गर्ने, ती विधि के हुन् राज्यलाई सुझाव दिऔं, राज्यलाई घचघच्याऊँ तर राज्यभन्दा माथि भएर म नै राज्य हुँ भन्ने सोचेर विना तुकका अर्ति–उपदेश नदिऔं, राज्यले दिएको आ-आफ्नो जिम्मेवारी के छ त्यसैमा लागौं । पक्कै पनि कसैले विना परिश्रम राज्यको ढुकुटी दोहन गर्न उसको नैतिकताले दिंदैन । झण्डै चार महीना मुलुकमा लकडाउन भयो, स्वास्थ्य तथा सुरक्षा निकायका कर्मचारी बाहेक कोहीले कार्यालय जानु परेन तापनि तलब भत्ता खाएकै हुन् । के उनीहरूले सरकारलाई विना परिश्रमको पैसा फिर्ता लैजाऊ भने त ? बरू शिक्षकले नै हो विभिन्न विद्यालयमा क्वारेन्टिन निर्माण र व्यवस्थापनमा स्थानीय सरकारलाई सघाएको । तर केही परिस्थितिमा अल्झिएका शिक्षकलाई देखाउँदै कुतर्क गर्दै सिंगो शिक्षकको बदनाम गर्ने ?

तीनथरी सरकारका तीनथरी निर्देशनले न शिक्षकलाई काम गर्न दिएको छ न त हाजिरी र पठनपाठन नै । विद्वानहरूकै आलोचनालाई समर्थन गर्ने हो भने सबै शिक्षक विद्यालयमा पुग्नैपर्छ, विद्यालयमा हाजिर हुनैपर्छ तर अधिकांश विद्यालय अहिले पनि क्वारेन्टिनको रूपमा प्रयोग भइरहेका छन् । त्यस्ता विद्यालयका शिक्षकहरूले कुन ठाउँमा गएर हाजिर गर्ने ? लामो दूरीको यातायात नखुल्दा बाहिरी जिल्लाका शिक्षकहरू विद्यालय पुग्न पाएका छैनन् यस्तो अवस्थामा कसरी हाजिरी गर्ने ? विरोधको नाममा विरोध भन्दा पनि सही र परिवेश सुहाउँदो तर्क गरौं, सबै समस्याको समाधानमा लागौं । विद्यालयबाट क्वारेन्टिनहरू हटाएर निर्मलीकरण गरेर विद्यालय संचालन गर्ने वातावरण निर्माण गरौं, बाहिरी जिल्लाका शिक्षकहरूलाई विद्यालयसम्म पुग्ने वातावरण निर्माण गरौं, विद्यालय, समुदायको अवस्थाको मूल्याङ्कन गरी पठनपाठन क्रियाकलाप संचालन गरौं । सम्बन्धित निकायले त्यो वातावरण निर्माण गरोस् अनि मात्रै शिक्षकको आलोचना गर्नेमा तुक हुन्छ । अन्यथा बेतुकका समाचार, स्टाटस लेखेर कसैको बदनाम गर्ने छुट कसैलाई छैन ।

commercial commercial commercial commercial