अपाङ्गता भएका बालबालिकाको सिकाइ समस्या केही सहयोगी बुँदा

सिद्धान्ततः बालबालिकाले कुन उमेरमा के के गर्न सक्छन् वा फलानाले के के गर्न सक्छ भन्ने हिसाबले अपाङ्गता भएका बालबालिकासित अपेक्षा गर्नुहुँदैन । जुन क्रियाकलापले उनीहरूलाई आनन्द प्राप्त भइरहेको हुन्छ त्यो उनीहरूको उमेर सुहाउँदो गतिविधि हो भनी प्रशिक्षक एवं अभिभावकले स्वीकार गर्नुपर्दछ ।

दृष्टि अपाङ्गता भएका बालबालिकाका क्षमता र आवश्यकता— आँखा देख्ने बालबालिकाका भन्दा भिन्न हुन्छन् । उनीहरूले आफ्नो परिवेशमा घुलमिल हुन र बानी पर्न धेरै चुनौतीको सामना गर्नुपर्छ । दृष्टि अपाङ्गतासँगै अन्य अपाङ्गता पनि छ भने सूचना लिने र अनुभव बटुल्ने कार्य अझ् धेरै अप्ठ्यारो हुने गर्दछ ।

दृष्टि अपाङ्गताका भएका बालबालिकाको हिंडडुल सीमित हुन्छ । फलतः उनीहरूको अनुभवको दायरा पनि साँघुरो नै हुन्छ । यसबाट उनीहरूको भाषिक क्षमता र ज्ञानको विस्तारमा ठूलो प्रभाव पर्छ । कुनै वस्तु एवं घटनाक्रम देख्न नसकेका कारण सम्बन्धित विषयमा उनीहरूको बुझइ र धारणा विकास अपुरो हुन जान्छ ।

बालबालिकालाई वातावरणीय ज्ञान
बालबालिकालाई आफ्नो परिवेशका बारेमा बुझन मद्दत गर्नुलाई वातावरणीय ज्ञान दिनु भनिन्छ । वातावरणीय ज्ञानले उनीहरूलाई आफ्ना वरिपरि के–के कुरा छन् र तिनले कसरी काम गर्छन् भन्ने बारेमा थाहा पाउन सक्ने बनाउँछ । दृष्टि अपाङ्गतासँगै अन्य अपाङ्गता भएका बालबालिकालाई प्रशिक्षक र अभिभावकले विभिन्न कुराका बारेमा बताएर, दोहो¥याएर व्याख्या गरिदिएर, वरपरका वस्तु स्पर्श गर्ने मौका दिएर तथा लागेको कुरा जाँच गर्नका लागि थप समय प्रदान गरेर वातावरणीय ज्ञान दिन सक्छन् । बहुअपाङ्गता भएका बालबालिकाको धारणा विकास र बुझइ अभिवृद्धि गराउन यो सबभन्दा प्रभावकारी उपाय हो ।

बहुअपाङ्गता भएका प्रत्येक बालबालिकाका सिक्ने क्षमता र आवश्यकता फरक हुन्छन् । एउटा बच्चाको सिक्ने तरिका अर्को बच्चाको भन्दा फरक हुन सक्ने हुनाले उनीहरूलाई विशिष्ट पद्धति अपनाएर सिकाउनुपर्ने हुन्छ । कुनै बालक या बालिकाको देख्न सक्ने र सुन्न सक्ने क्षमता कति छ ? ऊ सजिलै वा स्वतन्त्रतापूर्वक चल्न सक्छ ? उसको संज्ञानात्मक क्षमता कस्तो छ ? यस्ता प्रश्नको जवाफ पाउन सकेमा बालबालिकालाई प्रभावकारी तालिम दिन सकिन्छ ।

तालिमका चरण
दृष्टि अपाङ्गतासँगै अन्य अपाङ्गता भएका बालबालिकालाई तालिम प्रदान गर्न इच्छुक शिक्षक; प्रशिक्षक, अभिभावक एवं पाठकहरूका लागि तलका उपायहरू सहयोगी हुन सक्छन्ः—
तालिका निर्माणः तालिका बनाएर सधैं त्यसै अनुसार काम गरेमा बालबालिकामा नियमित रूपले काम गर्ने बानी बस्छ । एउटै क्रियाकलाप एउटै समयमा सधैं दोहो¥याउनाले क्रमशः त्यस काममा कुशलता पनि हासिल हुँदै जान्छ । उदाहरणका लागि बिहान कतिबेला उठ्ने र त्यसपछि कुन–कुन बेला के–के काम गर्ने भन्ने कुराको तालिका बनाएर त्यसै अनुसार क्रियाकलाप गर्ने बानी भएमा बालबालिकामा नियमित रूपले काम गर्ने बानी बस्न जान्छ । त्यसले उनीहरूको कार्यकुशलता पनि बढाउँछ ।

स्वाभाविक वातावरणः बालबालिकाले सबभन्दा राम्रोसँग स्वाभाविक वातावरणमा नै सिक्न सक्दछन् । उनीहरूलाई हिंड्न त्यस्तो बाटोमा सिकाउनुपर्छ, जहाँ उनीहरूले सधैं हिंड्नुपर्छ । सधैं भेट हुने व्यक्तिहरूसित भेटघाट हुने ग¥यो भने उनीहरूमा कहिले कससित कसरी बोल्ने भन्ने जस्ता कुराको जानकारी र सीप थपिन्छ । ठाउँ र व्यक्ति अनुसारका अभिवादन गर्ने लगायतका कुरा सिक्न पाउँदा उनीहरूको सामाजिक व्यवहारको सीप पनि परिमार्जित हुँदै जान्छ ।

अतिरिक्त गतिविधिः अतिरिक्त गतिविधि त्यस्ता गतिविधि हुन्, जो अनिवार्य दिनचर्याका अङ्ग होइनन् र  जसका लागि थप प्रयत्न गर्नुपर्छ । तर राम्रो जीवनयापनका लागि यस्ता गतिविधिको पनि ठूलो महŒव छ । उदाहरणका लागि यदि बालबालिकाको संगीतमा रुचि छ भने शिक्षक वा अभिभावकले उनीहरूलाई संगीत सुन्न सहयोग गर्नुपर्दछ । हिजोआज डिजिटल उपकरणहरूका कारण धेरै कुरा सजिलो र सस्तो भएको छ । संगीत सुन्नका लागि अभिभावक वा सहयोगी व्यक्तिले पेन ड्राइभ रिडरको प्ले र स्टप बटनमा र पेनड्राइभ हालिने ठाउँमा छुदै थाहा हुने कुनै वस्तु टाँसिदिनुपर्छ । यति सानो मद्दतबाट उनीहरू मन लागेको समयमा आफैं संगीत सुन्न सक्ने हुन्छन् ।

उमेर सुहाउँदो सीपः बहुअपाङ्गता भएका बालबालिकाले उनकै उमेर समूहका अन्य साङ्ग बालबालिकाले गर्ने क्रियाकलाप गर्न सक्दैनन् । उदाहरणका लागि ९ वर्षका बालबालिका फूटबल, क्यारमबोर्ड वा ब्याटमिन्टन खेलेर रमाउन सक्छन् तर दृष्टि अपाङ्गतासँगै संज्ञानात्मक विलम्ब एवं शारीरिक अपाङ्गता भएको सोही उमेरका बालबालिकाले ती खेलहरू बुझन सक्दैनन् ।

तर उनीहरू संगीत सुन्न, कार्टुन हेर्न वा पार्कमा घुम्न गएर आनन्द लिन सक्छन् । सिद्धान्ततः बालबालिकाले कुन उमेरमा के के गर्न सक्छन् वा फलानाले के के गर्न सक्छ भन्ने हिसाबले अपाङ्गता भएका बालबालिकासित अपेक्षा गर्नुहुँदैन । जुन क्रियाकलापले उनीहरूलाई आनन्द प्राप्त भइरहेको हुन्छ त्यो उनीहरूको उमेर सुहाउँदो गतिविधि हो भनी प्रशिक्षक एवं अभिभावकले स्वीकार गर्नुपर्दछ ।

विभिन्न गतिविधि र स्थानमा उपयोगी हुने सीपः बहुअपाङ्गता भएका बालबालिकामा विकासात्मक विलम्ब हुने हुँदा सिकाउनुपर्ने धेरै विषय हुन्छन् । त्यसैले गर्दा प्रशिक्षकलाई कुन क्रियाकलाप गराउने र कताबाट शुरू गर्ने भन्ने दोधार पनि हुन सक्छ । प्रशिक्षकले बालबालिकालाई अहिले नै आत्मनिर्भर बनाउँछु भन्ने सोच राख्नु भन्दा पनि धेरै स्थान र गतिविधिमा उपयोगी एउटा वा दुइटा क्रियाकलापमा जोड दिई तालिम गराउँदा उचित हुन्छ । उदाहरणका निम्ति नमस्ते गर्ने क्रियाकलापलाई लिन सकिन्छ । यो क्रियाकलाप घरमा आउने पाहुना, छरछिमेकी, साथीभाइ वा पसले वा अरू जोसुकैसित पनि गरेर अभ्यास गर्न सकिन्छ ।

दृष्टिको प्रयोग : यदि बहुअपाङ्गता भएका बालबालिकामा थोरै मात्रामै भए पनि दृष्टि छ भने उक्त दृष्टिलाई उनीहरूले रुचि दिने क्रियाकलाप गर्ने बखत प्रयोगमा ल्याउनुपर्दछ । यसो गर्नाले उनीहरूमा दृष्टिका सहायता लिई कार्य सम्पन्न गर्ने सीपको विकास हुन्छ । उदाहरणका लागि बालबालिकालाई पसलमा गई बिस्कुट खरीद गर्नका लागि पसलेलाई हातको इशाराले बिस्कुटतिर देखाउने सीपलाई लिन सकिन्छ ।

आंशिक सहभागिताः बहुअपाङ्गता भएका बालबालिकालाई क्रियाकलापका सबै पक्ष आफैं गर्न अप्ठ्यारो हुन सक्छ । तसर्थ प्रशिक्षकले क्रियाकलापमा आंशिक सहभागिता जनाई बाँकी बालबालिकालाई नै पूरा गर्न दिनुपर्छ जसले गर्दा उनीहरूमा नयाँ सीपको विकास हुने गर्छ र उनीहरूको मनोबलको वृद्धि पनि हुन्छ । उदाहरणका निम्ति बालबालिकाले खाना खाने बेलामा प्रशिक्षकको मद्दतमा खाना पस्किन परे तापनि चम्चाको प्रयोग गरेर आफैं खाना खाने सीप जान्नुलाई आंशिक सहभागिता भनिन्छ ।

पर्खिने र प्रोत्साहित गर्नेः विश्राम लिनु, पर्खिनु एवं अवलोकन गर्नु बहुअपाङ्गता भएका बालबालिकासँग समय बिताइरहेको बखतमा बिर्सिनै नहुने तीन महŒवपूर्ण धारणाहरू हुन् । कुनै निर्धारित कार्य सम्पन्न गर्नका निम्ति, बहुअपाङ्गता भएका बालबालिकालाई केही सहयोग र थप समय आवश्यक पर्न सक्दछ । कतिपय व्यक्तिले बालबालिकाले गर्दै गरेको क्रियाकलाप आफैं गरिदिएको देखिन्छ । यसो गर्दा समयको बचत त हुन्छ तर बालबालिकाले उक्त क्रियाकलाप सिक्न र अभ्यास गर्नबाट वञ्चित हुन्छन् र उनीहरूको सधैं अरूकै भरमा पर्ने बानी बस्न सक्छ । त्यसैले बालबालिकाले गर्ने हरेक क्रियाकलापमा उसैको सहभागिता हुन अति नै आवश्यक छ । बहुअपाङ्गता भएका बालबालिकालाई कुनै कार्य गर्ने बखत अरूको सहयोगको आवश्यकता पर्न सक्छ तर उनीहरूलाई सहयोगी व्यक्तिले गरिहाल्दिन्छ भन्ने भयो भने सहयोगी व्यक्तिलाई नै पर्खेर आफू केही पनि नगरी बस्न सक्छ । तसर्थ प्रशिक्षकले पर्खिने र प्रोत्साहित गर्ने विधि अपनाई बालबालिकालाई क्रियाकलाप गराउनुपर्छ ।

उदाहरणका निम्ति बालबालिकालाई मोजा खोल्न सिकाउने । बालबालिकाले आफैं मोजा खोल्न चाख नदिएमा, प्रशिक्षकले मोजा खोल वा किन मोजा नखोलेको हौं ? आदि भन्न सक्छन् । यसो भन्दा पनि मोजा नखोले दोस्रो विधि अपनाउनुपर्दछ, जसमा बालबालिकाको शरीरमा छुनुपर्दछ । यसो गर्दा पनि प्रतिक्रिया नदिएमा, बालबालिकाको हात माथि हात राखी आफैंले मोजा खोली दिनुपर्छ ।

माथि उल्लिखित धारणा अपनाएमा दृष्टि अपाङ्गतासँगै अन्य अपाङ्गता भएका बालबालिकालाई आत्मनिर्भर बनाउन सकिन्छ । यसतर्फ सरकारी पक्ष, अपाङ्गता क्षेत्रमा कार्यरत संघ–संस्था, अभिभावक एवं समाजले सकारात्मक भूमिका खेल्न सकेमा यी बालबालिकाको सुन्दर भविष्यको रेखा कोर्न सम्भव हुनेछ ।
बीपी नेत्र प्रतिष्ठान, लोकन्थली, भक्तपुर

commercial commercial commercial commercial