व्याकरण त चाहिन्छ !

भाषा राम्रो बनाउन धेरै मिहिनेत गर्नुपर्छ र त्यसको प्रतिफल पनि राम्रै मिल्छ । नेपालीमा सबभन्दा धेरै गल्ती हुने केही अक्षर र मात्राहरूको प्रयोगमा मात्र सावधान हुने हो भने पनि धेरै राम्रो नेपाली लेख्न सकिन्छ । ती अक्षर र मात्रा ब र व; श, ष र स; इकार र उकारमा ह्रस्व र दीर्घ, रेफ आदि हुन् ।

हिजोआज नेपाली भाषामा लेख्नेहरूले व्याकरणको पत्तो पाउन छाडेका हुन् कि जस्तो लाग्न थालेको छ । कति नजानेर अशुद्ध लेख्छन् र कति भने व्याकरणका अप्ठ्यारा नियमहरू छाडेर जथाभावी तरिकाले लेख्न छूट पाएकोमा गौरव गर्दछन् । ‘श’ र ‘स’ मा; ‘व’ र ‘ब’ मा फरक धेरैले छुट्याउन सक्दैनन् । दीर्घ लेख्नुपर्ने ठाउँमा ह्रस्व र ह्रस्व लेख्नुपर्ने ठाउँमा दीर्घ लेख्नेहरू ‘बुझ्एि भएन ?’ भनेर उल्टै ठूला पल्टिन्छन् ।

१०० वर्ष अघिको तुलनामा आज नेपाली भाषा धेरै परिष्कृत भइसकेको छ । अब हामी मन लागे अनुसारको व्याकरण अनुसार भाषा लेख्ने युगमा छैनौं । यसको अर्थ हाम्रो भाषामा कुनै विवाद बाँकी छैनन् भन्ने होइन । तर हामी विभिन्न विवादहरूको समाधान गर्दै अघि बढिरहेका छौं । विद्यालयमा व्याकरण भनेर छुट्टै नपढाए पनि भाषामा शुद्धता ल्याउने प्रयास जारी छ ।

आजभन्दा तीन÷चार दशक अघिसम्म समाजमा संस्कृत पढेकाहरूको भाउ थियो । संस्कृतको पढाइ सधैं व्याकरणसम्मत हुने गर्दछ र धेरै नेपाली शब्दहरूको मूल संस्कृत भएकाले उनीहरू प्रायः शुद्ध नेपाली लेख्न सक्छन् । संस्कृत पढेका व्यक्तिहरूमध्ये धेरै सरकारी जागिरमा जान्थे । किनभने लोकसेवा लगायतका परीक्षामा विषयवस्तु, प्रस्तुति गर्ने शैली र शुद्धता मूल्याङ्कनका आधार हुन्थे । बाँकी धेरै सरकारी विद्यालय÷कलेजमा पढाउन पुग्थे । सबैजसो परीक्षामा भाषिक शुद्धता हेरिन्थ्यो । राम्रो भाषा लेख्न जान्नेहरू नै बढी उत्तीर्ण हुने गर्दथे ।

संस्कृतका  केही विद्यार्थीहरू पनि काठमाडांैमा विभिन्न दैनिक, साप्ताहिक पत्रिकाहरूमा प्रुफ रिडरको काम गर्दथे । तीमध्ये धेरैले त पछि गएर पत्रकारितालाई नै पेशा पनि बनाए ।

लामो समयसम्म नेपाली भाषा पढाउने शिक्षकमा पनि संस्कृत पढेकाहरूलाई नै प्राथमिकता दिइन्थ्यो । पाठ्यक्रम बनाउने विषयविज्ञका रूपमा पनि उनीहरूलाई प्राथमिकता दिइन्थ्यो । राम्रो शिक्षा पाएका शिक्षकहरूबाट प्रशिक्षित विद्यार्थीहरू नै अहिले भाषामा पोख्त बनेका देखिन्छन् । पहिले राम्रो नेपाली लेख्ने अधिकांश व्यक्तिहरू मूलतः पहाडका बाहुनक्षेत्री समुदायका देखिन्थे भने अहिले सबै जात र भौगोलिक क्षेत्रका विद्यार्थी, शिक्षक वा जागिरेहरू नेपाली विषयमा उत्तिकै कलम चलाउन सक्ने भएका छन् ।

भाषा राम्रो बनाउन धेरै मिहिनेत गर्नुपर्छ र त्यसको प्रतिफल पनि राम्रै मिल्छ । नेपालीमा सबभन्दा धेरै गल्ती हुने केही अक्षर र मात्राहरूको प्रयोगमा मात्र सावधान हुने हो भने पनि धेरै राम्रो नेपाली लेख्न सकिन्छ । ती अक्षर र मात्रा ब र व; श, ष र स; इकार र उकारमा ह्रस्व र दीर्घ, रेफ आदि हुन् । कतिपय मान्छे नबुझ्ेर, नजानेर र कतिपय हेल्चेक्र्याइँ गरेर यस्ता अक्षर र मात्राको गलत प्रयोग गर्छन् । यस्तो गर्नेले दिशा लेख्नुपर्ने ठाउँमा दिसा पनि लेखिरहेका हुन्छन् ।

अलि कमको ध्यान गएको तर धेरैले गल्ती गर्ने गरेको देखिन्छ रेफ लगाउँदा । सडक विभागले कैयौं ठाउँमा ‘राजर्माग’ लेखेको छ । गाडी ‘रिजर्व’ चाहिएमा भन्ने ठाउँमा ‘रिर्जव’, ‘प्रिती’ लाई ‘पृति’ जस्ता गल्ती जताततै देखिन्छन् । त्यसैगरी ह्रस्वलाई दीर्घ र दीर्घलाई ह्रस्व त विद्यार्थीमा मात्र हैन, छापा पत्रिकाहरूमा पनि देख्न सकिन्छ । दीर्घायुलाई दिर्घायु अगाडि, पछाडिमा ‘डी’ दीर्घ धेरै लेखिने शब्दहरू हुन् । नेत्र विज्ञान अध्ययन प्रतिष्ठान रूपन्देहीको एक सवारी साधनमा ‘अध्यान’ लेखिएको छ । यसैगरी एफएम रेडियो, टीभीहरूमा ‘विद्यार्थी’ लाई ‘बिधार्थी’, ‘विद्यालय’ लाई ‘बिधालय’ धेरै सुनिने शब्दहरू हुन् । फेशन, गायन जस्ता मनोरञ्जन प्रधान कार्यक्रमहरूमा सञ्चारकर्मीहरूसँग अन्तर्वार्ता दिनेले अंग्रेजीकरण गरेर कुरा गर्दा बुझनै गाह्रो लाग्दछ— न नेपाली, न अंग्रेजी । आजका ‘टिनेजर्सको भाषा त झ्न् रोमान्टिक र बबाल’ हुने नै भयो ।

व्याकरणलाई शब्दानुशासन भनिन्छ, तर यसको पालना कसरी होला भन्ने चिन्ताको विषय भएको छ । मेरो विचारमा विद्यार्थीलाई सजिलो र याद हुने खालका पाठहरू पढाएर धेरै कुरा सिकाउन सकिन्छ । चार दशक अघि कक्षा १० पढेका पोखरा बाटुलेचौरका हरि बानियाँले अहिले पनि ह्रस्व दीर्घ छुट्याउन रत्नपुस्तक भण्डारबाट प्रकाशित गोपाल पाण्डे असीमको ‘ह्रस्व दीर्घको सवाई’ को तलको श्लोक सुनाउँछन्ः

सर्वनाम, विशेषण, जाति, पेशा थर ।

दर्जा क्रिया दीर्घ हुन्छन् दीर्घ लेख्ने गर । ।

हरि बानियाँ त उदाहरण मात्र हुन् । यसरी लय हालेर र गीत बनाएर सिकाएका कुरा धेरैलाई याद हुन्छन् । भाषा व्याकरणका कुरा पनि यसरी लयमा पढाउन सिकाउन पाए लेखिने र बोलिने भाषामा पक्कै केही सुधार आउन सक्छ । नत्र व्याकरण नजानेका व्यक्तिहरूले लेखेको अशुद्ध भाषाले हाम्रो भाषिक क्षमतालाई प्रतिदिन कमजोर पार्दै लैजान्छ ।

commercial commercial commercial commercial