३–७ वर्षका बालबालिका यसरी जगाउन सकिन्छ यौन चेतना

हिजोआज बलात्कारका समाचारले हामीलाई अत्याउन थालेका छन् । बलात्कार भन्ने शब्द सञ्चारमाध्यम र कुराकानीमा पनि बारम्बार दोहोरिन थालेको छ । समाचारमा वा अरू कतै ‘बलात्कार’ भन्ने शब्द सुनेर स–साना बालबालिकाले तपाईंसँग त्यसको अर्थ सोधेका छन् ? वा उनीहरूले आफ्नै हिसाबले त्यो शब्दको अर्थ लगाएका छन् ? वा, तपाईंले त्यसका बारेमा केही बुझउने प्रयास गर्नुभएको छ ?

बालबालिकालाई यौन दुव्र्यवहारबाट जोगाउनका लागि मात्र भए पनि हामीले केही कुरा सिकाउनै पर्छ । सिकाउँदा एकै पटक यौन दुव्र्यवहार वा बलात्कारको कुरा गरेर पनि हुँदैन । बलात्कार र यौनहिंसाकै कुराबाट थाले पनि बालबालिकाको जिज्ञासा यौन र यौनिकतासम्म फैलिन्छ र उनीहरू थप कुरा थाहा पाउन चाहन्छन् ।

वास्तवमा यौन त स्वाभाविक र प्राकृतिक प्रक्रिया हो, यौन दुव्र्यवहार, हिंसा र बलात्कार त्यसको सानो पक्ष मात्र हो । तर यौनको राम्रो पक्ष होस् वा नराम्रो दुवैलाई हामीले ‘वर्जित क्षेत्र’ मा हालिदिएका छौं र चर्चै गर्दैनौं । उनीहरूले अप्ठ्यारा प्रश्न सोध्लान् भनेर कहिलेकाहीं हामी टीभी वा रेडियो समेत बन्द गरिदिन्छौं, हामी उनीहरूलाई कठोर र जटिल वास्तविकताहरूबाट जोगाउन नै खोज्छौं ।

तर उनीहरूलाई विश्वसनीय वातावरणमा यौन हिंसा वा त्यसबाट जोगिने उपाय मात्र नसिकाएर उनीहरूका अरू यौन जिज्ञासा पनि हल गर्नु आवश्यक हुन्छ । हामीले लाज र त्रास नलाग्ने शब्दहरूको प्रयोग गरेर उनीहरूलाई आफू र आफ्नो शरीरप्रति सकारात्मक र विश्वस्त बनाउनै पर्छ ।

शरीरको ज्ञानः बालबोलीको आड
सबैभन्दा पहिला बालबालिकालाई उनीहरूको शरीरका बारे बुझन मद्दत गर्नुपर्छ । उनीहरूलाई हात, खुट्टा, औंला, जस्तै आफ्ना ‘दिसा–पिसाब गर्ने अङ्ग’ का बारेमा पनि स्वाभाविक रूपले कुरा गर्न सक्ने बनाउनुपर्छ । बालबोलीका ‘सुसु’ वा ‘पिंध’ जस्ता शब्दले हामीलाई धेरै मदत गर्न सक्छन् । तर त्यस्ता शब्दको उच्चारण र प्रयोग गराइमा पनि ध्यान दिनु जरूरी छ । हामीले नहाँसी स्वाभाविक हिसाबले ती अङ्गको नाम लियौं भने उनीहरूले पनि आफ्नो शरीरलाई स्वाभाविक हिसाबले लिन थाल्छन् । तर तिनै अङ्गको नाम लिंदा हामी हाँस्यौं वा लजाए जसरी ती शब्दको उच्चारण र प्रयोग ग¥यौं भने उनीहरू तिनै कुरासित लजाउन र डराउन थाल्छन् ।

कुरा र कथा
बालबालिकालाई सजिलो गरी कुरा बुझउनका लागि कुरा र कथाले मद्दत गर्छन् । ‘संसारमा उहिले मान्छे नाङ्गै हिंड्थे । अहिले पनि स्वीमिङपुल, समुद्र किनार जस्ता कतिपय ठाउँमा मान्छे ज्यादै कम लुगा लगाएर बस्छन् । नुहाउने सार्वजनिक ठाउँहरूमा पनि मान्छे नाङ्गै समेत हुन्छन्’ भन्ने जस्ता कुरा सुनाउँदा उनीहरूले जान्ने कुरा हो, “नग्नता कुरीकुरी मात्र होइन, यस बारेमा पनि कुरा गर्न मिल्ने रहेछ ।” सभ्यता शुरू हुनु अघिका मान्छेका काल्पनिक तस्वीर भएका किताब वा समुद्र किनारका तस्वीर आदि यस्ता कथा र कुराका लागि राम्रा आधार सामग्री हुन्छन् ।

प्रथम चरणमा यति बताइसकेपछि उनीहरूलाई बताउनुपर्ने कुरा हो “हिजोआज संसारभरि नै मान्छे दिसा–पिसाब गर्ने अङ्गहरू छोपेर हिंड्छन् । अर्कालाई छुन पनि दिंदैनन्” आदि । बस्ने ठाउँतिर भएकाले र त्यहाँबाट विभिन्न प्रकारका फोहोरहरू शरीरमा पस्न सक्ने भएकाले पनि ती अङ्गहरूलाई छोपेर सुरक्षित राख्ने चलन चलेको कुरा पनि सिकाउनुपर्छ । “छोपेर राखिने भएकाले यी ‘गुप्त अङ्ग’ हुन्, ‘गुप्ताङ्ग’ हुन् । अंग्रेजीमा यिनलाई ‘प्राइभेट पार्ट’ भनिन्छ । मैले छोपेको कुरा अरू कसैले खोल्नु हुँदैन र अरू कसैले छोपेको कुरा मैले पनि खोल्नुहुँदैन” भन्ने जस्ता साधारण शब्द र भाषाबाट बालबालिकालाई धेरै कुरा सिकाउन सकिन्छ ।

केही बालबालिका सानैदेखि लुगा भित्र हात हालेर आफ्नो सुसु छामिरहन रुचाउँछन् । त्यो प्राकृतिक व्यवहार हो । कदाचित अरूका अगाडि त्यसो गरेको भेटियो भने पनि छिछि र कुरीकुरी नभनी राम्रोसित “अरूका छेउमा त्यसो गर्नु राम्रो हुँदैन” भनेर सम्झउनुपर्छ । बालबालिकालाई आफ्नो शरीर लाज वा घिनलाग्दो कुरा हो भन्ने पर्न दिनुहुँदैन ।

विभिन्न प्रकारका छुवाइ
धेरै बालबालिका यौन दुव्र्यवहारमा पर्छन् । त्यसबाट मानसिक र शारीरिक पीडामा भए पनि आफूलाई के भइरहेको छ भनेर उनीहरूले बुझ्ेका हुँदैनन् । अलिअलि बुझ्े पनि भन्न सकेका हुँदैनन् । त्यसैले बालबालिकालाई यस्ता कुराको बारेमा कुरा गर्न सकिन्छ र गर्नुपर्छ भन्ने कुरा बताउनु महŒवपूर्ण हुन्छ ।

बालबालिकालाई शुरूदेखि नै सिकाउनुपर्ने मुख्य कुरा के हो भने उनीहरूको शरीर उनीहरूको निजी कुरा हो, र त्यसमा अरू कसैको हक लाग्दैन । आमा–बुवा, हजुरआमा, साथी वा माया गर्ने अर्को मान्छेले अँगालो मार्दा आउने आनन्द र कसैले पिट्दा, ठेल्दा वा हेपेर व्यवहार गर्दा आउने भावनाको बारे बालबालिकासँग छलफल गर्नुपर्छ । यौनका बारेमा कुरा गर्न सक्ने बनाउनका लागि मान्छेले मान्छेलाई गर्न सक्ने अरू किसिमका दुव्र्यवहारका बारे कथा र कुरा सुनाउन सकिन्छ । कुरै कुरामा स्कूलमा बालबालिकाको बीचमा हुने दादागिरी र दुव्र्यवहारका कुरा पनि बाहिर निस्किन सक्छन् । त्यस्तो कुरा गर्दा केटाकेटी खुलेर बोल्न सक्छन् । बोलेनन् भने आफ्ना केही अनुभवहरूका बारे सुनाएर पनि उनीहरूलाई बोल्न प्रेरित गर्न सकिन्छ ।

“तिमीलाई कसैले पनि हेपाहा प्रवृत्तिले छोएमा तिमीले शिक्षकलाई वा आफूले विश्वास गर्ने अर्को ठूलो मान्छेलाई सुनाउनुपर्छ” भनेर हामीले बालबालिकालाई भन्नुपर्छ । कुनै पनि अवस्थामा हेपिने मान्छे निर्दोष हुन्छ र दुव्र्यवहार गर्ने मान्छे चाहिं दोषी हो भन्ने कुरा उनीहरूलाई बुझउनुपर्छ ।

“लुगा फेरिदिंदा वा नुहाइदिंदा आमा–बाबु वा हेरचाह गर्ने मुख्य मान्छेले, र डाक्टरी परीक्षण गर्दा आमा–बाबुको अगाडि डाक्टरले छोए पनि तिम्रो सुसुमा अरूले छुनुहुँदैन” भनेर हामीले स्पष्ट शब्दमा भन्नुपर्छ । कसैले त्यहाँ छोएमा वा छुन खोजेमा आफूले विश्वास गर्ने ठूलो मान्छेलाई भन्नुपर्छ भन्ने कुरा पनि हामीले बुझउनुपर्छ । तर नराम्रो छुवाइ छोपेका ठाउँमा मात्र हुँदैन, पाखुरा, तिघ्रा वा गालामा पनि हुन सक्छ ।

“तिम्रो शरीरमा तिम्रो मात्र हक लाग्छ, र तिम्रो सहमति विना तिमीलाई कसैले छुनुहुँदैन” सँगसँगै “तिमीले पनि कसैलाई अप्ठ्यारो लाग्ने गरी छुनुहुँदैन, र गल्तीले त्यसो भएमा माफी माग्नुपर्छ” भनेर सिकाउनुपर्छ । सहमति र अनुमतिका बारेमा हामीले बालबालिकालाई सानैदेखि यसरी सिकायौं भने उनीहरूले ठूला भएसम्म अरूको इच्छा र शारीरिक अस्मितालाई सम्मान गर्न सिक्छन् ।

कतिपय अवस्थामा संवेदनशील अङ्ग वा छोपेको अङ्गसम्म नपुग्दै यौन हिंसा शुरू भइसकेको हुन्छ । यो कुरा हामीले बालबालिकालाई पटक‍पटक बताउनुपर्छ, ताकि कसैले उनीहरूलाई नराम्ररी छुन शुरू गर्ने बित्तिकै उनीहरूले त्यो कुरा कसैलाई बताउन् ।

बालबालिकाले के पनि थाहा पाउनु जरूरी छ भने यौन हिंसा डरलाग्दा देखिने वा नचिनेका मान्छेले मात्र गर्दैनन्, र कहिलेकाहीं परिवारकै चिनजानका मान्छेले पनि नराम्रो तरिकाले छुन सक्छन् । “तिमीलाई कसैले, कतै पनि छुँदा सहज लागेन भने त्यो कुरा उसलाई भन्नुपर्छ, र त्यतिखेरै उसैलाई भन्न सकेनौ भने पनि पछि आफूले विश्वास गर्ने ठूलो मान्छेलाई भन्नुपर्छ” भनेर हामीले बालबालिकालाई विभिन्न किसिमले सिकाउनुपर्छ ।

कसरी गर्ने कुराकानी
कहिलेकाहीं बालबालिका अप्ठ्यारो स्थितिमा पर्छन् तर ठूला मान्छेलाई भन्न सकिरहेका हुँदैनन् । कुनै विद्यार्थीले केही भन्न चाहँदा–चाहँदै पनि बोल्न नसकेको वा उसलाई नराम्रो लागेको शिक्षकले थाहा पाउन सक्छन् । उनीहरूले विद्यार्थीसँग एक्लै भेटेर उसलाई के कुराले पिरोलेको छ भनेर सोध्न सक्छन् । बालबालिकाले आफूलाई अप्ठ्यारो लागेको व्यवहारका बारे ठूलो मान्छेलाई भन्न नसकेर साथीहरूलाई पनि भन्न सक्छन् । त्यस्तो अवस्थामा साथीको गोप्य कुरा नभनेर भन्दा जिम्मेवार मान्छेलाई भनेर मद्दत गर्न सकिन्छ भनेर बालबालिकालाई भन्नुपर्छ ।

“छोपेर राखिने भएकाले यी ‘गुप्त अङ्ग’ हुन्, ‘गुप्ताङ्ग’ हुन् । अंग्रेजीमा यिनलाई ‘प्राइभेट पार्ट’ भनिन्छ । मैले छोपेको कुरा अरू कसैले खोल्नुहुँदैन र अरू कसैले छोपेको कुरा मैले पनि खोल्नुहुँदैन” भन्ने जस्ता साधारण शब्द र भाषाबाट बालबालिकालाई धेरै कुरा सिकाउन सकिन्छ ।

शिक्षकले आफ्ना विद्यार्थीको समस्याको समाधान आफू एक्लैले गर्न सक्छन् अथवा यो जरूरी छ भन्ने कुरा पनि सही छैन । यौन शिक्षा दिने दौरान ठूलो समस्या आए वा कुनै बालक वा बालिका विरूद्ध हिंसा भइरहेको थाहा पाएमा प्रहरी, स्थानीय निकाय अथवा मनोचिकित्सकको सहयोग लिनुपर्छ ।

ध्यान दिनुपर्ने केही कुरा
विद्यार्थीसित के–केका बारेमा बोल्ने, कस्ता शब्दहरूको प्रयोग गर्ने भनेर शिक्षकहरूबीच पहिले नै छलफल गर्नुपर्छ । बालबालिकाले “बच्चाहरू कसरी जन्मन्छ ?” वा “बलात्कार कसले गर्छ ? किन गर्छन् ? कसरी गर्छन ?” भने जस्ता प्रश्न सोधे भने कसरी उत्तर दिने भन्ने बारेमा छलफल गरेर तयार रहनु राम्रो हुन्छ ।

आमाबाबु र शिक्षकहरूले साना हुँदाका आफ्ना यौन उत्सुकता र यौनका बारे कसरी आफूले थाहा पाएको थिएँ भन्ने सम्झ्एिर, आदर र स्नेह साथ बालबालिकासित कुरा गर्नुपर्छ, र सबै कुरा एकै पटक सिकाउन खोज्नुहुँदैन ।

बालबालिकालाई ज्ञान दिने मात्र होइन, शिक्षकले उनीहरूलाई यौन र यौन हिंसाका बारे बोल्ने र प्रश्न सोध्ने मौका दिनुपर्छ ।
बालबालिकाले सानै उमेरदेखि मन परेको केटा वा केटीको हात समाउन र उनीहरूसित समय बिताउन खोज्छन् । हामी कहिलेकाहीं “तिमीलाई को मन पर्छ ?” भनेर पनि सोध्छौं, र बालबालिकाले कहिलेकाहीं आफैं यस्ता कुरा भन्छन् । कुनै पनि बेला “केटा भएर तिमीले त केटीलाई पो मन पराउनुपर्छ” भनेर भन्नुहुँदैन । प्रेम जोसँग पनि हुनसक्छ; केटा–केटी, केटा–केटा, केटी–केटी आदि । यो तथ्य हामीले बुझनुपर्छ र बालबालिकालाई पनि त्यसै अनुरूप सबैलाई सम्मानका साथ हेर्न सिकाउनुपर्छ ।

शिक्षकहरूमा बालबालिकाका कुरा बुझने राम्रो अभ्यास हुन्छ र त्यो कुरा शिक्षकले अभिभावकलाई पनि सिकाउन सक्छन् । विद्यालयले शिक्षक–अभिभावक भेलामा वा कक्षागत रूपमा अभिभावकहरूसित बालबालिकाको यौनिकता, यौन हिंसा र प्रश्नहरूको उत्तर कसरी दिन सकिन्छ भन्नेबारे कुराकानी गर्नुपर्छ । बालबालिकालाई फोनमा हेर्न मिल्ने खराब भिडियोहरूबाट जोगाउन अभिभावकले खेल्न सक्ने भूमिकाको बारे पनि छलफल गर्नुपर्छ ।

तीन देखि सात वर्षसम्मका बालबालिकाको कक्षाकोठामा शरीरको पोस्टर राख्न सकिन्छ । साथै कथाको माध्यमद्वारा, वा फिल्म देखाएर पनि बालबालिकासित यौन र यौन हिंसासँग सम्बन्धित कुरा गर्न मिल्छ ।

अधिकारी शिक्षा र शिक्षा नीतिका क्षेत्रमा काम गर्छिन्, रेग्मी शिक्षक–प्रशिक्षक हुन् ।

commercial commercial commercial commercial