एउटै विद्यालयमा दश जोडी जुम्ल्याहा !

१० जोडीमध्ये पाँच जोडी बालिका छन् । तीमध्ये चार जोडीको नाम ‘गंगा–जमुना’ छ भने एक जोडीको नाम ‘लक्ष्मी–पूजा’ छ । यस्तै चार जोडी बालकहरूको नाममा भने विविधता छ । यस्तै, एक जोडी बालक चाहिं दिदीभाइ छन् ।

झपाको कचनकवल गाउँपालिका–२ सुकुनाडिकीमा छ— लक्ष्मीप्रसाद देवकोटा मावि । बिर्तामोडबाट ३५ किलोमिटर दक्षिणमा रहेको यो विद्यालयलाई एउटा अनौठो संयोग जुरेको छ ः १० जोडी जुम्ल्याहा विद्यार्र्थी !

यस विद्यालयको कक्षा–५ मा अध्ययनरत जमुना गौतमले यूकेजीमा पढ्दा भएको दौड प्रतियोगितामा दोस्रो स्थान हासिल गरेकी थिइन् । तर पुरस्कार थाप्न भने उनले दिदी गंगालाई पठाइन् । दौड जितेकोमा जमुना खुशी, पुरस्कार थापेकोमा गंगा खुशी ! तर उनीहरू जुम्ल्याहा भएकै कारण शिक्षक र अरू विद्यार्थीले पनि दौडमा दोस्रो हुने र पुरस्कार थाप्ने अलग हुन् भनेर त्यतिबेला छुट्याउन सकेका रहेनछन् ।

हाल कक्षा–१ मा अध्ययनरत गंगा–जमुना मुर्मूमध्ये प्रायः एक जना मात्रै विद्यालय आउँछन् । एक जना चाहिं काममा सघाउन घरमै बस्छन् । परिवार विपन्न र आमा पनि नभएकाले पालैपालो विद्यालय आउनु उनीहरूको बाध्यता रहेको छ । तर कुन दिन को आयो, कुन दिन को आयो शिक्षकहरूले छुट्याउन सक्दैनन् । प्रधानाध्यापक हेमलाल आचार्य भन्छन्, “विद्यार्थी नआएपछि हिजो किन नआएको भनेर सोध्नु प¥यो, तर कहिले म त आए, दिदी पो नआएको भन्छन्, कहिले बहिनी पो नआएको भन्छन्, छुट्याउनै गाह्रो !”

चिन्ने माध्यम रोल नं.
अहिले शिक्षकलाई सबैभन्दा बढी समस्या कक्षा–५ मा पर्छ । यो कक्षामा तीन जोडी जुम्ल्याहा अध्ययनरत छन् । लुगा, बोली, बानी, उँचाइ, वर्ण प्रायः सबैको उस्तै भएपछि साथी र शिक्षकहरूलाई जुम्ल्याहा छुट्याउन हम्मे पर्छ । त्यसैले उनीहरूलाई छुट्याउने आधार भनेकै रोल नम्बर हो । शिक्षक मेघनाथ दाहाल भन्छन्, “जति गरे पनि झ्ुक्किहालिन्छ, त्यसैले जुम्ल्याहालाई चाहिं नाम होइन, रोल नम्बरका आधारमा बोलाइन्छ ।” कक्षा–५ पढ्ने गंगाको ४८ र जमुना गौतमको ४९ हो रोल नम्बर । अर्की शिक्षक पिङ्गला कार्की भन्छिन्, “यी गंगा र जमुना गणेश दिदीबहिनीलाई एक वर्ष पढाएँ तर कहिल्यै चिनिनँ, अझ्ै पनि छुट्याउन गाह्रो छ, केही सोध्नु परे रोल नम्बरले बोलाएर सोध्छु ।”

अन्य कक्षाका जुम्ल्याहा चिन्ने माध्यम पनि यही मात्र एक हो । विद्यालयमा शिक्षकहरूले रोल नम्बरका आधारमा छुट्याए पनि छिमेक र परिवारमा भने दिनहुँ झ्ुक्किरहन्छन् । जुम्ल्याहा दिदीबहिनी गंगा–जमुना श्रेष्ठका दाजु सोही विद्यालयका शिक्षक हुन् । उनी भन्छन्, “हुर्किंदै गएपछि बहिनीहरूको अनुहारमा, केही फरकपना आयो, त्यसैले हामीलाई त्यति गाह्रो पर्दैन, तर छरछिमेकमा भने झ्ुक्किरहन्छन् ।”

नियोजित होइन जुम्ल्याहाको जमघट
वि.सं. २०२७ सालमा स्थापित लक्ष्मीप्रसाद देवकोटा माविमा अहिले आएर जुम्ल्याहाहरू एकात्रित हुनु कुनै नियोजित घटना नभएर एउटा संयोग मात्रै भएको बताउँछन् सो विद्यालयका प्राथमिक तहका प्रमुख शिक्षक शेरबहादुर थापा । “कहाँ कसको घरमा जुम्ल्याहा छन् भन्ने हामीलाई थाहा हुने कुरा पनि भएन, तर फाट्टफुट्ट आउँदा आउँदै अहिले त १० जोडी पो भइसके”, उनले थपे । १० जोडीमध्ये पाँच जोडी बालिका छन् । तीमध्ये चार जोडीको नाम ‘गंगा–जमुना’ छ भने एक जोडीको नाम ‘लक्ष्मी–पूजा’ छ । यस्तै चार जोडी बालकहरूको नाममा भने विविधता छ । यस्तै, एक जोडी बालक चाहिं दिदीभाइ छन् ।

धेरै समानता, केही फरकपना
जुम्ल्याहामध्ये धेरैमा समानता पाइन्छ । तर केहीमा भने फरकपना पनि छ । तीन वर्षका छोरीहरू— गंगा–जमुनाकी आमा कल्पना भन्छिन्, “गंगा अलिक चञ्चले, जिद्दी स्वभावकी पनि छ । जमुना ज्ञानी छ ।” एलकेजीमा पढ्ने युजन र नुजनमध्ये भाइ निकै चञ्चले छन्, तर दाजु गम्भीर स्वभावका । शिक्षक लक्ष्मी भण्डारी भन्छिन्, “धेरैजसो जुम्ल्याहाको स्वभाव मिल्छ तर केही केही स्वभाव भने फरक पनि पाइएको छ ।”

२०५७ साल असोज २५ गते पाँच मिनेटको फरकमा जन्मिएका गंगा–जमुना श्रेष्ठको भने स्वभाव र रुचि मात्रै होइन स्वास्थ्य अवस्था पनि मिल्छ । “मलाई रुघा–मर्की लाग्यो भने उसलाई पनि लागिहाल्छ” गंगाले भनिन्, “कहिले मलाई निको हुने वित्तिकै उसलाई शुरू हुन्छ, कहिले ऊ ठीक भएपछि म बिरामी हुन्छु । तर प्रायः सँगसँगै बिरामी हुन्छौं ।” धेरैजसो जोडी एउटै कक्षामा छन् । तर केही फरक–फरक पनि कक्षामा पढिरहेका छन् ।

२०६० जेठ–७ गते जन्मिएका गायत्रा–गंगा सागर खड्कामध्ये २ मिनेटले गायत्रा दिदी हुन् । तर अध्ययनमा भने भाइभन्दा उनी दुई तह माथि छन् । “दिदीले शिशु कक्षा नपढी एक कक्षा पढ्नुभयो, अनि म चाहिं शिशुदेखि नै पढें र कक्षा–३ मा फेल पनि भएँ त्यसैले दुई कक्षा पछि परेको हुँ” गंगासागरले भने । उनीहरूको रुचिमा पनि केही फरकपना छ । गायत्रा भन्छिन्, “अरू त त्यस्तो खासै फरक छैन, तर भाइलाई गुलाबी रंगको कपडा मन पर्छ, मलाई चाहिं सेतो मन पर्छ ।”

२०६० मंसीर १३ गते जन्मिएका प्रेमलाल र प्रेमप्रसाद राजवंशी मध्ये एक मिनेटपछि जन्मिएका प्रेमप्रसादले प्रेमलाललाई कक्षा–१ मा उछिने । प्रेमलाल कक्षा–८ र भाइ प्रेमप्रसाद कक्षा–९ मा अध्ययनरत छन् । उनीहरूमध्ये दाजु रातो लुगा मन पराउँछन् भने भाइ चाहिं पहेंलो । पढाइमा पनि जुम्ल्याहाहरूको स्तर फरक–फरक छ । कुनै जोडीका जेठो सन्तान तगडा छन् भने कुनैका कान्छो तेजिला छन् । कक्षा–३ मा पढ्ने गौरव र गगन खतिवडामध्ये गौरव अलिक तगडा लाग्छ शिक्षक जीवन भट्टराईलाई । अन्य कुरामा समान भए पनि विभिन्न विषयमा जिज्ञासा राखिरहन्छन् गौरव तर गगन अलिक मौन बस्ने गरेका छन् ।

कुनै जोडीका जेठो सन्तान तगडा छन् भने कुनैका कान्छो तेजिला छन् । कक्षा–३ मा पढ्ने गौरव र गगन खतिवडामध्ये गौरव अलिक तगडा लाग्छ शिक्षक जीवन भट्टराईलाई ।

आमाको अनुभव
तीन वर्षीया गंगा–जमुनालाई कुन दिदी, कुन बहिनी भनेर अरूहरूले छुट्याउन र उनीहरूलाई चिन्न नसके पनि आमा कल्पना राजवंशी भने आजसम्म झ्ुक्किएकी छैनन् । दुवै छोरीलाई काखमा राखेर उनले भनिन्, “अलि अलि हिंडाइ नभए बोलीले गर्दा म चिन्छु, तर अरूलाई पनि चिन्ने गरी फरक के–के छ चाहिं भन्न सक्दिनँ, म बुझछु मात्र ।” २०७२ भदौ २४ गते उनीहरू दुवै जना एक मिनेटको फरकमा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जन्मिएका हुन् । दुवै छोरी जन्मने बेलामा श्रीमान कुवेत पुगेका थिए, अझ्ै उतै छन् । उनले अझ्ैसम्म छोरीहरूलाई भेटेका छैनन् ।

सरिता खड्काको दोस्रो गर्भबाट २०६० जेठ ७ मा गायत्रा र गंगासागर जुम्ल्याहा छोराछोरी भए । उनलाई गर्भमा भइन्जेल जुम्ल्याहा सन्तान छन् भन्ने अनुभूति नै भएन । “भिडियोसिडियो गरिएन, पेट चाहिं अलिक ठूलै थियो तर दुइटा नानी होला जस्तो चाहिं लागेन” जुम्ल्याहा दिदीभाइकी आमा सरिताले भनिन्, “एउटा नानी चाहिं बढी खेल्दोरहेछ, अर्को चाहिं त्यति खेलेन क्यार त्यही भएर जुम्ल्याहा होलान् जस्तै लागेन ।” उनले दुवै सन्तान घरैमा जन्माएकी हुन् ।

commercial commercial commercial commercial