मर्यादामा विद्यार्थीको हक !

कक्षा ११ मा पढाउँदै गर्दा एक विद्यार्थीलाई ‘तँ’ भनेर सम्बोधन गर्न पुगें । उनले तुरुन्तै उठेर आफूलाई ‘तँ’ नभन्न आग्रह गरे । त्यतिबेला कक्षामै आफ्नो प्राधिकारमाथि प्रश्न उठाइएको ठानेर मैले अप्ठ्यारो महसूस गरें । तर पनि त्यसबाट महŒवपूर्ण शिक्षा पाएँ, लिएँ ।

मानव सभ्यताको इतिहास नै विभिन्न समूहबीचको शक्ति अभ्यासमा अमर्यादित जीवन जिउन बाध्य बनाइएकाहरूले मर्यादाको अपेक्षा र माग गर्न थाल्दा भएका द्वन्द्वबीच विकसित हुँदै आइरहेको छ । यी दुई शक्तिबीच घर्षण पैदा हुँदा नै विभिन्न द्वन्द्व र ठूल्ठूला लडाइँहरू समेत भएका छन् । पहिलो विश्वयुद्धको अन्त्य गर्ने क्रममा जर्मनहरूको अत्यन्त मानमर्दन गर्ने उद्देश्यका साथ भर्सिलिस सन्धि नभएको भए शायद हिटलरको उदय र दोस्रो विश्वयुद्ध नै हुन्थेन होला ।

व्यक्तिगत मर्यादा नै विश्वशान्तिको आधार ?
मानव जीवनमा मर्यादाको प्रवद्र्धन र संरक्षणलाई सदस्य राष्ट्रहरूको दायित्व हुने गरी संयुक्त राष्ट्रसंघको नेतृत्वमा सन् १९४८ मा जारी मानवअधिकारको विश्वव्यापी घोषणापत्रले प्रस्तावनाको पहिलो वाक्यमै ‘मानव परिवारका सबै सदस्यहरूमा अन्तर्निहित मर्यादा तथा सम्मान र अविच्छिन्न अधिकारहरूको मान्यता नै विश्वमा स्वतन्त्रता, न्याय र शान्तिको आधार’ रहेको कुरा उल्लेख गरियो । अर्थात् यसले के स्वीकार ग¥यो भने मानिसलाई उसमा अन्तर्निहित मर्यादा र सम्मान तथा अमेरिकी स्वतन्त्रताको घोषणापत्रमा उल्लेख भए झ्ैं जीवन, स्वतन्त्रता र खुशीको खोजी गर्न पाउने अविच्छिन्न अधिकारबाट च्युत गरेमा विश्व शान्ति नै जोखिममा पर्न सक्छ ।

तर मर्यादा पाउने र चाहने बीचको घर्षण अझ्ै जारी छ । माथि नै उल्लेख गरे झ्ैं अमेरिकामै पनि अफ्रिकी, हिस्पानिक र एशियनहरूको मर्यादाको खोजी यात्रा टुंगिएको छैन । ट्रम्प सत्तामा पुगेपछि जातीय आधारमा हुने भेदभाव र दुव्र्यवहार बरु बढ्दो क्रममा रहेको छ । नेपालमा पनि अझ्ै दलित, महिला, आदिवासी जनजाति, गरीब र सीमान्तकृत समुदायहरूले मर्यादा खोज्ने यात्रा टुंगिएको छैन । दक्षिण एशियाका धेरै देशमा अझ्ै पनि जाति, भाषा, धर्म, संस्कृति र क्षेत्रीयताको आधारमा मर्यादा खोज्ने र खोस्ने क्रम जारी नै छ ।

सामूहिक मर्यादाको निर्माण र आफूले मर्यादा पाए÷नपाएको निर्धारण भने वैयक्तिक मर्यादाबाटै शुरू हुन्छ । अर्थात् व्यक्तिले पलपलमा अनुभव गर्ने अपमान र अमर्यादाको मात्रा चुलिएपछि, सामूहिक बनेपछि अभिव्यक्त वा विस्फोट हुन्छ जसले समाजमा घर्षण पैदा गर्छ र द्वन्द्वको सिर्जना हुन जान्छ ।

वैयक्तिक मर्यादाको अनुभूति
अब यो वैयक्तिक मर्यादाको अनुभूति कहाँबाट शुरू हुन्छ त ? यसबारे चर्चा गरौं । यसको शुरूआत बाल्यावस्थाबाटै हुन्छ । तर हाम्रा धेरै परिवारमा बालबालिकाबाट एकोहोरो मर्यादित व्यवहार माग्ने तर उसलाई नदिने वातावरण व्याप्त छ । स्तरीकृत पारिवारिक संरचना भएकोले परिवारमा घरमूलीको बोलवाला हुन्छ र सबैभन्दा बढी मर्यादा पनि उसैको । अनि मर्यादाको स्तर पनि उमेर र लिङ्ग अनुसार निःसृत हुँदै जान्छ । जस्तै घरमा बाबु घरमूली हो भने त्यसपछि धेरैजस्तो अवस्थामा आमा र छोराछोरीमा पुग्छ । केही परिवारमा आमालाई वा छोराभन्दा छोरी जेठी भए पनि छोरालाई नै बढी मर्यादा दिने व्यवहार पनि पाइन्छ । यसले बालिकाहरूको मर्यादित जीवनको आकांक्षामाथि अझ्ै सीमित गरिदिन्छ । यस्तो व्यवहार परिवारसँगै समाजमा पनि हुन्छ । वर्ग, लिङ्ग, जात आदिका आधारमा समाजमा मर्यादा दिइन्छ ।

त्यसपछि त्यो बच्चा विद्यालय जान्छ जहाँ फेरि माथि स्तरीकृत संरचनामा ऊ जेलिन्छ । जहाँ शिक्षक सर्वोच्च स्थानमा र विद्यार्थी निम्न स्थानमा हुन्छन् । उदाहरणको लागि, हाम्रो पुस्ताले शिक्षकहरूको मुखबाट ‘तिमी’ सम्बोधन मुश्किलले पायो । त्यति मात्र होइन विद्यार्थीको सही नाम पनि बोलाइएन । उँचाइ, शरीरको संरचना, बोल्ने शैली मात्र होइन, जातीयता र शारीरिक अशक्तताको आधारमा विभिन्न नामले बोलाउने, खिल्ली उडाउने र होच्याउने गरिन्थ्यो । यसले कलिलो बाल मस्तिष्कमा पारेका नकारात्मक असरबारे अहिले पनि साथीहरूले कुराकानीका बेला सुनाउँछन् । र केही साथीहरूले त गुरुपूर्णिमा वरिपरि यसरी सार्वजनिक रूपमै स्मरण गरेको पनि देखेको छु । यसरी उडाउने र बालबालिकालाई मर्यादाच्युत गर्ने क्रम अझ्ै पनि हाम्रा विद्यालयमा रोकिएको छैन भन्ने मैले अनुभव गरेको छु ।

बच्चालाई कस्तो वातावरणमा हुर्काउँछौं भन्ने कुराले उसले भविष्यमा अरूलाई मर्यादा दिन सक्छ वा सक्दैन भन्ने निर्धारित हुन्छ । हामीले घरदेखि विद्यालयसम्म बालबालिकालाई मर्यादा सिकाएका छैनौं बरु तहहरू सिर्जना गरेर मर्यादाच्युत वा सीमित गरिदिएका छौं ।

मर्यादित जीवन प्रवद्र्धनमा विद्यालयको भूमिका
बालबालिकाले परिवारपछि सबैभन्दा धेरै समय बिताउने विद्यालयमा हो । उसको सोच र सिकाइलाई आकार दिन विद्यालयको ठूलो भूमिका हुन्छ । मर्यादित जीवनप्रतिको धारणा पुस्तान्तरण पनि हुँदै जान्छ । अर्थात् आज मर्यादित जीवन जिउन नपाएको मान्छेले भोलिको पुस्तालाई पनि मर्यादित व्यवहार गर्न शायद सक्दैन । कम्तीमा पुस्तै नलागे पनि आफूले सकेसम्म हुर्मत लिने वातावरणमा हुर्केपछि यो परिवेश बिर्सन (अंग्रेजीमा अनलर्निङ गर्न) दशकौं त पक्का पनि लाग्छ ।

मर्यादा ठूलो कुरा र गह्रौं शब्द जस्तो सुनिए पनि मर्यादित जीवनप्रतिको धारणा निर्माण स–साना कुराहरूबाट हुन्छ । चाहने र प्रयास गर्ने हो भने विद्यार्थीमा आफ्नो मर्यादाप्रति पनि सचेत रहन र अरूलाई पनि मर्यादा दिने बानी विद्यार्थीमा विकास गर्न शिक्षक र विद्यालयले ठूलो भूमिका खेल्न सक्छन् । सामान्य प्रश्नमा घोत्लिन थालेमा मात्रै पनि हामीले विद्यार्थीको मर्यादित जीवनको आकांक्षा पूरा गर्न सक्छौं । यसलाई सामान्य प्रश्नबाट शुरू गर्न सकिन्छ । जस्तै, विद्यालयजस्तो पवित्र स्थानमा हामीले कतै जातीय छुवाछूत त प्रवद्र्धन गरेका छैनौं ? कतै लैङ्गिक विभेद त प्रवद्र्धन गरेका छैनौं ? कतै जातीय आधारमा मर्यादा तोकेर विषजस्तो जातीय विभेद त हुर्काइरहेका छैनौं ? कतै पुरुषहरूमा स्त्रीद्वेष त हुर्काइरहेका छैनौं ? छात्राहरू महीनावारी हुँदा हेय त दर्शाएका छैनौं ? वा छाउपडीलाई सही त ठह¥याएका छैनौं ? कतै स्वाभाविक शारीरिक विकासलाई खिल्लीको विषय त बनाइरहेका छैनौं ? अथवा सफा चर्पी प्रयोग गर्ने हकबाट वञ्चित गरेर उसको मर्यादा हनन् त गरेका छैनौं ? आफ्नो प्राधिकारको प्रतिरक्षामा विद्यार्थीलाई प्रश्न सोध्ने हकबाट वञ्चित त गरेका छैनौं ?

यो लेखलाई एउटा निजी अनुभवबाट टुंग्याउन चाहन्छु । एक दशकभन्दा लामो अध्यापन क्रमको एउटा घटनाले ममा खुशी र पश्चात्ताप दुवै एकैपटक पैदा गर्छ । म आफ्ना विद्यार्थीलाई कसैलाई ‘तिमी’ र कसैलाई ‘तँ’ भनेर सम्बोधन गर्दथें । यसै क्रममा कक्षा ११ मा पढाउँदै गर्दा एक विद्यार्थीलाई ‘तँ’ भनेर सम्बोधन गर्न पुगें । उनले तुरुन्तै उठेर आफूलाई ‘तँ’ नभन्न आग्रह गरे ।

त्यतिबेला कक्षामै आफ्नो प्राधिकारमाथि प्रश्न उठाइएको ठानेर मैले अप्ठ्यारो महसूस गरें । तर पनि त्यसबाट महŒवपूर्ण शिक्षा पाएँ, लिएँ । मर्यादाको अपेक्षा विद्यार्थीमा पनि उत्तिकै हुन्छ, हुनुपर्छ । आफूले मर्यादा पाउन जो कोहीले पनि अरूलाई मर्यादा दिन सिक्नुपर्छ ।

के गर्ने ? के नगर्ने ?

  •    विद्यार्थीलाई सम्मान दिन तलका सामान्य कुरा र व्यवहारबाट शुरू गर्न सकिन्छः
  •    सबै विद्यार्थीलाई पहिलो नामबाट बोलाउने, नाम जे हो त्यहीले बोलाउने, नामको पछाडि एकार जोडेर नबिगार्ने ।
  •    सबै विद्यार्थीलाई कम्तीमा ‘तिमी’ सम्बोधन गर्ने ।
  •    प्रश्न सोध्न उत्प्रेरित गर्ने ।
  •    सफा कक्षाकोठा र चर्पीको सुविधा उपलब्ध गराउने ।
  •    किशोरकिशोरीहरूको शारीरिक विकास स्वाभाविक हो भनेर बुझउने । यस्तो विकास ढिलो वा छिटो हुन सक्छ । सो आधारमा हेलाहोच्याइ नगर्ने ।
  •    फरक शारीरिक अवस्था (जस्तै अपाङ्गता) को आधारमा हेलाहोच्याइ र अपहेलित नगर्ने ।
  •    लैङ्गिक विभेद नगर्ने । छात्र र छात्राका भिन्न आवश्यकता हुन सक्छन्, तीप्रति संवेदनशीलता देखाउने ।
  •    जातीय विभेद र छुवाछूत नगर्ने ।
  •    छाउपडी प्रोत्साहित नगर्ने । महीनावारी सामान्य जैविक प्रक्रिया हो भन्ने बुझउने ।
  •    पढाइका अलावा पनि विद्यार्थीका अन्य चाहना पनि हुन सक्छन्, जस्तै खेलकुद वा अतिरिक्त क्रियाकलाप । तिनलाई पनि सम्मान गर्दै सकेसम्म ती चाहना पूरा गर्न सहयोग गर्ने ।

commercial commercial commercial commercial