अक्षर सिकाइ : पहिले र अहिले '९० सालको अक्षर चिनाइ!'

बाह्रखरीले सिकाउने सबभन्दा ठूलो कुरा थियो— एउटै अक्षरमा अलग अलग मात्रा जोडिएपछि अलग माने लाग्ने शब्द बन्दा रहेछन्। दुईवटा क मा आकार लगाउँदा काका हुँदोरहेछ, तर एउटामा आकार र अर्कोमा ईकार लगाउँदा काकी बन्ने रहेछ।

मेरो जन्म वि.सं. १९८५ साउन २९ गते र अक्षरारम्भ १९९० सालको भदौमा भएको हो । सामान्यतः बालबालिकालाई अक्षरारम्भ सकभर श्रीपञ्चमीका दिन गराइन्थ्यो । त्यो दिन गणेश स्थापना गरी जनै, हरियो दूबो समेत चढाई पूजा गरी अक्षर पढाउन थालिन्थ्यो । तर, पाँच वर्ष पुगेर ६ वर्ष लागिसकेकाले माघ नपर्खी मेरो अक्षरारम्भ भदौमै भएको हो ।

त्यतिबेला ८०÷९० पृष्ठको ठूलो वर्णमाला नाम गरेको बाह्रखरीको पुस्तक चल्तीमा थियो । त्यो पुस्तकमा अ आ इ ई देखि क का कि की; क्य, ख्य, ग्य, घ्य, क्व, ख्व, ग्व, घ्व जस्ता जोडेका, मोरेका, खुट्टा काटेका, रेफ लागेका, संयुक्त अक्षर, हलन्त, अजन्त जस्ता अक्षर हुन्थे ।

किताबको नाम वर्णमाला भए पनि त्यो किताबले अक्षर बाहेकका पनि धेरै कुरा सिकाउँथ्यो । त्यस किताबमा जोड, घटाउ, गुणन र भागाहारसम्मका हिसाब र ‘साना ठूला’ अंग्रेजी अक्षर (ए बी सी डी) र अंग्रेजी अङ्क पनि हुन्थे । किताबको पछिल्लो भागमा छोटा छोटा अंग्रेजी वाक्य पनि हुन्थे । ठूलो वर्णमालामा ग्रह नक्षत्रका नामदेखि विभिन्न  स्तोत्र–मन्त्र पनि पढ्न पाइन्थ्यो ।

त्यस समयमा पढाइ भनेको पढ्ने काम मात्र नभई एउटा अनुष्ठान नै हुन्थ्यो । पढाइका केही विधिविधान कडाइका साथ पालना गर्नै पथ्र्यो । जस्तो; पुस्तक पल्टाउनु भन्दा पहिले पुस्तकलाई ढोग्नै पथ्र्यो र पढिसकेर पुस्तक थन्क्याउनुअघि पनि ढोग्नै पथ्र्यो । पुस्तकका पानाका कुनै कुनाको कागज दोब्रिन नहुने, पुस्तकको बाहिर र भित्रपट्टि पनि कुनै दाग लाग्न नहुने । आफूले पढेको पुस्तक बडो जतनसँग राख्नुपर्ने आदि त्यसबेलाका केही कडा नियम थिए । त्यसबेला पुस्तक पाउन नै मुश्किल भएकाले पनि यी नियम कडाइका साथ लागू हुन्थे । एउटाले पुस्तक खारी सकेपछि घरपरिवार वा नातागोताका अरूले पनि त्यही पुस्तक पढ्थे ।

अरूतिरको कुरै छाडौं, देशको राजधानी काठमाडौंको भोटाहिटीमा एउटा र मखनमा एउटा गरी दुइटा मात्र पुस्तक पसल थिए । ती पसलमा पनि प्रायः पाठशाला, स्कूल, कलेजमा पढाइ हुने पाठ्यक्रमका र पण्डित, पुरोहितलाई चाहिने धार्मिक पुस्तक मात्र पाइन्थे । कथं पुस्तक पाइहालिए पनि किताबमा पैसा हाल्ने बानी नभएको समाजलाई त्यो महँगो लाग्थ्यो । त्यसैले पुस्तक जोगाउन ल्याउनासाथ जिल्दा हालिन्थ्यो । पुस्तक किन्दा नै जिल्दा हाल्न बाक्लो कागजसँगै किनेर ल्याइन्थ्यो र जिल्दा नकिनेको अवस्थामा चुरोटको पेटीमा प्रयोग गरिएको बाक्लो कागजको बस्दोबस्त गरेर भए पनि जिल्दा चाहिं हालिन्थ्यो नै ।

पुस्तकलाई कथं लात्ती लागे वा कुल्चिए पुस्तक उचालेर ढोग्नुपथ्र्यो, क्षमा माग्नुपथ्र्यो । नत्र पाप लाग्छ पढ्न आउँदैन भनिन्थ्यो । नयाँ पुस्तक हात परेको दिन यति धेरै खुशी लाग्थ्यो; कुनै पर्व हो कि उत्सव हो कि जस्तो भान हुने ।

सजिलो पहिले
अ आ इ ई अक्षरहरू १६ वटा भए पनि ऋ ऋृ, लृ, लृृ जस्ता केही अक्षर उच्चारण गर्न कठिन हुने भएकाले क ख ग घ बाट नै पाठ थालिन्थ्यो । क देखि ज्ञ सम्मकै अक्षरहरूलाई कुनै अलिअलि अर्थ लाग्ने र कुनै खास अर्थ नलाग्ने उपनामबाट चिनेर पढिन्थ्यो । ती उपनाम ठाउँ अनुसार फरक पनि हुन्थे । हाम्रा अक्षरका मैले जानेका उपनाम यस्ता थिए –

कपुरी क; खरायो ख वा आँखे ख; गाईगोडे ग;
घर जस्तो घ; मासगेडी वा नाकाथोप्ली ङ;
चरीचुच्चे च; छाते छ; डाडु जस्तो ज;
खुट्टी झ¥यो झ्; गोरुसिंगे ञ; ओठ काट्यो ट;
कण्ठ मिलायो ठ; डाङडुङे ड; कुकुर पुच्छ«े ढ;
तीन धर्के ; कोदाली (पाते) त;
घोर्मुखा थ वा नत्थ लगायो थ; दैले द; काँधलौरी ध;
निहुरमुन्टी न; पाटी प; छोरी बोक्यो फ; बाटुलो ब;
भकारी भ; राम्रो म; बुढो य वा बूढो जे;
खाँबे र वा खाम्या र;
बाख्रो भाग्यो ल वा हात भाँच्चियो ल;
तलथोप्ली व; तालव्य श वा मोटो श;
मूर्धन्य ष वा पेटचि¥यो ष; दन्ते स वा पातलो स
हलोजस्तो ह वा हलिगोडे ह; क्षत्री क्ष
तर्साउने त्र वा दुई धर्के त्र; ज्ञानी ज्ञ

कक्षा १ मा मात्रा लागेका अक्षर अर्थात् खास बाह्रखरी पढ्नुपथ्र्यो । अक्षरमा लाग्ने मात्राहरूलाई यसरी चिनिन्थ्यो
कलाई बिलकन्ना क वा सावैं क
कान्दानी का; बाइमात्रा कि; दाहिने की;
तर्कुले कु; बर्धने कू; एकलख के; दोलख कै
लक्कानो को; दोलखकान्ना कौ; शिरबिन्दु कं
दबासबिन्दु कः

बाह्रखरीले सिकाउने सबभन्दा ठूलो कुरा थियो— एउटै अक्षरमा अलग अलग मात्रा जोडिएपछि अलग माने लाग्ने शब्द बन्दा रहेछन् । दुईवटा क मा आकार लगाउँदा काका हुँदोरहेछ, तर एउटामा आकार र अर्कोमा ईकार लगाउँदा काकी बन्ने रहेछ । बाह्रखरी पढ्दा पढ्दै शब्दको ज्ञान पनि हुँदै जान्थ्यो ।

यो म साक्षर हुन खोज्दाको, अर्थात् ८६ वर्ष अगाडिको सिकाइ पद्धति हो । मलाई यो तरिका अहिले पनि वैज्ञानिक, सरल र छिटो सिकिने खालको नै लाग्छ । त्यो एउटा ठूलो वर्णमाला नामको पुस्तकमा त्यतिका धेरै जीवनोपयोगी सामग्री हुन्थे ।

पाठशाला नजिक थिएनन्
मेरो बाले एउटा ठूलो वर्णमाला किनेर ल्याइदिनुभो । त्यो पाएपछि म फुर्किएर छुट्टी । मेरा बा पुरेत्याईं गर्नुहुन्थ्यो । मैले केही पढेर श्राद्ध, रुद्री, मासिक, तुलसीको होम, सत्यनारायणको पूजा जस्ता जजमानी काम सघाइदिन थालें भने पनि बालाई ठूलो भरोसा हुने हुँदा बा मेरो पढाइलाई विशेष जोड दिनुहुन्थ्यो । तर पढ्नलाई हाम्रो घर नजिक (भक्तपुर, दधिकोटमा) पाठशाला पनि थिएन । तीन किलोमिटर पश्चिम उत्तर ठिमीमा, चार किलोमिटर उत्तर भक्तपुरमा र दुई किलोमिटर दक्षिण लुभूमा मात्र भाषा पाठशाला थिए । अंग्रेजी पढाइका लागि पद्मशमशेर श्री ३ हुँदा भक्तपुर शहरमा खोलिएको श्री पद्म हाईस्कूल थियो । ठिमी जान हनुमन्ते खोलाले रोक्ने । हनुमन्ते खोलामा पुल थिएन । लुभू जान पनि दुइटा खोला तर्नुपर्ने । ती खोलामा काठे साँघु समेत थिएन । यसर्थ पढाउन मन गरे पनि परिस्थिति अनुकूल थिएन । त्यसैले पनि ठूलो वर्णमाला नै पढाइका लागि सर्वोत्तम साधन थियो ।

(रिसाल सुपरिचित वरिष्ठ पत्रकार हुन्)

commercial commercial commercial commercial