जलवायु परिवर्तन कुरा विश्वव्यापी, समस्या स्थानीय

जलवायु–परिवर्तन केही वर्षदेखि विश्वव्यापी चर्चाको विषय रहँदै आएको छ । अतिवृष्टि, अनावृष्टि, खडेरी, वनडढेलो, हावा–हुरी अनि चक्रवात र हुण्डरी आदि प्राकृतिक प्रकोपहरू प्रायशः र साविक भन्दा ठूलो रूपमा दोहोरिने क्रम बढ्दो छ । त्यसो हुनाको मुख्य कारण विश्वको तापमान वृद्धिलाई मानिन्छ । नेपाल जलवायु परिवर्तनको विश्वव्यापी प्रकोपबाट टाढा रहन सत्तैmन । वातावरणीय प्रकोप र जलवायुका विसंगतिहरू बढ्ने क्रम नेपालमा पनि जारी छ । तर कुन प्रकोप के कारणबाट उत्सर्जन भयो भन्ने यकिन जानकारी हामीसँग छैन । तथापि, यो समस्याप्रति हामी चनाखो छौं, हाम्रो चासो बढ्दो छ भन्ने कुरा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सभा, सम्मेलन तथा गोष्ठीहरू मार्फत प्रकट हुँदै आएको छ ।

विश्व जलवायु सम्मेलनमा भाग लिन केही महीनाअघि नेपालका राष्ट्रपति स्वयं नै पोल्याण्ड पुगेकी थिइन् । त्यस्तै २०७५ को पुस १६ गते सिन्धुपाल्चोकको गुफाडाँडामा आयोजित राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन पनि राष्ट्रपतिबाटै भएको थियो । सो सम्मेलनमा सुदूरपश्चिमको बैतडीदेखि पूर्वको झपासम्मका सबै जिल्ला समन्वय समितिका प्रमुखहरूले जलवायु सम्बन्धी अनुभवहरू प्रस्तुत गरेका थिए । त्यहाँ हिमालमा हिउँ छैन, पहाडमा पानीका मुहान सुके, फलफूलका बोटहरू सुक्न थाले, खेती हुन छाड्यो, समयमा पानी पर्न सकेन, चुरे मरुभूमि बन्यो, पुसमा नै लालीगुराँस फुल्यो जस्ता स्थानीय वातावरणीय समस्या र विसंगतिहरू अगाडि सारिएका थिए । यी सबै हुनाको मूल कारण जलवायु परिवर्तनसँगै जोडिएको छ भन्नेमा त्यहाँ सबैको मतैक्य देखियो । तर त्यो नै यथार्थ भने नहुन सक्छ । किनभने त्यहाँ उल्लेख गरिएका थुप्रै वातावरणीय समस्याहरू खासमा हाम्रै कर्तुतबाट पनि सिर्जना भएका हुन् । वनजंगलको विनाश, सिमसारहरूको लोप, खेतीयोग्य कृषिभूमिका गरा र कान्लाको स्याहार–सुधार नहुनु, जथाभावी बाटोघाटोको विस्तार लगायत अनियन्त्रित बसोबास समेत वातावरण विनाशको कारण बन्ने गरेको छ । त्यसै भएर हामीले हाम्रा सबै समस्याको जड जलवायु–परिवर्तन भएको र त्यसद्वारा सिर्जित समस्याहरूका अगाडि हामीले आफूलाई असहाय र विकल्पविहीन जस्तो ठान्ने भूल गर्नुहुँदैन । ‘यस्ता समस्यासामु हामी निरीह छौं’ भन्ने धारणा हाम्रा बालबालिका र विद्यार्थी भाइबहिनीको कोमल मनमा स्थापित हुनगयो भने त्यो अत्यन्तै घातक कार्य हुनेछ । हामीले बालबालिकालाई जलवायु परिवर्तनका कारण र असरबारे यथार्थ बुझएर त्यसको असरबाट बच्ने, असरलाई न्यूनीकरण गर्ने उपायहरू अपनाउन प्रेरित गर्दै आशावादी तुल्याउन सक्नुपर्छ ।

पूर्व राष्ट्रपति डा.रामवरण यादवले दाङको घोराहीस्थित शान्तिसुधा माविको रजतजयन्ती समारोहलाई सम्बोधन गर्दै चुरे दोहनका कथा र व्यथाहरू बडो मार्मिक ढंगबाट त्यहाँका विद्यार्थीलाई सुनाउनुभएको समाचार पढेको लगत्तै (नागरिक २८ पुस २०७५) नेपाल सरकारले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीका पतिको नाम जोडेर चुरे क्षेत्रमा ‘मदन भण्डारी राजमार्ग’ खन्न थालेको विवरण आँखामा प¥यो । कस्तो विरोधाभास ? ! सिन्धुलीमा चुरेको जंगल विनाश भएका कारण मधेश मरुभूमिमा परिणत हुने अवस्था आयो भनेर सिन्धुपाल्चोक जलवायु सम्मेलनमा तराई–पहाडका जिल्ला समन्वय समिति प्रमुखहरू बिलौना गर्ने; यहीबेला ‘पृथ्वी जोगाउनु सबैको साझ दायित्व’ भएको उद्गार राष्ट्रपतिज्यूबाट व्यक्त हुनु । अनि, यही घडीमा चुरेको दोहन र विनाशका कार्यहरू सरकारी तवरबाटै प्रायोजित र प्रोत्साहित हुनुलाई विडम्बना नभनेर के भनौं ?

यस परिपे्रक्ष्यमा मेचीदेखि महाकालीसम्म चुरेको वातावरणीय क्षेत्रभित्र पर्ने विद्यालयहरूमा विकास के हो ? विनाश के हो, संरक्षण के हो, संवद्र्धन के हो र, समृद्धि के हो भन्ने विषयमा व्यापक मात्रामा सन्देश फैलाउनु आवश्यक भएको छ ।

विकासका विभिन्न बहानामा चुरेको वन विनाश भयो र त्यहाँको भूस्वरुप बिग्रन थाल्यो भने जलवायु परिवर्तनको पहिलो मारमा एकातिर चुरे भत्कन्छ र अर्कातिर विश्व उष्णीकरणले हिमाल निख्रन्छ ।

जलवायु परिवर्तनका असरहरू पृथ्वी सतहको तापमान बढ्ने प्रक्रियाबाट मुखरित हुन्छन् । तापमान बढ्नाको प्रारम्भिक प्रभाव सर्वप्रथम हिमाच्छादित क्षेत्रमा पर्दछ । उत्तरी तथा दक्षिणी धु्रवका हिमाच्छादित क्षेत्रबाट तीव्र दरमा हिउँ पग्लिरहेका उदाहरणहरूले जलवायु परिवर्तनको प्रभावलाई पुष्टि गर्दै आएका छन् । विश्वको तेस्रो धु्रव मानिने हिमाल अर्को प्रत्यक्ष प्रभाव क्षेत्र हो । नेपालको त्रिभुवन विश्वविद्यालय तथा चीनको चाइनिज एकेडेमी अफ साइन्स को एक अनुसन्धानले नेपालमा ३० वर्षको अवधिमा ५११ वटा नयाँ हिमतालहरू थपिएको र १०२ वटा पुराना हिमतालहरू विलाएर गएको तथ्याङ्क २०७५ पुसमा सार्वजनिक भएको छ । यसैगरी नेपालस्थित एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र ‘इसिमोड’ ले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार हिन्दूकुश हिमालयका एकतिहाइ हिमनदीहरू पग्लेर सन् २१०० भित्र लोप हुने देखिन्छ । हिमालयको हिउँ पग्लेर जाँदा त्यसको प्रभाव हाम्रा पहाड, चुरे, मधेश र तराईमा कसरी पर्छ भन्ने कुरामा खासै लेखाजोखा वा अध्ययन–अनुसन्धान भएको छैन । स्थानीय रूपमै सतर्कताका उपायहरूको पहिचान हुनुपर्छ र त्यस्ता कार्यमा स्थानीय विद्यार्थीको संलग्नता वाञ्छनीय हुन्छ ।

तर, सासै फेर्न सकस पर्न थालेको काठमाडौंका विद्यालयमा जलवायु परिवर्तनका मुद्दा मात्रै उचालेर स्थानीय वायु प्रदूषण र जल प्रदूषणका समस्यालाई बिर्सन भने मिल्दैन । वातावरण तथा जलवायु परिवर्तनका विषयमा कुरा गर्दा विद्यार्थीलाई जलवायु–परिवर्तन जस्तो विश्वव्यापी समस्याको अवधारणा दिंदै स्थानीय वातावरणीय समस्या समाधानको कार्यमा लगाउनु उचित हुन्छ ।

विगतमा, प्रकृति र वातावरणलाई बेवास्ता गरेर लगाइएका ‘विकासको मूल फुटाउने’ जस्ता नाराले अन्ततोगत्वा धेरै पानीका मूल सुकाए। ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने नारा पनि कैयौं ठाउँमा ‘आफ्नो गाउँ आफैंले भत्काऔं’ मा परिणत हुन पुग्यो। ‘समृद्घ नेपाल’ को वर्तमान नाराले देशैभर डोजर र एक्साभेटरको आतङ्क निम्त्याउँदैछ।

हालै, २०७५ फागुन १६ गते हिमपातले काठमाडौंका डाँडाकाँडालाई सेताम्य बनायो । कतिपयले त्यो घटनालाई जलवायु परिवर्तनसँग जोड्ने प्रयास गरेको पनि पाइयो । तर १२ वर्ष पहिले, २ फागुन २०६३ सालमा पनि यस्तै यस्तै हिमपात भएको थियो, काठमाडौंमा । वर्षाका देवता मत्स्येन्द्रनाथ (करुणामय) को विशेष जात्रा १२÷१२ वर्षमा मनाइन्छ । ‘१२ वर्षमा खोलो फर्कन्छ’ भन्ने उखान पनि प्रचलनमा छ । १२ वर्षे चाडपर्व, मेला आदि नेपालको संस्कृतिमा यत्रतत्र पाइन्छन् । वस्तुतः १२ वर्षे जलवायु चक्र पनि यस क्षेत्रमा चल्ने गर्छ भन्ने कुरालाई पनि बिर्सन मिल्दैन । जलवायुको सन्दर्भमा हाम्रा परम्परागत ज्ञानलाई पनि उचित स्थान दिन सक्नुपर्छ ।

विगतमा, प्रकृति र वातावरणलाई बेवास्ता गरेर लगाइएका ‘विकासको मूल फुटाउने’ जस्ता नाराले अन्ततोगत्वा धेरै पानीका मूल सुकाए । विकास भनेको बाटो र बाटो भनेको नै विकास भन्ने आम मनस्थितिले गर्दा ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने नारा पनि कैयौं ठाउँमा ‘आफ्नो गाउँ आफैंले भत्काऔं’ मा परिणत हुनपुग्यो । ‘समृद्ध नेपाल’ को वर्तमान नाराले देशैभर डोजर र एक्साभेटरको आतङ्क निम्त्याउँदैछ । स्थानीय वातावरणको यथोचित व्यवस्था नमिलाई रूख काटेर, वन फाडेर नयाँ जोशका डोजर ड्राइभर तथा नयाँ जाँगरका विकासप्रेमी नेताहरूको हतारोले हाम्रा पहाडहरू नाङ्गिन थालेका, पानीका मुहान सुक्न थालेका, भूक्षय र सुक्खा पहिरोले डाँडापाखाहरू ढल्न थालेका, वनडढेलो र बस्तीहरू आगलागीको मारमा पर्न थालेका उदाहरण दिनप्रति दिन बढ्दा छन् । यात्रुवाहक सवारीहरू सडक दुर्घटनामा परेको समाचार नछापिएको कुनै दिन हुँदैन ।

कृषि उत्पादन घट्न थालेको तथ्याङ्क विभिन्न प्रदेशबाट सार्वजनिक हुँदो छ ।

उपरोक्त वातावरणीय समस्याको चुरो पहिल्याउन लाग्ने हो भने स्थानीय वातावरणीय स्थायित्वलाई उचित ध्यान नदिनुको परिणाम हो भन्ने तथ्य उजागर हुन आउँछ । त्यसका अतिरिक्त, जलवायु परिवर्तनको संकेत गर्दै बल्झ्निे अनियमित वर्षा, बेमौसमी हिमपात र असिना, हावाहुरी र हुण्डरीको अप्रत्यासित प्रहार सहन बाध्य छन्— भोट, हिमाल, महाभारत, चुरे, मधेश र तराई पनि । तसर्थ, आज हरेकलाई आफ्नो पाइतालाको संसार बुझने र बुझउने वातावरणीय शिक्षाको खाँचो महसूस हुन थालेको छ— वर्तमानका विद्यार्थी र भविष्यका कर्णधार वर्गलाई । विकास र विनाशबीचको अन्तरसम्बन्धबारे अहिले सचेत हुन सकेन भने भोलि पछुताउने अवस्था त आइनै हाल्छ ।

commercial commercial commercial commercial