नौला अभ्यासले निरन्तर प्रगति

‘राम्रो स्कूल’ भनेको के हो ? कस्तो स्कूललाई ‘राम्रो स्कूल’ भन्ने ?

यस्ता प्रश्न सुन्दा सजिलो लागे पनि यिनको उत्तर सजिलो छैन । ल, उत्तर पनि खोजौंला, तर ‘राम्रो स्कूल’ बनाउन एकदमै गाह्रो छ । अझ्, कुनै सामुदायिक विद्यालयलाई ‘राम्रो स्कूल’ भनिने अवस्थामा पु¥याउन त एकदमै गाह्रो छ ।

इलामको दक्षिण पश्चिमी क्षेत्रको चुलाचुली–३, पेल्टीमारीको किराँतेश्वर माविमा कक्षा–१० सम्म पढाइ हुन थालेको १० वर्ष हुँदैछ । तर यो विद्यालय यस क्षेत्रकै ‘राम्रो स्कूल’ मा गनिन थालेको छ । नियमित कक्षा, सरसफाइ, धेरै विद्यार्थीले पढ्न सक्ने पुस्तकालय, कम्प्युटरको व्यवस्था, सफा शौचालय आदि त राम्रा स्कूलहरूको पूर्वशर्त नै हो । त्यसैले ‘राम्रो स्कूल’ को वर्णन गर्दा त्यस्ता कुराको फेहरिस्त नदिए पनि हुन्छ । एउटा ‘राम्रो स्कूल’ मा देखिनुपर्ने  मुख्य कुरा हुन् प्रतिबद्धता, सहभागिता र रचनात्मकता । हेरौं, त्यस हिसाबले कस्तो छ किराँतेश्वर मावि !

फागुनको दोस्रो साता किराँतेश्वर माध्यमिक विद्यालयमा पुग्दा केही विद्यार्थी फूलबारी बनाउन व्यस्त थिए । विद्यालयको मूल भवनको भित्तामा लेखिएको देखियो— शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिको अलग–अलग आचारसंहिता । यी आचारसंहिता अभिभावक भेलाबाट पारित गरेर भित्तामा लेखिएका रहेछन् । माथिल्लो तलामा उक्लिंदै गर्दा सिंढीमा लहरै राखिएका फूलका गमला र विद्यार्थीले प्रकाशन गर्ने गरेको भित्ते पत्रिका । सिंढी उक्लिएपछि देखियो— भित्ताभरिको नागरिक बडापत्र । प्रधानाध्यापक कमलप्रसाद अधिकारीले भने, “सरकारी कार्यालयहरूमा के–के सेवा पाइन्छ र कुन सेवा लिन के–के गर्नुपर्छ भनेर बडापत्र मार्फत सार्वजनिक गरिएझ्ैं हामीले पनि विद्यालयका सबै कामका प्रक्रियाहरू प्रष्ट हुने गरी यो बडापत्र राखेका हौं ।”

किराँतेश्वर माविको कार्यालयको भित्तालाई ‘लाइभ अपडेट डिस्प्ले बोर्ड’ भने पनि हुन्छ । त्यहाँ शिक्षक र विद्यार्थीको उपस्थिति विवरण, महीनाभरिको कार्ययोजना र कक्षा खाली भएको समयमा जाने शिक्षकको विवरण हुन्छ ।

किराँतेश्वर माविका सबैजसो भित्तामा केही न केही लेखिएकै पाइन्छ । कक्षा–४ को भित्तो पनि अधिकांश रंगिएको छ । त्यहाँ नेपाली तथा अंग्रेजी वर्णमाला, अंक, रंग लगायतका बारेमा पाठ्यपुस्तकमा जस्तै गरी लेखिएको छ । शिक्षक गणेश न्यौपाने भन्छन्, “नानीहरूलाई चित्र, रंग र आकार सहित बुझउन भित्ताको उपयोग गरेका हौं, भित्तामा लेखिएका कुरा विद्यार्थीले सधैं देख्छन् र क्रमश: आत्मसात् गर्छन् भन्ने अनुभव भएकाले विद्यालयका प्राय: सबै कक्षामा यसैगरी कक्षा अनुसारका चित्र र सूत्रहरू कोरेका छौं ।”

आचारसंहिता शुरू
किराँतेश्वर माविको एउटा मौलिक विशेषता हो— सबैको सहमति र सहभागितामा तयार गरिएको आचारसंहिता । विद्यालयले शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र अभिभावकका लागि अलग–अलग आचारसंहिता बनाएर सबैले देख्ने ठाउँमा राखेको छ । उक्त आचारसंहिता अभिभावकको भेलाबाट नै पारित गरिएको प्रधानाध्यापक अधिकारीले बताए । कुनै पनि पक्षबाट आचारसंहिताको उल्लङ्घन भएको पाइयो भने त्यसका बारेमा छलफल हुन्छ । विद्यार्थीले आचारसंहिताको उल्लङ्घन गरे कक्षाकोठामा, शिक्षकले गरे कार्यालयमा, विद्यालय व्यवस्थापन समितिबाट उल्लङ्घन भएमा नियमित बैठकमा र अभिभावकले उल्लङ्घन गरेमा अभिभावक भेलामा छलफल हुन्छ । आफूले आचारसंहिता उल्लङ्घन गरेको बारेमा छलफल हुने अवस्था आओस् भन्ने कसैलाई नलाग्ने भएकाले पनि यहाँ धेरै कुरामा स्वत: सुधार हुन थालेको छ ।

त्यसबाहेक किराँतेश्वर माविमा यस्ता अरू, अन्यत्र समेत गरिएका केही काम पनि पूर्ण प्रतिबद्धताका साथ गरिने गरेको छ । जस्तै:

अभिभावकलाई चिठी : विद्यालयले विद्यार्थीको उपस्थिति वा शैक्षिक गुणस्तरको बारेमा जानकारी दिन चिठीको  ढाँचा नै तयार पारेको छ । कुनै विद्यार्थी दुई दिनभन्दा बढी उपस्थित नभएमा अभिभावकलाई त्यसबारेमा जानकारी दिंदै कारण खुलाउन भनेर पत्र पठाइन्छ । यस्तै कुनै विद्यार्थीको शैक्षिक स्तर कमजोर भएमा समेत अभिभावकलाई पत्र पठाई घरमा समेत पढाइमा ध्यान दिन आग्रह गर्ने गरिएको छ ।

आवधिक परीक्षा : विद्यार्थीको शैक्षिक स्तरको नियमित परीक्षणका लागि यहाँ हेरक महीना परीक्षा लिने गएिको छ । प्रअ अधिकारी भन्छन्, “अरू विद्यालयमा भइरहेको राम्रो अभ्यास हामीले चाहिं किन नगर्ने भनेर हामीले पनि हरेक महीना परीक्षा लिने गरेका छौं ।” यसबाट कुन विद्यार्थीको स्तर कस्तो छ भनेर थाहा हुन्छ र कमजोरलाई विशेष ध्यान दिन पाइन्छ । अभिभावकलाई मासिक परीक्षाको नतिजा जानकारी मात्र गराइन्छ भने हरेक चार÷चार महीनामा लिइने परीक्षाको चाहिं लब्धाङ्क पत्र नै पठाइन्छ ।

हाजिरीदेखि नै निगरानी : सामान्यतया: आम विद्यालयहरूमा पहिलो घन्टीमा विद्यार्थीको हाजिरी गरिन्छ । तर किराँतेश्वर माविले कक्षागत हाजिरीमा पनि नौलो अभ्यास गरेको छ । यहाँ जुनसुकै कक्षा (पिरियड) मा हाजिर हुन सक्छ । शिक्षक राजेन्द्र चापागाईले भने, “कहिले हामी पहिलो पिरियडमै हाजिर गर्छौं, कहिले तेस्रो, कहिले पाँचौं र कहिले त अन्तिम पिरियडमा पनि हाजिर हुन्छ । यसले गर्दा बीचैमा विद्यार्थी बाहिरिने समस्या कम भएको छ ।” यसैगरी कुनै विद्यार्थी अनुपस्थित भएमा हाजिर खातामा नै कारण खुलाउनुपर्छ । स्वास्थ्यका कारण अनुपस्थित भएकालाई सोही अनुसारको चिह्न लगाइन्छ र आवश्यक परामर्श र सहयोग गरिन्छ । मासिक रूपमा भने विद्यार्थीको हाजिरीका आधारमा प्रत्येक विद्यार्थीको अवस्था झ्ल्कने प्रतिवेदन तयार हुन्छ । यस विधिबाट प्रत्येक विद्यार्थीको शिक्षा, स्वास्थ्य तथा उपस्थितिको अवस्था थाहा हुने र सोही अनुसारका योजना कार्यान्वयन गर्न सकिने प्रअ अधिकारी बताउँछन् ।

नियमित छलफल र योजना : शिक्षकहरू कक्षामा जानुअघि प्रत्येक दिन दैनिक योजनाबारे छलफल हुन्छ । कार्यालयमा रहेको विद्युतीय हाजिरीका कारण होइन, शिक्षकले कम्तीमा १५ मिनेट अघि नै विद्यालय पुग्नुपर्छ भन्ने कुरालाई अघोषित नियम नै बनाएका कारण ढिला उपस्थितिको समस्या नरहेको प्रअको अनुभव छ । कक्षा शुरू हुनुभन्दा अगावै प्रत्येक दिन हुने शिक्षकहरूको छलफलले कुनै शिक्षक विदामा भएको भएमा कक्षा खाली हुन नदिन कसले पढाउने भन्ने तय हुन्छ ।

यस्तै पाठयोजना बारेमा शिक्षकहरू बीचमा आपसी छलफल पनि हुन्छ । जसबाट शिक्षकहरूको राय र अनुभव आदान–प्रदानको अवसर मिल्ने गरेको शिक्षक सीता नेपालीको अनुभव छ । यसबाट समसामयिक विषयमा अद्यावधिक हुने अवसर पनि मिल्ने उनले बताइन् । यस्तै मासिक कार्यतालिका पनि नियमित रूपमा तयार हुन्छ । विद्यालयको कुनै अभिभावक भेला, वार्षिकोत्सव, अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण लगायतका खास कार्यक्रम भएमा महीनाको शुरूदेखि नै तयारी थालिन्छ ।

तयारी पछि कार्यतालिका कार्यालयमा टाँसिन्छ । कार्यालयमा सबैले देख्ने गरी कार्यतालिका टाँस्दा कार्यक्रम र जिम्मेवारी बारे दैनिक स्मरण हुने र यसबाट लक्षित कार्यक्रमको नतिजा प्रभावकारी हुने प्रअ अधिकारीले अनुभव बताए ।

चुस्त प्रशासन, सहयोगी व्यवस्थापन : विद्यालयमा विद्यार्थीलाई प्रभावकारी ढंगबाट सिकाइको वातावरण सिर्जना गर्न विद्यालयको चुस्त प्रशासन र सहयोगी व्यवस्थापनले काम गरेको प्रअ अधिकारीले बताए । “प्रशासन भनेको प्रअ मात्र होइन, ऊ त प्रशासनको व्यवस्थापक मात्र हो” उनी भन्छन्, “प्रशासन भनेको त पूरा प्रणालीको नाम हो यसमा विद्यालयका सबै पक्ष समेटिनुपर्छ ।”

सहभागितामूलक सिकाइ : पढाइलाई प्रभावकारी बनाउन विद्यालयले सहभागितामूलक सिकाइको अभ्यास गराएको छ । कक्षा–६ देखि ८ सम्मको पेशा व्यवसाय विषयको अध्ययनकै क्रममा महीनामा एक पटक विद्यालयमा नै विद्यार्थीलाई खाना–खाजा बनाउन लगाइन्छ । यसबाट उनीहरूलाई किताबमा पढेको ज्ञान तुरुन्तै अभ्यास गर्ने अवसर मिल्ने गर्छ । यस्तै साना कक्षामा सिर्जनात्मक कला सिकाइका क्रममा बालबालिकालाई हार्मोनियम, गितार, मादल लगायतका वाद्यवादन सामग्री शिक्षकसँगै बसेर बजाउन सिकाउने गरेको शिक्षक नेपालीको भनाइ छ । चित्रकला, गायन, नृत्य लगायतका विषयमा रुचि भएकालाई पनि समूह बनाएर अभ्यास गराउने गरिएको छ । हरेक वर्ष हुने कक्षा–१० को शैक्षिक भ्रमणका क्रममा खाना बनाउने, पस्कने सबै सामान विद्यालयबाट लगिन्छ । शिक्षकको नेतृत्व र विद्यार्थीको सहभागितामा पकाउने, बाँड्ने लगायतका काम गरिन्छ । “यो खर्च जोगाउने उपाय होइन, सिकाइकै एउटा अभ्यास हो” प्रअ अधिकारीले भने, “यसरी विद्यार्थीकै सहभागितामा खाना पकाउने, बनाउने काम गर्दा एकातर्फ स्वस्थ खानेकुरा खान पाइने र भ्रमणका क्रममा कोही पनि बिरामी पर्ने सम्भावना कम हुन्छ भने यो अभ्यासले विद्यार्थीमा सामूहिक भावनाको विकास पनि गराउँछ । भोलि गएर समाजमा कसरी अन्य व्यक्ति र क्षेत्रसँग समन्वय गरेर काम गर्ने भन्ने बारेमा पनि यसबाट ज्ञान पाउँछन् ।”

स्मार्ट कक्षामा अभ्यास : विद्यार्थीलाई मासिक रूपमा अभ्यासका लागि एउटा स्मार्ट कक्षाको व्यवस्था गरिएको छ । यसमा इन्टरनेट, टेलिभिजन, कम्प्युटर, ध्वनियन्त्र लगायतका उपकरणहरू जडान गरिएका छन् । यस कक्षामा बोलेर, चित्र देखाएर वा शैक्षिक सामग्री प्रयोग गरेर समेत बुझउन नसकिएका कुरालाई श्रव्य–दृश्यको माध्यमबाट बुझइन्छ । स्मार्ट कक्षा व्यवस्थापन खर्चिलो समेत भएकाले हाल एउटै मात्र कक्षामा सबै कक्षाका विद्यार्थीलाई पालैपालो ल्याएर अभ्यास गराउने गरिएको छ । गीत, चित्रकला तथा नृत्यबाट हेर्दै सिक्दै गर्न पाउने भएकाले स्मार्ट कक्षामा विद्यार्थीले रमाई–रमाई सिक्न पाउने गरेका छन् ।

सामान्य कुरा, जो विशेष बनेका छन्
चुरे पर्वतमा रहेको चुलाचुलीमा खानेपानी सबैको साझ समस्या हो । तर यस विद्यालयमा खानेपानीका लागि तीन वटा ट्यूबेलको व्यवस्था गरिएको छ । यस्तै, छात्र र छात्राका लागि अलग शौचालय छन् । यहाँ महीनावारी हुँदा स्यानिटरी प्याड फाल्न मिल्ने ‘सेफ्टी शौचालय’ पनि छ ।

विद्यार्थीले बीचैमा पढाइ छाड्नु देशकै एउटा ठूलो समस्या हो । तर यस विद्यालयमा कक्षा पूरा नभई बीचमै पढाइ छोड्नेहरू ज्यादै कम छन् । “हामीकहाँ ड्रप आउटको समस्या शून्य जस्तै छ” प्रअ अधिकारी भन्छन्, “अरू कक्षामा बीचैमा पढाइ छोड्ने समस्या छैन नै भने पनि हुन्छ । तर कक्षा–८ मा पुगेपछि अलिक हुर्कने पनि भएर हो कि किन हो एक÷दुई जना स्कूल आउन छोडेका छन् ।” अघिल्ला वर्षहरूमा पनि कक्षा–८ का केही विद्यार्थी लामो समयसम्म स्कूल नआएपछि अभिभावकलाई चिठी लेख्ने तथा घरैमा गएर भेट्ने गरे पछि केहिले पुन: पढाइलाई निरन्तरता दिएको उनको अनुभव छ ।

यी सबै कारणहरूले गर्दा किराँतेश्वर माविको प्रगति अरू विद्यालयका लागि पनि सिकाइको विषय बनेको छ । चुलाचुलीका निवर्तमान स्रोतव्यक्ति उपेन्द्र सापकोटा भन्छन्, “जुन रूपमा किराँतेश्वरका प्रअ, शिक्षक तथा अभिभावकहरू खट्नुभएको छ, यसैगरी सबै खट्ने हो भने सामुदायिक विद्यालयको गुणस्तरमाथि उठ्ने गरेको प्रश्न हटाउन धेरै समय लाग्दैन ।” एसईईको नतिजा, गुणस्तरका अन्य मापदण्ड लगायतको अवस्था अध्ययन गरेर किराँतेश्वरलाई लगातार तीन वर्षदेखि गाउँपालिकाको उत्कृष्ट विद्यालय ठह¥याइएको उनले बताए ।

चुलाचुली गाउँपालिकाका शिक्षा संयोजक सूर्यप्रसाद न्यौपाने एउटा विद्यालय सुधारका लागि प्रअकै भूमिका सबैभन्दा महŒवपूर्ण हुने बताउँछन् । उनी भन्छन्, “विभिन्न तथ्याङ्क, विवरण, शैक्षिक स्तर सुधारका उपाय लगायतका बारेमा जानकारी लिनुप¥यो भने यहाँ सबैले सम्झ्ने भनेकै किराँतेश्वरका प्रअ हुनुहुन्छ । पूर्वाधार विकासका लागि विभिन्न निकायमा लबिङ गर्ने, गुणस्तर सुधार्न नयाँ–नयाँ विधि उपयोग गर्ने, राष्ट्रिय÷अन्तर्राष्ट्रिय अभ्यासका बारेमा अद्यावधिक रहने जस्ता विशेषता प्रअ अधिकारीमा रहेको र त्यसको उपयोग पनि भएको उनी बताउँछन् ।

तीन वर्षदेखि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका शुक्र थुलुङ राई गुणस्तर सुधार्न र अरू विद्यालय भन्दा उत्कृष्ट बनाउन सधैं विव्यस र विद्यालय प्रशासन बीच सहकार्य हुने गरेको बताउँछन् । उनले भने, “हेडसरले लु अब यसो गरे हाम्रो स्कूल राम्रो हुन्छ, तपाईंहरूले साथ दिनुप¥यो भन्नुहुन्छ । हामी पनि सबै अभिभावकको साथ लिन्छौं । हेडसरको सुझ्बुझ्मा हामीले कहिल्यै नाइँनास्ति गरेका छैनौं ।”

commercial commercial commercial commercial