लिंदैछु शिक्षणको मजा !

मेरो फोन अनि ल्यापटप सबैको पहुँचमा हुन्छ ! यी मेरा शैक्षिक सामग्री हुन्। ल्यापटपमा प्रोजेक्टर, साउण्ड सिस्टम सेटिङ्ग विद्यार्थीले नै गर्छन्। तिनको पासवर्ड पनि प्रायः सबै विद्यार्थीसँग हुन्छ।

‘ओ भान्जी, मेरो ल्यापटप खोल त, पासवर्ड पुरानै है !’

‘साली नानी, प्रोजेक्टर सेट गर न है !’

‘भतिज, साउण्ड सिस्टम मिलाउन प्लिज ! आज फिल्म हेर्ने के– झेला । ९÷१० भिडियोज भन्ने फोल्डरमा छ है !’
आजको दिन कक्षामा साली, भान्जी, साला, भान्जा, भाइ, बहिनी, भदा, भदैनी, गर्लफ्रेण्ड, ब्वाइफ्रेन्डहरूसँगै यसरी नै दिन बित्यो । कोही रोए । कसैले ‘यो त फिल्म पो त यार’ भन्दै फकाए साथीलाई ।

भर्खरै एसएलसी पास गरेको अनि पाँच महीनासम्म अंग्रेजी भाषा सिकेको जोस । बाबा जत्तिकै अंग्रेजी जान्या छु भन्ने गर्वका साथ आजभन्दा २० वर्ष पहिले; २०५५÷१०÷२२ गते शुक्रबारदेखि रूपन्देहीको देवदह, ढेकावरको ढेकावर इङ्गलिश बोर्डिङ स्कूल (हाल नमूना एभर ग्रीन) बाट मासिक रु.१००० तलब पाउने शर्तमा शिक्षण पेशामा मेरो प्रवेश भएको दिन ।

म दोहोरो फाइदा देखेर शिक्षक बनेको थिएँ । एकातिर सिकेका कुरा व्यवहारमा आउने, अनि आर्थिक फाइदा पनि हुने !

म आफू विद्यार्थी हुँदा अमरज्योति मावि, लामडाँडा, स्याङ्जाका धनु सरलाई बाच्यो (काका), कालिका प्रावि, खिलुङ्ग, स्याङ्जाका बीरु सरलाई मामा, स्याङ्जाकै खाल्टेस्थित रानीचरी प्राविका दिलीप सर, भीम सर अनि पूर्ण सरलाई मामा भन्थें अनि अमरज्योतिको सरलाई साथी ठान्थें । महाकवि उच्च मावि, नवलपरासीका नवराज पङ्गेनी सर दाइ जस्तै लाग्थ्यो । तसर्थ, अहिले कक्षामा जाँदा सबैलाई आफ्नै आफन्तै लाग्छ । भाइबहिनी, छोराछोरी अनि भान्जा–भान्जी जस्तै लागेर आउँछ । अनि सिकाऊँ सिकाऊँ लाग्छ ।

पढाउँदा यति मजा आयो कि— ‘म सबैभन्दा जान्ने अनि सम्मानित छु, आफ्नो कक्षाको राजा !’ आफूले जानेको सबैलाई सिकाउन पाइने । आफू मोडल अनि सेलिब्रेटीकै स्थान पाइने । अभिभावकको घरमा पूजाआजा, भोजभतेर, बिहे ब्रतबन्ध, छेवार छैंटी पर्दा चुल्हेनिम्तो पाइने ! विदेशबाट अभिभावक आउँदा मिठाइ लगायतका उपहार । बाटोमा हिंड्दा भर्खरै विदेशबाट आएको साथी अचम्म मान्छ, मेरो र विद्यार्थीबीचको सम्बन्ध देख्दा । देश–विदेशमा रहेका विद्यार्थीसँग च्याट हुँदा ‘म यो पटक आउने बित्तिकै पहिले तपाईंलाई भेट्छु है सर’ भन्दा संसार भुल्छु । २०५९ तिर विद्यार्थी सृष्टि गुरुङको बाबा पेन्सन निस्की आउँदाको घडी अझ्ैसम्म चलिरहेछ । यस्तै लोभले टिकें शिक्षणमा । सम्पर्क पढालेखासँग रह्यो । कुलत, कुसंस्कार र गलत संगतबाट बचायो ।

डाहाडे बानी मेरो । अरूको पढाइको लेबल सुनेर ईष्र्या लाग्ने । जित्न मन लाग्ने । कक्षा–११ को परीक्षापछि स्थानीय विद्यालयमा पढाउने रमेश पाण्डे सरको बी.कम. योग्यता सुन्दा लोभ, डाहा, ईष्र्या जाग्यो । बी.ए. पास गरें । वेदलाल पन्थ र रमेश लामिछाने सरको मास्टर्सको योग्यताले प्रेरित ग¥यो । एम.ए. सकें । बी.एड. किन छोड्ने ? भन्ने कुराले सताएर त्यो पनि पूरा गरें । त्यसको पूरापूर सदुपयोग कक्षामा गरें । जीविकोपार्जनको लागि कमाइ, स्वतन्त्रता, सम्मान— के–के पाएँ पाएँ । यसैमा मस्त रमाएँ । सम्भवतः यो स्वर्गबाट कुनै हालतमा टाढिएर बाँच्न गाह्रो होला जस्तो आभास हुन्छ ।

मेरो उत्प्रेरणा अझ्ै टनक्कै लाग्ने तलबले बढायो । सोमनाथ प्रावि (हाल आधारभूत विद्यालय, सुनवल नवलपरासी) को मासिक रु.२५०० तलब छोडेर कहीं जानै मन नलाग्ने मात्रै होइन, यत्रो धेरै पैसा मलाई बढी भयो । त्यसैले टिफिनको समय १०–१५ मिनेट बढी कक्षामै रहन्थें भने ४ बजेपछि ४ः२०–४ः३० सम्म नियमित जस्तै पढाउँथें । त्यसैले दीपा, दीपक, मोनिका, माया, पदमलाई पनि कापी–कलम किनिदिन्थें । म अविवाहित १९ वर्षे केटोलाई दीपा र मोनिका ‘पुराण सरको छोरी’ हुन् भन्थे किनकि दिसा गर्न मैले नै शौचालय लगेर दिसा धोइदिनुपथ्र्यो । युनिट र विक्ली टेस्टको पुरस्कार खुशी हुने गरी दिन्थें । यसले विद्यार्थी हौसिएकाले नमूना प्रावि बनेकोमा मक्ख थिएँ । कक्षा १–५ सम्मको सीमित सीटको लागि इन्ट्रान्स पास भए मात्रै निश्चित कोटामा मात्रै भर्ना पाउँथे । यसरी सोमनाथ प्राविले नाच्ने, नचाउने, गाउने, बजाउने, खेल्ने, खेलाउने कुरामा मस्तराम तुल्याएकोले अच्छा खास्सा निजी स्कूलको अनुरोधलाई पनि वास्तै गरिनँ । २०५९÷६० तिर सोमनाथकी छात्रा अनुराधा पण्डित हाल जनकपुरमा बस्छिन्, आज मलाई नवलपरासीका विद्यार्थीलाई जितिया, सम चकेवा र छठपर्व पढाउन सघाउँछिन् फोनबाटै । २०५५÷५६ मा न्यू बड स्कूल, स्वाठी, नवलपरासीकी सानी निशा खातीले म विद्यालयमा नआउँदासम्म हजुरबा÷आमालाई नछोड्ने अनि छुट्टीपछि घर जानै नखोज्ने बानीको पनि झ्ल्को मेटिएको छैन ।

अभिभावक तथा विद्यार्थीबाट मलाई प्राप्त माया र सम्मानको डाह गर्ने पनि कम छैनन् । सँगै रहँदा मात्रै नभएर छुट्टिएर टाढा हुँदा पनि सम्पर्कमा रहिरहने, विद्यार्थीको जुठो खाएर गाढा भएको मायाले यो क्षेत्रबाट टाढिन न मिल्छ न मनै छ । विद्यार्थीका घरमा घोंगी पाक्दा होस् या बाबा विदेशबाट फर्कंदाको मिठाइ होस्; कलात्मक वस्तु सिकेको पहिलो चिनो नै किन नहोस्, मैले स्वाद चाखेकै छु । त्यसैले त मेरो मोबाइल फोन साझ छ— विद्यार्थीको बीचमा । घरायसी समस्या मात्रै सुनाउने होइन प्रेम प्रस्ताव, स्वीकार्ने या नकार्ने हुँदै ब्रेकसम्मको नालीबेली नसोधिकनै सुनाउँछन् । यिनैको मायाले बर्थडे भन्ने थाहा भयो ।

२०६५ सालदेखि यसपालिसम्म विद्यार्थीले नै मेरो जन्मदिन विशेष आयोजना गरिरहेका छन् । जतिसुकै जस्तोसुकै काम भए तापनि त्यो दिन म विद्यालय जानै पर्छ । निकैले डाहा गरे पनि ‘यो रोक्नुपर्छ’ भनेर । मैले ‘ए यो लफडा छोड यार तिमीहरूले’ भनें तर आजसम्म अटेर गरिरहेका छन् । अघिल्लो वर्षका दाइदिदीहरूले भन्दा कसरी स्पेसल बनाउने भन्ने चटारो गरेको महसूस हुन्छ ।

मेरो फोन अनि ल्यापटपको पासवर्ड प्रायः सबैको पहुँचमा छ ! यी मेरा शैक्षिक सामग्रीहरू हुन् । ल्यापटप, प्रोजेक्टर साउण्ड सिस्टम सेटिङ्ग विद्यार्थीले नै गर्छन् । मेरो पासवर्ड प्रायः विद्यार्थीलाई थाहा छ किनकि सबै कनेक्सनको काम उनीहरूले नै गर्छन् । फाइलको नाम भनिदिए पुग्छ । आफैं सर्च गर्छन् । यी सबै कामहरू गर्दा उनीहरू शिक्षण सिकाइ क्रियाकलापमा मानसिक र शारीरिक रूपमा तयारी भइरहेका हुन्छन् भने नयाँ प्रविधिसँग पनि परिचित हुन्छन् । बोर लागे उनीहरूले नै तिनै ल्यापटप र मोबाइलबाट भिडियो खोजेर मनोरञ्जन अनि नवीन ज्ञान सिक्छन् । कुनै दिन सम्बन्धित भिडियो छुटेमा वा मसँग नभएमा स्थानीय विद्यार्थीले नै आफ्नै घरको वाईफाई कनेक्ट गरी भिडियो डाउनलोड गरी सहयोग गर्छन्, विशेषगरी विजय तिवारीले ।

घरमा फोन गर्न परे मोबाइल माग्छन्, अभिभावकसँग सम्पर्क गर्छन् । मैले खासै मोबाइलमा पासवर्ड राख्दिनँ । विश्वास छ, जबर्जस्ती सिक्दैनन् सिकारुकै सहभागिता र सक्रियताले सफलता दिन्छ ।

मर्न प्रयास गरिसकेको मानिसलाई, काललाई नरुचाउने बनाइएको छ । बाँच्न सिकाइएको छ । माया र सत्कार लिन दिन, अझ् आफन्त बन्न, वास्तविक रूपमा ब्वाइफ्रेन्ड, अभिभावक, सहजकर्ता अनि अलि अलि शिक्षक बन्न सघाइएको छ, किनकि कक्षाकोठाभरि सबै आफ्नै छन् । आफ्नै रहनेछन् । तसर्थ यही आफन्तहरूको बीचमा अर्को जुनी पनि लिन पाइयोस् झ्ैं अनुभूति भएको छ ।

शारीरिक रूपमा मात्रै नभएर मानसिक, मानवीय अनि भावनात्मक तयारीमा मात्रै शिक्षणको आफैं आनन्द लिन अनि विद्यार्थीलाई पनि मजा दिएर शिक्षण सिकाइ क्रियाकलापलाई अझ्ै प्रभावकारी बनाउन सकिंदोरहेछ । अरूको बच्चा, अरू सबै दोषी... जस्ता भावनाबाट मुक्ति पाएमा करोडौंमा पनि किन्न नपाइने माया अनि सम्मानको महासागर शिक्षा क्षेत्रमा सदा रमाउन सकिन्छ । यही मेरो २० वर्षको शिक्षणले सिकाएको चुरो कुरो ।

commercial commercial commercial commercial