बर्मामा 'नेपाली कसरी लेख्ने'

‘म्यानमार’ भन्दा अलि टाढाको जस्तो सुनिए पनि बर्मा नेपालीका लागि नौलो देश होइन । नेपालभन्दा करीब पाँच गुणा ठूलो यो देशको जनसंख्या साढे पाँच करोड छ । त्यसमध्ये करीब डेढ लाख नेपालीभाषी छन् । तीमध्ये पनि केही नेपालीभाषी रोजगारीको सिलसिलामा थाइल्यान्ड वा अन्य देश गएका छन् । दोस्रो विश्वयुद्ध अघिसम्म नेपालीहरू काम खोज्नमात्र नभई बसाइँ सरेरै जाने देश पनि हो, बर्मा । नेपालको पूर्वी सीमाना काँकडभिट्टाबाट भारतीय राज्यहरू असम, नागाल्यान्ड र मणिपुरको हजार किलोमिटर सडक यात्रा गरेर डेढ दिनमा बर्मा पुगिन्छ ।

बर्मामा नेपालीभाषीको बस्ती भएका, सबैजसो ठाउँमा वर्षको दुई ढाई महीना नेपाली भाषाको पढाइ हुन्छ । नेपालीभाषी बर्मेलीको साझा संस्था अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक संघले वसन्त बिदाको बेला पारेर स्कूले नानीका लागि नेपाली भाषा कक्षा संचालन गर्छ । चैत, वैशाख र जेठ महीनामा गर्मी धेरै हुने भएकोले यहाँ तीन महीना स्कूल बन्द हुन्छन् । यसरी बिदाको बेला नेपाली पढाइ हुन थालेको करीब ३५ वर्ष भयो । बर्मामा नेपाली अध्यापन गराउने पाठशाला धेरैजसो गोर्खालीले बनाएका मन्दिर वा सामुदायिक भवन हुन् । त्यहाँ दिनको तीन घन्टा जति नेपाली भाषा पढाइ हुन्छ । हिजोआज कतैकतै अंग्रेजी र कम्प्युटर पनि जोडेर पढाउन थालिएको छ । म्यानमारभर नेपाली भाषा पढाउने यस्ता अस्थायी पाठशाला २२० जति छन् । यस्ता पाठशालाले विद्यार्थीलाई भाषासँगै नेपाली पहाडे संस्कृति पनि सिकाउँछन् ।

नेपाली भाषाका ‘बर्मेली’ लेखक साहित्यकार विष्णु पन्थीका अनुसार सन् १८८५ देखि दोस्रो विश्वयुद्धको हाराहारी (सन् १९४०–४५) मा बर्मा आइपुगेका नेपालीभाषीले रूखमुनि चण्डी, रुद्री पढाएर भाषा, संस्कृति र धर्म जोगाएका हुन् । सन् १९५० सम्म आउँदा नेपाली भाषा लेख्न पढ्न जान्नेको संख्या लोप हुन थालेको यहाँका बुढापाका बताउँछन् । बर्मामा नेपाली भाषा जोगाउने अभियानको शुरूवात त्यसैताका पण्डित डीआर शर्माले गरेको धेरैले उल्लेख गर्छन् । नेपाली भाषासेवी साहित्यकार ठाकुरप्रसाद गुरागाईंका अनुसार एक ताका पुरोहित नहुँदा न्वारान गर्न वर्ष दिन पर्खिनुपर्ने र विधिपूर्वक अन्त्येष्टि हुन नसक्नेसम्मको अवस्था थियो । नेपालीभाषीका छोराछोरीले नेपाली भाषा बोल्न छाडिसकेको बेला थियो । पण्डित शर्माले जुन जुन गाउँमा गोर्खालीको बस्ती छ, त्यही गाउँमा गएर नेपाली भाषा सिकाउने काम गरे । त्यस्तै संस्कृत पाठशाला स्थापना गरेर पुरेत्याइँ पनि पढाउन थाले ।


बर्मामा नेपाली अध्यापन गराउने पाठशाला धेरैजसो गोर्खालीले बनाएका मन्दिर वा सामुदायिक भवन हुन् । त्यहाँ दिनको तीन घन्टा जति नेपाली भाषा पढाइ हुन्छ । हिजोआज कतैकतै अंग्रेजी र कम्प्युटर पनि जोडेर पढाउन थालिएको छ । म्यानमारभर नेपाली भाषा पढाउने यस्ता अस्थायी पाठशाला २२० जति छन् । यस्ता पाठशालाले विद्यार्थीलाई भाषासँगै नेपाली पहाडे संस्कृति पनि सिकाउँछन् । 

यसैबीच, सन् १९६२ मा सेनाले सत्ता लिएपछि राजनीतिक मात्र होइन बर्मेली बाहेकका अन्य भाषामा शिक्षण, प्रकाशन तथा साहित्यिक गतिविधि गर्न रोक लाग्यो । त्यसको प्रभाव बर्मेली बाहेक आदिवासी शान, मोन, कचिन, रखाइन, कया आदिका कैयन भाषामा पनि पर्‍यो । यहाँ जनसंख्याको करीब २८ प्रतिशतको मातृभाषा बर्मेली होइन ।

बर्मामा ८८ प्रतिशत जनता वौद्धमार्गी भएकाले देशलाई बौद्धधर्ममार्गी घोषणा गरियो । तर अन्य धर्म मान्न र तिनका पूजा गर्ने थलो चर्च, मस्जिद र मन्दिर स्थापना गर्न पाइन्थ्यो । त्यही छुटको उपयोग गरी गोर्खालीले देशका विभिन्न ठाउँमा मन्दिर बनाउन थाले । नेपाली भाषा र संस्कृति जोगाउनका लागि धार्मिक संगठनको रुपमा सन् १९८२ मा अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक संघको पनि स्थापना गरे ।

बर्मेली प्रकाशकसँग कुरा गर्दै नेपाली भाषासेवी कमल खरेल ।

संघको नाममा ‘हिन्दू धर्म’ जोड्नुको कारण धर्मको नाममा मात्र संगठन गर्न पाइने भएकोले हो । तर यो संघले धार्मिक भन्दा सांस्कृतिक गतिविधि धेरै गर्‍यो र अहिले पनि गर्दैछ । यस धार्मिक संघअन्तर्गत बर्मामा गोर्खालीका करीब तीन सय मन्दिर छन् । नेपाली भाषा पाठशाला तिनै मन्दिरमा सञ्चालन हुने गर्छन् । साहित्यकार लक्ष्मण न्यौपाने विगत सम्झँदै भन्छन्, “बाहिर मन्दिर देखाएर हाम्रा धार्मिक ग्रन्थ रामायण/महाभारतको पठनपाठन गरेको हो भन्ने तर भित्र लुकीछिपी नेपाली भाषा पढाएर जोगाएका हुन् यहाँका गोर्खालीले आफ्नो भाषा र संस्कृति ।”

गोर्खाहिन्दू धार्मिक संघको शिक्षा विभागले बर्मामा नेपाली भाषा पढाउने जिम्मा लिएको छ । त्यसनिम्ति उसले वर्षेनी २२० वटा जति मौसमी पाठशाला संचालन गर्छ । बर्माबाटै थाइल्यान्ड पुगेका नेपालीभाषीले त्यहाँ १८ वटा मौसमी नेपाली भाषा पाठशाला सञ्चालन गर्छन् । साहित्यकार गुरागाईंले सन् १९८० को दशकमा कक्षा-१ देखि १० सम्मका बर्मेली नेपाली पाठ्यक्रम हातैले लेखेर तयार पारे । पछिल्लो समयमा भने नेपालका नेपाली भाषी विद्वान समेतको सहभागितामा शिशु कक्षा देखि १० कक्षासम्मको नेपाली विषयक पाठ्यपुस्तक बर्मामा तयार छ । छात्रछात्रालाई कक्षा-१० माथि पनि नेपाली भाषा अध्ययन गर्न मन भए नेपाली भाषाको डिप्लोमा कक्षा पनि संचालन गरिन्छ । दुई वर्षे उक्त अध्ययनमा नेपाली साहित्यको पढाइ हुन्छ ।  यहाँ नेपाली पढाउने शिक्षक यहींका भाषासेवी, पण्डित पुरोहित, साहित्यकार र समाजसेवी हुन् । तर यस्ता कुनै पनि अध्ययन-अध्यापन कहींकतैबाट स्वीकृति लिएर गराइएको छैन । गोर्खाहिन्दू धार्मिक संघको शिक्षा विभागले दिने प्रमाणपत्रको मान्यता यहाँका गोर्खालीका बीच मात्र छ ।

सो संघको शिक्षा विभागका प्रमुख ज्ञानबहादुर थापा बगाले यो वर्ष भने दिक्क छन् । कोरोना भाइरसका कारण सन् २०२० भरि कुनै पनि नेपाली पाठशाला संचालन हुन सकेनन् । सन् २०२१ मा पनि नेपाली पढाउन पाइएन भने कतै नेपाली भाषा संरक्षणको यो आन्दोलन २० वर्ष पछाडि धकेलिने पो हो कि भन्ने उनको चिन्ता छ । २० वर्ष पछाडि धकेलिनु भनेको २० वर्ष छिटै बर्माबाट नेपाली भाषा लोप हुनु हो ।


संघको नाममा ‘हिन्दू धर्म’ जोड्नुको कारण धर्मको नाममा मात्र संगठन गर्न पाइने भएकोले हो । तर यो संघले धार्मिक भन्दा सांस्कृतिक गतिविधि धेरै गर्‍यो र अहिले पनि गर्दैछ । यस धार्मिक संघअन्तर्गत बर्मामा गोर्खालीका करीब तीन सय मन्दिर छन् । नेपाली भाषा पाठशाला तिनै मन्दिरमा सञ्चालन हुने गर्छन् । बर्माबाटै थाइल्यान्ड पुगेका नेपालीभाषीले त्यहाँ १८ वटा मौसमी नेपाली भाषा पाठशाला सञ्चालन गर्छन् । 

हुन पनि; रोजगारी, अध्ययन, बन्द व्यापार, सञ्चार केहीमा पनि उपयोगी नहुने भाषा पुराना पुस्ताको करबलमा मात्र नयाँ पुस्ताले कहिलेसम्म पो बचाइराख्ला र ? बाक्लो रुपमा हेर्दा धर्म, संस्कृति र भाषा फरक लाग्लान् । तर गहिरिएर हेर्‍यो भने नेपाली भाषाको संरक्षण गर्न नेपाली संस्कृति र परम्पराको पनि संरक्षण हुनु पर्ने रहेछ । संस्कृति र परम्परा धर्मसँग जोडिएर आउँदो रहेछ ।

अहिले बर्माका २० प्रतिशत भन्दा धेरै नेपालीभाषीले हिन्दू धर्म छोडिसकेका छन् । तीमध्ये धेरैजसो बौद्धमार्गी र कोहीकोही क्रिश्चियन भएका छन् । धार्मिक संघको नामबाट हिन्दू हटाउने प्रयास पनि भइरहेको छ ।

पंक्तिकारको बर्मा अनुभव

यो पंक्तिकार रोजगारका लागि बर्मा आएको तीन वर्षभन्दा बढी भयो । यी दिनमा नेपालीभाषीको बाक्लो बस्ती भएका मेचिना, मोगोक, पिउँले, टाउँजी, लाश्यो मात्र हैन पातलो बस्ती भएका हाका, लेछा, टाँगु जस्ता ठाउँ पुग्न पाइयो । नेपालीमूलका हजारौं बर्मेलीसँग कुराकानी गर्ने र तिनका मन छाम्ने मौका मिल्यो । तिनले कहिल्यै बिर्सन नसकिने माया र सत्कार दिदैं आएका छन् ।

हस्तान्तरणका दिन पुस्तक ।

नेपालीभाषीका बिहे, ब्रतबन्ध लगायतका सामाजिक तथा धार्मिक अनुष्ठानमा जाँदा परदेशमा छु जस्तो कहिल्यै लागेन । बर्मेली नेपालीले मनाउने तीज, गाउने देउसी–भैलो शहरको हावाले नछोएको ठेट नेपाली गाउँको जस्तो लाग्छ । करीब छ दशकसम्म शासन गरेको सैनिकले शक्तिका भरमा यहाँका १०० भन्दा बढी जात–जातिलाई बर्मेलीकरण गर्ने प्रयास गर्दा पनि नेपालीमूलका बर्मेलीले आफ्नोपन जोगाएरै राखेका छन् । नेपाली भाषा लुकेर पढ्ने/पढाउने मात्र होइन यहाँका भाषासेवीले लुकेरै नेपाली पात्रो, पुस्तक र पत्रपत्रिका समेत छपाई गाउँ–गाउँमा पुर्‍याएर नेपाली भाषा र संस्कृतिलाई जीवन्त राख्ने काम गरेका रहेछन् ।

यहाँका नेपालीभाषीमध्ये धेरैले नेपाली भाषामा मुक्तक, कविता, कथा, निबन्ध, उपन्यास रचना गर्छन् । कतिले पुस्तक प्रकाशन पनि गर्दै आएका छन् । अरूहरू पनि नेपाली भाषामा लेख्ने र नेपाली भाषाका पुस्तक पढ्न रुचि देखाउँछन् । तर, नेपाल जानेले उपहारमा ल्याउने दुई–चारवटा बाहेक नेपाली साहित्यका पुस्तक बर्मामा पाइँदैनन् । नेपालीभाषी माझ नेपाली पुस्तक पुर्‍याउन सके, नेपाली साहित्यप्रति रुचि जगाइराख्न सके र कतिपयलाई सृजनशील लेखाइमा डोर्‍याउन सके बर्मामा नेपाली भाषाको संरक्षण र संबर्द्धनमा टेवा पुग्छ भन्ने विश्वास यो पंक्तिकारलाई बर्मा टेके देखि नै भइरहेको थियो । त्यसैले कस्तो पुस्तक उपयुक्त होला भनेर यहाँका केही भाषासेवीलाई सोधें, केही नेपालका साथीसंगीलाई सोधें, केही आफैंले अध्ययन गरें । धेरैबाट आएको सुझावलाई ध्यानमा राख्दा र आफूले पनि विचार गर्दा सबैभन्दा उत्तम ‘नेपाली कसरी लेख्ने ?’ पुस्तक नै यहाँ अरु किताबभन्दा सुहाउँदो हो भन्ने लाग्यो । पुस्तकका लेखक, कुनै बेला सँगै काम गरेको र मैले नेपाली भाषामा गुरु मानेका शरच्चन्द्र वस्ती दाइसँग सम्पर्क गरें । दाइले मेरो कुरालाई सहर्ष स्वीकारे । उनले बर्मेली संस्करण छापिएबापत आफूलाई रोयल्टी नचाहिने र पुस्तक प्रकाशनमा सघाउने वचन पनि दिए । मन फुरुङ्ग भयो ।     

‘नेपाली कसरी लेख्ने ?’ पुस्तकको प्रकाशक शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल सरसँग मेरो राजा चिनाई मात्र थियो । म चिन्थें । उनले मलाई चिन्ने नचिन्ने थाहा थिएन । पुस्तक लेखक वस्ती दाइबाट ठेगाना लिएर सन् २०१९ को नोभेम्बर अन्त्यमा यस्तो व्यहोराको इमेल राजेन्द्र सरलाई पठाएँ:

“मेरो आफ्नो परिचयबाट ईपत्र शुरू गर्ने अनुमति चाहन्छु । नेपालमा १५ वर्ष जति सञ्चारकर्ममा बिताएपछि अहिले बर्मामा आएर पत्रकारिता गरिरहेको छु । बर्मा आएर बस्दा यहाँका नेपालीभाषीले नेपाली भाषा, संस्कृति, परम्परा जोगाउन गरेको अथक प्रयासबाट म साह्रै प्रभावित भएँ । बेलाबेलामा यहाँबाट नेपालीभाषीसँग सम्बन्धित केही लेख र समाचारहरू नेपालका विभिन्न सञ्चार माध्यममा पठाउने गरेको छु । यहाँका नेपालीभाषीमध्ये सयौं जना नेपाली भाषामा लेख्ने र लेख्न इच्छा राख्ने भेटिए । हजारौं नेपालीभाषी नेपाली पुस्तक पढ्न रुची देखाउँछन् । नेपाली भाषा नरहे नेपाली संस्कृति संरक्षणमा गाह्रो हुन्छ भन्ने यहाँका अगुवाहरूको बुझाइ छ । करीब डेढ लाख नेपालीभाषी माझ नेपाली पुस्तक पुर्‍याउन सके, तिनमा नेपाली साहित्यप्रति रुची जगाइराख्न सके र कतिपयलाई लेखाइमा डोर्‍याउन सके बर्मामा नेपाली भाषाको संरक्षण र संबर्द्धनमा टेवा पुग्ने  छ । यसका लागि शिक्षक मासिकले प्रकाशित गरेको 'नेपाली कसरी लेख्ने ?' पुस्तक एक हजार प्रति प्रकाशित गरेर बर्मामा वितरण गर्ने सोच बनाएको छु । पुस्तकका लेखकबाट अनुमति मिलेको छ । पुस्तक वितरणमा बर्मेली नेपालीभाषीको साझा संस्था अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक संघले सहयोग गर्ने वचन दिएको छ । पुस्तक छाप्ने खर्च म आफैंले व्यहोर्ने छु । पुस्तक प्रकाशनका लागि शिक्षक मासिकका तर्फबाट अनुमति र पुस्तकको लेआउट डिजाइन सहितको पीडीएफ फाइल मेरो इमेलमा उपलब्ध गराइदिनुभए आभारी हुने थिएँ ।”

राजेन्द्र सरले इमेल पाएको केही दिनमा सम्पर्क गरे । उनले पनि विनारोयल्टी एक हजार प्रति पुस्तक बर्मामा छाप्न सैद्धान्तिक सहमति जनाए । नेपाली भाषासेवी बर्मेलीलाई यो खबर सुनाउन पाउँदा मन खुशी भयो । एक हजार प्रति छाप्दा लाग्ने खर्च जोहो गर्न, श्रीमतीलाई त्यस वर्षको क्रिसमस र नयाँ वर्षको छुट्टीमा घुम्न जाँदा लाग्ने खर्च घटाउन प्रस्ताव राखें । उनले पनि सहर्ष स्वीकारिन् ।


बाक्लो रुपमा हेर्दा धर्म, संस्कृति र भाषा फरक लाग्लान् । तर गहिरिएर हेर्‍यो भने नेपाली भाषाको संरक्षण गर्न नेपाली संस्कृति र परम्पराको पनि संरक्षण हुनु पर्ने रहेछ । संस्कृति र परम्परा धर्मसँग जोडिएर आउँदो रहेछ । अहिले बर्माका २० प्रतिशत भन्दा धेरै नेपालीभाषीले हिन्दू धर्म छोडिसकेका छन् । तीमध्ये धेरैजसो बौद्धमार्गी र कोहीकोही क्रिश्चियन भएका छन् । धार्मिक संघको नामबाट हिन्दू हटाउने प्रयास पनि भइरहेको छ । 

नेपालीमा पुस्तक छापेका बर्मेली लेखकलाई प्रेसबारे सोधें । धेरैले नेपाली पुस्तक नेपालमा पो छापेर यता ल्याउँदा राम्रो हुन्छ भने । खर्च घटाउन म यतै छाप्छु भनेपछि भाषासेवी कमल खरेलले प्रेससम्म पुर्‍याइदिए । प्रेस सञ्चालकसँग धेरै रोईकराई गरेपछि उनी करीब साठी हजार नेपाली रुपैयाँमा एक हजार प्रति पुस्तक छाप्न सहमत भए ।  एउटा सपनाले आकार लिंदै थियो, मन खुशीले दगुर्न थाल्यो । छाप्न दिएको दुई सातामा पुस्तक तयार भएको खबर आयो । प्रेसमा पुस्तक लिन जाँदा एक्लै जान सकिनँ । छपाईमा कतै केही बिग्रिएको भए बर्मेली भाषामा भन्न सक्ने मान्छे चाहिन्छ भनेर साहित्यकार तीलक पोख्रेललाई बोलाएँ । पुस्तकमा केही खोट देखिएन । कागजको गुणस्तर नेपालमा छापिएको सोही पुस्तकभन्दा केही कमजोर थियो । तर त्यस्तो नराम्रो पनि होइन ।

तीलकले पुस्तक धेरै मन पराए । उनी त्यतिबेला थाइल्यान्डमा काम गर्दै थिए । थाइल्यान्डका लागि ५० प्रति भए पनि दिनू भनेर जिद्दी गर्न थाले ।  यता आफूले एक हजार प्रतिको वचन दिएको उता तीलकले थाइल्यान्डका लागि पनि मागेपछि म अलमलिएँ । उनलाई पाँच प्रति दिदैं भने, “कृपया यहाँको संघलाई मैले दिनासाथ यहींको संघसँग अरु प्रति माग्नुहोला ।”

गोर्खा संघका अध्यक्ष सागर घिमिरेलाई पुस्तक लिन आमन्त्रण गर्दै फोन गरें ।  उनले उपयुक्त समयमा पुस्तक लिन आउने बताए । तर, तीन/चार साता त्यत्तिकै हराए । माघको तेस्रो सातातिर फोन गर्दै भने, ‘आठ/दश प्रति पुस्तक लिएर भोलि रामजानकी मन्दिर आउनुहोला ।” रंगुनमा प्यागोडा शैलीमा बनाइएको गोर्खालीको मन्दिरमा पुग्दा करीब सय जना जति नेपालीभाषी एक कार्यक्रममा सरिक थिए । एकैछिनमा थाहा भयो, धार्मिक संघका पदाधिकारी वर्ष दिनको एकपटक नेपालीभाषीको बस्ती भएका नगर-नगर गाउँ-गाउँमा जाँदा रहेछन् र त्यहाँका गतिविधिबारे जानकारी लिँदा रहेछन् । रंगुनको गतिविधिबारे त्यो दिन चर्चा भइरहेको रहेछ । युवा, महिला, शिक्षा, धार्मिक, सांस्कृतिक, आर्थिक लगायतका विभिन्न विभागका पदाधिकारीले वर्षभरी गरेका कामको फेहरिस्त दिंदै थिए ।

शिक्षा विभागलाई पुस्तक हस्तान्तरण गर्दै दीपक ।

केही समयको पर्खाईपछि उद्घोषकले मलाई स्टेजमा बोलाए । शिक्षा विभागका अधिकारीलाई पुस्तक हस्तान्तरण गर्न लगाए । माइकमा केही बोलिदिन अनुरोध गरे ।  “नेपाली भाषा, संस्कृति, परम्परा जोगाउन तपाईंहरूले गरेको संघर्षको सागरमा एक बुँद पानी थप्ने कोशिस गरेको हुँ । यसलाई स्वीकार गरिदिनुभएकोमा धन्यवाद छ” भनें ।

हस्तान्तरण गरेको अर्को साता सागरसहितको टोली पुस्तक लिन डेरामा आए । पुस्तक लिएर गए । २०७६ सालको चैतमा नेपाली पाठशाला शुरू हुनु अगाडि सबै गुरुबा, गुरुआमा र नेपाली भाषामा डिप्लोमा पढिरहेकालाई किताब दिए राम्रो हुने सुझाव दिएको थिएँ । तर बीचैमा कोभिड-१९ आइलाग्यो । सबै स्कूल, कलेज बन्द भए । मौसमी नेपाली पाठशाला खुल्नै पाएनन् ।

केही प्रति पुस्तक आफैंसित राखेको छु । बेलाबेलामा पल्टाउँछु । राजेन्द्र सरले लेखिदिएको भूमिकामा आँखा पुग्छ:

“बर्माका नेपालीभाषीले आफ्नो भाषा, रीतिरीवाज, संस्कार र संस्कृति जोगाउन गरेका मौलिक प्रयत्नले पत्रकार दीपक भट्टराईको मन छोएछ । अनि; बर्मेली नेपालीहरूले भाषा–साहित्य जोगाउन गरेका प्रयासमा सघाउने दीपकजीको चाहनाले हामीलाई छोयो । त्यसकै परिणाम हो, ‘नेपाली कसरी लेख्ने?’ पुस्तकको यो विशेष–संस्करण ।

नेपाली भाषा सिक्ने–सिकाउने प्रयास र प्रक्रियामा बर्मेली नेपाली मित्रहरूलाई यो पुस्तकले केही मद्दत गर्न सक्यो भने हाम्रा लागि त्यो ठूलो सन्तोषको विषय हुनेछ । नेपाली भाषा–साहित्यको विस्तार र विकासमा सघाउने यस प्रकारको सत्प्रयासमा सहभागी हुन पाएकोमा शिक्षक मासिक परिवार प्रसन्न छ ।

यो अवसर जुटाइदिएकोमा पत्रकार दीपक भट्टराईलाई हार्दिक धन्यवाद दिन्छौं । पुस्तकलाई अझै उपयोगी र सरल बनाउनका निम्ति बर्मेली संस्करणका पाठकहरूले आफ्ना अनुभव, सुझाव र टिप्पणी हामीलाई उपलब्ध गराउनुहुनेछ भन्ने अपेक्षा राखेका छौं ।

नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गरी आफ्नो नेपाली’ पहिचानलाई जीवित राखिराख्न बर्मेली नेपाली समुदायलाई सफलता मिलोस् भन्ने कामना गर्दछौं

भूमिका पढ्दा लाग्छ, सोचेको त यस्तै हो तर भूतले खाजा खाने बेलामा परियो । के गर्नु ? कोरोनाकालमा पनि केही प्रति पुस्तक संघले यहाँका नेपाली साहित्यकारहरूलाई बाँडेछ । तिनले फेसबुकमा सार्वजनिक रुपमै केही प्रतिक्रिया व्यक्त गरे । त्यसले चाहिं मन भुलाउँछ । एक दर्जनभन्दा धेरै साहित्यिक पुस्तकका लेखक नेपालबाट जगदम्बा श्री पुरस्कार पनि पाएका ठाकुरप्रसाद गुरागाईंले लेखे, “नेपाली भाषा साहित्य र संस्कृतिको जगेर्ना गर्न समर्पित रहेका नेपाली मूलका बर्मेली गोर्खालीहरूलाई सहयोग गर्ने बाटोमा आफ्नै स्व:स्फूर्त प्रेरणाले अभिप्रेरित भएर पत्रकार दीपक भट्टराईले ‘नेपाली कसरी लेख्ने ?’ नामक पुस्तक म्यान्मारमा वितरण गर्ने अत्यन्त उपयोगी र ऐतिहासिक काम गर्नुभएको छ ।

यो पुस्तक नेपालीमा कलम चलाउने लेखक, कवि, साहित्यकार र नेपाली पढाउने शिक्षक-शिक्षिका तथा डिप्लोमा गर्ने छात्रछात्रा सबैले मसिनो गरी अध्ययन गर्नुपर्ने  जस्तो उपयोगी छ । अर्थात् राम्रो र शुद्ध नेपाली लेख्न चाहने सबैले यस पुस्तकलाई खोजी-खोजी पढ्न भन्न चाहन्छु ।”

अर्का साहित्यकार टेकनारायण रिमाल कौशिकले लेखे, “अत्यन्त प्रशंसनीय र अनिवार्य कार्य भएछ । यो किताब म्यान्माली नेपालीहरूका निम्ति उपयोगी त छँदैछ, नेपालकै सिकारु लेखकहरूलाई पनि उत्तिकै उपयोगीसिद्ध होला । लेखक शरच्चन्द्र वस्तीज्यू र सम्पादक (शिक्षक मासिक) राजेन्द्र दाहालज्यूलाई धन्यवाद !”

अर्का साहित्यकार विष्णु पन्थीले लेखे, “दीपकजीले आफ्नो म्यान्माको बसाइमा म्यान्माली नेपालीहरूको नेपाली भाषाप्रतिको माया, साहित्यिक क्षेत्रको चहलपहल, यहाँको खाँचो र गुनासाहरू घरघरै घुमेर गहिरो गरी अध्ययन गर्नुभएको छ र यो पहल गर्नुभएको होला भन्ने मेरो मान्यता छ । भाषा साहित्यको ज्ञान दिने पुस्तक त झन् कीमतीलो ।  जय होस् ।”

कोरोना कालका बेला किताब बाँड्न नसके पनि यही मंसीर (२०७७) देखि यहाँको नेपाली संगठनको शिक्षा विभागले पुस्तकलाई अनलाइनबाट पढाउने व्यवस्था गरेको छ । हिजोआज शिक्षकहरूले साताको दुई दिन फेसबुक र युट्युब मार्फत ‘नेपाली कसरी लेख्ने ?’ पुस्तकका पाना-पाना पढाइरहेका छन् । बर्मेली लवजमा नेपालीभाषा पढाएको मलाई खुब स्वाद लागेको छ ।

म पनि नियमित अनलाइन कक्षामा भाग लिइरहेको छु र नेपाली लेख्न सिकिरहेको छु ।

commercial commercial commercial commercial