म पेशाले एक सरकारी शिक्षक

''मिस चाहिं कुन पार्टीको ??''

नियुक्ति लिएर गयो त्यही प्रश्न,

सरुवा भएर जान खोज्यो त्यही प्रश्न,

पदस्थापनाको कुरा आयो त्यही प्रश्न।

 

''अरे यार ! थोडी राजनीति गर्न आएको हो र ??

एउटा शिक्षकलाई बरू उसको योग्यता सोध्नुस् ।

शिक्षण अनुभव सोध्नुस्।

योजना सोध्नुस् न !''

 

रातो गल्बन्दी लगाउँदा वैद्य बाको समर्थक भन्ने !

संघको कार्यक्रममा नजाँदा संगठनको रहेछ भन्ने !

संगठनको कार्यक्रममा नजाँदा संघको नेता भन्ने !

 

मन्दिरको घण्टी समाएर फोटो खिच्यो,

'कहिलेबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा लाग्नुभयो ?'

कहिले के कहिले के !

वाक्क-दिक्क-पिच्च भइयो बा !!

 

तटस्थ भन्ने शब्द पनि हेक्कामा रहोस् !!

थाहा छैन भने

कानूनी अर्थ यस्तो छ: 

'कुनै गुटमा नलाग्ने, मध्यस्थ, निष्पक्ष।'

 

प्रधानाध्यापक, मनमैजु माध्यमिक विद्यालय, तारकेश्वर, काठमाडौं

(नोट: कसैको जीवनमा मेल खाएको भए, संयोग मात्र मानिदिनु होला !)

शिक्षक  मासिकले २०८० असार २८ गते आयोजना गरेको स्थानीय तह र शिक्षक बीचको सम्बन्ध विषयक शिक्षा–संवाद कार्यक्रममा कवितात्मक शैलीमा व्यक्त विचार। 

शिक्षा-सम्वाद कार्यक्रमका केही तस्वीरहरू

 

 

commercial commercial commercial commercial