शिक्षकले अन्तर्वार्ताको तयारी कसरी गर्ने ?

अन्तर्वार्ता के हो ?
लिखित परीक्षाले मात्र उम्मेदवारको व्यक्तित्व र सक्षमताका विभिन्न पक्षहरूलाई प्रकाश पार्न नसक्ने भएकाले अन्तर्वार्ता लिइन्छ। अन्तर्वार्ता भनेको उम्मेदवार छनोट गर्ने प्रक्रियालाई थप वैधता दिने अभिप्रायले विशेष रूपमा आयोजित औपचारिक कुराकानी हो। 

अन्तर्वार्ता अवधिको चरणमा के गर्ने ?
१. अन्तर्वार्तामा लैजानुपर्ने भनी तोकिएका कागजात (जस्तैः प्रवेशपत्र, शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्रहरू, नागरिकताको प्रमाणपत्र आदि) एक दिन अगावै एउटा फाइलमा राख्ने। सबभन्दा माथि माथिल्लो योग्यताबाट क्रमशः तलतिरको योग्यता र अनुभवका प्रमाणपत्रहरू राख्ने। नखुम्चिने र नच्यातिने गरी राख्ने। 
२. प्रस्थान गर्नुअघि अन्तर्वार्ता हुने स्थान निधो गर्ने। कहिलेकाहीं विविध कारणवश अन्तर्वार्ता हुने पूर्वनिर्धारित स्थान परिवर्तन पनि भएको हुन सक्दछ।
३. तोकिएको समयभन्दा अगावै अन्तर्वार्ता स्थलमा पुग्ने र पुनः कुनै कागजात तथा विवरण ल्याउन छुटेको छ कि रुजु गर्ने। अन्तर्वार्ता स्थलमा सम्पर्क फाँट राखिएको भएमा सम्पर्क गर्ने।
४. पालो आएपछि मोबाइलको स्वीच अफ गर्ने र अन्तर्वार्ता कक्षमा प्रवेश गर्ने। नम्र भएर मनोबलयुक्त प्रसन्न भावमा अभिवादन गर्ने। अनुमति प्राप्त भएपछि तोकिएको स्थानमा बस्ने।

अन्तर्वार्तामा के-के गर्ने 
तोकिएको स्थानमा सजिलो र भद्र रूपमा बस्ने। नजानेको कुरा आफूलाई थाहा नभएको प¥यो भनी विनम्रतापूर्वक बताउने। सोधेको प्रश्नभन्दा ज्यादा बाहिर गएर जानकारी नभएको कुरा थपेर उत्तर नदिने। अन्तर्वार्ताको अन्त्यमा अनुमति प्राप्त भएपछि सबै अन्तर्वार्ताकारहरूलाई अभिवादन गरी विदा लिने। 

अन्तर्वार्तामा के-के नगर्ने 
कहिले ठूलो स्वरमा, कहिले नसुनिने र नबुझिने गरी नबोल्ने। अनावश्यक रूपमा हल्लिने, कोठा बाहिर झयाल वा भुईंतिर हेरेर नबोल्ने। नाक कोट्याउने, खुट्टा हल्लाउने, केश, अनुहार, शरीर, लुगा आदि मुसार्ने-सम्याउने जस्ता व्यवहार नगर्ने । नआएको प्रश्नको उत्तर ढाँटेर दिने प्रयास नगर्ने।  

अन्तर्वार्तामा के कसरी अंक प्रदान गरिन्छ ?

शिक्षक पदका लागि लिइने अन्तर्वार्तामा प्राय सबैलाई सोधिने प्रश्नहरू

  •  परिचय 
  • शिक्षक किन बन्न खोज्नु भएको छ ?
  • तपाईलाई शिक्षण पेशामा किन छनौट गरौं ?
  •  तपाईका कमजोरी के के छन होला ?
  • तपाईले विद्यालयमा गएसी के के सुधार गर्नुहुन्छ ?

परिचय भित्र के-के पर्दछन् ?

  • नाम
  •  ठेगाना
  • अनुभव
  • योग्यता
  • रुचि 

शिक्षक सेवा आयोगको अन्तरर्वातामा मेरो अनुभव
मैले यस प्रश्नको उत्तर यसरी दिएको थिएँ।
प्रथम चरण 
१. तपाईंको परिचय दिनुहोस्।
म पूर्णबहादुर घर्ती, बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडा-२ बस्छु।
मैलै पृथ्वीनारायण क्याम्पस पोखराबाट शिक्षा विषयबाट स्नाकोत्तर उत्तीर्ण गरेको छु।
म १ वषदेखि अस्थाथी करारमा शिक्षण गदै आएको छु। मेरो शिक्षण पेशामा रुचि छ।

२. पुर्नबल भनेको के हो ? पुर्नबलको शिक्षणमा प्रयोग कसरी गर्नुहुन्छ होला ? 
मैले यस प्रश्नको उत्तर यसरी दिएको थिएँ।
प्रतिक्रियाको दर बढाउनु वा घटाउनुलाई पुर्नबल भनिन्छ। पुनर्बलको उपस्थितिमा प्रतिक्रियाहरु दोहोरिने दर प्रभावित हुने र यसको परिमाणस्वरुप सिकाईको दर पनि प्रभावित हुने गर्दछ। शिक्षणमा पुर्नबलको प्रयोग निम्नअनुसार गर्न सकिन्छ।
    पृष्ठपोषणको रुपमा-विद्यार्थीले गरेका कमि कमजोरी र गल्ति सुधार गर्न।
    व्यक्तिगत शिक्षण सिकाईका लागि–गरेर सिक्ने सिकाई पद्धिति अपनाउन।
    व्यवहार निर्माण गर्न/राम्रा बानिको विकास गर्न।
    व्यक्तिगत विभिन्नताको पहिचान गर्न– व्यक्तिगत विभिन्नताका पहिचान गरि शिक्षण गर्न। 
    सिकारुको सही प्रतिक्रियाको दर बढाउन। 

३. बालकेन्द्रित शिक्षण विधि भनेको के हो ? कुनै एक वटा उदारहरण दिनुहोस न ?
मैले यस प्रश्नको उत्तर यसरी दिएको थिएँ। 
बालकेन्द्रिति शिक्षण विधि भनेको शिक्षक कम सक्रिय भई बालबालिका बढी सक्रिय बनाउने शिक्षण विधि हो। बालबालिका भित्रको प्रतिभा पहिचान गरी त्यसअनुरुप विकास गर्न विद्यार्थी केन्द्रित शिक्षण आवश्यक हुन्छ। बालकेन्द्रित शिक्षण विधिहरु खोज विधि,समस्या समधान विधि, परियोजना विधि आदि हुन् । 

  दोस्रो चरण 
१. नेपालको अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ बीच फरक बताउनुहोस न।
मैले यस प्रश्नको उत्तर यसरी दिएको थिएँ।
नेपालको अन्तरिम संविधान,२०६३ संविधान सभाबाट नयाँ संविधान नबनेसम्मको लागि राजनैतिक सहमतिबाट तयार भएको हो। यो संविधान प्रतिनिधि सभाले २०६३ माघ १ गते जारी गरेको हो। नेपालको अन्तरिम संविधान,२०६३ मा  २५ भाग, १६७ धारा र ४ अनुसुचि थिए। भाग ३ धारा १२ देखि ३२ सम्म २१ वटा मौलिक हकको व्यवस्था गरिएको थियो भने नेपालको संविधान २०७२ संविधान सभाले बनाएको संविधान हो। नेपालको संविधान २०७२ संविधान सभाबाट मिति २०७२/०५/३० गते पारित भई २०७२/०६/०३ गते राजपत्रमा प्रकाशन भएको हो। नेपालको संविधान २०७२ मा ३५ भाग, ३० धारा र ९ अनुसुचि रहेका छन्। नेपालको संविधान २०७२ मा धारा १६ देखि ४६ सम्म ३१ वटा मौलिक हक छन्।

२.नेपालको संविधान २०७२ मा उल्लेख भएका मौलिक हकहरुका बारे बताउनुहोस न ?
नेपालको संविधान २०७२ मा मौलिक हक र कर्तव्य धारा १६ देखि ४८ सम्म गरी ३३ वटा धाराहरु छन्। मौलिक हकहरु धारा १६ देखि ४६ सम्म जम्मा ३१ वटा रहेका छन्।
मौलिक हक र कर्तव्य निम्न अनुसार रहेका छन्।
१६.सम्मानपूर्वक वाच्न पाउने हक
१७.स्वतन्त्रताको हक
१८.समानताको हक 
१९.सञ्चारको हक   
२०.न्याय सम्बन्धी हक
२१ अपराध पीडितका हक 
२२.याताना विरुद्धको हक
२३ निवारक नजरबन्दविरुद्धको हक
२४ छुवाछुट तथा भेदभावविरुद्ध हक
२५ सम्पत्तिको हक 
२६. धार्मिक स्वतन्त्रताको हक
२७. सूचनाको हक
२८. गोपनीयताको हक
२९. शोषण विरुद्धको हक
३०. स्व्चछ वातावरणको हक
३१. शिक्षा सम्बन्धी हक
३२. भाषा तथा संस्कृतिको हक
३३. रोजगारीको हक
३४. श्रमको हक
३५. स्वास्थ्य सम्बन्धी हक
३६. खाद्य सम्बन्धी हक
३७. आवसको हक
३८. महिलाको हक 
३९. बालबालिकाको हक
४०. दलितको हक
४१. ज्येष्ठ नागरिको हक
४२. सामाजिक न्यायको हक
४३. सामाजिक सुरक्षाको हक
४४. उपभोक्ताको हक
४५ .देश निकाला विरुद्धको हक
४६. संवैधानि उपचारको हक
४७. मौलिक हकको कार्यान्वयन
४८. नागरिकका कर्तव्य 


३.बालमैत्री शिक्षा भनेको के होला ?
मैले यस प्रश्नको उत्तर यसरी दिएको थिएँ।
विभेदरहित वातावरणमा बालबालिकाको इच्छा र चाहना बमोजिम प्रदान गरिने शिक्षालाई बालमैत्री शिक्षा भनिन्छ। बालबालिकाको भावनालाई आत्मासात गरि शिक्षण सिकाइ गरिन्छ। हरेक बालबालिकाको क्षमता र अवस्थालाई कदर र ख्याल गरिन्छ।

४.असल शिक्षकका गुणहरु के के हुन ?  
मैले यस प्रश्नको उत्तर यसरी दिएको थिएँ ।
असल शिक्षकमा हुनुपर्ने गुणहरु 
१. विषय वस्तुमा पर्याप्त ज्ञान
२. शिक्षणमा कुशलता 
३. सिकाइ प्रक्रियाको ज्ञान
४. बालमनोविज्ञानको ज्ञान 
५. शिक्षण विधिको ज्ञान 
६. शिक्षण सामाग्रीको ज्ञान
७. शिक्षा पद्धतिको ज्ञान
८. प्रयोग र अनुसन्धानको ज्ञान
९. जिज्ञासु र अध्ययनशिल
१०. पेसाप्रति निष्ठावान र लगनशिलता

५. शैक्षिक सामग्री भनेको के हो ? कुनै शैक्षिक सामग्रीको उदाहरण दिनुहोस न ?
मैले यस प्रश्नको उत्तर यसरी दिएको थिएँ। 
सिकाइलाई व्यावहारिक,अर्थपूर्ण,उद्देश्यमूलक,सफल र दिगो बनाउन तथा सिकाइलाई मूर्तरुप दिन र विषयवस्तुको ठोस धारणा बसाल्न प्रयोग गरिने सामग्रीलाई शिक्षण सामग्री भनिन्छ। जस्तै: नक्सा,ग्लोब, चार्ट, चित्र, ग्राफ, स्लाइड, बोटबिरुवा, माटो,ढुंगा, तरल पदार्थ, इमेल, इन्टरनेट आदि।


तेस्रो चरण

1.What are the ways of vocabulary teaching ?

The ways of teaching English vocabulary:

1. Use a context

2. Pronunciation

3. Guessing meaning from context

4. Realia

5. Pictures

6. Definitions

7. Translations

8. Sorting out words

9. Meaning relationships

10. Personalizing vocabulary

2. How do you teach listening to primary level students ?

I teach listening skills by using following activities

  1. Listen &  do
  2. Listen &  act
  3. Listen &  do
  4. Listen & follow
  5. Listen & write
  6. Listen & say

३.प्राथमिक तहका बालबालिकालाई कविता शिक्षण कसरी गर्नुहुन्छ ?
मैले यस प्रश्नको उत्तर यसरी दिएको थिएँ । 
प्राथमिक तहका बालबालिकाहरुलाई कविता शिक्षण गर्न निम्नअनुसार विधि अपनाउन सकिन्छ।
    लयबोधः कविताको गति ,यति र लय हालेर वाचन अभ्यास गराउनुलाई लयबोध गरी कविता शिक्षण गर्न सकिन्छ। 
    व्यख्यान विधिः कविताका हरफहरु वा विषयवस्तु व्याख्या गरी स्पष्ट गरी कविता शिक्षण गर्न सकिन्छ।
    छलफल र प्रश्नउत्तर विधिः कविताका विषयवस्तु र संन्देश माथि प्रश्न उत्तर गरी शिक्षण गर्न सकिन्छ।  

४.भिन्न भनेको के हो ? भिन्नको अवधारणा कसरी सिकाउनु हुन्छ ?
मैले यस प्रश्नको उत्तर यसरी दिएको थिएँ। 
सिङगो भागको केही भागलाई भिन्न  भनिन्छ। भिन्नको घुम्ने वृत्ताकार नमुनाको प्रयोग गरी भिन्नको धारणा शिक्षण गर्न सकिन्छ। दुई वटा विभिन्न रङका वृत्तकार जोडिलाई चाहेको अवस्थामा घुमाई  ½, द्दरछ,घरद्ध  जस्ता विभिन्न भिन्नहरुको धारणा दिन सकिन्छ। यसका लागि खप्टिएका वृत्तहरुलाई घुमाउने र यसरी घुम्दा सुरुमा भएको रङ भन्दा फरक रङ भएको वृत्तले बनाएको भागको नामाकरण गदै भिन्नको धारणा सिकाउन सकिन्छ। भिन्नका घुम्ने वृत्ताकार नमुनाको उपयोग गदै चित्रहरुमा छाया पारिएको भागलाई भिन्नमा कसरी लेखिन्छ वा जनाइन्छ जस्ता प्रश्नहरु गरी क्रियाकलापलाई अगाडि बढाउनुपर्छ।

५.समुदाय र समाजमा के फरक छ ? 
मैले यस प्रश्नको उत्तर यसरी दिएको थिएँ। 
समाज समुदाय भन्दा ठूलाे हुन्छ र यसले निश्चित क्षेत्र पनि ओगटदैन। उदारणका लागि नेपाली समाज भन्नाले देश भित्र र बाहिर बस्ने सबै नेपाली जातिको समुह लाई बुझिन्छ। एउटा समाज भित्र धेरै समुदाय हुन्छन्।
समुदाय समाजको एउटा अंग हो। यसले निश्चित क्षेत्र ओगटछ। उदारणका लागि नेवारी समुदाय गुरुङ समुदाय,थारु समुदाय आदि। समुदाय समुदाय मिलेर समाज बन्छ।

अब यी प्रश्नहरु पनि अभ्यास गर्नुहोस्।
१ तपाईको परिचय ? तपाईको परिचय दिनुहोस्। (Your introducation please, Could you introduce yourself ?)
२ तपाईले शिक्षण पेशा नै किन रोज्नु भयो ? (Why did you choose teaching as your profession ?)
३ तपाईको जागीरको अनुभव बताउनुहोस न ? (Tell about your job experience?)
४ तपाई अब यो जागिर के पाउनु भयो भने छोडनुहुन्छ ? (What did you get to quit this job?)
५ कक्षाकोठामा शिक्षकको भूमिका के हुन सक्छ ? (What is the role of a teacher in the classroom?)
६ विद्यालयमा एउटा शिक्षकको दायित्व के हुन सक्छ ? What may be the responsibilities of a teacher in a school ?)
७ समाजमा एउटा शिक्षकको भूमिका के हुन सक्छ ? (What may be the role of the teacher in the society ?)
८ तपाईलाई थाहै छ देश विकाशको मेरुदण्ड भनेको शिक्षित जनशक्ति नै हो, तर हाल नेपालमा शैक्षिक पलायन दर बढ्दो छ । यस्तो शैक्षिक पलाएन रोक्नका लागी के के गर्नुपर्ला ? (You know that educated manpower is the backbone of national development but at the present the rate  of brain drain is increasing in Nepal.What should be done to stop the brain drain in Nepal?)
९ शैक्षिक पलाएनका कारणहरु के के होलान त ? (What do you think are the reasons of the brain drain ?)
१० शिक्षालाई व्यावहारिक र जीवनउपयोगी बनाउन के गर्नुपर्ला ? What could be done to make the education practical and revelent for day to day life ?)
११ तपाईलाई थाहै छ यहाँ तपाई जस्ता थुप्रै उम्मेदवारहरु छन्। अरुलाई फालेर तपाईलाई नै छनोट गर्नुपर्ने त्यस्तो कारण तपाईमा के छ ? You know there are many candidates like you what makes you unique or different from others that urges us to select you ? )
१२ अहिले सामुदायिक र निजी विद्यालयमा धेरै अन्तर छ भनिन्छ। यसका कारणहरु के के होलान जस्तो लाग्छ ? ( It is said there is vast difference between the achievement of public and private schools.What may be the reasons behind this ?)
१३ सामुदायिक विद्यालयको नतिजामा सुधार ल्याउन के गर्न सकिएला ? यसमा एउटा असल शिक्षकको भूमिका के हुन सक्छ ? What will be the measures for improving the achievement of the public schools ? What may be the role of a teacher for this ?)
१४ असल शिक्षकमा हुनुपर्ने तीन प्रकारका गुणहरु के के हुन् ? (What are the three types of characterstics of a good teacher ?)
१५ असल शिक्षकमा हुनुपर्ने कुनै तीन वटा गुणहरु के के हुन् ? (Could you tell us any three characteristics of a good teacher ?)
१६ गुणस्तरिय शिक्षा भन्नाले के बुभिmनुहुन्छ ? (What do you mean by quality education ?)
१७ गुणात्मक शिक्षाको विकाशका लागि के के गर्नु पर्ला ? (Can you say some measures for developing quality education ?)
१८ बालमैत्री शिक्षणको बारेमा सुन्नु भएको छ ? बालमैत्री शिक्षण भन्नाले के बुझ्नु हुन्छ? (Have you heard of child- friendly teaching? What do you mean by this?)
१९ प्रायःकुनै पाठ शुरु गर्नु अगाडि विद्यार्थीलाई कसरि उत्प्रेरित गराउनु हुन्छ ? (Usually, how do you motive your students before starting the lesson?)
२० हाल नेपाल सरकारले शिक्षा सम्बन्धी के कस्ता कुराहरुमा जोड दिने नीति अवलम्बन गरेको छ? 
(What sort of things have been focused in the policies adopted by the government of Nepal regarding education?)
२१ नेपालमा शिक्षकको दक्षता अभिवृिद्वका लागि के कस्तो कानूनी प्रावधान राखिएको छ ? ( What is the legal provision in Nepal for the promotion of teacher's skills?)
२२ शिक्षकहरुको पेशागत विकासका लागि के के गर्नु पर्ला? (What can done for the professional development of teachers?)                                                         
२३ कार्यगत अनुसन्धान भनेको के हो ? (What do you mean by action research?)
२४ एउटा शिक्षकको लागि अनुशासनको के महत्व छ ? (What is the importance of discipline for a teacher?)
२५. ग्रामीण विकासका उपायहरु के के हुन् ? (What are the ways of rural development ?)
२६. CAS भनेको के हो ? (What is CAS ? )
२७. शैक्षिक दक्षता भनेको के हो ? (What is educational capacity ? )
२८. कक्षाकोठा व्यवस्थापन भनेको के हो ? (What is classroom management ?)
२९. प्रावि तहको लागि उपयुक्त शिक्षण विधि कुन हो ? (What is the most suitable teaching method in primary level ? )
३०. तपाईंले कस्ताकस्ता स्थानीय शैक्षिक सामग्रीको प्रयोग गर्नुहुन्छ ? (What type of local instructional metrials do you use ? )
३१. लेटर ग्रेडिङ प्रणाली को विशेषता र एक फाइदा के हो ? (What are the characteristics of letter grading system and advantage? )
३२. TPD को पूरा रुप के हो ? (What is full form of TPD ? )
         

नमूना अन्तरर्वाता
प्रथम चरण 

१ तपाईको परिचय दिनुहोस् । 
२ तपाईले शिक्षण पेशा नै किन रोज्नु भयो ? 
३ तपाईको जागीरको अनुभव बताउनुहोस न ? 
४ तपाई अब यो जागीर के पाउनु भयो भने छोडनुहुन्छ ? 
५ कक्षाकोठामा शिक्षकको भुमिका के हुन सक्छ ? 
६ विद्यालयमा एउटा शिक्षकको दायित्व के हुन सक्छ ? 
७ समाजमा एउटा शिक्षकको भुमिका के हुन सक्छ ? 
८ तपाईलाई थाहै छ देश विकाशको मेरुदण्ड भनेको शिक्षित जनशक्ति नै हो , तर हाल नेपालमा शैक्षिक पलायन दर बढ्दो छ । यस्तो शैक्षिक पलाएन रोक्नका लागी के के गर्नुपर्ला ? 
११ तपाईलाई थाहै छ यहाँ तपाई जस्ता थुप्रै उम्मेदवारहरु छन । अरुलाई फालेर तपाईलाई नै छनोट गर्नुपर्ने त्यस्तो कारण तपाईमा के छ ?

दोस्रो चरण
१. नेपालको संविधान २०७२ पढ्नु भएको छ ?
२. नेपालको संविधान २०७२ कसले पारित गर्यो?
३. संविधान ऐन नियमावली र निर्देशिकामा के अन्तरसम्बन्ध छ ?
५. ऐन कसले निर्माण गर्दछ?
५. राज्यका प्रमुख तीन अंगहरु के के हुन?
६. व्यवस्थापिकाको काम के हो?
७. नेपालको संविधानमा शिक्षाको हक कति औ धारामा समावेश गरिएको छ ?
८. नेपालको २०७२ मा शिक्षाको हक अन्तर्गत कति वटा मौलिक हकको व्यवस्था गरिएको छ?

तेस्रो चरण
१. राष्ट्रिय शिक्षा पद्धति योजना अनुसार शिक्षाको संरचना कस्तो रहेको छ?
२. शिक्षा ऐनमा शिक्षक शब्दलाई कसरी परिभाषित गरिएको छ ?
३.SSDP बारेमा थाहा छ ?
४. SSDP मा विद्यालय शिक्षाको संरचना कस्तो रहेको छ?
५. मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र कहिले जारी भयो ?
६. विशेष शिक्षा परिषदको अध्यक्ष को हुने व्यवस्था रहेको छ ?
७. परम्परागत अंकन प्रणाली र लेटर ग्रेडिंग प्रणालीमा तपाइको विचारमा कुन चाही बढी वैज्ञानिक छ? 
८. कक्षामा गुरुप वर्क गराउनुका एउटा फाइदा र एउटा बेफाइदा भन्नुहोस । 
९. विद्यार्थीको प्रगति मापन गर्न परीक्षा बाहेक अरु कुन कुन तरीका अपनाउनु हुन्छ ?


(लेखक बडीगाड गाउँपालिका, बाग्लुङका शिक्षा अधिकृत हुन् । शिक्षक सेवा आयोगबाट प्रावि, निमावि र मावि तहको शिक्षकमा नाम निकालेर घर्तीसँग ४ वर्षको शिक्षण अनुभव छ।)


 

               

commercial commercial commercial commercial